Tag Archives: sangrahalaya

कविता : पुनरावृत्त सिसिफसका पुराकथाहरु

~सरुभक्त~ खप्पडहरुको पहाड चढेर साइवरेश्वर इन्टरनेटका दानवहरु खेलाउँछ शालिग्रामछाप चिसो मरुभूमिका ताता सपनाहरु गलैचाका फुलहरु फुलेर आह ! म जिन्दगीका हिउँदहरुद्वारा लखेटिन्छु चिप्लेकिरो ब्रह्माण्डभरि लाजवन्ती झारका सम्वेदनाहरु कहाँ छन् ? अक्सीजन खोसाखोस लामकाने वाँदरहरु छक्क छन् किन हावा

Posted in कविता | Tagged | Leave a comment

गजल : रुमलियो जिन्दगी

~तिब्वत दर्लामी~ घटाउ अनि जोडमा, रुमलियो जिन्दगी हरेक मोड–मोडमा, रुमलियो जिन्दगी । चल्दै थियो सफर एक साथ रमाउदै अनायासै बिछोडमा, रुमलियो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

Poem : Freedom Fighter

~Madhuban Paudel~ As I pass by that corner My eyes are struck on him ! A lonely man under that lamp post On a torn wheel-chair He laments every day He lost his both legs long ago struggling as a … Continue reading

Posted in Poem | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सभासदका दुखेसाहरु

~बम बानिया प्रभात~ घिन लाग्दा समाचारहरु नछाप ए पत्रकारहरु, सवैका हिलो हाल्ने खाडी हामी नै भयौ हगि ? हाम्रो चै समस्या खै छापेको ? पार्टीले आधा लेवी कटाएर लान्छ कार्यकर्ताले गोजिवाटै थुतेर लान्छन् सहयोग रसिद विहानै पिच्छे आउछन् परिवार पाल्नै … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

उमेश लुईंटेलका ३० मुक्तकहरु

~उमेश लुईंटेल~ नहुँदा तिमी बतास आएन जूनेली फिका प्रकाश आएन बनेर बादल हराएँ तिमीमा, नयनको तिम्रो आकाश आएन | नारा यो सडकमा जारी भएछ भोक र पहाड हाराहारी भएछ भँगालोसरी फाटेर मनोभाव, मुटुबाट देश पारी भएछ | म आदर्श जिएर … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : वियोग

~मित्थु चौधरी~ दउँसोको समय थियो । प्रचण्ड गर्मी थियो । खेतको आलीमा बकुलाहरुको ताँती थियो । फरूवा खेलाउँदाखेलाउँदै थाकेका जुगरा र उसको छोरा फगुना रूखको छहारीमा सुस्ताउँदै थिए । कसैको आगमनले आत्तिएका बकुलाहरु तर्सिएर एकाएक पखेटा फट्फटाउँदै उड्न थाले । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नितु दिदि

~लक्ष्मी राई~ “नितु दि ! फोटो दामी लाग्यो । भिनाजु हो ?” “हैन मेरो बोय फ्रेन !” रिसाएर, चिम्से आखाका गेडा बाहिरै निक्लेला झैँ गरि मतिर हेर्दै उतरको झटारो बर्साईन । उनलाई पनि मेरो प्रस्न झटारो भन्दा कम थिएन रहेछ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिजो-आज

~कृष्ण वस्ती~ हिजो भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ । छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।। आफैंभित्र झरी सुकेपनि यहाँ फक्रें सँधै बाहिर । सोची खिन्न रह्यो सँधै हृदय यो मान्छे बिरानो छ र ।। आज

Posted in कविता | Tagged | Leave a comment

कथा : डल्लो

~लेनिन बन्जाडे~ पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा। हतारोले गोजीसम्म हात पुर्याटउन पाएन। पार्किङको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हल्लीयौ

~राकेश कार्की~ साथी तिमी हल्लीयौ म हल्लीएं जनता हल्लीए देश हल्लीयो दरबारले हल्लायो पार्टर्ीी नेताले हल्लाए पेट आन्द्रा हल्लिए बांच्ने सास हल्लिए

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : गल्ति

~एकदेव अधिकारी~ एक दिन कुनै एक मित्रको घरबाट साँझको भोजनको निम्तो आयो। समयमै घर पुगेँ। मित्रका बाबु-छोरा बैठक कक्षमा बसेर टिभी हेर्दै रहेछन्। खाना तयार हुँदै थियो त्यसैले केही बेर म पनि टिभीमै व्यस्त भएँ। अचानक भान्छा कोठाबाट केही खन्द्र्याङ्ग … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कविताको कमाल

~रामकुमार पाँडे~ हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल । कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला ! बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उठ्नुस् न बा

~बादल सुरेश~ तपाईं किन यसरी सुतिरहनु भएको बा? उ हेर्नुस त तपाईंभन्दा ढिलो उठ्ने घाम अघिनै उठिसक्यो तपाईंको हातगोडा किन चिसो बा, किन दर्हो भएको यो शरीर? यी मानिसहरु किन आँसु झार्दै उभिएका बा, उठ्नुस् न।

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रमुख अतिथी

~शेखर ढुंगेल~ नयाँ दलका नेता बर्सौ देखीको आफ्नो बिदेस भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि खुशी सुनाउदै थिए श्रीमती लाई । एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न बोलाउने बचन पाएका थिए उन्ले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पाइन घर बिदा

~प्रेम निशानी मगर~ परदेशीलाई हुदो रैछ खाली चोट र पीडा चाडपर्ब आउदा पनि पाइन घर बिदा दसैँ र तिहार आउदा याद आउने घरको भागी आउने कुरा भईन देश पर्यो अर्को

Posted in नेपाली गीत | Tagged | 1 Comment

कविता : माला लगाउँदैछु

~जे पि दाहाल~ तिम्रा पैसाले माला लगाउँदैछु क्यामराको लेन्समा चमत्कार छाँउदैछु भोलि हेर जनता तिम्रै छाती माथि टेकेर आकाश छाम्ने छु अनि अविर र मालाले ढाकिएर गड्गडाहट तालिमा

Posted in कविता | Tagged | 1 Comment

बाल कथा : मुस्ताङका मीतज्यू

~बिजय चालिसे~ “आमा,बाबा, म सोमुसँग पुरानो मुस्ताङ हेर्न जाउँ है ।” मुक्तिनाथको थकाइ मेटिएपछि अभिनवले बाबासँग मायालाग्दो पारामा भनेको थियो । “पख् मेरो फुर्सत छैन । भरपर्दो मानिस फेला परेमा पठाइ दिउँला । यहाँबाट धेरै टाढा पर्छ,पुरानो मुस्ताङ”बाबाको कुरा सुनेर … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : छोडेर जानेहरू

~सीमा आभास~ बग्ने पानीमुनिको ढुङ्गोझैँ लेउ लागेर छोडिएपछि पिँधमा कहाँ चिसो भन्न पाए र ? इन्द्रेणी ओराल्ने गरेका उपत्यका कहाँ बिलाए ? माझीले चलाउन छोडेको डुङ्गा किनारमा छोडी जलकुम्भीझैँ तैरदै कुन बाटो रोजे सेता हाँस बनेर,

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बैंश अझै बाँकी छ

~नगेन्द्रराज शर्मा~ जब यौवन यौवन यहाँ आँखी छ आँखा आँखामा आमन्त्रणको झाँकी छ किन चासो कि, कहाँ बिताएँ रात मैले ?

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो बग्यो कोशी हतासमा,सयौ सयौ चोटि रोयो ।। भोका माग्छन् बाहिर,भरिन्छ मन्दिर पैसाले कुल्चदै पाउमा परेर पवित्र त्यो भेटि रोयो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मैच्याङहरुको वस्तीमा

~तिब्वत दर्लामी~ गुराँशे सपनाका गोरेटो हुँदै धुपी सल्लाका पाखाहरुमा सुसेली हाल्दै एक दिन तिमी फर्केर आउनेछौ मैच्याङहरुको वस्तीमा यही ग्रामिण थुम्कीहरुमा । मनको खुल्ला आकाशमा लुकामारी खेल्दैछन् विश्वासको घाम–जून टल्किदैछन् चम्किदैछन् आस्थाका ताराहरु विछ्याएको छु यि नजरहरु पारी क्षितिजमा

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवेश

~जे पि दाहाल~ पाउलो बनी फक्रिने शित बनी लत्रिने, बैंश हो मेरो खाली पेट फल लाउने शिशिरमा कोपिला बन्ने वशन्त हो, बैश मेरो लालुपाते फूल छ भने सरद मैं आउछु खेतबारीमा सुन फल छ भने हलो बनी जोत्छु

Posted in कविता | Tagged | 1 Comment

विनीत ठाकुरका मैथिली मुक्तक

~विनीत ठाकुर~ ————- मेंहदीकेँ रंग ——————– खनकेँ कंगना गमकेँ हाथमे मेंहदीकेँ रंग साओनकेँ फुन्ही संग मोनमे नवीण तरंग एहनमे तरसे श्रृंगार पिया दुलारक लेल घर आउ परदेशी रहु किछु दिन संग ।। १

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कथा : आत्मग्लानि

~आयुष्मान रेग्मी~ डाॅ भीमलाललाई नचिन्ने शायद नै कोहि होला । सभ्य समाजका बहुप्रतिष्ठित व्यक्तित्व…साइन्स पढेका भए तापनि धर्म र संस्कारमा निकै विश्वास थियो । उनका बुबा पंडित लक्ष्मीनारायणले उनको सानै उमेरमा व्रतबन्ध गरिदिएका थिए । उनका बुबालाई ‘काँचो माटोलाई यथेच्छा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बहिर्गमन

~कुमुद अधिकारी~ टङ्कप्रसादलाई आज पश्चिमतिरको साइकलको यात्रा औधि रमाइलो लागिरहेको थियो। साइकलको क्यारियरमा आफ्नी धर्मपत्‍नी कोमल बसेकी थिइन्। साइकलका पेडलमा खुट्टाहरू घुमाउँदा टङ्कप्रसादलाई दन्त्यकथाहरूमा सुनेको वायुपङ्खी घोडाका पखेटाहरू फटफटाइरहेको भान भइरहेको थियो। खुसीहरू छचल्किएर पोखिइरहेका थिए। उसलाई

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आश्रय..

~सर्वजित थापा मगर~ आश्रय दियो कसैलाई उल्टो टाउको टेक्छ अर्ति दियो कसैलाई झनै मुन्टो बेर्टाछ । यो दुनिया यस्तै खोज्छ मनपरी रजाई आदर ग¥यो कसैलाई उल्टो नोकर सम्झन्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

लोक कथा : कपूर्नीघाट

~दिपक खनाल~ नारानथान भन्ने गाउ“मा एउटी दुष्ट आइमाई बस्थी । उसको नाम कपूर्नी थियो । उछिट्टिएका दा“त, भित्र पसेका गाला र भक्कासिएको स्वरका कारण ऊ अजीव देखिन्थी । गाउ“घरका सबै मानिसहरु कपूर्नीदेखि पर–पर हुन्थे किनभने ऊ अघोरी थिई । मुर्दाघाटमा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गजल : मनका धनि हुन्छन यहाँ

~कल्पना भाबुक~ मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे , सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे| ~ जस्तो जस्तो कर्म गर्‍यो उस्तै फल मिल्छ यहाँ , जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे|

Posted in गजल | Tagged | Leave a comment

कथा : बाहुन बस्ती

~बिक्रम ज्ञवाली~ आज बिहानै पात्रिका पढिरहेको थिए । टक्क आखाँ एउटा समाचारमा पुगेर अड्कियो । “ चुलो छोएको निहुमा एक जना दलितको हत्या । “ समाचारको मुल बिषय यहि नै थियो । दुःख लाग्यो । मन पनि रोयो । अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : म लाहुरेको लाहोर यात्रा !

~विजय चालिसे~ “विजय सर, यसपालि साफ्मा सम्मेलनमा तपाईं पनि जानुपर्छ है, मैले नाम पठाएको छु ।” साफ्मा नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ पत्रकार गोपाल थपलियाको फोन सुनेपिछि नै म लाहोर भ्रमणको मीठो कल्पनामा हराउन थालिसकेको थिएँ । मेरो वीरता र यायावरी … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : गणित, मन अनि तथ्य

~बिबश बिप्र~ संघर्षको लालकिल्ला भत्किएर छरिएका बन्दुकका नाल र कुन्दाहरु स्यालको भाका कुर्लिएर अन्धकारको खेति गर्छन l ** ”मानिसका आँखाहरु बल्न सक्दैनन्”

Posted in कविता | Tagged , | Leave a comment

लघुकथा : सभ्यता

~हरी घिमिरे~ म चढेको बस अगाडि बढ्दै गयो। बसभित्र थुप्रै मानिसहरु थिए। सबै आ-आफ्ना गफमा मस्त देखिन्थे। झुत्रा-झाम्रा कपडा लगाएका गाउँले मान्छेहरु कोही सूर्ति खाँदै थिए भने कोही बिडी तान्दै थिए। वातावरण एकदमै उकुसमुकुस थियो। म शिक्षक भएका नाताले कपडाका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment