Tag Archives: Hasyabyangya

व्यङ्ग्य कविता : आइज राँके आईजा

~उमेश राई~ आईज राँके आइजा यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा आईज राँके आईज आइज राँके आइजा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फेसबुके फेस

~प्रमोद अमात्य ~ बाङ्गा छन्, सोझा पनि यहाँ गतिछाडा छन्, गतिमान पनि यहाँ पदवाला छन्, पादवाला पनि यहाँ मनचोर छन्, घरफोर पनि यहाँ जति छन् सब छन् फेसबुक भरी फेसबुक बिना चल्छ जीवन कसरी ।। बच्चादेखि बुढाले चलाउने यो फेसबुक … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : महादेवको त्रिशूल

~आषिश श्रेष्ठ~ आज बाटोमा महादेवसँग भेट भयो, शरण परें पाउमाथी,बिस्तारै हातले माथी उठाएर, ग्वाम्लाङ्ग अन्कमाल गरे,चिसा हातले ! म मौका छोपेर कुनै वर माग्ने सुरमा थिएँ, बुढा अचानक घोप्टो परेर रुन लागे, मैले मेरो कान चिमोटें,म विपनामै थिएं,बुढा होशमै थिए … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य व्यङ्ग्य तीज गीत : तीजको लहर

~प्रमोद अमात्य ~ तीजको लहर आयो बरिलै म बुडालाई ज्वरले पार्यो ठहरै बुडीको नयाँ सारी आयो बरिलै बुडीले सुनको चुडी लायो बरिलै

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : असफल नेताको सफल घोषणा

~डा.रामकुमार पाँडे~ हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मुण्डन

~भैरव अर्याल~ एउटा कुनै देशको संसदमा एकदिन निकै चर्काचर्की भयो । चर्काचर्कीको कारण कुनै राजनीतिक कारण थिएन । तर कुरो के थियो भने एकजना मन्त्रीले अचानक कपाल खौरिएको विषयमा– हिजोसम्म उनको टाउकामा लामा–लामा मुन्द्रे कपाल थियो तर राति अचानक उनको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : अंशबण्डा

~यज्ञराज कार्की~ नेपाल बाजेका ३ वटा छोरा । जेठोको नाम “तेन्जिङ” माइलोको “बिरबहादुर ” र कान्छो को “हरिया” । जमिन्दारको रुपमा कहलिएका नेपाल बाजेको जग्गा जमिनको कुनै हिसाब थिएन । उनका छिमेकी- भरतनारायण र चिनकाजीको गिद्दे नजर उनको जग्गा जमिनमा … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : झवाक ठिटा देख्यौ

~पूर्ण थापा~ सुकुल्गुण्डा जल्गटेलाई लोर्के झवाक ठिटा देख्यौ गाढा माया फिका बनाई डलरको बिटा देख्यौ चोखो माया भुली गयौ पराइ माया मिठा देख्यौ गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : लोकतन्त्र कि भोकतन्त्र ?

~डिल्लीराज अर्याल~ बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति नसप्रे मति मान्छेको सप्रला कसरी गति? उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो हार खाएर मान्छे यो संहारक बनी हिँड्यो सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : डाक्टरको सपना

~अल्पबिराम ~ भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : अर्थ छुट्टै

~प्रेम चापागाईं~ किताब नै छन् झोलामा तर पड्नुको अर्थ छुट्टै लाईन मिची मिची कन अघी बड्नुको अर्थ छुट्टै सगरमाथा सिखरमा पाइला राख्न जाने पनि सिखर चुम्ने बहना रैछ चडनुको अर्थ छुट्टै

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुलुस

~पेशल आचार्य~ ‘आज त दुईचार जनाको टाउकै फोर्नुपर्छ, यार !’ –एउटाले सूर्य चुरोट सल्काएर ओठमा चेप्दै सानसँग भन्यो । ‘साला भाते के टाउको फोर्ने कुरा गर्छ । कुनै बैङ्कसैङ्क या फाइनान्सको लकर फोर्नुपर्छ भन न ।’ –अर्कोले अझ फौज्दारी सम्वाद … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गीति नाटक : दुलहीको खोज

~प्रमोद अमात्य ~ अमेरिकामा: ममी- आउन छोरा एउटा कुरा जरुरी गर्नुछ नेपाल गई दुलही एक तिमीले हेर्नुछ । छोरा – ममीको मन जरुर राख्छु नेपाल म जान्छु नेपाल जाने टिकट पनि अहिले म किन्छु । नेपालमा दुलही खोज्दै:

Posted in नाटक, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : केही उखान र केही बूढी

~भैरव अर्याल~ एउटा पुरानो नेपाली रिकर्डमा बराबर सुनिने गथ्र्यो– ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी’ यो लोकसाहित्यबाट चोरेको तक्मा हो कि गायकले नै जोरेको तुक्का हो– थाहा थिएन । तर यसले एउटा हा“सो उठ्दो चित्र भने मनको आँखा अगाडि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : गाउँमा फर्किन्छन् यिनै

~मरुभूमि नारायण~ जब चुनाब आउँछ गाउँमा फर्किन्छन् यिनै जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै । सोझा जनतालाई बलिको बोको बनाई घोक्रे स्वरले हामी माथि गर्जिन्छन यिनै ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : झोली महिमा

~जे.बी. शेर्पा ~ हाते झोली भन्ने बित्तिक्कै विशेषत: महिलाहरुले भिर्ने , झुन्ड्याउने , च्याप्ने झोला हो भन्ने स्वत: अनुमान लाग्छ किन भने पुरुषहरु सकेसम्म झोला जस्ता वस्तुहरु नलिईकनै ढोकाबाट हाम्फाल्दै घरबाट बाहिर निस्कनछन् , उनीहरु त्यस्ता झोलासोला , तन्द्र्यांग तुन्द्रुंग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : को शक्तिशाली ?

~प्रमोद अमात्य~ मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नोबेल प्राइज् एन्ड माकुने

~शिरिष लामिछाने~ ओबामाले नोबेल पुरस्कार पाएको सुन्दा रिस पो उठेर आयो चाउरे, लिखुरे,लम्बुलाई छान्ने को? मन भित्रैदेखि कुँडिएर आयो के हाम्रा माकुने कम थिए र? उनलाई वास्तै गर्न नहुने? दुई ठाउँबाट हारेको भन्दै मा एक वचन सोध्नै नहुने? कसैले हेर्या … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कुर्सीमाथि फर्सी

~नरनाथ लुइँटेल~ डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा आजै गर्ने कामलाई भन्छ भोलि पर्सि हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी । तलकालाई सधँै हेप्छ माथिकालाई सलाम टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम रातो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चोरी पुराण

~नरनाथ लुइँटेल~ “जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो । चोर नाथेको पनि ठूलो स्वर कसरी हुन्छ होला र, भन्ने पनि लाग्दथ्यो । चोरलाई सानै स्वरले चोर भन्दियो भने पनि उत्पातसँग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘र’को कुण्डली

~मनोज गजुरेल~ सबैलाई थाहा छ- कुरो जतिसुकै ठूलो गरेपनि ‘तर’ले काटेपछि सत्यासनास। त्यही ‘तर’ले कसैका सपना उध्रिएकाछन् भने कसैका सपना सुध्रिएका पनि छन्। संसारमा शान्ती अवस्यम्भावी छ, तर…… समुन्नत नयां नेपाल अवस्य बन्छ,….तर π संसारमा तरबारभन्दा ‘तर’ बलियो ठानिन्छ, नेपालमा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : कविजी

~ईश्वर दाहाल~ कवि हृदयमा अपर्झट कविता फुर्योई। कविजीले फेसबुक सम्भि्कए। विदेश बस्ने भेनाले पठाइदिएको ल्यापटप। छिमेकीको सद्भावले पाएको फ्री वाइफाईको स्मरणले कविजीको दिमाग झंकृत भयो। अचेल ल्यापटप र वाइफाईको संयोगले कविजीको कविता फुर्ने क्रममा ह्वात्तै बढोत्तरी भएको छ। झन् आजको … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङग्य निबन्ध : बासीफल

~चर्चित ढुंगेल~ तपाईं पात्रो हेर्नहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न कि ? खैर, मावलमा हजुरबा÷मामाहरूले र घरमा काका र काकाका छोराहरूले पात्रोको पितृ बुझ्ने अनि व्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता÷सम्बन्ध रहेन । मेरा एकजना … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कुकुर स्तुति

~जे बी शेर्पा~ शीर्षक हेर्दै गाईजात्रा उत्सव को उपलक्षमा लेखिएको कुनै गाइजात्रेलेख होला भन्नेठान्नुहोला तर यो गाइजात्रे प्रस्तुति नभएपनी एउटा समसामयिक व्यंगपूर्ण कुकुर लेख हो भन्ने ठोकुवा चाहीं गर्ने आँट गरेकोछु ! नपत्याउने विचारगर्नु भएको भए एकैछिन समय दिनुहोसन त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : धाँधली

~डा. टीकाराम पोखरेल~ सुनसान मध्यरात । उनी मस्त निन्द्रामा थिए । हठात् उठेर खै को नि के–के बर्बराउन थाले । श्रीमतीले आवाज मात्र सुनिन्, कुरा बुझिनन् । कुरा नबुझेपछि श्रीमानलाई घच्घच्याउँदै सोधिन्– ‘हजुरलाई के भयो हँ ?’ श्रीमतीको आवाजले उनी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : हामी लड्न तयार छौं, आओ….

~रोबिन मानन्धर~ ‘म्याँ….म्याँ…..’ बोका करायो । त्यत्तिकैमा उताबाट आवाज आयो,‘कुखुरी काँ…’ लगत्तै अर्काेतिरबाट आवाज आयो,‘भ्वँ….भ्वँ…..।’ बोकाले भन्यो,‘ए भाले भाई ! तिमी कहाँबाट आएको ?’ भालेले उत्तर दियो,‘म पारिगाउँबाट आएको ।’ यत्तिकैमा राँगो बोल्यो,‘के मर्ने बेलामा कराई रा’को तिमीहरु ?’ अनि … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नाक

~रमेशप्रसाद तिमल्सिना~ नाक हाम्रो शरीरको एक अभिन्न अङ्ग हो । शरीरका पाँच ज्ञानेन्द्रीयमध्ये नाक पनि एक हो । राम्रोसँग चिन्ने हो भने मुखभन्दा माथिको डाँडोलाई नाक भनिन्छ । नाक दुई आँखाको सीमानामा अवस्थित छ । तपाई टाउके जङ्गलको यात्रालाई छोट्याउँदै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य निबन्ध : भैसी मनोबाद

~सन्जिव बराल~ उफ यो झिंगा पनि कति छिर्छ नाक को प्वाल मा, असार श्रावन को महिना चारै तिर कहिले टन्टलापुर घाम कहिले भने पखाला लागे जस्तो झरी हाल्छ । आ.. यो दात मात्रै नि कति चपाउनु गिदी हल्ली सक्यो। घर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतन्त्रका लोकमानहरु

~नरनाथ लुईंटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भइरहेको छ । लोकका पालकहरु लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : भटट जागरण गीत

~उही कुमार लामा~ नर्सिङ्गा, दमाहा, गाना, बजाना सबै जी शाह लयः- गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ भद्रकालीबाट उठ, कट्टुवाल-सट्टुवालहरू उठ सूर्यबहादुर थापा उठ, तुलसी गिरीहरू उठ यो देशको स्वाहावंश फर्काउनलाई उठ। पाँडे गाली लेख्न जान्नेहरू सूर्य खड्का भएर उठ केही लेख्न … Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘माइ-नोज’ अंकलसँग नेपाली Movie Watch गर्नेहरु !

~मनोज गजुरेल~ अमेरिकाको आसुतोशले भन्यो- ‘यु नो माइनोज अंकल !’ मैंले जवाफ फर्काएं-‘माइनोज’ हैन बाबु, मनोज !’ ‘ओह, गाण ईट, म्यान-ओज अंकल !’ मैले सम्झाएँ- ‘म्यान ओज हैन, ‘मनोज’ ओके !’ अली झर्को मान्दै बोल्यो- ‘माइनोज अर म्यान ओज, ह्वाट … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : शहीदको हूल

~लक्ष्मण गाम्नागे~ पुलिसको नाम सुन्दै सुराल बिगार्ने छेरानन्द पनि शहीद भए प्रजातन्त्र सम्झिदै दाह्रा किट्ने पन्चानन्द पनि शहीद भए छेपारीकान्त भाग्दा भाग्दै डडाल्नामा गोली लागेर शहीद भए कटुवालकाका आन्दोलन दबाउन खल्तीमा ‘भाडा’ बोकेकोबोक्यै शहीद भए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment