Tag Archives: sangrahalaya

कविता : आनन्द

~भिम प्रसाद घिमिरे~ एक घण्टाको यात्रा दुई पाङ्ग्रेका सीट रीसै उठेर आउँछ पोल्न थाल्छन् जब पिँध टक्क अडिन्छु चिया घुम्तीमा आराम दिन्छु टायरलाई सम्झन्छु, पसले कति संयमित विहानदेखि बेलुकी उभिएकै छन् उभिनुपर्ने बसेकै छन् बस्नुपर्ने संसार झेलेका छन् खै कसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका रङहरु

~यशोदा अधिकारी~ हरेक साल निस्कन्छ एउटा मान्छे मेरो विश्वासको ढोकाबाट र, हल्लाउँछ आफै बसेको घर म भरिरहेको हुन्छु जिन्दगीको रङ त्यही घरको झ्यालमा उभिएर । जव काँप्छन् मेरा कुची र ब्रसहरु छताछुल्ला पोखिन्छन् रङ छरिएर समगर सागरसरी मेरो आगानमा जिन्दगीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा वालेट

~स्वयम्वरिसंह लामा~ देशमा संकटकालको अवस्था थियो । तत्कालीन सरकार र विद्रोही पक्ष बीच तकडा टकराव परि रहेको अवस्था । सदरमुकामको विद्यालयहरु घटस्थापनाको दिन देखि बन्द भयो । म मेरो छोरा उपदेश दाईको ठुलो छोरा रेन्जेन र उनको सानो भाई ग्याल्बोलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु!

~कुमार के.सी.~ तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु! जीन्दगीमा बाधा, र अडचन उस्तै छ सानु! छाडी जादा तिमीले हरपल रुदै बाचेकोछु मेरो दुखी सँसार अनी,गगन उस्तै छ सानु!

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : घांटी हेरी हाड निल्नु

~सुषमा मानन्धर~ “यसपालि त गज्जबले नै दशैं मनाउनु पर्छ” ऊ सवैसंग भन्दै थियो । “किन र सरकारले तलब बढाइ दिएको झोंकमा हो कि क्या हो ?” दुइचार जनाले उसलाई व्यंग्य गर्दै सोधेका पनि थिए । “बढ्न त बढेकै हो नि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिमिलाई अङ्गालोमा कसाउनुमै मज्जा हुन्छ

~गिरिराज बाँस्कोटा~ तिमिलाई अङ्गालोमा कसाउनुमै मज्जा हुन्छ ओठमाथि ओठलाई टसाउनुमै मज्जा हुन्छ आखिर मन मिलाउनु छ मिले पछि जेजे हुन्छ उन्मादका जोशहरु खसाउनुमै मज्जा हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कथा : बैराग

~शेखर ढुङेल~ दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट …. अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~शर्मिला खड्का दाहाल~ “हेलो ग्रायण्ड मदर” “के रे ग्रायण्ड मदर रे ? हिजो हाई स्वीटी भनेको होइन ?” “कहिलेकाहीँ टेस्ट फेर्न मन लाग्छ नि ।” “ए तरकारीको स्वाद फेरेजस्तो ।” “हो यु आर फ्लावर” “थैक यु ।” “नो नो काउलीफ्लावर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बयान नगर भो

~सन्देश जि.सी.~ मायाँमा नै हारें मैले जितको बयान नगर भो ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो सबै टाढा हुँदा रैछन् दु:खै दु:ख पर्दाखेरि सुख हुँदा नजिक आउने मीतको बयान नगर भो

Posted in गजल | Tagged | Leave a comment

कविता : तामागी देशको मानचित्रबाट मेटिदैं थियो !

~भूपिन ब्याकुल~ शहरले अपहरण गरेको छ, तिम्रो आत्मा र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी देश, म त्यही आस्था र ढुकढुकी खोज्दै यस्तो गाउंमा आईपुगेको छुं जहां मान्छेहरु भन्दा बढी घरहरु छन् जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : ब्लाकबोर्ड, चक र डस्टर

~सरण राई~ लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पृथ्वी गोलो छ

~राकेश कार्की~ लोडसेडिङ के भो त हामीसंग खोलो छ अरु भू-भाग उज्यालो पृथ्वी गोलो छ धनि राष्ट्रहरुको शान इज्जत के के छ बर! नेपाल आमाको फाटेको चोलो छ

Posted in गजल | Tagged | Leave a comment

गजल : आउँदा जाँदा मुस्कुराउथी

~दिलिप योन्जन~ आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन । फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन।

Posted in गजल | Tagged | Leave a comment

गीत : उल्टो हिँड्नेहरु

~नदीश~ उल्टो घुम्ने उनीहरु उल्टो चल्यो देश उल्टो हिँड्ने मान्छेहरुको उल्टै परिवेश अनि भन्छन् उनीहरु- उल्टो हिँड्छौ तिमीहरु ! औँशी छायो आकाश रोयो भन्छन् उनीहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लम्क्यो समाज हेर

~जीत कार्की~ संसार फेर्छु भन्दै लम्क्यो समाज हेर बढ्दैछ चेतनाको सिङ्गो जहाज हेर थोपा भनेर पानी सानो नठान कैल्यै उर्लेर भेल-बाढी बग्नेछ ताज हेर

Posted in गजल | Tagged | Leave a comment

कविता : जब जब म प्रेमकविता लेखूँ भन्छु

~विनोदविक्रम केसी~ जब जब म प्रेमकविता लेखूँ भन्छु छाकसंग्राममा हर भाँचिएको बुढो भात समयको जीर्ण फलैंचामा बसेर फलाक्न थाल्छ जिन्दगीका ह्यान र त्यान भयावहता कोही खोरन्डो तक्मावालले आफ्ना लाहुरेकालका त्राशद युद्धकथाहरु हालेजसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : गहुँगोरो अफ्रिका

~आहुति~ मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुधाउने आँट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : चिमचिमे घडी

~वसन्त विवश आचार्य~ प्रशान्ते नेवारका बा (ड्याड) ले कोरियाबाट चिमचिमे घडी ल्याइदिएपछि टोलभरिको हिरो ‘ऊ’ नै भएको थियो। सर्टका बाहुला माथिसम्म सारेर प्रशान्तेले हातमा चिमचिमे घडी टिलिक्क टल्काउँदा सबैको मुखभरि पानीको ताल पथ्र्याे। अरुले के के सोच्थे कुन्नी? मैले भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुरुप देश

~नाकिमा~ साकेला छ साकेलामा सिली छ सिलीमा जीवन छ सिलीमा गाइने रिसियाहरु छन् रिसिया गाउने नछुङहरु छन् सिली सिकाउने तयामा-खियामाहरु छन् ढोल-झ्याम्टा बजाउने हेत्छाकुप्पाहरु छन् अर्थात् एउटा देश छ सेलो छ सेलोमा बज्ने डम्फू छ डम्फू बजाउने ज्योज्यो-आलेहरु छन् डम्फूको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मदनको पाइला

~तिब्वत दर्लामी~ आमा! म पनि जाउँ कि क्या हो ? खाडीतिर उँट चराउन । याहाँ लोडसेडिङमा जीवनको अँधेरो पालेर बस्नुभन्दा याहाँ महँगीमा मनको चाहनाहरु मारेर बाँच्नुभन्दा सामान खोज्ने भीडमा सामान कम भएको अनुभूतीले आफ्नै आफन्तहरुबाट अपहेलित हुनु भन्दा लुसुक्कै छिरुँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ गजल : सिलीदा छाम्मातिरे

~विपल बोयुङ~ बानान्यौ वैनिचि सिलीदा छाम्मातिरे पुसिएकै झरासो इरिलुङ लाम्मातिरे खैमो छूलै वाई-वाई पाङासौ बोखा रिङे एन्यु खैनी हुलामा मै ल्यावा चाम्मातिरे

Posted in चाम्लिङ गजल | Tagged | Leave a comment

गजल : विभेद छन् यहाँ

~जगत दाहाल~ धर्ति एक वास एक,मानव अनेक छन् यहाँ जात एक भात एक,विभेद अनेक छन् यहाँ ।। सूर्य एक ताप एक तपाइ अनेक छन् यहाँ भनाई एक छनाई अर्को विभेद अनेक छ यहाँ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : कालरात्रीहरु

~अपराजिता प्रभास~ कालरात्रीहरुले जगड्नु जगडिसके अब बिहानीलाई जगडबन्दी गर्न नखोज नत्र भयानक हुनेछ जहाँ उज्यालोको ठाउँ छैन त्यहाँ नै क्रान्ति छाउने छ जहाँ समानता छैन त्यहाँ नै भोकाको शासन आउने छ जहाँ सम्मानको पाठ सिकाइदैन त्यहाँ संघर्षको मू्ल फुट्नेछ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मल्ल राजासँग

~संजय अधिकारी~ गृष्म ऋतुको आगमनलाई सहरवासीहरूले पटक्कै रुचाएका थिएनन्। सहर बेस्सरी पिल्सिएको थियो प्रचण्ड सूर्यको रापमा। साँझपख हुन्डरीसँग फाट्टफुट्ट आउने मसिनो बर्सात पनि हराएको कैयौं दिन भइसकेको थियो। भूकम्पले भत्किएका मन र तिनका सपनाहरू रुँदै थिए आफ्नै चिहानमाथि। यस्तो प्रतीत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बस्तिहरुमा..

~तेजविक्रम कार्की~ चोरेर एक टुक्रा घामको उज्यालो तिमी छिरे पछि बाँच्नेछन् कयौले जिवन व्युझिएर एउटा विहानी बस्तिहरुमा हिड्दा हिड्दै खिईएका बाटोहरु कुरीरहेछन् पदचापहरु अझै पाली मुनी पानी पर्दाको बास

Posted in कविता | Tagged | Leave a comment

गजल : यसपाली त तिम्रो सिउँदो भर्छु

~हरि मानन्धर “विवश”~ यसपाली त तिम्रो सिउँदो भर्छु जे जे होला सुगन्धको फूल पनि छर्छु जे जे होला मनको चाह अधुरोथ्यो, साँच्चै अहिलेसम्म बेहुला बनि जन्तीसँगै झर्छु जे जे होला

Posted in गजल | Tagged | Leave a comment

कविता : उल्टो रुख

~भूपिन ब्याकुल~ बालककालमा बालसाथीहरुले भन्थे- “फलफुल खाँदा बियाँहरु ननिल्नू निलेपछि पेटमा उम्रिन्छन बियाँहरु पेटमा नै बिरुवा लाग्छ पेटमा नै बिरुवा पलाउँछ रुख बन्छ र मानिसको मृत्यु हुन्छ | ”

Posted in कविता | Tagged | Leave a comment

कविता : रेमिट्यान्सको कथा

~गोविन्द वर्तमान~ आमाको आँखामा खुसी किन अडिदैन ? साहुका केही हजारहरू तिरेर किन सकिदैन ? बालिग अनुभूतिको दोसाँधमा विभेदको वर्गीय किताब पढ्दै गर्दा एकदिन पँधेरीबाट झरिला सपनाहरू झर्दै गर्दा एकदिन सुकिलो मुस्कानले भन्यो–

Posted in कविता | Tagged | Leave a comment

कविता : शरणार्थीलाई अमेरिका

~भोजराज न्यौपाने~ ढल्यो सर्वश्व ढल्यो । त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु र खोज्दैछु म त्यस्तै नोष्टाल्जिक आँखाका सुन्दर सपना ओहो कसरी भयो एकाएक यस्तो ?

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : खराब

~राजु दाहाल~ आजकल मलाई, म पागल हुन थालेको भ्रम भईरहेको थियो । कारण म कसैसँग मिल्न नसकेरै फगत एक्लो रहन्थेँ । मनको बह पोख्ने एउटा सज्जन साथी थियो खोज्दै जाँदा पागलखानामा भेटेँ । सोधेँ “तँ किन यहाँ ?” “खराब भएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : जिन्दगिमा

~प्रशान्त खरेल~ दुःख लुकाइ कृत्रिम हाँसो हाँस्नु पर्छ जिन्दगिमा थुँगा थुँगा खोजि माला गाँस्नु पर्छ जिन्दगिमा यात्रा गर्दा जँघार तर्दा छरिन्छन् केहि सपना पत्र पत्र भेला गरि टाँस्नु पर्छ जिन्दगिमा

Posted in गजल | Tagged | Leave a comment