Tag Archives: Hasyabyangya

व्यङ्ग्य कविता : भूपिले उसै भनेका हुन् र

~टेकब कोइराला~ “हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त वीर छौं” भूपिले उसै भनेका हुन् र ! वीर र बुद्धू दुवै हुनु हाम्रो वाध्यता वीर हुनु विगतको वाध्यता कहिले ‘विश्वयुद्ध’ भन्दै वीरत्व प्राप्त गर्यौं कहिले ‘अंग्रेजसंगको … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मेरी मायालु

~सुकुम शर्मा~ मेरी मायालु मसँग उपहार लिएर अरुलाई दिन्छिन् मसँग पैसा लिएर अरुका लागि किन्छिन् मलाई हेरेझैं गरेर अरुसँग आँखा झिम्क्याउँछिन् मलाई पछाडि पारेर अन्यत्र घाँटी तन्काउँछिन् । मेरी मायालु मसँग बनावटी हाँसो अरुसँग मसक्क मस्किन्छिन् मसँग आएझैं गरी फुत्त … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य : पार्टी भित्रको पार्टी

~रारा नेपाल~ “एउटा अर्को पार्टी खोल्नु पर्‍यो कामरेडहरू ” गम्भीर चिन्तनमा डुबिरहेका बेला कामरेड अध्यक्षबाट निस्किएको यो वाणीले कामरेड महासचिव र कामरेड उपाध्यक्ष दुवैलाई झस्काइदियो। कामरेडको वाणी सुनेर दुबै जना आश्चर्यचकित हुन पुगे। यस्तो गौरवशाली पार्टी हुँदा हुँदै अर्को पार्टी … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : म उत्तर आधुनिक समाजवादी ‘गजु’

~सुकुम शर्मा~ अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : गिनिजबुकमा चार दल

~लक्ष्मण गाम्नागे~ हाम्रो देशमा चार दल भन्ने एउटा चीज छ । अस्तिसम्म त्यसको नाम आठ दल थियो, अचेल चार दल भएको छ । पछि फेरि नौ दल अथवा सौ दल के होला त्यो त भन्न सकिन्न तर अहिले हाम्रो देशमा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : मन्त्रीजी-हैजा संवाद

~भरत भूर्तेल~ “यसपालिको हैजा,” स् वास् थ्यमन्त्रीजीले गीत गाउनुभो, “मलाई कतै लैजा ।” “कता लैजाऊँ हजुर ?” हैजाले सोध्यो, “जाजरकोट जाने ?” “जाजरकोट,” मन्त्रीजीले भन्नुभो, “त्यहाँ त पुगेर आइहालियो नि !” “त्यसो भए रुकुम जाने ?” हैजाले बतायो, “रुकुम पनि … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : तिमी पच्यौ कतै

~रारा नेपाल~ तिमी पच्यौ कतै, म पचें कतै जहाँ पचे पनि हाम्रो दुर्गन्ध मिल्दोरहेछ जनवाद ल्याउने ल73यथ्यो हाम्रो तर त्यो भन्दा लाग्यो संसद हो राम्रो जनयुद्ध सम्झी रोइराछु मैले आँखा रोएनी भित्र मन खुशी छ अहिले तिमी फस्यौ कतै, म … Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : तपाईँले किताव निकालेको छ?

~चर्चित ढुंगेल~ केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : अलमल, ढलपल नीति

~लहडकान्त सिलवाल~ अलमल, छलफल, ढलपल नीति आपसमा उत्पन्न गराउँछ भीति जसले तोड्यो सास्वत स्थिति दर्शाउने कसले उसप्रति प्रीति ? अदक्ष र अज्ञहरुको जोश उम्लेको देखिन्छ गुमाई होश यस्ताको भर पत्यारमा कसरी रहने हो मन जिती ? अलमल…

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : गुँदपाक बुलेटिन

~चिरञ्जीवी पौडेल~ बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : ब्रह्माजी ख्वै ?

~चट्याङमास्टर~ सृष्टिका मुख्य तीन शक्ति; ब्रह्मा, विष्णु, महेश्वर, महेश्वर, विष्णु र ब्रह्मा, उल्टो क्रम यो चल्यो अब । महेश्वर प्रकट भए पहिले, गर्दै संहार खुब् क्षति, विष्णु चाहिँ भए दोस्रै, धान्दै बाँकी बचेजति ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : भोलानाथ या झेलनाथ?

~प्रकाश आस्था~ ‘निश्चितै रुपमा अर्को धक्का दिनु पर्ने भयो। नत्र भने त सधैँ तपाई उता पेलिने, म यता ठेलिने।’ आफ्नो परम्परागत मुस्कान सहित कसिलो हात मिलाएर प्रचण्डले झलजीलाई सोफामा बसाउँदै बोले। सहमती ब्रान्डको बाँसुरी कोटको खल्तिमै थियो झलनाथको। बाँसुरी कटबाँसको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘दले’को जालो

~चर्चित ढुंगेल~ ‘दले’ भनेको दलालको छोटकरी रुप हो। ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो। सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो। … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य पत्र कथा : हजुरबाको लभलेटर

~सुरेश ‘समान’~ प्यारी जुनकिरी खड्का, पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कथा : पिकदानी

~रत्न प्रजापति~ हीराकाजी महर्जनको घरसँगै शिवप्रसाद शर्माले साढे चार तलाको घर ठड्यायो । घर बनाउँदा उसले नगरपालिकाले तोकेअनुसार चारै सिमानामा पाँच–पाँच फिट जग्गा खाली छोड्यो । अनि दायाँ, बायाँ र पछाडिपट्टि तीनतिर पाँच फिटको पर्खाल लगायो । पर्खालमाथि थप दुई … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : सिंहदरबारको साँढे

~महेश थापा~ सिंहदरबार छिर्नासाथ मान्छेहरू साँढा बन्छन् भन्ने थाहा हुँदाहुँदै पनि मुलुकको त्यो प्रशासनिक केन्द्रमा साक्षात् साँढे ढसमस्सिएको बातले गच्ची नै ख्वायो। “ए आयो, आयो!” मान्छेहरू फिलिलि दौडेको देखेर म पनि ठाडोपुच्छर लगाउँदै त्यही हूलमा मिसिएँ। “त्यसका साँढे यो भूकम्प … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मेरी बुढीको भुँडी पूजा

~लेखनाथ गौतम~ कहिलेकाही आँखा लगाउछु आफु जन्मेको साल तिर । जन्मेको ठाउँको सम्झना गर्छु । त्यो जमाना अर्कै थियो । लाग्छ त्यो अचम्मको समय र ठाउँ थियो । त्यो अती रोमन्चक ठाउँ थियो । तर पनि आफुमा केही कमी भए … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : नोटमा राजा

~विमल भौकाजी~ राजा ! श्रीपेच पहिरेका राजा नोटहरूमा छापिएका छन्, यहीँनिर, बजारमा यत्रतत्र छन् श्रीपेच नलगाएका राजाहरू, – कोही संसद् भवनमा उफ्रिरहेका, – कोही सिंहदरबारका मेचमा मच्चिरहेका, – कमसेकम, कोही भाषणका मञ्चहरूमा कुर्लिरहेका ।

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 2 Comments

व्यङ्ग्य कविता : जनता नै हुन् ठिसहरू…

~भरत बागलुङे~ तेल बेच्न बसेको आयल निगमसँग तेल छैन अपराधी थुन्छु भन्छ नेपाल प्रहरी तर बबुरासँग एउटा राम्रो जेल छैन भड्खारोमा परोस् साला पदक हाम्रो खेलकुद परिषदसँग एउटै पनि खेल छैन ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : रियल फिलिमका झलकहरू

~रारा नेपाल~ कामरेडहरूको सडक जात्रा वास्तवमा हेर्न लायक नै हुन्छ। हाँसो, रोदन, द्वन्द्व सबै चीजलाई समेटिएको हुन्छ उक्त जात्रामा। विगतमा कामरेडहरूबाट प्रदर्शन गरिंदै आएको सडक जात्राबाट म पनि विशेष प्रभावित थिएँ। त्यसैले यसपटकको “अनिश्चितकालिन जात्रा” पनि मैले राजधानीकै सडकहरूमा निस्किएर … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : साला Politics

~नवराज दाहाल~ कसैले निम्ता गर्नै पर्दैन मुसा बनेर छिर्छ, अनेक उपद्रो मच्चाउछ सबैलाई पिर्छ, साला Politics। आफु केही जान्दैन अरुको कुरा मान्दैन, आफु त काम गर्दै गर्दैन अनेक अड्को थाप्छ, साला Politics।…

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : गिरगिर

~चर्चित ढुंगेल~ खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ। ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो। उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई यतातिर ‘गिरगिर’ भनिन्छ। पहिले नै खाडीमा … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : डि. भी., मेरी स्वास्नी र म

~भरत बागलुङे~ कहिं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो हिजोआज काठमाण्डौमा अमेरिका जाने सपना देख्नेहरुको जात्रा नै लागेको छ । यता जाउँ डि. भी. उता जाउँ डि. भी. घरघर, टोल-टोल बाटो घाटो जहाँ तहिं डि. भी. भर्ने-भराउनेहरुको कुडुलो नै लागेको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : काठमाडौंलाई घेर

~विमल निभा~ पूर्वबाट घेर पश्चिमबाट घेर उत्तरबाट घेर दक्षिणबाट घेर काठमाडौंलाई घेर प्रेमले घेर साहसले घेर उमेरले घेर शान्तिले घेर काठमाडौंलाई घेर यताबाट घेर त्यताबाट घेर उताबाट घेर जताबाट घेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मुखाँ हानु जस्तो

~प्रेम ओली~ अफिस गयो काम गराउने घेर्ने भ्याइ नभ्याइ गर्‍यो काम हाकिमले ढिला सुस्ती भनि हेर्ने साहायकलाई अह्रायो टेर्दै नटेर्ने टेन्सनले एक प्याक तानु जस्तो थुइक्क जागीर ! मुखाँ हानु जस्तो । जति राम्रो गरे पनि पत्रकारको कलमले सधै नराम्रो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य कविता : स्वभाव !!!

~दयामोहन आचार्य~ आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो” पोष्टपेड लिएर ठूलो सस्तो कपडा के आखा लाउँथ्यो “त्यस्को खालो” महंगो भिरेर ठूलो लोकल पनि त आखिर रक्सी नै त होनी “त्यस्को झोल” रेड लेभल पियर ठूलो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नाइटो सन्काउने !

~चट्याङ मास्टर~ गज्जब फेसन आयो यो, टाउको टन्काउने ! आँखा छोपी चश्माले, नाइटो सन्काउने !! प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेको ! चोली छोटो हो कि यिनको भित्री तन्केको !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : हाम्रै ठूले प्रधानमन्तरी भो !

~गोबिन्दबाबु तिवारी~ हौ झुम्से ! के के न गर्छु भन्थे तोरीलाहुरेहरू खूबै पो गरेछन् त हौ ! अचाक्ली नै गरेछन् छाती पिटी पिटी रुनुपर्ने बखत्मा पनि मरी मरी हाँसेछन् आफ्नो भन्नु त्यै एउटा लँगौटी त्यो पनि सूनको किस्तीमा हालेर बिचरो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : म बिरामी छु

~भरतकुमार भट्टराई~ साथी ! ओ साथी ! म बिरामी छु साँच्चै साथी म असाध्यै बिरामी छु भुइँचालाले भर्खरै मेरो भकारी रित्तो बनाइदिएको छ सत्ताको हुचिलले दिउँसै देशको भकारी लुटिदिएको छ ठूलाघरेहरूबाट दिनरात गिद्धका तिखा नङ्ग्राहरू प्रदर्शित छन् मेरो प्यारो धर्तीमा … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : कमरेट काठमाडौमा

~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’। लामखुट्टेको आक्रमण थियो। आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्री निन्द्रा विथोल्न लामखुट्टेहरुको बगाल अर्को ‘टिँईँ आन्दोलन’मा थिए।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

भोजपुरी हास्य कविता : मच्छर–पचीसा

~प्रमोद कुमार पाण्डे~ जेहिं काटत दुख होय, निशिनायक नींद हरन । करहु अनुग्रह सोई , करन देउ आराम पूरन ।। रक्षणहीन तन जानिके, सुमिरौ नरक कुमार । भनभन भनभन करिके प्रभु ,हरहु न नींद हमार ।।

Posted in भोजपुरी कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अनौठो सपना

~धिताल चिरिच्याँट्ट~ एक समय थियो दैनिक रमाइलो सपनाहरु देख्थे, तर आजकाल सपनाहरु देख्न छाडेको थिएँ । वेरोजगार मान्छे दिनभरी सडक नाप्ने काम गर्छु । सडक विभागको जागिरे ! सडक नाप्दै जादा खुल्लामंच पुगियो । राजनैतिक सभा रहेछ, नेताहरु उफ्रि उ्िरफ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment