Tag Archives: sangrahalaya

कविता : अनुरोध

~घायल श्री~ सांसद् ज्यू, तपाईं सामु सानो निवेदन पेश गरेको छु प्रतिनिधिसभामा लगी पेस गरिदिनु हुन्छकि ? मेरो विनम्र अनुरोध । सांसद ज्यू , हिजै मात्रै हो हाम्रा गाउँको हर्केले कालीसँग आई लभ यु को प्रस्ताव राख्दा

Posted in कविता | Tagged | Leave a comment

गजल : नछुँदा झनै दुःख्ने त्यो

~निरोज~ नछुँदा झनै दुःख्ने त्यो घाउ कुन्नी कस्तो बिर्सु भन्दा´नि सम्झने त्यो ठाउँ कुन्नी कस्तो रुख पात र हाँगामा सुवास छ तिम्रै जहाँ डोर्‍याई पुर्‍याउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : देशसँग

~विवश पोखरेल~ बादलको कालो घुम्टो उघार्दै समयको साँघुरो आँखीझ्यालबाट अनिमेष जीवन चिहाइरहेकी तिमी एउटा सुकिलो जून हौ । सौन्दर्यको मनोरम उद्यानमा तिखा काँडाहरूसँग जुध्दै निर्बाध ढकमक्क फुलिरहेकी तिमी सुन्दर फूल हौ । रोक्न खोज्दाखोज्दै पनि व्यवधानका कुइनेटाहरू छिचोलेर अविचलित बगिरहेकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गीत गाएर मात्र कहाँ पुग्छ !

~नारायण अधिकारी~ अब गीत गाएर मात्र कहाँ पुग्छ ! सूर्यको प्रकाशलाई बेमौसममै बादलले कैयौं दिन अबरोध गरेपछि जून अथवा जुनकीरीको पुच्छ्रे बत्तीले अब अन्धकारमा बाटो देखाउने बेला गइसक्यो । अब गीत गाएर मात्र कहाँ पुग्छ ! सडक, कुना, सार्वजनिक स्थल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो दिन

~सिजन नयन~ कहिल्यै हल्लिन नरुचाउने पातका मुटुहरू समेत हल्लिएर गए यो दिन यहीँबाट कसैले भन्यो- “पक्कै पनि गएको हुनुपर्छ प्रेमको भुइँचालो यतैकतै”

Posted in कविता | Tagged | Leave a comment

कविता : म युद्धको घोषणा गर्छु

~बसन्त श्रेष्ठ~ म भित्र आक्रोशको ज्वालामूखी फुटेको छ म भित्र धैर्यको बाँध फुटेको छ त्यसैले म अब भीषण युद्धको तयारीमा छुँ । सुतेको ठानेर थिच्दा थिच्दै लाटो सम्झेर मिच्दा मिच्दै सोझो भनेर हेप्दा हेप्दै सह्यको सीमा नाघेपछि म अब पुनर्जीवनकोलागी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आव्हान नारीलाई

~माया शर्मा~ नबिर्सौं आज हामीले नारी म को हुँ भनेर नबिताउँ हाम्रो यो सिङ्गो जिवन दासिनी बनेर यो पुरुष प्रधान समाजमा हामी जन्मेर हुर्केर नबिर्सौं हामीले अस्तित्व आफ्नै छ केहि भनेर भृकुटी, सीता, पासाङ्गपनि के नारी होईन र? नारीको शक्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई खोजुँ कहाँ?

~सानु शर्मा~ कहाँ गयौ कता गयौ माता जननी? खोजुँ म तिमीलाई कसोरी कुन देशमा पुग्यौ कुन देशमा जाऊँ म , कुन देशमा खोजुँ म? जता जान्छु म, तिमीलाई नै खोज्छु म।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो पुरस्कार मैले नै पाउनुपर्छ

~किथ शर्मा~ मलाई पुरस्कार र सम्मानपत्र चाहिएको छ । त्यो पुरस्कार र सम्मानपत्र मैले पाउनुपर्छ । नत्र म कार्यक्रम नै बहिस्कार गर्छु यसैले अहिल्यै नै भनेको छु त्यो सम्मान मलाई चाहिन्छ । मैले यतिका समयसम्म नेपाली भाषा साहित्यको सेवा गरेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्रो देशमा नाटक र जात्रा

~रमेश पल्लव~ एउटा नाटक अर्को नाटक कति धेरै नाटक दलहरु हानाथापमै को चाहि होला घातक ? एउटा भन्छ ठीक छु म त अर्को भन्छ त्यस्तै जनतालाई झुक्याएर पाउ मोल्न व्यस्तै । दिनैपिच्छे बल्झिरहन्छ जनताको घाउ नेतादेखि मन्त्रीसम्म कुर्सी पाउने दाउ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जापान

~कविताराम श्रेष्ठ~ फेरी एकपल्ट एकान्ततिर आमूख भएँ । घण्टौसम्म आफैँमा हराउन फेरि लालायित हुन लागेँ । कलमसँग आसक्ति बढ्यो । कलमहरु फेरी रसाउन लागे । कुनै पनि सुगन्धित मिठो खानाले अब लोभ्याउन छाड्यो । सडकमा लुढ्किएर हिँड्ने गह्रौँ नितम्बले आकार्षित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो तिहारमा……..

~राम प्रसाद खनाल~ दिदी बहिनीको घरमा जान पाईयोस उनीहरूले पकाएका सेल रोटी खान पाईयोस मखमली र सयेपत्रीको माला लाइयोस हरेक घरमा रुवावासी होइन देउसी भैलो गाईयोस

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक, रंगमंच र प्रचन्ड़हरु

~हेमन्त श्रेष्ठ~ धेरै जीवन फेर्यो रङ्गहरुले राता नीला हरिया सेता काला पहेँला निरन्तर उत्साहित भईरहे सेलोफेनहरु स्पटलाईटमा उज्याला क्षणहरु कति भए कति क्षणहरु अँध्यारोमा डुबे रंङ्गमाचको त्यो कुना अझै जीवन्त छ प्रचण्डको सास जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : बाईबाई ……छ

~गोबिन्दसिंह रावत~ आयो नयाँ वर्ष पुरानोलाई बाईबाई नयाँ पाए ग्रह नक्षत्रमा प्लाटोलाई बाईबाई सत्तामा आए माओवादी जंगललाई बाईबाई नेपाल सरकार भयो अब श्री५कोलाई बाईबाई

Posted in कविता | Tagged | Leave a comment

गीत : लाग्छ फूलहरुको हाँसो फिका

~तिब्बत दर्लामी~ तिम्रो मुश्कान हेर्दा लाग्छ फूलहरुको हाँसो फिका जून तारा भन्दा राम्रो त्यो निधारको रातो टिका । ओठ राम्रो आँखा राम्रो अनि नाकको फूली राम्रो कालो-कालो बादलु झैं कपालको चुल्ठी राम्रो कुहुकुहु कोइली भन्दा लाग्छ तिम्रै बोली मीठा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : जीवन साहित्य र योगदान

~इन्द्रेणी शर्मा ‘जलद’~ ´´ हो कबिता जीवनका हरेक पल संघर्षमा बिते, तिमी जस्ति जीवन साथी पाएको छु मैले यो मेरो अहो भाग्य हो भन्नु पर्छ / जीवनका तनाव र यातनामा सुमधुर बोलीले मेरो लागी सहारा बन्न पुगेकोछ बिस्वासले जीवनका हरेक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हुन्छ क्यारे ठुलै काम ,तिम्रो शहरमा।

~डा ज्योतिपुञ्ज सुरेश~ हुन्छ क्यारे ठुलै काम ,तिम्रो शहरमा। तिमी आँफै बदनाम, तिम्रो शहरमा। कलियुगमा लौ,सिताको अग्निपरिक्ष्या, कती धेरै रामैराम, तिम्रो शहरमा। प्यारो मलाई आफ्नै,पापीहरुको गाउँ, सुनेको छु ठुलै धाम, तिम्रो शहरमा।

Posted in गजल | Tagged | Leave a comment

गजल : भन्लान ‘दीपक’ बल्दैछ आज

~दीपक जडित~ भन्लान ‘दीपक’ बल्दैछ आज । नगद् भै हात्हातै चल्दैछ आज । मलिलो त्यो मनको खेतैभरी , फूल्दैछ ए ! अझ फल्दैछ आज । दाईने उसैको चन्द्रमा परे , दुई हातै लड्डु , मल्दैछ आज ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुहेको काठमा भार उठाउन थाले

~मबि सिंह~ कुहेको काठमा भार उठाउन थाले ! ‍जे पायो त्यसैमा बुट्टा कुढाउन थाले ! कालु बिचरा पसीना चुहाउन थाले मकै खान हुल भालु आउन थाले !

Posted in गजल | Tagged | Leave a comment

गजल : एक्लै बसी तिम्ले रुँदा मलाई कस्तो भा’को होला

~विनित ‘सानु’~ एक्लै बसी तिम्ले रुँदा मलाई कस्तो भा’को होला ? आँसुले ति नयन धुँदा मलाई कस्तो भा’को होला ? हिंजो मात्र संगै जिउने संगै मर्ने वाचागरी , आजफेरी टाढा हुँदा मलाई कस्तो भा’को होला ?

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : मेलम्ची साहित्य यात्रा

~डा. सुमन राज ताम्राकार~ नेपाल पर्यटन वर्ष २०११ को शुरुवातमै आन्तरिक पर्यटन सँगसँगै साहित्य उत्थानको लागि पनौती साहित्य समाज (पसास) ले मेलम्ची जाने निर्णय ग¥यो । आप्mनो स्थापनाकाल देखि नै पटक पटक नौलो तथा पृथक खालको साहित्यिक गतिविधिहरु गर्दै आएको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस ।

~दीपक जडित~ जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस । देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता नआवोस । छोपेर सत्य औ माथीबाट पोतेर झुटको रंगले , भ्रम फैलाउन कुनै कलममा धृष्टता नआवोस ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उराठ यो मरुभुमिमा आशु पिइ बांचे हजुर

~श्याम लामा~ उराठ यो मरुभुमिमा आशु पिइ बांचे हजुर मुटु पोली खादा पर्साद सम्झी नाचे हजुर भरोशाका पर्खालाहरु आफसे आफ भात्किदिदा आशाका मुनाहरु नफक्रिदै भांचे हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : नहोला कि मिठो ,लय लाग्न थाल्यो।

~डा सुरेश ज्योतिपुञ्ज~ नहोला कि मिठो ,लय लाग्न थाल्यो। गजल कस्तो भयो,भय लाग्न थाल्यो। एउटा थिएँ म, बाँकी उनान्सय के ? गजलमै भेटेँ आँफै,सय लाग्न थाल्यो।

Posted in गजल | Tagged | Leave a comment

गजल : रातमा आकाशमा जून हुन्छ

~डा. टीकाराम भण्डारी~ रातमा आकाशमा जून हुन्छ यस्तोमा धर्तीलाई गुन हुन्छ कतै महल छ कतै झुपडी ढुङ्गा कुट्नेको ढुङ्गा सुन हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर

~आचार्य प्रभा~ बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर । जीवन सँगिनीको बिछोड त असह्य भो त्यसैले हिक्का छाड्यौ अश्रुधारा खसाएर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : आखिर मनै न हो

~श्रीरामसिंह बस्नेत~ त्यसो त उसलाई पनि बिहे गर्न रहर नलागेको कहाँ हो र ? तर रहर लागेर मात्र हुँदो रहेनछ । भाईको विवाह धुमधामसँग हुँदा ऊ खुसीले राम्ररी रुमाउन नसके पनि रमाएको अभिनय गर्न भने उसले बाँकी राखेन । उमेरले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनाम ग्राम

~जगदीश घिमिरे~ कहीँ त जानै पर्छ, अँध्यारो कुनामा हामी निर्णय गथ्र्यौं । कहाँ जानु ? थाहा थिएन । वैद्य भन्थ्यो, कि मुस्ताङ कि नाम्चे । म भन्थेँ, त्यो कहीँ होस् पर्याप्त टाढा । चाहे जुम्ला होस् चाहे एक दिनको बाटो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : रखेली

~निलम कार्की ‘निहारिका’~ “तँ आज कोसँग हिँडेकी ?” “साथी हो ।” “त्यो बूढी कसरी साथी भई ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हामी नेपाली

~होमनाथ सुवेदी~ नेपाल भित्र बाहिरै विश्वका सारा नेपाली पहिचान दिगो राख्न जुटौं हे! हामी नेपाली । पश्चिम पुगी युएस्ए पूर्वमा पुगी जापान चन्द्रसूर्यको सारैमा गाउँछौं हामी नेपाली ।

Posted in कविता | Tagged | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ बुद्धको हाम्रो देसमा युद्ध चर्कदै६ आमा भाला रोपी मार्दै ६न हाम्रो शान्ति दुत आमा | बग्लान कती अश्रु धारा अनाहक्मा तिम्रा रगतको खोलले धर्ती नै डुबाउने भो आमा |

Posted in गजल | Tagged | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ स्रिस्टी बिज हुरकाउने सम्रक्षयक मेरी आमा प्रसब पछीको पिडाले अजाख पल्तिएकी मेरी आमा | राम कृष्ण जन्म दिने यिनै मेरी आमा पासँग र पारीजात लाई विश्वमा चाइनाउने मेरी आमा |

Posted in गजल | Tagged | Leave a comment