Tag Archives: sangrahalaya

कविता : पृथकता र प्रेमरेमिलता

~गिरिराज बाँस्कोटा~ मेरी आमा तिमि भन्दा राम्रि हुनुहुन्छ तर उहालाई तिम्रो जस्तो सिगारिने फुर्सद छैन उहालाई रमितेमा घाँस काट्न जानु छ चुलो रङगाउनु छ अनि बेला बेला मलाई सम्झिएर बिरत्तिनु छ तिमि जस्तो मेरी आमालाई फुर्सद छैन दिन भर काममा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धतुरेहरु र मेरो स्वकीय अडान

~गणेश खड्का~ मेरो समाजका सबै खाले स्वघोषित वरिष्ठहरु र मेरो दैलो-जस्केलो वरिपरी रोप्तै नरोपी उम्रेको उम्रेयै गरेर हैरान पार्ने धतुराहरु उस्तै-उस्तै लाग्न थालेकोछ मलाई अचेल धतुरे अस्तित्वहरु हुर्के भने तुलसी पवित्रता जिङ्लाउँदोरहेछ करेसामा मनहरु सकरात्मक मौलाएको जाती मान्छु म नकरात्मक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : युद्धबाट चिट्ठी‏

~उदय दर्पण~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : सहिदकि आमा

~रबि खडका ‘एटम’~ ‘धिक्कार गरीबलाई त मासेरै छाड्ने भो ! असार माशमा पनि के को जुन लागेर बसेको हो ?रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चाहना

~समा श्री~ र पनि यो कस्तो शून्यता ! कतै कुनै कुनामा चुपचाप आफैमा खुम्चिएर तिम्रा यादहरू बसेका छन् हावाको मन्द वेगसँगै तिम्रा पाइलाका ध्वनी गुञ्जित हुन्छन् तिम्रो शरीरबाट बहने मन्द सुवास छरिएका छन् र पनि यो कस्तो शून्यता !

Posted in कविता | Tagged | Leave a comment

गजल : दुबै मिली

~इन्दिरा प्रयास~ दुबै मिली पिरतीको,डोरी बाटौं न एकअर्कामा भावनाको,चाह साटौं न दुबै जना मिलेपछि,बाटो खुलाएर् शहर मै बस्ने भए,डाँडै काटौं न

Posted in गजल | Tagged | Leave a comment

गीत : निदरीमै बर्बराउने

~अमर ‘सरोवर’~ त्यो मनले यो मनमा के बैमानी गर्‍यो निदरीमै बर्बराउने नौलो बानी पर्‍यो । चन्द्ररुपी मुहार तिम्रो बोली मिठो लाग्छ लजाएर मुस्कुरा’को झनै निको लाग्छ नशालु ती हेराइले लौन के-के गर्‍यो ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आधा भोगाइः आधा बगाइ

~तारा पराजुली~ तिमी बगेपछि म अनायास जम्न थालेको छु। यो निस्पट्ट तलाउ निर्वेग प्रवाह सिसाजस्तै चर्किएको मन अनि अपमानको हिउँले छोपिएर म अनायास जम्न थालेको छु तिमी बगेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आँशुको कविता लेख्दिन

~हेमन्त परदेशी~ जीवनका अनेक मोडहरुमा अक्षरको खेती गर्दै जाँदा मैले थुप्रै मृत्युका कथाहरु लेखिसकेको छु भोको पेट र नाङ्गो आङ्गको पीडाबोधमा दन्दनी आक्रोशका ज्वालाहरु ओकलिसकेको छु र, प्रतिफलमा असङ्ख्य बधाई तथा शुभकामनाका परि परिका दोसल्लाहरु पनि ओढिसकेको छु । हो, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Essay : Uniqueness in the Modernist Nepali Literary Discourse

~Abhi Subedi~ Introduction This paper focuses on one important aspect of Nepali literature noticed in the writings of the sixties and seventies. The writings under review can be called modernist by using the occidental nomenclature for writings that satisfy certain … Continue reading

Posted in Essay | Tagged | Leave a comment

गजल : तिमी मुस्कुरायौ

~आवाज शर्मा~ जहाँ चस्स दुख्थ्यो उहीँ मुस्कुरायौ । छ कस्तो रहस्यऽ मसङ्गै लुकायौ ।। सक्यौ थाम्न भाला हजारौँ थरीका । दुख्यौ किऽ त भन्दै यता सुम्सुम्यायौ ।।

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : भन बुढी

~दीपक आचार्य ‘जलन’~ भोकै छन् केटाकेटी भन बुढी के गर्ने हो खानसम्म छैन रोटी भन बुढी के गर्ने हो । आँखाका यी जुन अनी फुलजस्ता छोराछोरी

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कथा : पोस्टमास्टर

~रवीन्द्रनाथ ठाकुर~ अनुवाद : कुमुद अधिकारी जागिरको पहिलो हाजिरी दिन नै पोस्टमास्टरलाई इलापुर गाउँमा आउनुपर्यो । यो गाउँ साह्रै सामान्य थियो । छेउमै एउटा नीलो कोठी थियो र सोही कोठीका साहेबले धेरै प्रयासपछि नयाँ हुलाक (पोस्ट-अफिस) स्थापना गराएका थिए । … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

बाल कथा : अनीताको अठोट

~बिजय चालिसे~ अनीतालाई चित्र बनाउन असाध्यै शोख रहर थियो । छिमेकी काकाले बनाउनुभएका चित्र हेरेर आफू पनि त्यस्तै बनाउन चाहन्थी । काका कलाकार भएकोले सधैं चित्र बनाइरहनुहुनथ्यो । उहाँलाइृ भेट्न भनी टाढा टाढाबाट मानिसहरू आउँथे । त्यो देख्दा त झनै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

निबन्ध : मृत्यु एक कला हो ।

~सीमा आभास~ सिल्भिया ! बौद्धिकता अस्तित्वबोध युगबोध काब्यिक चिन्तन दर्शन र एक घनघोर बिद्रोह हो तिम्रो मृत्यु । मृत्यु मित्रु हो । अवसरसँगै अस्वीकृत सत्य जिवन अनि गहिरो निद्रा त्यसपछि एक सपना हो मृत्यु । ओ आत्मदाहकी देवी ! तिम्रा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : आउ हामी सबै मिलेर बन्द गरौँ

~बादल सुरेश~ जब उदांग भएर खुल्छ विदेशी हस्तक्षेपमा देशको निरिहता, जब सर्वांग नांगिन्छ बलात्कार र हत्यामा मानवीयता, जब छ्यांगै खुलिदिन्छ लाजको पर्दा शासकहरूको, तब लाग्छ कसैले बन्द गरिदेओस् मेरो समाजको आवरणलाई, कसैले छोपिदेओस् हाम्रो हिन मुहारलाई।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सोघा

~टंक वनेम~ ओयाक्चुङ भीरबाट अग्लिन्दै गएको अक्करे भीरदेखि माथि माथि ओख्राबु गाउँको थुम्काथुम्कीमा झुम्म परेका रुखहरु अनि ठाउँ ठाउँमा बर-पिपलको चौतारी र बर्षातले कोतारेका ठिट्लाग्दो पहिरोका डोबहरु खेला वारिपारिका गाउँलेहरुको रमिता हुन्थ्यो । एक प्रकारले ती बस्तीहरु आदिम मानव बस्तीजस्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खाएजस्तो लाग्दैन मलाई

~कुमार के.सी.~ आमा भन्नुहुन्छ बाबु,खाएजस्तो लाग्दैन मलाई! तिमीबिनाको चाडपर्ब,आएजस्तो लाग्दैन मलाई! बिरानो यो मुलुकमा भक्कानिएर रुन्छु हरपल सम्पती र पैसालेकेही,पाएजस्तो लाग्दैन मलाई!

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो जन्मदिन

~ओम अज्ञानी~ ‘उडि छुनु चन्द्र एक’ उदेश्य त यहि भयो, ट्रायलमै जन्मदिन बिहानै आयो र गयो ! पोहोर जस्तै प्रगतिको सुभकामना आयो, हेर्दा हेर्दै बाला उमेर दुई बीस पो लायो !

Posted in कविता | Tagged | Leave a comment

गजल : फूल नफुल्नुमा,कस्को थियो दोष

~रमेश विमान~ फूल नफुल्नुमा,कस्को थियो दोष – हर एक गाली,मालिले सहन्छ लेखिएका पाना,सजिएला कतै – जस्ले जे जे लेख्छ,खालिले सहन्छ कहाँ दुख्छ खोइ,भन्दै काट्छ खुकुरी – छालपनी रेट्छ, किनाराको शिर पार भइ सयौं,गन्तब्यमा पुगे – थिचाइको मार,आलिले सहन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : कुमारी गाउँ

~भूपिन ब्याकुल~ दिनदिनै निस्किरहने भूइंचालोका लहरहरु जो जन्मिन्छन युरोपको गिर्जाघरहरु र राष्ट्रपति भवनबाट पररास्ट्र नीति र सभ्य पापी आँखाहरुबाट छिन्छिनै आइरहने आतंकका तरंगहरु जो जन्मिन्छन् एसियाका मस्जिदहरुबाट / मन्दिरहरुबाट आन्ध्यारोका चिन्तनहरुबाट र दमित बिस्फोटहरुबाट अफ्रिकाका भोकमरी र युद्धहरुबाट अमेरिकाकोकुरूप दादागिरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अध्यारामा थियो जीवन

~इन्दिरा प्रयास~ अध्यारामा थियो जीवन,तिमी मेरो जून पाएँ दैव संयोग जीवन भरी,तिम्रै रानी हुँन पाएँ गौरब गर्छु साथ पाई,सफल भएँ गन्तव्यमा अन्योल हटाई साथै हिड्ने,मेरो निम्ति गुन पाएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : ट्रक ड्राइवर

~भूपिन ब्याकुल~ खतरनाक हुन्छ बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु । दिलमाया, म ट्रक चलाइरहेछु । बैंसको भीर कोतरेर बनाएको सपनाहरूको कच्ची बाटो, जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औंला, र यो बाटै नदेखिने गरी हुस्सु लागेको मनको घुम्ती ! दिलमाया, म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुकको भेट

~निराजन “प्रभात”~ म्यासेज बक्समा रातो बत्ति बल्यो मैले हेरे कुनै परिचित लाग्ने फोटो भएको तर अपरिचित नामबाट संदेश आएको रैछ।”किन हो माया मारेको?” केहि गम खाएँ,घोत्रीएँ,याद गर्न खोजे त्यो नामलाई तर सबै शुल्य शुन्य।”मैले चिनिन नि हजुरलाई,माया गरेको भए पो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली भजन : जाँदै छु

~बिक्रम श्रेष्ठ “सागर”~ जाँदै छु म फेरि आउने छैन । सुनिदेऊ बेलिबिस्तार, मेरो कोही छैन ।। घडीको पला म गनिरहेछु मुटुको ढुकढुकी छामिरहेछु ।। अन्तिम हो आज जीवनको सास, नकहलिऊँ म बेवारिसे लास ।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

लघुकथा : काला सर्पको खोजी

~हरिप्रसाद भण्डारी~ सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई झम्टियो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो सबै बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्थामा रुँदै घरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : आभा छरेर भोलि

~अनन्त लम्साल~ ज्योती बनेर बस्नू आभा छरेर भोलि । चाहे म दूर जाऊँ सागर तरेर भोलि ॥ जीवन हुँदैछ कालो रातै छ आज साथी, लाँदैछ चाँदनीको स्यूँदो भरेर भोलि ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जय होस

~शेखर ढुङ्गेल~ जय होस जय होस जय होस मेरो जन्म भुमी नेपालको अमर रहोस वीर शहीदका गाथा नमेटिउन देशका सिमा रेखा उठोस हात घर घरबाट बनाउन नेपाललाई संसारकै खास्सा जय होस जय होस जय होस

Posted in कविता | Tagged | Leave a comment

कथा : पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर

~हरिकृष्ण डंगोल~ पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें । यो घर करिब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश मृत्यु शैयामा छ

~सरुभक्त~ माफ गर, यो कुनै समाचार होइन सुनाखरी नफुल्ने देश धतुरीमैयाहरु बेचिएका छन् भ्याकुमक्लिनर जिन्दगीका हलसाराहरुमा बाबुहरु भैंसीसित छोरी साट्दैछन् मुहनोचवा – आतङ्ककारी कीराहरु एन्थ्राक्स आतङ्क ग्रस्त छन् ए हिमालका जुनकीरीहरु ! के हामी डाइमिथाइल मर्करीका ताण्डवपूर्ण मिनामाता रोगका खाडीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तेस्रो नजर

~बिबश बिप्र~ समुल नतर्कीहरु मयूरका प्वाँख सापटी माग्दै खोल्सा खोल्सामा नाचगान गरिरहेछन राँके भुतहरु राँको बाल्दै तालमा ताल मिलाउदैछन सतीसाल र बयरहरु मधुर मनोकांक्षा बोकी रंगनाच चिहाँउदाछन पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l

Posted in कविता | Tagged , | Leave a comment

मैथिली कबिता : अपन मधेश

~गजेन्द्र गजुर~ देख वृकति यही देशके, दिनानु दिन विग्रले जाय अपन मधेशके ॥ सब एक जुट निर्माण करब स्वदेश के, हरियर आवास बनायब अपन मधेशके॥ देख वृकति…

Posted in मैथिली कविता | Tagged | 1 Comment