Tag Archives: Hasyabyangya

व्यङ्ग्य कविता : गधा र हामी

~भिम प्रसाद घिमिरे~ सिर्कना नलाएसम्म भारी नबोकाएसम्म गधा मैमत्ता लाग्छ थाहा छैन हो लागेको कि भएको स्वर सुन्यौ ? हो है ! उसका आवाज न सुर नत ताल प्रिय धोबी, श्रम लिन्छौ भने सिर्कना लाउ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : महाकल्याण

~विवश पोखरेल~ रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-कविता : बा’ म अहिले बिहे गर्दिन

~बादल सुरेश~ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले नर्सको कुरा ल्याउनुहुन्छ कहिले भर्खरकि भुरा ल्याउनुहुन्छ बा’ जहिल्यै कर गरिरहनुहुन्छ मलाई बिहे गर भनिरहनुहुन्छ मलाई भने उमेर पुगेजस्तो नि लाग्दैन आफ्नै खुट्टामा उभिएजस्तो नि लाग्दैन त्यसैले बा’ म … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य पत्र : सभासदहरुलाई निम्तो कुकुर तिहारमा

~सरोज थापा~ श्रीमान सभासद ज्युहरु , तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा।

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रालाई विशेष, तम्रालाई निषेध

~महेश थापा~ मुढोको सट्टा देशकै घुँडो ताक्ने डाक्टर फुर्कोधारीलाई प्रहरीले धरपकड गरेको विरोधमा एकथरी मानवअधिकारकर्मी र बुद्धिजीवीहरू सडकमा निस्केको दृश्यले बिसञ्चो भएको आँखा निको नहुँदै विखण्डनवादीको पक्षमा आवाज उठाउने क्रान्तिकारीहरूको तुजुक हेर्नुपर्‍यो। छोराको हत्यारामाथि कारबाहीको माग गर्दै अनशन बसेका वृद्धले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : चम्किलो प्रतिबिम्ब

~नवीन लामा `सुरेश`~ पहराको आँशु छहरा बनी झर्ने मेरो देशको बयान म के गरुँ ? आशु सबै समेटेर आफ्नै काखमा राख्ने तालको बयान म के गरुँ ? नाताबाद र कृपाबादको खास्टो ओढाएर ढकमक्क फूल फूलाउने मालीको बयान म के गरुँ … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : भन त मोदी दाइ

~प्रेम वली~ हेर त मोदी दाइ बिग्रिएका तिम्रा भाइ कोही सिल्ली जस्ता कोही बिल्ली जस्ता कोही चुसी फाल्ने चुरोटका खिल्ली जस्ता न लेख्छन्् न लेख्न दिन्छन््

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : डाक्ट बन्ने रहर !

~बिजय चालिसे~ सिधासाधा हिसाबमा मजस्तो आम नेपालीहरुले डाक्टर भन्नासाथ विमी हेर्ने र रोग निको पार्ने मानिस संझेका हुन्छौं । शहरबजारका एक नम्बरी डाक्टर हुनका लागि विशेष रोगको विशेषज्ञ नै हृुनुपर्छ । तर यही कुरा स्थानभेद, सुविधाभेद, सभ्यताभेद आदि के के … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : शक्तिको अगाडि भक्ती

~दिनेश ‘रवी’~ “शक्तिको अगाडि भक्तिको गाडी हाँक्नुपर्छ।” यो तप र तापबाट बनेको आदर्श उक्ती हो। यस्तो जुक्तियुक्त बाणी सित्तैमा कसैले सिकाउँदैन। यदी सिकाइहालेमा पनि सिकाउनु अघी तपाईंलाई केही त बिकाएको हुनुपर्छ। तपाईंलाई यस्तो रहस्यमय

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : पिउनुको पौरख

~दिनेश ‘रवी’~ बांगिने बेला छ। बांगोहरुकै मेला छ। जती बांगो र नांगो होइन्छ उती सभ्य र इमान्दार भइन्छ। नत्र उदांगो हुनुपर्छ। स्वास्नि छोराछोरी हुँदा पनि रुनु पर्छ। घिउ झिक्ने बांगै औंलाले हो। जे जती झांगिएका छन् बांगो बिरुवाहरु नै हो। … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य – व्यङ्ग्य : जय फेसबूक !

~चर्चित ढुंगेल~ हाँस्यब्यङ्गयकार गुरु मनोज गजुरेल फेसबूकलाई ‘बेवकुफबूक’ भन्नुहुन्छ । यसलाई तपाईँ ‘सामाजिक सञ्जाल’ भन्नुहुन्छ । अरुहरुले यसलाई केटी पट्याउने वा केटो लठ्याउने प्रेमजाल भन्लान् । कोही कोही यसलाई विज्ञापन गर्न सकिने गतिलो थलो मान्लान् । कसैका लागि यो भात/पानी … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : पुरुष अधिकार

~दिनेश ‘रवी’~ अधिकारको जमाना छ। अधिकार नखोज्दा धिक्कारीनु पर्छ। कुरो उही बोल्नेको पिठो बिक्ने हो। नबोल्नेको त बासमती चामल पनि बिक्दैन। अब आएर पुरुष अधिकारको कुरो जोडतोडले उठेको छ। नऊठोस पनि किन र? जसरी उडुस अधिकारले थलामै बसेर गलामै चुस्ने … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : यसपाली म मन्त्री नहुने भएँ !

~डा. खगेन्द्रप्रसाद लुइटेल~ यसपाली म राजीखुसी मन्त्री नहुने टुङ्गोमा पुगें । यस्तो कमाउदार पोथी छोड्ने कुरो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । आश्चर्य नमान्नुस् कुरा साँचो हो । मेरो जन्मकुण्डलीबारे अलिकति थाहा पाए’सि मेरा कुरामा तपाईंलाई पूरै विश्वास लाग्नेछ । म … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : टायर संस्कृति

~बासु श्रेष्ठ~ हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यसमा सन्देह छैन । विभिन्न जातजातीको फूलवारी नेपालमा विभिन्न थरिको सँस्कृति पाईन्छ जसको कारणले हामी नेपाली भनेर चिनाउन गर्व गर्ने र गराउँछौ । तर शिर्षक हेरेर तपाईलाई लाग्यो हॊला यसले के … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भरप्रसाद र आसमाया

~जोतारे धाइबा~ घुम्दैफिर्दै सहरको मध्यभागमा पुग्दा थकाइ र भोकले लखतरान भएपछि भरप्रसादलाई औडाहा भयो । टन्टलापुर घाममा झट्ट आँखाले केही खुट्याउन नसक्दा उसले आँखीभौँमाथि हत्केलाको छाता बनाएर यसो नजर दौडायो । छउछाउमा कोही फेला परेनन् । चाल्नासमान बर्को शिरमा सिउरिएकी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुत्ता

~डा. सुमन राज ताम्राकार~ जुत्ता मानिसहरुले जुत्ता कहिल्यै देखि लगायन थाले, कुनै पक्का तिथि मिति थाहा छैन। इन्टरनेट सर्च गर्‍या भए भेटिन्थ्यो होला, तर खोजिएन। तर परापूर्वकालमा खराउकै नाममा भएपनि जुत्ता लगाउने चलन चाहिँ पक्कै थियो। रामायणमा बनवास, राम अनि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पाड महात्म्य

~डा. सुमन राज ताम्राकार~ कुकुरहरुले पनि कस्तो गन्हाउने महिना भन्छ रे जाडो महिनालाई अर्थात् मंपुमाफा (बुभ्mनु भएन मंसीर पुस माघ फागुन) लाई । जाडोले कुच्चिएर सुत्ने बेला चाक र थुतुनो जोडिन्छ, फुस्स फुस्स पाड्दा नाकमै ठोकिन्छ, अनि किन नभनोस् त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

~लक्ष्मण गाम्नागे~ खोपडीभित्रको गिदी गिद्धहरूलाई चढाएर पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर हाम्रा माननीय सभासद्हरू सम्विधान बनाउन छटपटाइ रहनुभएको छ उडौंला उडौंला जस्तो गरेर ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ खबरदार साथीहरू हो हल्ला नगरौं ! उहाँहरू केही न केही गरेको गर्‍यै … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : म:म: पुराण

~डा. सुमन राज ताम्राकार~ ‘मान् वा नमान्, म तेरो जजमान्’ भनेर मपाइँत्वको बिगबिगी बढेको बेलामा शिर्षक नै यस्तो मपाइँत्व झल्काउने खालको छ । अनि किन मन नपरोस् त नेपालीहरुमाझ, काम नगरी पगरी गुथ्न खोज्ने स्वाँठहरुमाझ । त्यसमाथि झन् मम: किङ्ग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : बाँदरीय सिद्धान्तको सफल प्रयोग

~संप्रस पौडेल ‘दिवस’~ गहिरो अँध्यारो गुफामा बस्ने माछा आँखाको उपयोग नहुने कारणले अन्धो हुन्छ । जुन अङ्गलाई व्यवहारमा ल्याइँदैन, त्यो अंग विस्तारै हराउँदै जान्छ । त्यसैले बाँदरले पुच्छरको प्रयोग गर्न नजान्दा नजान्दै बाँदरहरु पुच्छर नभएको मान्छे बनेछन् । बाँदरलाई मानिसको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : राम्रो राम्रो लेख मीठा मीठा खाऊ

~सन्जिब लम्साल~ पत्रकार: राष्ट्रको चौथो अंग। म आफैलाई देशको कर्मठ नागरिक सम्झिन्छु र ऐना हेरी टाई मिलाउँछु। सोच्छु, देश र जनताप्रति मेरो ठूलो कर्तव्य छ। मन त लाग्छ नि देशलाई विकासको बाटोमा धकेल्न तर के गर्नु ! आफू परियो लुते … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : टोपी

~अज्ञात~ काठमाडौं, २ जेठ मैले बुझेको टोपी गिरिजाले छोड्न नहुने, प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने, सूर्यबहादुरले लाउँनै पर्ने र शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी। सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : मानवअधिकारको नयाँ घोषणापत्र

~अज्ञात~ व्यङ्ग्यमा कल्पना अर्को पनि गर्न सकिन्छ। जस्तो, माओवादीको सङ्गठनको नाम आग्नेय अस्त्रको नाममा पनि राखिन सकिन्छ। जस्तो स्थायी समितिको नाम तोप समिति, लङ्ग रेन्ज राइफल भनेर केन्द्रीय समितिलाई भन्न पाइन्छ। गाउँ समितिको नाम कट्टा समिति आदि। ओवादी नेता तथा … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : न्वारान

~संप्रस पौडेल ‘दिवस’~ तपाइको न्वारान पक्कै भएको होला । मेरै पनि धर्तिमा अवतरण भएकै दश दिनमा पहिलो चोटी न्वारान भएको रे । जातजाती र धर्म अनुसार सबैले आ–आफ्नै तरिकाले न्वारान गर्दछन् । हिन्दुहरु पूजा, पण्डित, पाठ, पूराण, पानी, पञ्चामृत, पलाँस, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : बल्ड्याङ खानुको मजा

~नरनाथ लुइँटेल~ ‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : छाता र युवती

~जोतारे धाइबा~ करङ भाँच्चिन लागेका, समाउने हृयान्डल जसोतसो थामिएका अनि ओढिने छानो चाल्नोसमान पारदर्शी भएका । यस्ता धेरैथरी छाता बजारमा पाइन्छन् । आकारको त कुरै नगरौँ, चाहे भने मुसोले ओढ्न सुहाउने ‘मिनी अम्ब्रेला’देखि संयुक्त परिवारै अटाउने जम्बो छाता पनि किन्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : हर्के र प्रजातन्त्र

~ठरकि दादा~ हर्के आफूलाई ज्यादै भाग्यमानी ठान्थ्यो । सानै छँदा उसका बाले उसलाई ७ सा’लाँ कसरी प्रजातन्त्र आएर जनताको राज चल्न सुरु भएको हो भन्ने बताएका थिए र उ सधैं आफुलाई स्वतन्त्र नागरिक सम्झन्थ्यो । त्यसपछि उ जवान भयो र … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : मेरो भोट तपाइलाई पक्का भो !

~निरञ्जन मान सिंह रेग्मी~ केही दिन अगाडि क्युवा र फलोरिडा हुंदै आएको समुद्री आँधीले डी.सी. वरिपरि पनि प्रभाव पार्ने जानकारी पाएपछि संकटको अवस्थामा नेपालमा भए खाना पकाउने ग्याँस र मट्टितेलको जोहो गर्नै पर्थ्यो । यहाँ चाहिँ साथीहरुको सल्लाह अनुसार पसलबाट … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : साहित्यकार कसरी बन्ने ?

~मनोज गजुरेल~ आखिर लेखक बन्ने सूत्र पत्ता लागेरै छाड्यो । कुनै जमाना यस्तो थियो–कवि बन्नका लागि साहित्यिक चेतना चाहिन्थ्यो । लेखक हुनका लागि बौद्धिक खुराक आवश्यक पर्दथ्यो । माना–पाथीका ठाउँमा ढक र तराजु आए जस्तै लेखनको क्षेत्रमा जमाना बदलिएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : एमआरपी महात्म्य

~अजय दीक्षित~ ६० वर्ष टेकेको बिहान उनी पुरोहितलाई कुरेर बसेका थिए। ती आइपुगेनन् समयमा। एमआरपी लिन सिफारसिका लागि जिल्ला कार्यालय पुग्नुपर्ने थियो, अबेर हुने भो, उनलाई लाग्यो। आधा घन्टापछि पुरोहित आइपुगे र उनले सोधे, ‘अबेर भयो नि ?’ जवाफ आयो, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य निबन्ध : ‘माथी’

~बासु श्रेष्ठ~ नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो ‘माथि’ । यो ‘माथि’ शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य : ‘महिला’ शब्दको उत्पत्ति

~शर्मिला खडका दाहाल~ एउटा कुरोले मन चुलबुलियो अनि खुल्दुलियो । धेरै दिन भइसक्यो, यसलाई नपोखी नफ्याकी मेरो अशान्त मन कहिले शान्त भएन । मेरो दिमागी चटाइको कुरो के थियो भने ‘महिला’ शब्द । ‘महिला’ यो शब्दको जन्म कहिले कहाँ भयो … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment