Tag Archives: sangrahalaya

कविता : मौनतामा ज़िन्दगी

~स्वामी सुभाष चन्द्र~ मैले जिन्दगीलाई सोधें जिन्दगी तँ . . जिउन को लागि हो कि भोग्न को लागि हो कि बाच्न को लागि हो कि साच्न को लागि हो कि

Posted in कविता | Tagged | 1 Comment

कविता : अमुक तिमि र म ………!!

~शिशिर परियार~ नेपथ्यबाट कसैले आदेश दियो, अमुक यन्त्र मानब झैँ तिमि निर्देसित भयौ !!! मुट्ठी हरु कसिए र छाति माथि उचालिए बसीभूत तिम्रा आखा हरु अझ चहकिला बने अल्जाइमर पिडित तिम्रो मस्तिस्कको डाटा बेसबाट एउटा गित छानियो “उठ जाग ऐ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दु:खको झटारो

~लक्ष्मी गाइजु~ “हेर बूढी, म पनि अहिले चल्दै गरेको मधेस आन्दोलनमा जाँदै छु”– लखनले गम्भीर हुँदै भन्यो । अचानक आफ्नो लोग्नेको कुरा सुनेर धनु झस्किन् । “तपाईं किन जानुप¥यो आन्दोलनमा ? हामीजस्ता गरिबहरुका लागि कसैले केही गर्ने छैनन्”– एकै सासमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गान्धी, भारत र सत्य

~लिलाराज खतिवडा~ कुनै व्यस्त सडक किनारको गुल्मोहरको रुखमुनि यो मुम्बई सहरमा उभिएर कविता लेखिरहँदा भुस्याहा कुकुरहरुले लघारीहालेका त छैनन् गिद्दहरुले अहिलेसम्म लुछीहालेका पनि छैनन् जस्तो कि चौध वर्षअघि कस्तरी सताइएको थिएँ म यहाँ शैतानहरुले मलाई एउटा घना अन्धकारमा हुत्याएर कस्तरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : काख खोसिँदाको पीडा

~वैकुण्ठ ढकाल~ ‘मामु म एक दिन स्कुल नगई तपाईँको काखमा बसेर दिनभर तपाँईँसँग कुरा गर्छु नि ल?’ ‘किन छोरी?’ ‘तपाईँसँग धेरै कुरा गर्नु छ। तर तपाईँ एक्लै भएको बेलामा।’

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पराई ठान्छौ त के गरु

~घनश्याम शर्मा पौड्याल~ आफ्नै भन्छु तिमी पराई ठान्छौ त के गरु नजिक छोडी टाढाटाढा जान्छौ त के गरु ।। मैले त सबै मान्छे असल नै ठानेको छु मलाई छोडी अर्कैको साथ छान्छौ त के गरु ।।

Posted in गजल | Tagged | Leave a comment

सिसम पाण्डेको हाइकु

~सिसम पाण्डे~ आएको भेट्न चौपारीमा बसेर

Posted in हाइकु | Tagged | Leave a comment

गजल : हुनु पर्छ

~केवी मल्ल “डेनी”~ कि वार कि पार हुनु पर्छ, सर्बहाराकै संसार हुनु पर्छ । यथास्थितिमा चल्दैन दुनिया, अब स्पष्ट विचार हुनु पर्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : ताराहरूसँग

~लक्ष्मीप्रसाद देवकोटा~ नरले पार्यो नर, कस्तो बरबर बा ! कस्तो बरबर ! गोल आँशू ढिका सरी, डोल, जली, पर ! हम्रो यही घर बा, हाम्रो आँशू घर ! बेहोशमा सुन्छ मानिस, आज दिनभर ! बिग्रिएका सपना छन्, हेर ! नभचर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ है बलिहांग “फोपो”फर्केर आऊ

~उमेश राई~ अझै पनि चर्चा चल्छन् मान्छे हरु कुरा गर्छन् तिम्रो बाजेको सुरताको, तिम्रो बाउको बिरताको गोर्खा पल्टन छोडेर नेपालीको मुक्तिको खातिर सात साल को क्रान्तिमा निर्भिकताका साथ लडेको रे

Posted in कविता | Tagged | Leave a comment

केस्रा : लिलाम

~मौलश्री लिम्बुु~ न रोग छ न चोट देखिन्छ जे मिल्छ मन दुुख्ने भेटिन्छ नियति या नियत जिन्दगी

Posted in केस्रा | Tagged | Leave a comment

कविता : प्रवासी मुुटुुभित्रको व्यथा

~जनक विके लुुहार~ उन्नतिका विचार आरतिले ब्यूुँझाउदा साँझका बत्ती बल्दैनन् रे त्यहाँ वसन्तका पालुुवाले पाहुुना डाकिदिँदा पानसमा बत्ती जल्दैनन् रे त्यहाँ , भ्रमित प्रतिस्पर्धीहरु अट्टहास भिँडको सांसरिक मोहमा गल्दैनन् रे त्यहाँ युुद्वपोतका निम्ति लडाँइका सिपाहीहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : निःशब्द प्रश्नहरु

~इल्या भट्टराई~ त्यो भन्दा पहिला म कहिले पनि कुनै कारागारमा पसेकी थिइनँ । कुनै बन्दीगृहमा गएर मलाई त्यहाँका बन्दीहरुको जीवन तथा तिनीहरुको मनोेविज्ञान बुुझ्ने साह्रै ठूलो इच्छा थियो । एक दिन एउटा संयोग मिल्यो । एउटा गैससले मलाई उनीहरुसँगै राजधानीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तीज गीत : सिन्दूर पुछेका

~कृष्ण प्र. पाण्डे~ सिन्दूर पुछेका ए दिदी बहिनी गाउदैछु तिजमा पाप नलागोस् टुहुरा ससाना ए भाई बहिनी नाच्दैछु तिजमा पाप नलागोस् सम्झना धमिलो आँखामा साँचेका मुटुको टुकुरो गुमाइ बाँचेका पिरमा डुबेका ए आमाहरु हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : धोकादिनु हुन्न भन्थ्यौ

~सुवास श्रेष्ठ~ हिजो सम्म तिमी आफै धोकादिनु हुन्न भन्थ्यौ धोकेवाज मान्छेको त हात पनि छुन्न भन्थ्यौ। त्यति ज्ञानी मान्छे तिमी सबैलाई सम्झाउँदै मुटु साट्ने टुट्न हैन माया जाल बुन्न भन्थ्यौ।

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : वादविवाद

~नन्दलाल आचार्य~ पात्रहरू– (१) श्रीमान् (२) श्रीमती (३) बहिनी (४) छोरी (सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

मैथिली गीत : सहिदक आत्मा जरए

~गजेन्द्र गजुर~ ननकिरबो मरए ,बुढबो मरए लइल अधिकार।। सहिदक आत्मा जरए,टसँमसाइ नहि जाली सरकार।। लहुमाला छिरियाल माएँ के आचरमे बोदम बोद नोर कऽ डिढीर फारल पाथरमे मिटौने नइ मिटत माँए मधेशक ललकार ।।

Posted in मैथिली गीत | Tagged | Leave a comment

कविता : भोग चेतनाहरु

~गिरिराज बाँस्कोटा~ एउटा प्रेमीले जुन विरुद्ध अदालतमा मुद्दा हाल्यो मुर्ख न्याधिसले खैनी माड्दै घुस मागेछ त्यहि पेरीफेरीमा मौका मिलाएर विदा मिलाएर सन्दर्भ जुराएर प्रेमलयभित्र मुन्टो जोडेका जोडिहरुलाई प्रहरीले जरिमाना तिरायो लज्जित अनुहारहरु संवेदनहिनतामा फोटो खिचेर पत्रपत्रिका र टेलिभिजनमा पठायो यहि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चोर औंला

~कृष्ण बजगाईं~ उनको एक हातको पाँचवटा औंला संयुक्तरुपमा सक्रिय थिए । तिनैले मागेर ल्याउँथे र सम्पूर्ण शरिरलाई मात्र होईन उनीसंग आश्रित परिवारलाई पनि भरणपोषण गर्दथ्यो । केही समयपछि उनका दुवै हातका दशवटै औंला संयुक्तरुपमा सक्रिय भए । दुई हात जोडेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Story : Going By The Clock

~Paramendra Bhagat~ When I saw her for the first time, she had her papers strewn all over the dining table: recent mail, news clippings, newsletters, papers in progress, handwritten notes, opened and sealed envelopes, pamphlets to pass around, her appointments … Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : छालहरु

~भूपिन ब्याकुल~ छालहरु नदि बगिरेहेका संकेतहरू हुन् नदि बग्छ र छालहरु निस्कन्छ छालहरु नदीले गाएका मौन गीतहरु हुन् नदीले भरेका प्रिय संगीतहरु हुन् अक्षरहरु हुन् छालहरु नदीले उत्कर्षमा रचेका जो बुझ्दैनन नदीले लेखेका शब्दहरु जो सुन्दैनन नदीले गाएका धूनहर मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित लघुकथा : गमला र भाँडो

~जेंग ओसेन~ नयाँ घरमा सरिसकेको एकजना मान्छेले नयाँ धरमा कुन कुन सामान लाने भनी राम्रा देखिने भाँडाकुँडाहरु छान्न थाल्यो । यसैक्रममा उसले एउटा गमला उठायो। त्यसलाई उसले रङ्ग–रोगन ग¥यो, राम्रा फुलहरु राख्यो र वर्काइफर्काइ गरेर हेरेपछि प्रसन्न भयो । “यसले … Continue reading

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

मुक्तक : एउटा दियो बनाउनु छ

~मिश्र नरहरी~ घन घोटेर सियो बनाउनु छ त्यही सियो लक्ष्य मियो बनाउनु छ जिन्दगीका अँध्यारा पाटा हटाएरै छोड्छु अब

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अकल्पनीय देशको यात्रा

~सरुभक्त~ ‘के इतिहास चक्रीय सिद्धान्तनिष्ठ छ ?’ पुनरावृत्तिमा लिगलिगकोटे युगहरु प्रतिश्पर्धा दौडमा छन् छुमन्तर ! गोर्खाली जिनका रसायनिक भाषाहरु खोई हुस्सुले छेकेको घाम कहाँ ‘ब्रेनड्रेन’ भई हिडेको छ ? युग वदलियोः हामी एक अकल्पनीय

Posted in कविता | Tagged | Leave a comment

कविता : ध्यानस्थ रूख र मालश्री धुन

~शशि लुमुम्बू~ जोरसल्लाको छेवैमा ध्यानस्थसखुवाको बूढो रूख देखेपछि मैले बाबालाई सम्झे …। बाबा पहाडजस्तै खँदिलो र, पूर्णेको जूनजस्तै हँसिलो हुनुहुन्थ्यो पवन झै वेगवान र, नदी झै गतिशील हुनुहुन्थ्यो।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : राजनीतिमा राजनीति

~खगेन्द्र पन्धक लिम्बू~ आम निर्वाचनको घोषणा लगत्तै उम्मेदवारको पोस्टर आफ्नै घरको भित्तामा देख्नासाथ मैले स्पष्ट चिनिहालें l पार्टी कार्यकर्ताको हिसाबले आफ्नै पार्टीमा नयाँ अनुहारलाई उम्मेदवार बनाईएको मलाई स्पष्ट थाहा थियो l पार्टीको नियमानुसार कम्तिमा पाँच बर्ष पार्टीमा काम गरेको प्रमाण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : माछा–माछा भ्यागुतो !

~कृष्ण सेन ‘इच्छुक’ ~ मेच उही हो पर्दा फेरिएको छ नाटक उही हो दृश्य फेरिएको छ नायक उही हो अभिनय फेरिएको छ गीत उही हो भाका फेरिएको छ ‘डमडम’ बाचाहरुको विषालु धुनमा ताण्डव नृत्यको एकछिन ताल फेरियो भन्दैमा तिमी ठान्छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिकाश र सम्पन्नता देखी

~राज थापा~ बिकाश र सम्पन्नता देखी छिमेकी सबैमा लोभ बडोस एउटै साझा फुलबारीमा अनेक थरी पुल फूलुन अब राजनिती हैन देशमा राज्यको निती बलियो होस मेची काली हिमाल पहाड तराई

Posted in कविता | Tagged | Leave a comment

कथा : अफलाइनमा कमरेड

~नवीन विभास~ फेसबुक लग इन गरेँ । हत्त न पत्त खोजेँ, अनलाइनमा छन् कि भनेर । रहेनछन् । अफलाइन म्यासेज आएको छ कि भनेर इनबक्स खोलेँ । थिएन । उनको फ्रेन्डलिस्टमा भएजतिलाई मेसेज गरेँ । कतैबाट रिप्लाई आएन । जहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो अभागी प्रेमीको कथा

~हेमन्त परदेशी~ यता तिमी बैंशालु गुराँश बनेर लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी कति फिक्का र निरस जीवन बाँचिरहेको होला l हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको

Posted in कविता | Tagged | Leave a comment

कविता : उमराव जान

~चन्द्र घिमिरे~ मान्छे बेच्ने पहाडबाटउर्मिला, कल्पनासितै जँड्याहा लोग्नेबाट आजित सुनितालाई काखे छोरी सहित सूर्ती झै खरिदेर चढाएको फर्जी सपना थियो भेलपुरी खुवाउँदै रेलबाट ओराले र मिसियो बगिरहेको मान्छेको समुद्रमा प्वाल परेर डुबिरहेको नौका यो धारिलो महानगरमा। सम्पादक रहेछ कपाल कुर्लुङ्ग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : वास्तविकता-२

~शर्मिला खड्का दाहाल~ ‘हाइ डियर !’ ‘हाइ !’ ‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’ ‘किन ?’ ‘एकाएक हराउँछौ ।’ ‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’ ‘फोन गर्न सक्थ्यौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment