Tag Archives: sangrahalaya

सोनू गुरुङ (राना)का ३ हाइकु

~सोनू गुरुङ (राना)~ पहाडी दशैं हँसिलो अनुहार स्वाद भातको पेरुङ्गो भरी

Posted in हाइकु | Tagged | Leave a comment

निबन्ध : फेरीरहने अनुभुति, फेरीरहेका लेखाईहरु

~गिरिराज बाँस्कोटा~ छेउमा केटि साथि परेको परिक्षाको दिन मैले राम्रो लेख्न सकिन ।गाला रातै भएका थिए सायद ।त्यो वर्ष कक्षा छ मा पढ्दाको हो ।पहिल्लो पल्ट ति केटि साथि परिक्षामा सँगै परेकी थिईन ।साथिहरुले के भने भन्ने कुरा दोश्रो वनाईयो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : समर्पणमा सधैं चुके झैँ प्रिय

~भगवती कंडेल~ समर्पणमा सधैं चुके झैँ प्रिय देख्ने हजारौं छन् लुके झैँ प्रिय!! बचनले त सधैं उचाइमै थियौ बेबहारमा भने झुके झैँ प्रिय!!

Posted in गजल | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : ‘बा’लाई उत्तर

~डा. टीकाराम पोखरेल~ गाउँगाउँमा मोबाइल पुगेपछि मेरा बाले पनि एउटा मोबाइल टेलिफोन भिरेछन् । मेरा बा न परे, मोबाइल टेलिफोन भेटेपछि किन चुप लागि बस्थे । शहरमा बस्ने छोरालाई फोन गर्छु भन्दै कनि कुथी मेरो नम्बर थिचिहालेछन् । मैले “हल्लो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अस्मिता

~शिव प्रकाश~ जीवनको सरल रेखालाई समयले एकाएक बङ्ग्याइदियो ! आज म मेरा मनका भित्ताहरुलाई चिर्छु र उदाङ्गो बनाउँछु आफूलाई । एउटा वसन्त मरिसक्यो ! थाह छैन, अर्को आउँछ कि आउँदैन ? बरु अब मेरो जीवनमा कुनै वसन्तहरु नआउन् ! सोचेँ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : Home Comes The Bullock Cart

~Paramendra Bhagat~ It was past sunset. The village was veiled in the growing dark. Lanterns burned kerosene to throw the meager light in the little courtyards in front of the mud houses that sometimes made its way onto the narrow … Continue reading

Posted in Story | Tagged | Leave a comment

गीत : याद

~सर्वजित थापा मगर~ गैरी बजार घुम्दै जाँदा फेरी तिम्रो याद आयो शहिद भयौ जिवन भर दुखी रहने चोट लायो । हरेक वस्ति जहाँ पुग्छ तिम्रै गाथा लेख्छु हरेक पाइला जहाँ टेक्छु तिमै छाँया देख्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आगोको भावुक यात्रा

~नविन लोचन मगर~ कुनै क्षण उत्साहले उर्लिएको ज्वाला सल्काउँदै एक–एक राँको छर्दै, छरिँदै निर्वस्त्र खण्डहरहरुमा कोही कान्लापारि/कोही साउने झरी कोही तारेभीरको पखेरामा/कोही बिलासिताको माधुर्यमा लाग्थ्यो– उनीहरु सत्यको विस्तारमा छन् ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~सुरेन उप्रेती~ राधाले मन्त्री क्वाटरको वरण्डाबाट तल हेरीन् । मन्द गतिमा आएको हावाले क्वाटरको अगाडि गेट छेउमा झुण्डिएको झण्डा हल्लिदा ख्याट ख्याट आवाज आउंदै थियो । गेटकै छेउमा राइफल लिएर उभिएको पुलिस टिलिक्क टल्किएका बुट हेर्दै सोचाइमा मग्न भए झैँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : कृष्णभूषण बल

~डा. ध्रुवचन्द्र गौतम~ २०२९ साल हुनुपर्दछ। हामी विराटनगर गएका थियौं। जहाँ गए पनि, साहित्यकारसँग भेटघाट गर्न खोजिन्छ। त्यहाँ पनि एक दिन केही कविहरुसँगको भेट भयो, थोरै मात्र परिचित, धेरै अपरिचित। कवि भएपछि कविता पाठ होस् यो त हामी पनि चाहन्थ्यौं। … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

आचार्य प्रभाका ४ रुबाईहरु

~आचार्य प्रभा~ (श्री कृष्णप्रती समर्पित भाव) जन्मियो ऊ प्रतिभा बनी नेपाली यो माटोमा सकिन्जेल हिँड्यो कलाकार बनी कलाकै बाटोमा निष्ठुरी कालले चुँडेर लग्यो अल्पायुमा नै उस्लाइे दुष्टलाई बरु लग्या भए हुन्थ्यो श्रीकृष्णको साटोमा । ——————————————— सबैको आँखामा आसुँ दियौ श्रीकृष्ण … Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

गजल : भन्दैछ देश बचाऊ

~मनु लोहोरुङ राई~ माग्दैछ एक अठोट,आफ्नै जगतले आज भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज राष्ट्रको चिन्ह खुकुरी,आफ्नै गर्दनमा हेर ! थामेर राख्न सकेनौं,अन्धो मगजले आज

Posted in गजल | Tagged | Leave a comment

कथा : मैतिदेवीको मुस्कान

~रमेश क्षितिज~ कथा एकदमै सानो घटनाबाट सुरु हुन्छ, मानौँ यो कुनै घटनानै होइन । मैतिदेवीको विश्रान्ती चियापसलअगाडि ऊ दुई वटै हात पैन्टको गोजीमा घुसारेर उभिएको थियो । एक हुल कलेजका विद्यार्थीजस्ता देखिने केटीहरू उसको अगाडिबाट गए र जाँदाजाँदै एक जना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मलार्इ माफ गर आमा

~अनुषा न्यौपाने~ मलार्इ माफ गर आमा आउन सकिन म तिम्रो आँसु पुछ्न भत्किएको घर बनाउन हो आमा यहाँ कैयौं तिमिजस्तै आमाहरु छोरा को पर्खाइमा छन् म उनीहरुको आशा बन्दै छु उठाउँदै छु भत्केका संचनाहरु जोड्दैछु टुक्रीएका खुशीहरु तर मलार्इ माफ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडागीत

~दीपज्योति थापा~ हामीलाई नसोध्नुहोस आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ ? आँखाबाट चस्मा उतार्नुहोस । यतिबेला– हामी मरे–मरेजस्तो देखिन्छौं हजुरको एसएलआर क्यामेराले कैद गर्नुहोस हाम्रा मोटा मोटा आँसुहरू सुन्नुहोस… ! रुँदारुँदै थाकेका आँखाले के भन्छन ? तपाईंहरू–

Posted in कविता | Tagged | Leave a comment

कविता : नआएको भुइँचालो

~राजेन्द्र तारकिणी~ कहाँ आयो र भुइँचालो ? तिमी भन्छौ– आयो, आयो भुइँचालो आयो ! खाटमा/निद्रामा बाथरुममा/भान्सामा अफिसमा/क्यान्टिनमा तिमी निकै ठूलो भ्रम चिच्याइरहेछौ– भुइँचालो आयो, भुइँचालो… ! ए ! बेवकुफ हल्लाहरू कहाँ आयो र ! खोइ भुइँचालो ?

Posted in कविता | Tagged | Leave a comment

कथा : तिम्री छोरी

~मिङ लिवाङ~ ’’ बाबा , भगवानको घरबाट आमा कहिले फर्किन्छ ?’’ आफ्नी चार वर्षीया अबोध छोरीको प्रश्न सुनेर पहिले त मलाई कुनै जवाफ् सुझेन….हुन त गत पाँच महीनादेखि मैले आफ्नी छोरीलाई ढाँट्दै आएको छु। उसको आमाको मृत्यु भइसकेको कठोर सत्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुःस्वप्न

~सुमन रौरभ~ निस्पष्ट अँध्यारो बगैंचामा फुलेका दुर्घन्धित काला फूलहरू, फूलहरूमा झुम्मिरहेका घीनलाग्दा पुतलीहरू । बगैंचाको बीचमा उभिएको हतास, एक्लो ऊ । भित्र डरले उसको रगत बरफजस्तै चीसो हुँदै थियो, बाहिर ऊ पसिनाले निथ्रुक्क भिजेको थियो । दुःस्वप्नको बीचमा ऊ झल्याँस्स … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एउटा जन्मजात बाहुनको विज्ञप्ति

~प्रोल्लास सिन्धुलीय~ नाकै थेप्चिने गरी कसैले चोरऔँलाले ठेलेदेखिन् दिमाग रन्थन्याएर सोचिरहेछु– एउटै ब्रेन्चमा राखेर मास्टरले मलाईमात्र बाठो बनाउने गरी कुन पुस्तक पढाए होलान् त्यतिबेला ? मैले पुख्र्यौली छाला बेचेर हालेको होइन यो चुच्चो नाक कसैले जन्मदिनको उपहारस्वरूप दिएका होइनन् यी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मनु लोहोरुङ राईका हाइकुहरु

~मनु लोहोरुङ राई~ गोधूलि पर्दा आकृति तिम्रै हो साँझमा देखें |

Posted in हाइकु | Tagged | Leave a comment

कविता : दशनीको लेहंगा

~श्यामल~ तातो हावाको झोक्काले फर्फराउँछ पराजित मुलुकको झन्डा जस्तो दशनीको लेहंगा । धेरै चोट सहिसक्यो धेरै रगत बगाइसक्यो धेरै बलात्कार खपिसक्यो जमिनदारको बाँझो खेतमा

Posted in कविता | Tagged | Leave a comment

कथा : आत्महत्याका श्रृङ्खला

~सन्जु बजगाईं~ आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रगत जस्तो रातो देखिन्न !

~मीरा मन थापा~ हटियाको बीचमा.. एउटा बृद्ध मालिंगोको चोया काडेर डोको बुन्ने तर्खरमा छ , छरपष्टिएका चोया बटुल्दै पत्रैपत्र उक्किएका हत्केलाले कुशलता पूर्वक आकार दिँदैछ , कमजोर पाखुरा , धमिला आँखा , तर मुहारमा गज्जबको तेज छ , खुम्चिएका निधार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : हरिचरण

~शरत् चन्द्र चट्टोपाध्याय~ अनुवाद : कुमुद अधिकारी यो धेरै दिन पहिलेको कुरा हो । प्रायः दश-बाह्र वर्षघिको कुरा । त्यतिबेला दुर्गादास बाबू वकील हुनुभएको थिएन । दुर्गादास बन्धोपाध्यायलाई सायद तिमी राम्ररी चिन्दिनौ होला, म राम्ररी चिन्छु । आऊ, आज उनको … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : क्याण्टोनमेण्टको घेरामा

~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सल्मा पौडेलका २ मुक्तकहरु

~सल्मा पौडेल~ तिम्लाई सम्झी बेहोसिमा,झस्किएर रोएं । तिम्रो यादले यो मुटु ,चस्किएर रोएं । कस्लाई सुनाउनु छ र मर्म मैले यहाँ कसैले यहाँ नसुने’सि,कस्सिएर रोएं ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : समय-नासिया

~भूपिन ब्याकुल~ आधी जून मन पराउने अहुनार सम्झिन्छु कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै पुरै रात चिप्लिएर जान्छ र नयाँ बिहान गहिरो निद्राबाट ब्युँझन्छ मा बिर्सन्छु समय !

Posted in कविता | Tagged | Leave a comment

गीत : फूलबारी शुन्यै भयो

~प्रकृति प्रेमी~ काँडाघारी सहज लाग्थ्यो उनी साथ हुँदा फूलबारी शुन्यै भयो आज एक्लै हुँदा ।। बगर् बिच तृप्त थिएँ उनी साथै हुँदा सागर बिच प्यासी भएँ आज एक्लै हुँदा मरुभूमी राम्रो लाग्थ्यो उनी सामु हुँदा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मिर्मिरे बिहानी, पधेरीमा रुदै छौ की आमा

~कुमार के.सी.~ मिर्मिरे बिहानी, पधेरीमा रुदै छौ की आमा। गाईबस्तु हेर्दै, कटेरीमा रुदै छौ की आमा। प्रदेशमा छोरो खायोकी भोकभोकै छ भनी अगेनीको त्यो, मझेरीमा रुदै छौ की आमा।

Posted in गजल | Tagged | Leave a comment

Story : The End Of The World

~Sushma Joshi~ One day, everybody was talking about it. It had even been printed in the newspapers. A great and learned sadhu had prophesized a conflagration, a natural disaster of such proportions that more than half of the world’s population … Continue reading

Posted in Story | Tagged | Leave a comment

नेपाली भजन : क्षणमा

~बिक्रम श्रेष्ठ “सागर”~ क्षणमा कहीं कतै अँध्यारो भान भयो । पलक्षण बन्द परेलीमा प्रभुको ध्यान आयो ।। केही पल तिमीसँग म बिछोड भएँ । त्यसै त्यहाँ गोरेटो मोडिएको पाएँ ।। तिमीबाट म कतै हराएँदै थिएँ । बिछोडको भान मलाई भएको … Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

कथा : अन्ततः

~गीता त्रिपाठी~ एउटा प्रतीक्षालय छ मनभित्र निरास निरास र अर्को छ आँखासामु केही आशप्रद । फराकिलो भित्तामा साइबाबाको सकरुण तस्वीर छ आशीर्वादात्मक शैलीमा । रेणुलाई डाक्टरको अन्तिम वाक्यले झस्काइरहन्छ बारम्बार- “तपाईंहरुको सहयोगले हामी पूरा कोसिस गरिरहेका छौँ बाँकी भगवानमा विश्वास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment