Tag Archives: Hasyabyangya

व्यङ्ग्य कथा : थुक्क सरकार !

~मिलन तिमिल्सिना~ बुढो कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात खान्छ । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना पहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफु एक्लैलाई भएपनि दाल, भात, … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : अनिकालको बीउ

~युवराज नयाँघरे~ आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले । पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभरि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भरमाथिकै । मास्तिरबाट थोपै नचुहिएपछि परेन त बित्यास । तै मनसुन ओर्लियो । अब … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हयाप्पी “भालेटायम डे “!

~चर्चित ढुंगेल~ १४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोज’ थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : छैन

~चट्याङ मास्टर~ एकाबिहानै मुख छोपेको सिरक पन्छाउँदै रोमण्टिक मुडम श्रीमतीसँग सोधेँ– “के छ हालखबर ?” पसलेले योसँग कति ठगे ठीक पर्ला भन्ने निर्णय गर्न नसकेर सामान नै छैन भनेझैँ, श्रीमतीले पनि अन्कनाउँदै भनिन्– “कोही पनि छैन ।”

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : मेरो कुकुरको जात के हो?

~अनलराज भट्टराई~ मुन्ना एउटा असाधारण कुकुर हो। मुन्ना कुन जातको कुकुर हो मेरो घरमा कसरी आयो भन्ने बारेमा रोचक कहानी छ। आज भन्दा एक दसक अर्थात कुकुरहरुको जुनीको लागि एक जुग अगाडिको कुरा हो। मेरो छोराले घरमा कुकुर पाल्ने रहर … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७२

~सिस्नुपानी~ भन भन भाइ हो —संविधान नेपाली सारा —संविधान गन गन बैनी हो —संविधान दफा र धारा —संविधान सपना थियो —संविधान विपना भयोे —संविधान ज्यूँदै आयो —संविधान रुँदै आयो —संविधान कोही भन्छन् चल्यो —संविधान कोही भन्छन् जल्यो —संविधान महत्व जानून् … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसनको इतिवृत्त

~लोकरञ्जन पराजुली~ केही वर्षपहिले, नेपाली भाषा सिक्दै गरेका मेरा एक विदेशी मित्रले फेसनलाई नेपालीमा के भन्छन् भनेर सोधे । म अकमकाएँ । घोरिएँ । झट्ट दिमागमा कुनै शब्द फुरेन । र, एकछिनपछि भन्दिएँ, फेसन नै भन्छन् । हुन पनि अरू … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : कमरेट काठमान्डुमा

~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’ । लामखुट्टेको आक्रमण थियो । आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्रि निद्रा बिथोल्न लामखुट्टेहरूको प्रतिक्रियावादी बगाल अर्को ‘टिँईँ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : म नाथे

~वरुण पोख्रेल~ हुन त म एउटो नाथे | नाथे बोले तो सिधै नाकको रौँ हैन कि त्यो भन्दा अर्कै किसिमको नाथे, उर्फ घेंचु | फेरी घेंचु भन्या के? भन्ने अर्थ खोजिएला “त्यो त मलाइ के थाहा!”, थाहा नै नभएको कुरो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : उत्तरआधुनिक गीत

~चर्चित ढुंगेल~ मलाई फाइट सिकाइदेउन, मलाई डान्स सिकाइदेउन एक्टिङ सिकाइदेउन, मलाई हिरो बनाइदेउन मेरो चर्चा चलाइदेउन, म्याग्जिनसँग मेरो बिहे गराइदेउन भर्जिनसँग

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कविता लेख्न गाह्रो हुँदैन

~आर. आर. चौलागाईं~ कलम झिक्यो कागज निकाल्यो देब्रेपट्टि कुनामा कविता भनेर लेख्यो अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो त्यसको पनि अलिकति तल कविको नाम लेख्यो एकछिन यसो दिमाग खेलायो जेजे आउँछ सरसरती लेख्यो बरू कपाल कन्याउन गाह्रो हुन्छ कविता लेख्न … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-कविता : डण्डिफोर

~बादल सुरेश~ कहिले बीच गालामा आउँछ कहिले निधारको छालामा आउँछ कहिले अनुहार पुरै ढाक्छ त कहिले खिल पल्टेर पाक्छ कहिले दुखेर सताउँछ फुटाउँदा भने आनन्द आउँछ मलाई मात्र किन भगवान जहिल्यै डण्डिफोर आउँछ!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य-कविता : भ्रम–गीता

~रमेश श्रेष्ठ~ कौरवहरू–प्रेमको संसार बुझेर प्रेमगीत गाउने सुरमा गिटारका तारहरू मिलाइरहेका छन्, पाण्डवहरू– पोल्ट्रीफार्मबाटै होलसेलमा अन्डा बेच्दै अझै व्यापार बढाउने लक्ष्य बोकेर विज्ञापनको नयाँ डिजाइन गरिहेका छन्, देवव्रत भीष्म– अम्बालिकालाई पठाउन भनी लाज मानीमानी शिखण्डीसँग प्रेम पत्र लेखाइरहेका छन्, आफ्नो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य कथा : स्वयमसेवक

~दीप हाँडीगाउँले~ धेरै अगाडीको कुरा हो हाम्रो टोल (हाँडीगाउँ)मा स्वयमसेवकहरुको बिगबिगी थ्यो। स्वयमसेवकहरुको तलब आउने जागिर थिएन तर कामै नभएको चै होईन। जागिर खाएर तलब ल्याउनेहरुले भन्दा चर्को काम गर्थे हाम्रा स्वयमसेवकदाइहरु। बिहानै झिसमिसेमा काम सुरु गर्थे, अनि रातको दुई … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-कविता : केहि वर्ष पर्ख न ल!

~बादल सुरेश~ म त डेरामा बसेको मान्छे अँध्यारो भविष्यको घेरामा बसेको मान्छे न त व्यापार छ न त जागीर छ मनभरि केवल पीर छ अनिश्चित तक्दिर छ अहिले त सक्दिन केहि वर्ष पर्ख न ल!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : मान्छे बदलिने क्रिया

~नरनाथ लुइँटेल~ समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जिब्रो-जगत

~विवश वस्ती~ महाभारतकालीन समयमा भीषण संग्राम भयो। संग्रामस्थल कुरुक्षेत्रले विशिष्ट नाम कमायो । मिथकमा, पाण्डव र कौरवका नाम आफ्नै वंश, बन्धुबान्धवलाई धुलाम्य तुल्याउने कलामा पारंगत योद्धाहरूका रूपमा अंकित भए। महाभारतकालीन जमानाका सिद्ध-प्रसिद्ध महानुभावहरूका लामालामा कथा कथ्ने व्यास ऋषिमुनिले त्यत्रो इतिहास … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य-कविता : तिम्रा बा-मेरा बा

~बादल सुरेश~ एउटा बच्चा अर्कोलाई- ‘मेरा बा हिजो हँसिया र हथौडा बोकेर जंगल गएका थिए फर्कँदा क्रान्ति ल्याए चेतना ल्याए परिवर्तन ल्याए गणतन्त्र ल्याए तिम्रा बाले के गरे हँ?’

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : छिमेकीका स्वरूपहरू

~कोमलप्रसाद पोखरेल~ डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी । त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी । अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ, आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।। अर्काे पीर छ … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : झुसिलकिरा

~रमेश खकुरेल~ झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दर शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर । खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल मौन वाणी स्निग्ध आँखा चाल चल्दछ सल्बल ।। अनगिन्ती हात गोडा कहाँ के के समाउँछ बगैंचाको हरीयोमा राज … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य-कविता : मेच

~नरेन्द्रकुमार नगरकोटी~ भएरै पनि चार खुट्टा हिँड्न सक्तिनँ म मानिसहरूले अंकमाल गरेर नापेदेखिन् मेरा पुर्खाको छाती निस्प्राण भएँ म र फेरियो जात पनि थाहा छैन– कोको आए र गए कोको बसे र छुट्टिए मलाई थाहा छ– मच्चिँदा–मच्चिँदै कलिलो बालकले

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : श्री महादेवोवाचः

~केदार शर्मा~ एक दिन कैलाशमा ध्यानमा बसेका महादेवको ध्यान टाढा कतैबाट आएको चर्को होहल्लाका कारण भंग भएछ। ध्यानदृष्टिले विचार गर्दा उनले आफ्नो चिन्तन प्रक्रिया खलबल्याउने त्यो होहल्ला नेपालबाट आएको बुझेछन्। एउटा भन्दा अर्को जान्ने पल्टेर धर्मका बारेमा छेउ न पुच्छरको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आफ्नो भाग्य आफैं कोरौं

~चट्याङ मास्टर~ स्कुलले परीक्षाफल प्रकाशित गर्‍यो महान विद्यार्थीको सिङ्गै समूहलाई फेल गर्‍यो बाध्य भएर महान विद्यार्थीको सशक्त समूहले खबरदारी शभाको आयोजना गर्‍यो स्कुल चौरमा शक्ति प्रदर्शन गर्‍यो सबै जाति, जनजाति, लिङ्ग, बर्ग र समुदायका विद्यार्थी जांच नदिएका, दिन नसकेका र … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : ‘बा’लाई उत्तर

~डा. टीकाराम पोखरेल~ गाउँगाउँमा मोबाइल पुगेपछि मेरा बाले पनि एउटा मोबाइल टेलिफोन भिरेछन् । मेरा बा न परे, मोबाइल टेलिफोन भेटेपछि किन चुप लागि बस्थे । शहरमा बस्ने छोरालाई फोन गर्छु भन्दै कनि कुथी मेरो नम्बर थिचिहालेछन् । मैले “हल्लो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एउटा जन्मजात बाहुनको विज्ञप्ति

~प्रोल्लास सिन्धुलीय~ नाकै थेप्चिने गरी कसैले चोरऔँलाले ठेलेदेखिन् दिमाग रन्थन्याएर सोचिरहेछु– एउटै ब्रेन्चमा राखेर मास्टरले मलाईमात्र बाठो बनाउने गरी कुन पुस्तक पढाए होलान् त्यतिबेला ? मैले पुख्र्यौली छाला बेचेर हालेको होइन यो चुच्चो नाक कसैले जन्मदिनको उपहारस्वरूप दिएका होइनन् यी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : सभासदका दुखेसाहरु

~बम बानिया प्रभात~ घिन लाग्दा समाचारहरु नछाप ए पत्रकारहरु, सवैका हिलो हाल्ने खाडी हामी नै भयौ हगि ? हाम्रो चै समस्या खै छापेको ? पार्टीले आधा लेवी कटाएर लान्छ कार्यकर्ताले गोजिवाटै थुतेर लान्छन् सहयोग रसिद विहानै पिच्छे आउछन् परिवार पाल्नै … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कविताको कमाल

~रामकुमार पाँडे~ हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल । कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला ! बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कब्जियतमा छ देश !

~बिम्मी शर्मा~ हरेकदिन बिहान जब देश शौचालय जान्छ र घण्टौंसम्म कन्दै बस्न बिवश हुन्छ देश छट्पटाउंदछ, उसलाई नेताहरुले कति पीडा दिएकाछन्……….. कमोडमा निक्कै बेर थचारिएपछि देश निखारिन्छ र सिंहदरवार पुग्दछ देश झस्किदै आएको छ जबदेखि उसले थाहा पाएको छ नेताहरु … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य-कविता : आउ हामी सबै मिलेर बन्द गरौँ

~बादल सुरेश~ जब उदांग भएर खुल्छ विदेशी हस्तक्षेपमा देशको निरिहता, जब सर्वांग नांगिन्छ बलात्कार र हत्यामा मानवीयता, जब छ्यांगै खुलिदिन्छ लाजको पर्दा शासकहरूको, तब लाग्छ कसैले बन्द गरिदेओस् मेरो समाजको आवरणलाई, कसैले छोपिदेओस् हाम्रो हिन मुहारलाई।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गजल : तिम्रो चूम्बनको कसम

~सिम्पल केटा~ अरुको आलिँगनमा बाँधिएको छुईन – मलाई तिम्रो चूम्बनको कसम अरुको चूम्बकमा टाँसिएको छुईन – मलाई तिम्रो चूम्बनको कसम । कुरैकुरामा साथि-भाई भेट्दा अलि कत्ति बढी पिएको छू मेरो खुट्टा मात्रै मात्तेको छ आज – मलाई तिम्रो चूम्बनको कसम … Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : आलुको नाक

~विमल निभा~ एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येका एक माननीयको आँखा ऐनामा गयो । उनी एकाएक झस्किए । किनभने माननीयको लामो एवं चुच्चो नाक यथास्थानमा थिएन । त्यहाँ एक प्रकारको खोपिल्टो थियो । उनी एउटा हातले अनुहार … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छन्द कविता : ज्ञानुको बिलाप

~डा. सन्देश राज आचार्य~ (शिखरिणी छन्दमा) नेपालीको झंटा, तन बिच परेथ्यो जब अनि। ज्ञानु बोल्यो क्वाँ क्वाँ ,गरिकन कठै ब्याकुल बनि ॥ म मर्ने बेला भो, तर मेरो पुतर अधम ता । कता भाग्यो तेस्को, भर सक बुझे है तिमी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment