~रम्भा पौडेल~
आयो आयो, भुइचालो आयो
मन त यसले सबैको तर्सायो
२०७२ साल बैशाख १२ गते
नेपालले भोग्यो फेरी प्रकृतिको सत्ते
बुढापाका भन्ने गर्र्थै९० सालको कथा
अहिले फेरी फर्की आयो त्यै कथाको ब्यथा
मरे बरै नेपालीजन ऐया भन्न नपाई
हेर्दा हेर्दै ढली गयो आफनो युगको कमाई
आयो …………..
धरहरा भिमसेनको पहिचान थियो
मठमन्दिर नेपालीको आस्थाकेन्द्र थियो
ठुला घर नेपालीका पसिनाका कमाई
गए बरै आनन्दले बस्न नपाई रमाई
आयो, ……………..
ठुला साना ,मन्त्री ,जनता सवै गए पालमा
ईष्या, घृणा,द्घेष अव राख्नु हुन्न साथमा
दिनदिनै भुकम्पको त्रास मात्रै हुने
त्यसै माथि झरी बर्षा कसरी हो ज्युने ?
आयो आयो लौ सातो खायो,
भूकम्पले बर्बादै बनायो ।
उठ उठ नेपाली हो अब जाग्नु पर्छ
राष्ट्र निर्माण गर्नलाई अब लाग्नु पर्छ
हुन्न अब सधैभरी डर–त्रासमा बसी
नयाँ नेपाल बनाउनलाई उठौं कम्मर कसी
आयो आयो नेपाली जोस आयो
भूकम्पको डर त्रास भगायो
(स्रोत : Nepalpati)
