Tag Archives: sangrahalaya

कविता : बिर्सी बिर्सिसकिन्न

~माधव घिमिरे~ लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौ आमाको ममता भुलेर कसरी माया मलाई गर्यौ छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : लाऊ अन्जुलि तीन बार जलको

~माधव घिमिरे~ सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम यो छाया-छविको डुब्यो दिन डुब्यो रङ्गीन त्यो जीवन थोत्रो देवल शून्यसान दुनियाँ सारा अँध्यारोतिर जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी लच्छिनकी जहान

~माधव घिमिरे~ कोठामा कसरी पसूँ नजरकी श्रृङ्गार छैनौ तिमी यत्रो शोक कहूँ कहाँ हृदयकी आधार छैनौ तिमी कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा सत्य कथा म भन्छु

~ माधव घिमिरे~ यौटा सत्य कथा म भन्छु- दुइटा प्रेमी थिए सुन्दर मिल्दो दौंँतर त्यो उमेर पनि ता पाँचै थियो अन्तर छायाक्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोको गुफा

~ईश्वर वल्लभ~ प्रश्न पुरानो प्रश्न हिंड्ने बाटोको नै हो अनि पुग्ने बाटोको नै हो । यद्यपि यात्रा प्रारम्भ भयो ! तर अमीष्ट पुगिन्छ कि पुगिदैन पुगिंदैन कि भन्न आशङ्का पनि भन्ने त्रासको नै हो । आदिम अर्थ भयभीत हुनुको अर्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : स्मृति बिक्री केन्द्र

~बुद्धिसागर~  उर्खमाउलो गर्मी थियो। सारा काठमान्डु पसिना चुहाइरहेको थियो। अगाडि ठडिएको भव्य ढोकातिर हेर्दा मेरा निधारका पसिना आँखाभित्र पसे। आँखा चहराउन थाले। भव्य र ठूलो ढोका कालो सिसा लगाइएको थियो। ढोकाको निधारमा ठूलो साइनबोर्ड थियो -स्मृति बिक्री केन्द्र। भर्खरै भित्रबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भरे नियत बिगारी कठोर हुन सक्छु

~मबि सिंह~ भरे नियत बिगारी कठोर हुन सक्छु ! तर अहिले बिश्वस्त जोर हुन सक्छु ! पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै, एकै क्षणमा फेरि फोहोर हुन सक्छु !

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : निरमायाको भोट

~माधव सयपत्री~ चैतको अन्तिमसाता भए पनि भौगोलिक उचाइका कारण केही जाडो थियो । रामेछाप, डडुवा गाविस सुर्के–द्यौराली बुथमा संविधानसभाको चुनाव गराउन खटिएका थियौँ । तीनदिनअगाडि हामी बुथमा पुग्यौँ । सुरुमा हामीलाई बसोबासको समस्या प¥यो । सुरक्षाकर्मीलगायत सबै स्कुलमै सुत्ने भयौँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आउँछ बिहानी

~दिनमान गुमछान~ धुलाम्मे सडक छिचोल्दै गाउँको मध्यभागमा हामी पुग्यौ“ । मंसिरको जाडो यामको घाम चहकिलो थियो । सडकको दुई छेउ तराईवासीहरूको खपटाले छाएको छाना भएका घर देखिन्थे । एउटै हारमा झुरुप्प परेका घर माटाले लिपिएका थिए । रामनगर चिनीमिल पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नलेखिएको गोरे

~तुल कवर~ आफ्नो बा र कान्छीआमासित एउटा सानो झुप्रोमा बस्ने गोरे गएको बैसाखमा ५ बर्षको भैसकेको थियो । गोरेलाई आफ्नी जन्म दिने आमाको अनुहारसम्म पनि याद थिएन। याद पनि कसरी होस् त? ऊ दुइ बर्ष नपुग्दै पाठेघरको क्यान्सरबाट बितेकी रहिछन् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिमीलाई भेट्न अब धाउदिन म ठुली

~साजन राई ‘उपेक्षित’~ तिमीलाई भेट्न अब धाउदिन म ठुली हामी बस्ने चौतारीमा आउदिन म ठुली धेरै गुमाएछु मैले तिमलाई माया गर्दा तिम्रो मेरो माया भित्र रंगीन सपना भर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको नविन छायाँ

~लक्ष्मी उप्रेती~ भोलि आउने दिन नयाँवर्षको फेरमा टाँगिएर नौलो उत्सव जन्माउन प्रसवपींडामा व्यकुलित भइरहेको बेला देश भासिंदै गएको दलदल पनि अचानक सुकोस् पुराना दुर्दिनहरूलाई सनक्क निखारेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाउस्केच

~सञ्जय राई~ चुनाउ प्रचार-प्रसार अभियान सकेर फर्किएका छन्‌ लुते विकास योजनाहरू। मरम्मती पर्खेर बसेको जीर्ण सड़कको भित्ताको पोस्टरले अझ थामिराखेको छ विकास ल्याउने नेताको गह्रौं अनुहार। सड़क, बिजुली र पानीकै समस्याहरूलाई चुनावी सिम्फोनीमा अझ लय हालेर गाउन सक्छ चारपटक चुनाउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समकालीन कबिता

~सहदेव पौडेल~ अति भयो बन्द हड़ताल अति निस्कियो जुलुश शिथिल भयौ हामीसबै, खंडित हुने भो मुलूक लौन अब जागौ ,बाटो बनाऔ, जोतौ खेतबारी सयौथरी जात धर्मका गोडौ फुलबारी

Posted in कविता | Tagged | Leave a comment

कविता : दशै अनि बसाई

~दिपमाला राई~ आयो दशै भन्दा भन्दै खल्लो खल्लो पारामा वितेर गयो दशै फर्की आउने बाचा गर्दै अर्को सालसम्मलाई उ गयो बसाई टन्न मासुभात खान पाउनेलाई हसाएर रित्ता पेट हुनेहरुलाई रुवाएर

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : गोठालो

~चन्द्रमणि अधिकारी~ धेरै वर्षपहिलेको कुरो हो । म छ-सात वर्षो हुँदो हुँ । त्यति राम्रो सम्झना त छैन तैपनि त्यसताकाका कुनै-कुनै कुरा भने मेरा मनभरि भएर रहेकै छन् । हामी बिहान स्कूल जान्थ्यौँ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई मेरो कृष्णको औधी आवश्यकता छ

~लक्ष्मी शर्मा~ समय बित्दै गयो । म पनि व्यवहारको बोझमा थिचिएकी थिएँ । बिस्तारै भाइ, बहिनीले पनि आफ्नो-आफ्नो पढाइ पूरा गरे । भाइ-बहिनीले पनि मलाई दिज्यू हजुरले विवाह गर्नुस् भन्ने गर्थे । आमाबाबा दुवैको सडक दुर्घटनामा मृत्यु भएकोले घर चलाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : फणा

~सुनिल स्पन्दन~ पहाडको थुम्कोमाथि तामाङ्हरूको बाक्लो बस्ती । स-साना खरले छाएका घरहरू । सबैको घर छेउछाउमा मकैका ढोडले अनिवार्य रुपले निर्माण गरिएको करेसाबारी । त्यहीँ करेसाबारीभित्र लहलाउँदो सागपातका बोटहरू अनि त्यहीँ सागबारीभित्र सुरक्षित ठानेर भुतली खेल्ने कुखुराका बथानहरू । गाउँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पसिनाको जलैले

~नीर शाह~ पसिनाको जलैले, मेहनतको मलैले हामी आफ्नो भाग्य लेख्छौं, आफ्नो पाखुराको बलैले हिमाली रगत नेपाली मुटु बाँच्नु पर्दैन कहिले जालै र छलैले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आगो देखे आगो बन्ने

~नीर शाह~ आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने मलाई यस्तो अस्थीर मन नदेऊ धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका मलाई यस्तो स्पन्दन नदेऊ भावनालाई दुर्भावको तुँवालोले ढाक्छ भन्छन् मनको बह मनमै रहे नराम्ररी पाच्छ भन्छन् मिरमिरेको तिम्रो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~मोति चाम्लीङ्ग ~ वेली चमेली भरी उपवनमा प्रफुल्ल पुतली सरी नयनमा पुष्पदलका परागहरु छान्दै स्वतन्त्रताका सम्वाहकहरु रम्दै शान्तीकामी बिगुल फुकिरहेका थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी साथ हुँदा

~राजेन्द्र~ भूल पनि मिठै हुन्छ तिमी साथ हुँदा केही गरुँ जस्तो लाग्छ तिम्ले हात छुँदा बढ्छ ढुकढुकी माया बढ्छ ढुकढुकी अन्जानमै गर्न पुग्छु मैले छुकछुकी हसो खेल्ने मुहार तिम्रो लाग्छ देउराली पतजmड मनको वृक्ष भरि फुल्छ हरियाली

Posted in कविता | Tagged | Leave a comment

कविता : माधवी

~चन्द्र राइ ‘आकाश’~ तिम्रो सुन्दरताको वयान गर्दा महाकवि बनेछु झैं लाग्यो तिम्रो स्पर्शको तरङ्गमा नौलो संगीत प्रलय भए झैं लाग्यो । म आफू तिम्रो स्ना त यौवनको दहमा पौडन्दा स्नायुका सन्जालभरि झट्कन प्रवाहित भो तिमीले तिम्रा सर्वस्व मलाई सुम्पदा स्वर्गपुरीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दाबाद

~डा सुरेश ज्योतिपुञ्ज~ कहिले नफुट्ने जनताको यो बोली जिन्दाबाद। तिनै निमुखालाई सिध्याउने गोली जिन्दाबाद। बगाइदिये भईगो रगत अरुको चाहिये जती, खेल उही रातो रङ्गको फेरी होली जिन्दाबाद।

Posted in गजल | Tagged | Leave a comment

गजल : कसम मेरै !

~होमनाथ सुवेदी~ कसम मेरै खजान्ची हो, उही मलाई ‘डम’ बनाउँछ, डराउन पनि हुन्न, ल, कराएँ भने झन् कम बनाउँछ । दोष कसलाई दिऊँ न मैले त्यो साँचो आफै भिर्न सकें, न बैङ्कले ‘स्टेटमेन्ट’ पठाउँछ, मै अधम बनाउँछ । यो देशले … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : आप्रवासी म छु सुत्छु मै देशमा

~होमनाथ सुवेदी~ आप्रवासी म छु सुत्छु मै देशमा जाग्छु वा मर्छु मै लाश भै देशमा । देश वा विदेशै कुहेको दशा स्वप्न झैं लाग्छ यो ध्यान गै देशमा ।

Posted in गजल | Tagged | Leave a comment

गजल : छ–काली कुनैमा

~होमनाथ सुवेदी~ छ–काली कुनैमा, न फस्नू दुनैमा । छ थारी बढेकी, पगाल्ली कुरैमा । सुनौला दिनैमा, खसौला उनैमा ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सुखीलाई हर्ष आयो

~दलबीर सिंह बराइली~ दुखीलाई दु:ख थप्दै, सुखीलाई हर्ष आयो । घुम्दै फिर्दै आज फेरी अर्को नयाँ वर्ष आयो । महंगिको मार अनी अशान्तिको राज त्यस्तै, हात मुख जोड्न झनै कठिन संघर्ष आयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सेतो गाजल

~होमनाथ सुवेदी~ हिमपात भयो आज वर्षौ वर्ष छुरी धसी खोजेको दिन हो आज अमेरिका बसी बसी । बैसट्टी वर्षमा खोज्दा पाएको हिम–शैल यो सेतो गाजल लाएर लेख्छु मैले घरै बसी । नगरकोटमा कोटी प्रणय गीत गाउँछन् कुनै रुकुम पाल्पामा ज्यान … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : गुमानी तिमीले मलाई भुलायौ

~होमनाथ सुवेदी~ गुमानी गुमानी तिमीले मलाई भुलायौ कहाँ सागरै पार फाली भुलायौ । तलाऊ कहाँ छन् संगै पौडिएका न पग्लेर छाती पखाली भुलायौ

Posted in गजल | Tagged | Leave a comment

कविता : माछो, एक्वेरियम र परिधि

~सविना सिन्धु~ माछो, एक्वेरियम र परिधि सबिना सिन्धु म बाँचेको कथाको देश आँशु र भेलको सामुन्दि«क देश डग्मगाउँछन् सपना, बाढी बढ्दा बढ्दै स्वयम् निल्न थाल्छ मलाई म मान्छे भएर बाँच्दिन माछो भएर बाँच्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्टाघर र सपना

~सविना सिन्धु~ प्रत्येक दिन नयाँ प्रणयसाथ म उभिन्छु घण्टाघरझैं समयले अँगाल्छ मलाई । र रातमा पोल्टटाभरीका जून निलेर निदाउँछु ।

Posted in कविता | Tagged | Leave a comment