Tag Archives: sangrahalaya

कविता : एउटा प्रेमनगर

~बादल सुरेश~ अस्ताउनेछु म कुनैदिन विलिन हुनेछु त्यो आकाशमा सुनिने छैनन् मेरा पदचापहरु गोरेटाहरुमा, पक्कै मेटिनेछ मेरो छायाँ धर्तीका नगरहरुबाट अनि भेटिनेछु म यमनगरका चोकहरुमा।

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : आकाशको अँध्यारो गुफाभित्र

~बिजय चालिसे~ ईशान बाबासँगै मङ्गल ग्रहको यात्रा गर्दै थियो । उनीहरू पृथ्वीबाट उडेको आज छैटौं दिन थियो । यानको कम्प्युटरबाट अरु यात्रुजस्तै ऊ पनि आफ्नो यान उडिरहेको अन्तरिक्षका दृश्य हेरिरहेको थियो । यानका चारैतिर आँखाले नभ्याउने आकाश फैलिएको थियो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : बेसारको खेती

~भूपिन ब्याकुल~ विचार रोपेका थियौं फाटहरूमा पहेलिएर गए सौंन्र्दय फलाउन चाहेका थियौं बारीहरूमा बिरामी भए त्यहीं नजिकै गाज हालेर फस्टाइरहेको छ बेसारको खेती

Posted in कविता | Tagged | Leave a comment

कथा : साइनोको ब्यापार

~सीता बराल~ ‘बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई ।’ रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नेपाल उस्तै छ

~आयुष चौधरी ‘सम्मोहन’~ हिजो अस्ति र आज चाल उस्तै छ अझैपनि हेर हाम्रो बेहाल उस्तै छ । लोकतन्त्र ल्यायौ रे आभाष छैन हामीलाई त परिवर्तन भयौं भन्यौ ताल उस्तै छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : स्वास्नी र रिमोट

~गोबिन्दसिंह रावत~ स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आफुले चाहेको बेला अन गर्थे नचाहेको बेलामा अफ गरिदिन्थे मनपरेको कुरागर्दा सुनी दिन्थे डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आधा रातमा साथीभाइ र पार्टीबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेपाली भजन : नटराज

~बिक्रम श्रेष्ठ “सागर”~ नाच न नाच हे नटराज, भस्मभूषण नाटेश्वर नटराज । प्रलयङकरा अभयङ्करा, दहन त्रिपुरा तिमी शङ्करा ।। अन्तरयामी त्रिलोक स्वामी, तिमी त्रिपुरा त्रिनेत्रधारा । नाच न नाच हे नटराज, भस्मभूषण नाटेश्वर नटराज ।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

कथा : लाइकको ज्वरो

~अञ्जली सुवेदी~ भख्खरसम्म मन चंगा थियो, भख्खरै भित्रभित्रै आगो सल्किन थाल्यो। फेसबुकमा जतिजति त्यो फोटो हेर्दै गएँ, त्यति नै आँखीभौं तन्किन थाल्यो। तुरुन्त अरू फोटो सर्च गरेँ। भटाभट उसैको लाइकले मेरो आँखा तिरमिरायो। समय लाएर गनेँ। जम्मा चार वटा लाइक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पशू गर्जनहरू !

~अशोक पार्थिव तामाङ~ ए मान्छे भनाउँदा मान्छेहरू ! म त खाँटी पशू हो , म पशूको सवतन्त्रता बाँच्न चाहन्छु तिम्रो कंक्रिटको शहरमा मेरो लागी गोठ नबनाउ त्यो मेरो आवश्यक्ता पनि होइन तिम्रो सूनबुट्टे सपनाहरूको पछि लाग्दा थुप्रै मेरा वंसजहरू ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : गल्छ मानिस

~ज्ञानेन्द्र गदाल~ यति मेरो उति मेरो, भन्दा भन्दै गल्छ मानिस आखिरीमा हात खोली, चितामाथि बल्छ मानिस । जिन्दगीलाई नबुझेर, बेहोशिमै जिउंदा जिउंदै कर्तव्यको पथ छोडी, आफुखुशी चल्छ मानिस ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : मेच

~नरेन्द्रकुमार नगरकोटी~ भएरै पनि चार खुट्टा हिँड्न सक्तिनँ म मानिसहरूले अंकमाल गरेर नापेदेखिन् मेरा पुर्खाको छाती निस्प्राण भएँ म र फेरियो जात पनि थाहा छैन– कोको आए र गए कोको बसे र छुट्टिए मलाई थाहा छ– मच्चिँदा–मच्चिँदै कलिलो बालकले

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : कस्तो हुन्थ्यो होला !

~मीरा मन थापा~ आफ्नै लास देख्न पाए कस्तो हुन्थ्यो होला ! मेरो वरिपरी बसी को को रून्थ्यो होला !! मेरो लासमा चढाउन फूलको थुङ्गाबाट ! केस्रा केस्रा च्यातिन्थ्यो कि कोही उन्थ्यो होला !!

Posted in गजल | Tagged | Leave a comment

गजल : रगतै पानी भएपछि

~विजय सुब्बा~ के गर्नु मेरो रगतै पानी भएपछि सधैं नै तलुवा चाट्ने बानी भएपछि कहिले दिन फिर्छ हँ यी कालीहरूको महिला भन्ने नै हठात् रानी भएपछि

Posted in गजल | Tagged | Leave a comment

गजल : र त प्रेममा पागल छु म

~कुमार श्रेष्ठ~ मेरा दुख सबै हर्छौ र त प्रेममा पागल छु म तिमी धेरै माया गर्छौ र त प्रेममा पागल छु म पुर्ण रुपमा आफै लाइ रित्यायर केहि नराखी मेरो मन मुटु भर्छौ र त प्रेममा पागल छु म

Posted in गजल | Tagged | Leave a comment

कविता : निरन्तर बग्ने ईन्द्रावती

~राज थापा~ ~~~~~~~~~~~~~~~~~~~ निरन्तर बग्ने ईन्द्रावती ~~~~~~~~~~~~~~~~~~~ साउन ,भदौको झरीले पोखाएका भेल बोकेर उर्लि आएकी ईन्द्रावती दिदी सुनकोशी कुर्दै छिन दोलाल घाटमा किनारमा माझी जिस्कदैछ उनी सँग खुम्मारीको ओरालोमा शङ्ख बज्दा माइलो नेवार दाउरा तयार गर्छ बेलडाँडा चडी पौवा ,सापिङ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लोक गीत : सोध्यो भने

~डी.बी.चौहान~ सोध्यो भने सञ्चै छ भन्दिनु तेह्रथुमे साईली र माईलीलाई । टुुँडीखेलको खुकुरी त बजार ढाका टोपी साईली माइली नाच्थे गाउँथे भाका छोपी छोपी तीज जुरेको डाँडै डाँडा लाली गुराँस फुल्ने तेह्रथुमे ढाका टोपी शीरैमाथि खुल्ने ।

Posted in लोक गीत | Tagged | Leave a comment

कविता : एउटा भयानक सपना

~गोपीकृष्ण प्रसाई~ कालरात्रीको त्यो शृंखला एउटा आतेस अनि घात बनेर आयो डर अनि मनको अस्थिर पन मुटु दुखिरहेथ्यो जिजीविषा झुकिरहेथ्यो सर्पले खेदिरहेछ डस्ने मनसाय बोकेर फंडा फुलाउदै नजर चारै तिर डुलाउँदै मलाईनै लक्ष्य गरेर अघि बढिरहेछ सर्प

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द र चेतावनी

~इश्वर मानन्धर~ गणतन्त्र नेपालको पहिलो उपलब्धि बान्द र चेतावनी तिमी अति महान छौ प्रस्तावित नयाँ नेपाल आगमनको बेला नियमित झैं तिमी देखा परेका हुन्छौं जन चाहाना र अधिकार भन्दै चुनौंति दिन्छौ सजिलै पूरा गराउँन पनि सक्षम हुन्छौ कति वाध्यता छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खुङ्खार भाले

~उपेन्द्र सुब्बा~ बिर्खे कामबाट लखतरान भएर घर फक्र्याे । घर पुगेर पिरामा चाक बिसाउन नपाउँदै कुनामा सुँकसुँक गर्दै बसेको माखक्केलाई देख्यो । उसले स्वास्नीलाई पुलुक्क हेर्दै सोध्यो, ‘के भो त्यसलाई ?’ ‘मासु खान्छ रे ! तेस्किमालाई छेपारी ताछेर पकाइदिऊँजस्तो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मधेससँग नजिस्क

~केवल किरण~ मधेससँग नजिस्क ओ मेरा देशका मान्छेहरू मधेसलाई संधै छिमेक नभन ओ जागिरका हाकिमहरू मधेसलाई संधै पराई नठान ओ सदरका नीति नेताहरू नहेर भूगोलका भेदहरू मानचित्रमा अन्यत्र पनि थुप्रै पहाड मधेस छन् कोरेर विभाजन रेखाहरू रङ्गहरुका आफू बेरङ्गी नबन

Posted in कविता | Tagged | Leave a comment

गीत : म उभेको धर्ती

~केशर थुलुङ~ म उभेको धर्ती आफ्नै ठान्छु, आफ्नै भन्छु र दुनियाँ छाडेर उनैसङ्ग गहिरो प्रेम गर्छु गहिरो निद्राले छोपोस म यसैमाथि सुत्छु नमिठो सपनाले बिउझाइदेला यही माथि हुन्छु मेरो सास उनी, मेरो आसा उनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भानूदय प्रती

~युद्धप्रसाद मिश्र~ होऊ दुर्दिनका अतिक्रमणमा उत्पन्न भानूदय धोऊ कल्मष द्वन्द्वता, दुरुहता, दुर्भावना संशय छोऊ निर्मलता प्रदान गर्दै साहित्यका प्राणमा भत्केको युग भारले हृदयको प्रासाद निर्माणमा

Posted in कविता | Tagged | Leave a comment

कविता : खेमा

~नवीन लामा `सुरेश`~ छरपष्ट आशाका किरणहरु सौन्दर्य बनेको क्याक्टस त्यो मरुभुमिको हेर्दै लोभ लाग्दो हावाको बेग सँग छचल्किएको त्यो मरुभुमीय मोती रेतहरु! आहा! जिउनुको मजा यहाँ जस्तो कहाँ होला ?

Posted in कविता | Tagged | Leave a comment

तिब्वत दर्लामीका ७ मुक्तकहरु

~तिब्वत दर्लामी~ १ कसैलाई जूनको पीर छ याहाँ कसैलाई नुनको पीर छ याहाँ उस्ले चै लगनगाँठो कस्ने रे यस्पाली विचरालाई सुनको पीर छ याहाँ । २ तिमी पराई बनेको हेर्न सकुँला र ? त्यतिबेला मैले श्वास फेर्न सकुँला र ? … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : दुःखी आत्माराम

~सीता अर्याल~ “बाबु, आज त जनसागर नै उर्लिन्छ रे, दमन पनि अचाक्ली हुन्छ रे, तिमी आन्दोलनमा नजाऊ” । भातको गाँस हाल्दै सँगै खान बसेको छोरोलाई आत्माराम सम्झाउँदै थिए । छोरो अलि एकोहोरो स्वभावको, आफूलाई लागेपछि गरिछाड्ने खालको तर पढ्नलाई अत्यन्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Solitude’s Embrace

~Shiva Gautam~ I know now Why I like the solitude I know now Why I love to hear the sounds of silence with closed eyes. I came to realize that I love someone’s love to me I embrace someone’s embrace … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : नदी किनारको रूख

~शिव प्रकाश~ ‘बुहारी खै त?’ ‘छैन।’ ‘नातीनातिना खै त?’ ‘बुहारीसँगै छन्!’ मनमायाका आँखा मदनका अनुहारमा गाडिए। दुवैबीच मौनता निकै बेर मडारियो। मदनका कुरा मनमायालाई कताकति जेरीजस्तो रहस्यमय लाग्यो। फूलका कोपिलाजस्ता नातीनातिना। आँखाकी नानीजस्ती बुहारी। कसैलाई देखिनन् मनमायाले। मदनको अनुहार हेर्छिन्– … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दुुनियाँ चकित हुनेछ

~विक्रम चिमरिया ‘रहस्य’~ एकदिन यो दुुनियाँ चकित हुनेछ । त्यो दृश्य सबैका लागि रमित हुनेछ । कुुरान पढ्नेछन् हिन्दुु धर्मालम्बीले, मुुस्लिम बाट गीता मुुखरित हुनेछ ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : कलंकी देखि सिनामंगल सम्म

~ध्रुबकुमार सापकोटा~ हामी नेपाली कति सौखिन है ! त्यस्मा पनि अलिकती पैसा भयो भने त झन कुरै नगरुं ! अनि झन यूरोप अमेरिका तिर सफा सुद्ध बातावरणमा सहजताको जिन्दगी बिताउने बानि परेपछि त हाम्रो मुलुक तिर झर्दा साह्रै गाह्रो लाग्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भो ! काजी म अछूतै सही

~केवल बिनाबी~ पवनसँग बतासिँदै मेरा पुर्खाले फेरेको सास यहीँ कतै फूलका तरेलीहरुमा सायद डुल्दै होला आकाशसँगै फैलिएर मैले फेरेको सास तिम्रा रक्तकोषिकाहरुमा कहीँ घुल्दै होला पवनसँग लुट्पुटिँदै मेरा सन्तानले फेरेको सास तिम्रा वायुकोषिकाहरुमा निःसन्देह झुल्दै होला तथापि मैले छोएको तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ अनूदित कविता : कैका

~भूपि शेरचन~ अनू : तिलक चाम्लिङ कैका वीर हिङाच्के तर तयाहोरा हिङाच्के कैका तयाहोरा हिङाच्के त्योसोनोम वीर हिङाच्के कैका तयाहोर मितुर देलो वीर तुर्मा पाचापुम्किना कै कहाभारतदा हिङेको एकलब्य देलोलाखै द्रोणचार्यवा कैकालई हेला मैद्यो हेकालइै तया इमा छइदे आम्का तया … Continue reading

Posted in अनूदित कविता, चाम्लिङ कविता | Tagged , | Leave a comment

कविता : पिंडा

~राकेश कार्की~ सक्ने विदेशीए पिंडा बोकेर नसक्ने छुटे पिंडामा डुबेर पिंडाको प्रत्याक्षपण गर्ने हाउंगुजी नबुझे झैं गर्छन् सप्पै बुझीबुझी देशभरी बासमा पिंडा ओछ्ाए भोको गांसमा पिंडा कोच्याए

Posted in कविता | Tagged | Leave a comment