Tag Archives: sangrahalaya

कविता : ऊ मेरी जीवन

~उमेश चापागाईं~ तिमी जन्मेकै रहिनछ्यौ तर सर्बत्र थियौ मन,मुटु र मस्तिष्कमा एक रोशनी अनेक चाँदनी धड्कन, हेराइ र आवाजहरुमा तिम्रो अटल बिश्वास, साहस र स्वाभिमान् शिखर तर्फ लाग्दै गर्दा

Posted in कविता | Tagged | Leave a comment

गजल : नेताहरू खोई आजभोलि

~राजेश नेपाली~ जनताका कुरा गर्ने नेताहरू खोई आजभोलि के गर्‍यौ त आजसम्म मात्र बाँड्यौं मीठो बोली नयाँ बिहान ल्याउन भन्दै अघि बढे जनताहरू सयौं मरे त्यही लडाईमा रगतले माटो मोली अझै पनि उही बानी जनतालाई झुक्याइरहने सहमति गर्छौं भन्दै कुम्ल्यायौं … Continue reading

Posted in गजल | Tagged | Leave a comment

सरु आस्थाका २ मुक्तकहरु

~सरु आस्था~ (एक) ज्वारभाटा जिन्दगीको फुटाएर बाँच्नु पर्छ सुख दुःख ऐचो पैंचौ मिलाएर साँच्नु पर्छ दुःख मात्र हैन साथी सुख पनि आउनेछ- मनको दीप जगाएर जीवनलाई जाँच्नु पर्छ !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : हामी व्युँझेको बिहान

~कला अनुरगी~ हामी ब्युँझेपछि लाग्नेछ पारिलो घाम ओभाउनेछ शीत र सुनिनेछ चराहरूको गीत । रमाउँदै बालकहरू पोल्न थाल्नेछन् बारीमा जिलौटा आकाशतिर उडिरहेको जिलौटाको धुवाँ हेर्दै हजुरआमाले

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : भिनाजु

~विजय वजिमय~ – उठ्नुस ! पिइस्सिन्न ? – ओहो ! कति बज्यो हँ ? – आठ बजिसक्यो त ! – चिया लिइस्योस्। हजुरले आज भिनाजुसँग के तरकारी खाइसिन्छ ? तराईमा भनेजस्तो तरकारी यहाँ पाइँदैन। पाइए पनि महङ्गो। मासु रुचाइसिन्छ ? … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : यो समय हाम्रो निम्ति घातक छ

~पूर्ण विराम~ धूवाँका मुस्लाहरूले छोपेका छन् आगोलाई र बजाउन सकेको छैन आगोले नगरा यदाकदा बज्ने आगोको सुसेलीलाई बहिरहेको हावाले उडाएर लग्छ यो समय हाम्रो निम्ति घातक छ अहिले पोलियोको थोपा चाटिरहेछ शिशु मुसोलोनीले भोलि मस्तिष्कमा नित्से र जेन्टाइल च्याप्छ फासीवादको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गरौ नयाँ थालनी

~बिक्रम श्रेष्ठ “सागर”~ लोक छन्द : बालोरी / बालौरी आऊ आऊ भाई हो। आऊ आऊ बहिनी।। साथी भाई मिलेर । गरौ नयाँ थालनी।। जात पात भनेर। छुवा छुट गरेर।। हित हुन्न देशको । आमा लाई रुवाई ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आँधीखोलाको किनारै-किनार

~सन्तोष स्पन्दन~ आँधीखोलाको किनारै -किनार अनि बालुवाको कण-कणसंग मितेरी गास्दै कहिले गहिराईमा कहिले समतलमा अनि कहिले खोंच र कन्दराहरुमा अन्धा-अन्धिको आँशुको प्रवाहित बनेर त्यो बहावले घिसार्दै-घिसार्दै एक अनेकौ जीबात्माहरु खोलाको बाडबनेर , बाडखोलाबाट त कतै सिरुबारिका मुहान अर्घौदिको छहरा बनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिथोलिएका दिनचर्या

~भिम प्रसाद घिमिरे~ घर-अफिस अफिस अनि घर साँघुरा दिनचर्याभित्र यन्त्रवत मान्छे अनपेक्षित पुनरागमन अनपेक्षित अभिलाषा दसकपछि फर्किएको खोलो निर्मल , कञ्चन, शान्त, शीतल अर्थहीन नाता भयावह परिणाम लापरवाह मन बाटो विराएरै हिड्न खोज्छ उनलाई सुनिरहुँ झै लागिरहन्छ दिउँ दिउँ नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : म गरिब हैन

~उमेश लुइटेल~ जीर्ण ति वदनबाट स्नेहका रहस्यमय आभा चम्काउँदै हातका भूवाजस्ता स्पर्शले कपाल चलाएर आफ्नै मुटुमा स्पन्दित गराउँदै मलाई तृणजडित हाम्रो प्यारो घरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मूक्तिका सपनाहरू

~कृष्ण धराबासी~ मूक्तिका सपनाहरू सब बेकार हुन मानिसहरू एक–एकवटा आस्थाको किलोमा कैद छन् एउटै रामलाई म¥यादा पुरुष बनाउनका निम्ति भक्तहरू राम भित्रको हरामा देख्न असमर्थ छन् । ओ ! सिद्धार्थ गौतम ! ओ ! एडोलफ हिटलर ओ ! जड भरत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर

~भगवती बस्नेत~ माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर रितिथिति संस्कार नै कुल्चिएर हिड्यौ भन्छौ आधुनिक समयको चक्रसंगै नाची हेर

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : कालो विरालो

~सुषमा मानन्धर~ एकै वेतमा जन्मेका ती विरालाका बच्चाहरु फरक फरक रंगका थिए । त्यसमध्ये एउटा सेतो, एउटा छिर्बिरे अनि अर्को चैं पूरै कालो थियो । माउको दुध खाउन्जेल त तिनीहरुलाई खासै कुनै समस्या परेन । माउले

Posted in लघुकथा | Tagged | Leave a comment

Story : An Immutable Loss

~K. Anish Pokharel~ It was one of those cold, windy mornings of January of the year 2001; seismic waves got manifested in their worst possible form in the Indian state of Gujarat. It was the movement of the Indian sub-continental … Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : अन्तराष्ट्रिय अदालतमा रामको अग्नी परीक्षा

~दिपा एवाई राई~ न्यायधीस (प्रवेश) ! ठक ! ठक ! ठक ! सम्पुर्ण महानुभावलाई यस अन्तराष्ट्रिय अदालतमा बैठक ग्रहणसँगै ‘आदर्श पुरुष राम’ को सुनवाइ अगाडि बढाउन अनुरोध छ वादी- ‘श्रीमान् !’ आज युग बदलिएर आकाश उज्यालो भएको बेला म ‘सीता’

Posted in कविता | Tagged | Leave a comment

केस्रा : प्रेम

~खेमराज गाउँले~ भेट हुँदाखेरि लजाउँदै हेरी चिनजान भैन भेट भयो फेरि

Posted in केस्रा | Tagged | Leave a comment

नेपाली उपन्यास : बैंकर

~बिम्मी शर्मा~ बैंकर | नेपाली उपन्यास | बिम्मी शर्मा ‘क्यान यू मल्टिप्लाई थर्टी नाईन वाई थर्टी नाईन ?’ ईन्टरभ्यू लिने त्यो विदेशी वैंकको कुईरे जिएमले अनिकेतलाई सोझै प्रश्न दाग्यो । प्रश्न सुनेर उ एकछिन त अक्मक्कियो र मनमनै सोच्यो ‘ … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

गजल : आखीर थामेरै छाड्यौ

~मबि सिंह~ मेरै प्रबृत्ति आखीर थामेरै छाड्यौ ! सिर्फ म, म, म, भनेर बाचेरै छाड्यौ ! अरु नै केहि निस्कियौ आखीर तिमी लामौ अबधि धोकामा राखेरै छाड्यौ !

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : के दिएकी थियौ तिमीले ?

~प्रनिता शर्मा~ “खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अनिकाल र भुस

~मिलन बगाले~ अनिकालमा, काम लाग्ला भनेर कसैले ल्याइदिएको एकथैलो अन्न साँचेका थियौ । स्यानोतिनो पिडा त्यसैलाई हेरेर बाँचेका थियौ । पिढिको डिलनेर । भोकले , अचाक्ली अत्याएपछि कुटेर खाने रहर गर्‍यौ । उचाल्दा मेसो पाईएन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामी

~महेश पौड्याल~ हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ हाम्रो विरान परिवारको साथी उनै थिइन् । आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा निरन्त हाम्रा लागि दुखिरहिन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म मानव कस्तो ?

~जे पि दाहाल~ ढुङ्गा भएर पूजिने म मानव कस्तो ? पत्थर माथि पलाएको पिपलको बोट जस्तो । रङ्गि विरङ्गी अत्तरले सजाइने म मानव कस्तो दोबाटोमा उभ्याएको शहिदको मुर्ति जस्तो ।।

Posted in कविता | Tagged | Leave a comment

कथा : भाउजू लडेको भीर

~चन्द्र रानोहँछा~ ‘उँधोलाई हे-यो त्यो कोसी बगर उँभोलाई तारेभीर, मरने सबै बैकुन्ठै पुगे बाँच्नेलाई पर्‍यो पीर’ घरैछेउको बाटो भएर उँधै–उँभै गर्ने घाँसे–दाउरेले यो विरही ताना अलापेर जाँदा वीरमानको छातीमा सोला हान्छ । हृदयमा तुफान उठ्छ, बिर्सन खोजेका वियोगका बादलहरू भित्रभित्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : महाभारत युद्धपछिका कृष्ण

~डा. अरुणा उप्रेती~ ओहो ! जुन युद्धलाई टार्न मैले त्यति कोसीस गरेको थिएँ, त्यो युद्ध शुरू भयो १८ दिनपछि समाप्त पनि भयो । तर, म अहिले युद्धपछि खुसी कुनै पनि पाण्डवपुत्रको अनुहारमा देखिरहेको छैन । देखुँ पनि कसरी ! महाभारतको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैच्याङ

~बिना तामाङ ‘सुनगाभा’~ लाम्टा चुस्दा चुस्दैको दूधे बालक मोहि पार्दा पार्दैको मदानी रोप्दा रोप्दैको पाखो बारी अनि बग्दा बग्दैको एक ढिको आँशु फ्ल्यासब्याकमा राखेर मैच्याङले दक्षिण बेग मारेको एक दशक वितेछ

Posted in कविता | Tagged | Leave a comment

कथा : मसाज सेन्टरमा कथाकार

~माधव सयपत्री~ घाम अस्ताइसकेको थियो । साँझले सहर ढाक्न लागेको थियो । दीपमालाले आफ्नो टेम्पू कोटेश्रमा रोकेकी थिई । टेम्पू भरिएको थिएन । ऊ भन्दै थिई, ‘लगनखेल, लगनखेल । सिट खाली । अब हिँड्नै लाग्यो ।’ ट्राफिकप्रहरीले कर्कश सिट्ठी बजायो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कब्जियतमा छ देश !

~बिम्मी शर्मा~ हरेकदिन बिहान जब देश शौचालय जान्छ र घण्टौंसम्म कन्दै बस्न बिवश हुन्छ देश छट्पटाउंदछ, उसलाई नेताहरुले कति पीडा दिएकाछन्……….. कमोडमा निक्कै बेर थचारिएपछि देश निखारिन्छ र सिंहदरवार पुग्दछ देश झस्किदै आएको छ जबदेखि उसले थाहा पाएको छ नेताहरु … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ‘आनन्दित’ हुँदैछु म !

~देवशंकर पौडेल~ नीति सिद्धान्त हेरेर, जहाँ जीवन अर्पिएँ, भद्दा आचार देखेर झल्यास्स भर्इ तर्सिएँ । भुनेको मही छाडेर, बजारे स्वादमा भुली, बुकुरा बासका साथी, छाडी पल्क्यो कतै मुली ।

Posted in कविता | Tagged | Leave a comment

कथा : थाहा

~नारायण तिवारी~   ‘‘भोलि म घर जाँदैछु– अति प्रिय विराटनगर…!’’ साथीभाइसित भनेँ । अफिसमा त बिदा मिलाइसकेको थिएँ । दुई वर्ष भइसकेको थियो विराटनगर नगएको – आफ्नो जन्म ठाउँसित टाढिएको । यो चौबीस महिनादेखिको ‘ग्याप’ ले मलाई चिमोटिरहेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : भाग्यमानी

~दिलिप राई सगर~ जसलाई चाहेँ, उसलाई पाएँ, गरेँ मनोमानी । को होला र, यो दुनियामा, म झैँ भाग्यमानी।। उसको आँखाबाट मैले संसार हेरेकोछु अचेल उसको फोक्सोले मैले श्वास फेरेको छु अचेल

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कुङ्वालाई पत्र

~मेदिनी पाइअस्~ कुङ्वा हजुर र म बीच धेरै पटकको चोरी दाउ हानथाप र छिर्के लगाई मुछिवुङेको ख्यावा र म्यङ्वा जस्तै भो । मैले बिझाएका कांडाहरु हजुरले प्रहार गरेका बाँणहरु चटक्कै भुलेर जन्मभूमीको माटो समाई हाम्रो नातामा सौहार्दता कायम रहनुपर्छ आवो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : धमिलो पानी

~बिनोद खड्का~ रातदिन काम खोजिदेउ भनेर हैरान पारेपछि नेता महोदयले आफ्नो चुनाव क्षेत्रको एउटा चुनावकालिन कार्यकर्तालाई रोजगारीको सिफारिस नगरी रहन सकेनन । नेता महोदयको बारम्बारको ताकेता पछि र नेताको आफ्नै पार्टीको विश्वासिलो कार्यकर्ता भनेपछि हाकिमले हुँन्न भन्न सकेनन । उसलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment