Tag Archives: sangrahalaya

लेक फुल्यो लाली गुराँस

~शिबराज उप्रेती~ लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी माया डोरीको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कल्पनाको सम्झना मायालुलाई

~रवि कुमार गौतम~ हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डल्ली मगर्नी

~जंगबहादुर गन्धर्व~ डल्ली मगर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्या सि पीर पर्या सि हो सुन माया

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुमेरु, तिम्रो नाम

~समाश्री राउत~ हृदयमा जब भुल्काहरु उठछन् यसमा संचारित तरंगहरु मधुरता लिएर अधरभरि फिंजिइदिन्छन् अपरिमीत मायाको सागरका लहरहरुमा लहराउँदै माथि उठेर आउँछ एक नाम तिम्रो नाम शिशिरको कोपभाजनमा परेर नाङ्गिएका रुखमा बसन्त बनेर फैलिएसरी अतुलनिय तरंग मिठास बनेर मनलाई काउकुती लगाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाहीको स्वास्नी

~समाश्री राउत~ बाहिरी परतमा बसन्त पालुवा लागेका फूल फुलेका यौवन लहलहाउँदो तर संगिना केलाएर हेर त मेरो बसन्तको पतझड पक्ष आँखा दृष्य देख्छ दुविधा देख्दैन आँखा भाव देख्छ भावना देख्दैन परिधान भित्रको कोढ ऊ आए पनि चहर्याउँछ ऊ गए पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : The Golden Morning

~Laxmi Prasad Devkota~ One day the golden morning will dawn; Making the whole nation bright; The colorful clouds will be everywhere; And the cool water will swiftly flow.

Posted in Poem | Tagged , | Leave a comment

कविता : मेरो मृत्यु

~ ऋचा शर्मा तिवारी~ आज राती सपनामा मेरो जीवनको मृत्यु भएको म देख्दै छु । न कात्रो छ लाश छोप्न न कोहि छ वरिपरि कस्तो वेवारिसे मृत्यु लाग्यो यो एउटा अभावको मृत्यु हो न कि मेरो शरिरको ।

Posted in कविता | Tagged | Leave a comment

शिव शर्मा चञ्चलका दुई मुक्तकहरु

~शिव शर्मा चञ्चल~ १, कसैलाई कसैको हात मन पर्छ त,कसैलाई कसैको वात मन पर्छ ज-जसलाई जे-जे मन परोस् तर, मलाई त, मायालुकै साथ मनपर्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मागे जति सबै दिए, खाली भए म

~मिजास तेम्बे~ मागे जति सबै दिए, खाली भए म । कस्ले गर्यो बेइमान् यहाँ, जाली भए म । कुरा गर्छन् सबै साथी उन्नतीका, दर्शक माझ फगत यौटा, ताली भए म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : अनुहारका राम्रा तिमी जाली भयौ देश भित्रै

~कुमार कार्की~ अनुहारका राम्रा तिमी जाली भयौ देश भित्रै । मान र इमान बेचेर खाली भयौ देश भित्रै । मुर्ति बेच्यौ खुशी खोस्यौ स्वाभिमान बेच्यौ, त्यसैले त जनताको गाली भयौ देश भित्रै ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आरोहीहरुलाई पछ्रयाऔं ..

~मोती चाम्लीङ्ग~ हिमाल चढने आरोहीहरु खुशी लिएर नर्फकन पनि सक्छन् हिमपातसंग जुझ्दै जांदा ग्यालेक्सि छिचोल्दै, पसिना कांड्दै थाकेर उतै रमाएर सधैंको लागी बास बसिदिन पनि त सक्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रगत र पानी

~शिव प्रकाश~ मेरो देशमा पानीको हाहाकार छ, रगत भल्भल्ती बगेको छ मेरो देशमा रगत, पानीभन्दा सस्तो भएछ ! मेरो देशमा पानीका मूहानहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् / लेखिरहन्छन्

~पशन तमू~ मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन् मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् । भन्नेहरुले भन्ने गर्छन् यो रहर होइन वाध्यता हो भन्नेहरुले भन्ने गर्छन्….. जहिले पनि विवसताका कुराहरु जता पनि मनकाट्ने छुराहरु त्यसैले त हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जलेको टुकी

~प्रतीक चाम्लिङ्ग~ जब सांझ हुन्छ, मन्द बतासले मेरो छाती सुम्सुमाएर जान्छ । म तिमीलाई सक्दो सम्झन्छु, सम्झनाको परिधि हुदो रैन छ, मेरो मनको ऐनाभित्र त्रि्रो शुन्दर रुप एक तमासले खुलेर आउछ ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : एक झल्को प्रेम

~मिजास तेम्बे~ …अन्त्यमा हाम्रो नातालाई माया गर्नु भएकोमा धेरै खुशी लागेको छ । सायद यहि नै मेरो निम्ती जिन्दगीको मिठो सपना हुनेछ । ..अनि प्रिय माङ, तपाईको मेलको लागि धन्यबाद । हेर्नु न म आजकल एकदम ब्यस्त भएकी छु । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भेलेन्टाइन र सिपाही

~काङमाङ नरेश राई~ प्रेमको पैंचो माग्न कतै नपाउनु एउटी स्त्री आँखैमा छम छम नाचि रहेको मायाको जीवन्तता मिलनको आभाष

Posted in कविता | Tagged | Leave a comment

गजल : छुरा हान्यौ मुटुमा, छाम्न मन लाग्यो

~भुवन सुनुवार ‘भानु’~ छुरा हान्यौ मुटुमा, छाम्न मन लाग्यो, नशा पिउदै एकान्तमा, रम्न मन लाग्यो ! तुफान ल्यायौ संकल्पमा, सपना उर्डाई लग्यो, वेदनालाई रोदी घरमा, पोख्न मन लाग्यो ! फर्कि हेर्दा अतितमा, जीवन अति मीठो, तिम्रो मायाँ तराजुमा, जोख्न मन … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगीलाई मैले बुझिन कि कसो

~भुवन सुनुवार ‘भानु’~ जिन्दगीलाई मैले बुझिन कि कसो ? बलेसीका पानीभन्दा सस्ता भए आँसु उमंग र मेरो दूरी क्षितिज वारी पारी, मुटु खाने रोग पन्साउ खै कसरी ? जीवन खोज्दा गोरेटा नै भूले कि कसो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : कुखुरी काँ…

~ईन्द्र नारथुङ्गे~ रातको तेश्रो प्रहर निक्कै टाढा एउटा भाले बास्यो कुखुरी काँ…. सधैं झैं ऊ बास्यो र, फेरी पनि बास्यो कुखुरी काँ …. भाले बास्नु उस्को दिनचर्या या भनौ भाले हुनुको कर्तब्य ऊ बास्नुमा न कसैले स्याबासी नै दिन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : शताब्दीकी नायिका !

~सबिना सिन्धु~ ओ शताब्दीकी नायिका ! तिमी, उभिएर सडकमा शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ । हार्दिकता स्विकार्न सक्छ्यौ चिहान टेकेको त्यो पुरानो समय युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर एकैसाथ सम्झिएर सडकको धूवाँदार गीत स्वतन्त्रतापूर्वक गुन्गुनाउन सक्छ्यौ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : देखेपछि आँखा मार्दै

~छबिलाल कडेल~ देखेपछि आँखा मार्दै जोब्रो टोक्छिन् तिम्री छोरी चुप्प खान्छिन् छेउमा आइ बाटो रोक्छिन् तिम्री छोरी अचम्म छ, डर कर छैन, कली युगकी नारी अरे भट्टी जान्छिन् मध्यरातमा, टन्न धोक्छिन् तिम्री छोरी

Posted in गजल | Tagged | Leave a comment

कविता : उत्तरतिर

~शुभेच्छुक~ उत्तरतिर एक हूल चराहरू आकाशमाथि हान्निएर उडिरहे प्रिय पन्छीहरू कतै जंगलभित्र फर्जी मुठभेठ भयो कि ? उत्तरतिर अग्लो पहाडमाथि धूँवाको बाक्लो मुस्लो उडिरह्यो प्रिय पर्वतहरू कतै तिम्रो काखमा भयानक बमबर्षा भयो कि ?

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो गीत, गजल हुन्थ्यो

~बुद्धि तेम्बे ‘माइला’~ तिम्रो गीत, गजल हुन्थ्यो। मेरो आँखा, सजल हुन्थ्यो। तिम्रो मेरो समागनमा, सुन्दर यौटा, महल हुन्थ्यो।

Posted in गजल | Tagged | Leave a comment

समालोचना : नवकविताको प्रगतिशील कविता विशेषाड्ढ : मेरो दृष्टिमा

~बलभद्र भारती~ वि.संं २०३९ सालदेखि कविताप्रधान त्रैमासिक प्रकाशनको रूपमा ‘नवकविता’ बजारमा आउन थालेको हो । यसले आफ्ना उषाकालीन संकट र व्यवधानहरूसँग त लडिसकेकै छ, यद्यपि वर्तमान समयसन्दर्भका थुप्रै चुनौतीहरू भने यसका लागि भयंकर सावित भएका छन् । हालसम्म जम्माजम्मी ५२ … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : चश्मा

~सगुन बानिया~ कोही आएर तपाईं त बूढो हुनुभयो नि भन्नुभयो भने तपाईंलाई मनपर्ला? मन पर्दैन कोही पनि मानिस बूढो हुन चाहँदैन। मलाई पनि कसैले बूढो भन्यो भने झनक्क रिस उठ्छ। तर मन नपरेर के गर्ने, उमेरले ६० त नाघिसक्यो नि। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : बाबुराम रणनीति: ‘हुलास’ले भारत रिझाउने, ‘मुस्तांग’ले चीन फकाउने

~मनोज गजुरेल~ ‘पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापादेखि, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र झलनाथ खनालसम्मले करोडौं पर्ने प्राडो र पजेरो चढिरहेका छन्। तर भट्टराईजीले जाबो सोह्र लाखको गाडीमा चढेर हिंसात्मक संकेत दिएका छन्। महंगा गाडी डाँडाकाँडामा गुड्न नसक्ने भएकाले माओवादी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : तीन महिनाको क्यालेन्डर

~मनोज गजुरेल~ जेठ १४ गते मध्यरातमा म्याद सकिने भए पनि भोलिपल्ट बिहान ४ बजे पाँच बूँदे सहमति गरेर तीन महिना संविधान सभाको म्याद थपियो। थपिएको यो अवधिमा उनीहरुले जे जे गर्ने भनेका हुन्, त्यो त्यो नगर्नलाई एउटा क्यालेन्डर बनेको छ। … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मायालुको याद नै मिठो

~हरि पाख्रिन ‘अन्जान मायालु’~ नया अनि उमङग सङ्गै अन्धेरी सुनसान कोठाको बात मिठो मधुमास बिचको चरमसुख सङ्गै नब-जोडीको साथ मिठो

Posted in गजल | Tagged | Leave a comment

कविता : शहीदको सम्झना

~दुर्गा खनाल~ कालरात्रिको बिचमा अन्यायको बिरुद्धमा अत्याचारको बिरुद्धमा तातो गोलि छातीमा थाप्दै नेपाल आमासंग शरण माग्दै शहादतप्राप्त वीरविरंगना प्रति

Posted in कविता | Tagged | Leave a comment

कथा : भित्तेका उद्‍घाटन माला

~जगदीश घिमिरे~ आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

पालो जनताको

~प्रेम नेपाली~ १ रंगेलीपाटनमा मानिसहरूको विचित्रको जमघट थियो । गाउँ गाउवाट राता झण्डा बोकेको गाउँलेहरू जिन्दावाद र मुर्दावादको नारा घन्काउदै भेलामा आई पुगेका थिए । भतभति पोल्ने घाममा पसिनाले चिप्लिकै भिजेका गाउँलेहरू ठेलम ठेल गर्दै सभामा वसेका थिए । घरदेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : योग्यता

~ जगदीश घिमिरे~ यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ –

Posted in नेपाली कथा | Tagged | Leave a comment