Tag Archives: sangrahalaya

गजल : मोतीराम

~कृष्ण प्र. पाण्डे~ नाम कल्यै नभुलिने भट्ट मोतिराम गजलसँग संगै आऊछन् झट्ट मोतिराम रुख सरि साहित्य छ , पातै पिच्छे उनी फुल्छन् सधैं फल्छन् पनि लट्ट मोतिराम

Posted in गजल | Tagged | Leave a comment

गीत : सम्झनाको शीत खस्दा…………..

~मनु लोहोरुङ राई~ सम्झनाको शीत खस्दा, थापें मैले हात भरी। तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी। कल्पनाको वस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : एकता नै आवश्यकता

~नन्दलाल आचार्य~ जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरो ज्यान ढल्नु अघि

~सुवास श्रेष्ठ~ हेर्न आए हुन्थ्यो तिमी मेरो ज्यान ढल्नु अघि चिता माथि लाश राखी आगोसँगै जल्नु अघि। सयौ जुनी सँगै बाँच्ने मीठा मीठा कुरा गर्यौ तिम्रो घरमा लगनको दियो बत्ती बल्नु अघि।

Posted in गजल | Tagged | Leave a comment

गीत : जीवनको केही भर छैन

~तृप्ती खड्का~ जीवनको केही भर छैन पलभरमै बिति जान्छ अनिश्चित यात्रा, के हुने हो कसो हुने हो, थाहा छैन हरेकको भरोशा केही छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : सल

~बादल सुरेश~ ………म लजालु भन्दा पनि अलि अन्तर्मुखि स्वभावको थिएँ। त्यसैले मेरा साथीहरु धेरै थिएनन्। अझ केटिहरु त छँदै थिएनन्। स्कुल पछिको कलेज लाइफ नौलो थियो मेरा लागी। उनी नै मेरो जिवनमा पहिलो केटि साथी बनेर आइन्। एउटै टोलबाट एउटै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एउटा भोगाई

~डिल्लीराज रावत~ २०६६ साल माघ १३ गते दुई जना युवा युवती चानचुन पैसा गोजीमा ३ सय जति रुपैयाँको भरमा भागेर संगै जिवन विताउने सुरमा आफु काम गरिरहेको अफिसका हाकिमलाई फोनबाटै विदा माग्दै सहयात्राको लागि हिड्छन । कम्तीमा एक बर्षसम्म एउटै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पक्षपात

~श्याम तमोट~ हिजो अस्ति जस्तै देवी आँगन बढाएर पधेंरा लागिन । पानीको गाग्री विसाएर घाँस काट्न जान खाजा थाप्तै गर्दा उनको दाजु रमेश उठेकै थिएन । एक डोको घाँस पालीमा राखेर घर भित्र देवी पसेकी मात्र थिइन रमेश स्कुलतिर लाग्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ ।। कति दु:ख सहेर आमा,दुनियाँसंगै लडेकी छ्यौ ।। पौठेजोरी खेल्छौ सधैं फोड्दै डल्ला खेत बारीको हाम्रै सुख खातिर आमा कति दु:ख गरेकी छ्यौ ।।

Posted in गजल | Tagged | Leave a comment

Story : The Discovery of the High Lama

~Sushma Joshi~ The older I get, the more I am astonished by this trickster hand of time. Look at all the boys we thought would go on to become doctors and engineers. They became lafanka men playing guitar in Thamel. … Continue reading

Posted in Story | Tagged , | Leave a comment

कथा : बिष्णुमाया उर्फ म्याडम ‘बी’

~सन्जु बजगाईं~ “देख्नु भो म्याडम ‘बी’लाई ……!” छोरीले देख्नासाथ मलाई साउती मारी । “चुप लाग ।” मैले चिमोटें । जम्मा भएका यत्तिका नेपालीहरुका ‘चिफ गेस्ट’ की श्रीमती भएर आएकी छन् उनी । यो औपचारीक भेलाले हाम्रो नजिकको सम्बन्ध किन चाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधि भित्र – ३

~बिबश बिप्र~ मन र मान्छे मन–एक जीवन्त अन्तरंग !! मान्छे–धारिलो औजार कर्म-आरनको !! सगरमाथा—–एक आस्था आस्था–गगनचुम्बी नक्षेत्रहरु

Posted in कविता | Tagged , | Leave a comment

कविता : बाँदर आतङ्क

~विवश पोखरेल~ आफ्नै घर भत्काएर एक हुल बाँदरहरू शहर पसेका छन् खबरदार मान्छेहरू घर बाहिर ननिस्कनु फेरि कफ्र्यु लाग्नसक्छ अनाहक बाँदर आतङ्कले एउटा शान्त बस्ती तहसनहस हुनसक्छ पुनःअसङख्य छोराहरू– अनायास हराउन सक्छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मिति नाघेको चिट्ठी

~टीका मिलन~ पूर्णरुपले चन्द्रमा लागेको रात; आजै पूर्णिमा परेको कति रमाइलो । हो त, त्यो दिन पनि यस्तै थियो, जुन दिन शारदाको र मेरो प्रथम परिचय भएको दिन । म त्यतिबेला धनकुटामा जागिरे थिएँ । धेरै लामो बाटो हिडेर म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : औतारी काकाको खप्पर

~विष्णु प्रभात~ परिचय ‘ख्याल ख्याल’ गर्दागर्दै स्याल पक्रिन सफल भएका हास्यव्यङ्ग्य रचनाकार ‘औतारी काका’ को अवतार नेपालको राजधानी शहरभित्र पर्ने जाउलाखेलमा प्रकट भएको हो । माता प्रेमकुमारीसँग पिता प्रेमजङ्गको जङ्गविरामपछि प्रेमपूर्वक पैदा भएका कान्छा कुमारको नाम चिरञ्जीवी वीर विक्रम पाँडे … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : गन्ती मात्रको मान्छेहरु

~मणि बाङ्देल ‘सागर’~ लाली गुराँस र चाँपहरुको बस्ती त्यो चुचुरा मुस्काएका छन लालुपाते पाखाभरी कुमारी बक्षस्थल झै चुरे पहाड चिरेर बगेका छन झरनाहरु इन्द्रेनी पारेर । फर्सी कान्क्रा अनी सर्सिउ फुलेर अन्तिम प्रहरको किरण जस्तो

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो वागमती यात्रा

~ डा. अभि सुवेदी~ काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित भएको थिए“। जाडोमा हुस्सुले बेरेका सडकमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : फ्लाइट नम्बर ७१७

~लेनिन बन्जाडे~ कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि काम त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं। आँखा खोल्न सकिनँ। आँखीभौं टन्कियो। छामेँ, पानीझैं थियो केही। आँखा चिम्लिँदा परेलाको पृष्ठभूमिमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आयो आयो, भुईचालो आयो

~रम्भा पौडेल~ आयो आयो, भुइचालो आयो मन त यसले सबैको तर्सायो २०७२ साल बैशाख १२ गते नेपालले भोग्यो फेरी प्रकृतिको सत्ते बुढापाका भन्ने गर्र्थै९० सालको कथा अहिले फेरी फर्की आयो त्यै कथाको ब्यथा मरे बरै नेपालीजन ऐया भन्न नपाई

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमयुद्ध

~कृष्ण कट्टेल~ खुल्ला आकाशको बीचमा देखिएका दुई चम्किला नक्षत्र, मन्दिरको गजुर नजिकै बसेका एक जोडी परेवा, अनि, एकान्तको चौतारीमा बसेका तिमी र म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहीन यात्रा

~चन्द्र रानोहँछा~ जब पुगिन्न भने– रहन्छ र हिँड्नुको अर्थ ? त्यै पनि रेलको डिब्बाजस्तो निरन्तर … किन हिँडिरहेछन् मानिस ? छोडेर– टाकटुक गिदी अस्थायी निवासको कुनै रोगी प्रस्तरमा ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : श्री महादेवोवाचः

~केदार शर्मा~ एक दिन कैलाशमा ध्यानमा बसेका महादेवको ध्यान टाढा कतैबाट आएको चर्को होहल्लाका कारण भंग भएछ। ध्यानदृष्टिले विचार गर्दा उनले आफ्नो चिन्तन प्रक्रिया खलबल्याउने त्यो होहल्ला नेपालबाट आएको बुझेछन्। एउटा भन्दा अर्को जान्ने पल्टेर धर्मका बारेमा छेउ न पुच्छरको … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कथा : मेरो साथीलाई नकुट

~प्रतीक प्रधान~ सुप्रीतिको कक्षामा सबै विद्यार्थी गफ गरिरहेका थिए। तेस्रो घन्टीमा अरूपा मिस नआउनुभएकाले उनीहरू आपसमा मस्त थिए। कोही डेस्कमा सुतेझंै गरेर अर्को साथीको गफ सुनिरहेका थिए भने कोही आमिर खानको नयाँ सिनेमा पिकेको कहानी सुनाउँदै थिए। यत्तिकैमा सबैको ध्यान … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : हजुरको

~सुमन मञ्जरी~ पवन सँग साइनो गाँस्ने बातै मीठो हजुरको!! छडके नजर हेरिदिदाँ मातै मीठो हजुरको!! एकान्तमा कानेखुशी हजुरको बानी देख्दा, अन्त कतै हेरिदिदा घातै मीठो हजुरको!!

Posted in गजल | Tagged | Leave a comment

कथा : सम्बन्ध–७

~परशु प्रधान~ ‘मलाई सबैले राधा भन्छन्। तपाईंलाई के भन्छन्?’ ‘मलाई कृष्ण भन्छन्, अर्थात् मेरो नाम नै कृष्ण हो।’ यसरी सुरु भएको थियो– हाम्रो सम्बन्धको प्रारम्भ। सहर नजिकैको राधाकृष्ण मन्दिरमा म बिहान झिसमिसेमा नै दर्शन गर्न जान्थेँ। रिटायर्ड भएपछि बिहानको मर्निङ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्धो बूढो

~परशु श्रेष्ठ~ छामछाम, छुमछुम गर्दै एउटा बूढो मानिस मेरो अघिल्तिर आइपुग्यो । उमेर त्यस्तै पचास या पचपन्न हुनुपर्छ । उसको हातमा एउटा लौरो थियो, जो उसको एकमात्र बाटो पहिल्याउने सहारा थियो । उसका दुबै आँखा टालिएका थिए । काँधमा एउटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नभन न झर्किएर …

~यादव देवकोटा~ तिमी बन्नु कुम खाँबो म बनुला धुरी खाँबो नभन न तिमी मलाई तिम्रो माया यत्ति जाबो । म हिडुला खोलिखोलि तिमी हिड्नु तिरबाट नभन न रिसको झोँकमा खसिदिन्छु भिरबाट ।

Posted in कविता | Tagged | Leave a comment

स्वप्निल नीरवका ५ मुक्तकहरु

~स्वप्निल निरव~ १) परी छैन मनपरी छ स्वप्न दरबारमा फक्रन बाँकी मन्जरी छ स्वप्न दरबारमा सुन ए कुवाका मुर्ख भ्यागुताहरु हो भेटौला हिउदमा झरी छ स्वप्न दरबारमा

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : साथी हुने अधिकार

~भिम प्रसाद घिमिरे~ -‘तिमीले चरा देखेनौ ?’ – ‘अहँ, खोइ कहाँ छ चरा ?’ सेतो रंगको पर्खाल, तार जेलिएका बिजुलीका खाबा, सुर्यास्त सांकेतिक पहेलो आकाश खिचेको उसको लो एंगल तस्बिरलाई धेरैबेर हेरिरहेँ । उ त्यसमा चरा खोज्न आग्रह गरिरहेको थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एउटा रहर-उज्यालो बाँच्नुको

~तेजविक्रम कार्की~ निस्तब्ध ! अध्यारै अध्यारो यो साँघुरो गल्लि हुँदै रात ओढेर मसँगसँगै हराएको छ मेरो देश ! मैले ब्युझने एउटा सुन्दर बिहानी क्षितिजबाट निस्कनै बिर्सिएको छ र सधैंजसो मलाई भेट्न आउने घाम रात ओढेरै म जस्तै कतै बिलाएको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : उसका कुरा

~रजित ओझा~ “तिमीलाई एक महिनाको लागि छोडेर हिँड्दिन्छु अनी थाहा पाउँछ्यौ!” “त्यो मेरो जीवनको सवैभन्दा सुन्दर महिना हुनेछ!” उसको कर्के आँखा, रिसाएको रातो अनुहार देखेर म कटाक्ष गर्छु। मलाई थाहा छ उ मलाई छोडेर जान्न, कतै जान्न !!! उ खाना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हामी विश्वस्त छौं

~कृष्ण सेन ‘इच्छुक’ ~ बदलिंदै गरेको मलीन दिनजस्तै उदास–उदास र सन्तप्त मन भएको क्षणिक बेला भलै तिमी जीवनलाई निस्सारमय ठान तर संसार चिनेर बाँच्नुको अर्थ बुझ्न सकेको दिन तिमी पनि धर्तीलाई स्वर्णिम पार्न कम्मर कसौंला भनेर हामी विश्वस्त छौं ग्रहले … Continue reading

Posted in कविता | Tagged | Leave a comment