व्यङ्ग्य कविता : गाईजात्राकी मेरी बूढी

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

बूढी मेरी कस्ती कस्ती साँच्चै नेता जस्ती
काम पर्दा चिप्लो घस्छे नत्र ढुङ्गो जस्ती ।।
जनताको सुशासनी राष्ट्रसेवी जस्ती
पैसा पाए जस्तो पनि नत्र कस्ती कस्ती ।।१।। बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : सिद्धिचरण : एक रक्षाकवच

~खगेन्द्र सङ्ग्रौला~Khagendra Sangraula

कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । उनका लागि ओखलढुंगा प्राकृतिक सौन्दर्यले सिँगारिएको स्वर्गसमान थियो र त्यसको प्रतिलोमरूपी काठमाडौँ थियो उजाड मरुभूमितुल्य मानव-बस्ती । कविता स्मृतिपटमा बाँकी पढ्नुहोस्

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : माप चिडियाखाना

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको थियो । ऊ एक खप्पिस अनुसन्धानकर्मी पर्यटक थियो । उसका पछाडि थियो होचो कदको नेपाली गाइड । बौद्धिक गाइडकर्ममा ऊ पनि कम निपुण थिएन । ज्ञानपिपासु पर्यटक नयाँ बाँकी पढ्नुहोस्

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल ।

‘जाने होइन दाइ हाइकिङ ?

मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो बाँकी पढ्नुहोस्

Posted in हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

लेख : माधव नेपालको भूमिगत डायरी

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

हिजो के थिएँ, म आज के भएँ ! सम्झेर ल्याउँदा मेरो हृदय सात चिरा परेर धुरुधुरु रुन्छ । हेर्दाहेर्दै, कहाली लाग्दालाग्दै म राजनीतिको गरिमामय शिखरबाट तल फोहोर फेदीमा झ्वाम्मै खसेँ । आफू परियो नास्तिक, इहलोकमा ‘हे हरि’ भनेर दुःखमा सहारा खोज्ने आधारसमेत मेरो केही रहेन । उदास जुँगामा हतास औँलाले ताउ लगाउँदै म घोत्लिन्छु, अढाइ करोड नेपालीमा सबैभन्दा अभागी जीव हामी दुईजना रहेछौँ । ज्ञानेन्द्र शाह र म माधवकुमार नेपाल । सँगसँगै यता मेरो बल्खुदरबारको सिंहासन ढल्यो, उता ज्ञानेन्द्रको नारानहिटी दरबारको सिंहासन घोप्टियो । यता म बल्खुदरबारको गजुरबाट पतीत भएँ, बाँकी पढ्नुहोस्

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

लेख : भरतचर्चा

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

परिचित र प्रिय कोही एकबारको जुनीबाट छुट्दा जिइरहने कोही पनि ऊसँगै गाभिएर एक अंश मर्छ। गोपाल योन्जन र नारायण गोपाल एकबारको जुनीबाट छुट्दा हुनुसम्म उदास भएका नगेन्द्र शर्माले कतै लेखेथे – यी दुई गोपाल मेरो जीवनको पनि जीवन थिए। यिनले जीवन बिसाएपछि म जीवनहीन र निस्सार जीवन जिइरहेको छु। आफ्नै अधीर हातले आफ्नै गलामा पासो लाएर भरत भुर्तेल सकिए। र, तिनको त्रासद अवसानको पछि लागेर मेरो जीवनको एक अंश बाँकी पढ्नुहोस्

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कविता : अपराजिता पारिजात

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

उदास जीवनको उजाड बगरमा
मुना टुसायो एक दुबोको
पारिजात अपराजिता पारिजात बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : अहंको भोक

~वसन्त प्रकाश~

त्यसो त चियाका पसलमा जति अहम्को भोक अन्यत्र कहाँ मेटाउन पाइएला र! गर्नु केही नपर्ने, एक कप चिया माग्यो अनि मन लागेको अहम्मा तर्क–वितर्क गर्योो। अनि जतिखेर आफ्नो ‘भोक’ मेटिन्छ त्यतिखेरै बाटो लाग्यो। मान्छेहरूले चियाका पसलमा सबैभन्दा बढी राजनीतिमाथि अहम्को भोक मेट्छन् भन्ने लाग्छ मलाई। त्यसैले यस्ता पसलहरूमा राजनीतिका कुरा बढी हुन्छन्। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

अाञ्चलिक कथा : बा

~गुरूदत्त ज्ञवाली~Gurudatta Gyawali

“आज त पश्चिमबाट घाम झुल्केछन् नि, होइन के अचम्म देख्नु परेको हो ?” खेत जोतेर आएको छोरालाई बाले बेस्सरी उडाए । छोरो काम नगर्ने मान्छे होइन । उसको आफ्नै संसार छ । युवक हो, बाउको भन्दा युगै फरक छ, हा“स्ने–खेल्ने साथी फरक छन्, पढ्ने–लेख्ने शैली फरक छ । कहा“को सत्तरी काटेका बाउ र कहा“को भर्खरको जुंगाको रेखी बसेको भने पनि हुने बीस बाईसे छोरो । बाले बेलामा बिहे गरेनन् कि केटी पाएनन् । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अब भेट नहुने साथीः विष्णु नवीन

~गणेश रसिक~Ganesh Rasik

‘विष्णु नवीन‘ सम्झेपछि मैले इलामलाई सम्झनैपर्छ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव सँगालेको ठाउँ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव संँगालेको ठाउँ। इलाम, म त्यही थलोमा नजन्मेको भए पनि जन्मेको सरह माया ममता पाएको ठाउँ। हो, म त्यह िइलाममा सम्झन्छु, चैतको उराठलाग्दो महिना। तुँवलोभित्र पारी आइतबारे, नामसालिङ्गका गाउँहरू देखिन्छन्। तलतल माइबेनीको सुसाइसँगसँगै न्याहुलीको विरक्तिलो बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ऋतुको चिया पसल

~कुमार नगरकोटी~Kumar Nagarkoti

वि.सं. २०५१ ।
ऋतुको चिया पसलमा मेरा केही जिप्सी यादहरू छुटेका छन्…यादका भेडाबाख्राहरू धपाउन/गाईवस्तुहरूलाई गोधुली साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरूमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु ।
ज्ञानीहरू भन्छन्, ‘अतीतमा डुल्ने डुलुवाहरू मूर्ख हुन् ।’ आफू कुनै पनि ‘रूप प्लस सार’मा ज्ञानी पुरुष नभएको हुनाले म लाक्षणिक हिसाब–किताबले मूर्ख नै हँु । र, सायद पटमूर्ख पनि । रूप र सारको गन्जागोलमा नपर्नु नै यस बखत रुचिकर होला । कि कसो ? बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

हास्य-कथा : प्रश्नमा मरेको जबाफ

~दीप हाँडिगाउँले~

एकादेशमा बाङ्गे भन्ने थ्यो अनि दीप भन्ने पनि। त्यो दीप भन्ने चैं मै हो। बाङ्गे चैं मेरो साथी।

कुरा जमानाको हो। बेला चङ्गा उडाउनेको थ्यो। समय अपरान्हको २ जति बजेको हुँदो हो। हावा खास चलेको थिएन। हावा नचले पनि हाम्लाई चङ्गा उडाउने धुन चैं राम्रै चल्या थ्यो। हुन त त्यतिबेला चङ्गा उडाउने धुन सधै जस्तो चढ्थ्यो, त्यो दिन बिशेष चै लट्टाई र धागोले भएको थ्यो। गोल्टिनमा नरकट घुसारेर नी फेटन त फेटेकै हो तर मजा त्यति नआउने लट्टाईको तुलनामा। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : डायमनशमशेरसँगका आठ वर्ष

~ऋषिराम पाण्डे~

सेतो बाघका लेखक डायमनशमशेर राणाको नाम त स्कुले जीवनमै सुनेको थिएँ । उहाँसँग प्रत्यक्ष भेट गर्ने सुअवसर भने २०६० साल असारमा मात्र प्राप्त भयो । जुन बेला उहाँ पचासी वर्षको हुनुहुन्थ्यो । मेरा मित्र कार्तिकेय घिमिरेले एक दिन भन्नुभयो- डायमनशमशेर राणाजस्तो अन्तर्राष्ट्रियस्तरको साहित्यिक प्रतिभाको हामीले जीवनी तयार गर्नु महत्त्वपूर्ण काम हुनेछ । त्यसका लागि मैले कार्यक्रम मिलाएको छु । तैँले साथ दिएमा पक्कै पूरा हुन्छ । बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक जोर सूट

~बसन्त गौतम~Basanta Gautam

साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो।

“के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बिरानो परदेशी जिन्दगीमा

~किरण श्रेष्ठ~Kiran Shrestha

झलमल शहर यति बिघ्न बिरानो परदेशी जिन्दगीमा
सुख सपना भै, दुख बिपना भै देखा पर्छन् परदेशमा

डाँफे र मुनाल नाँच्छन् नेपालको बनमा
मात्र तिम्रो सम्झना आइरहन्छ मनमा। बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवनलाई हतार छ परिवर्तनको

~किरण श्रेष्ठ~Kiran Shrestha

यहाँ हर जीवनलाई हतार छ परिवर्तनको
खै कसरी परिभाषा दिउ यो बातावरणको

भित्ताहरु नारा भएर बोल्न थालेका छन
सडक पनि जुलुश संगै तातिन थालेका छन बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखाभरि तिमी, मुटुभरि तिमी

~किरण श्रेष्ठ~Kiran Shrestha

आँखाभरि तिमी, मुटुभरि तिमी,
यही कतै मेरो मुटु माझ जिस्की बसेछौ की?
यही कतै मेरो छाँयाभित्र लुकी बसेछौ की?
आँखा भरि तिमी—— बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बौलाहिको बिहे

~रजित ओझा~Rajit Ojha

धनकुटा
बेलुकि ५ बजे

चुवा बोटमाँ चिया खाँदै गर्दा मैले फेरि देखे त्यसलाई ,एकदमै घिनलाग्दी ,नारी भन्न पनि असुहाउँदि ,जुम्रा परेकाले होला कपाल कन्याइरहेकी थीई ,नकन्याओस पनि किन?त्यस्तो खस्रो कपाल बालुवाको कण परै बाट देखिन्थे कपालमाँ ,ननुहाएको धेरै भयो होला ,फेरि काम पनि त बजार बजार धुलोमा चाहार्ने बाहेक अरु त छैन नि यस्को !”सुनकेस्रि “भन्थे क्यार नाम ,साँचै यहाँ नाम अनुसार को आवरण हुँदैन । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य पर्खाल

~प्रतिमा पौडेल~

गोदावरी पार्कको पल्लो छेउमा भऐको पोखरी देखेको छौ? चंचलता पूवर्क सोधी उसले।

अँ, छु – छोटो उत्तर दियो उसले।

होssssssss त्यहि निरको भूईमा रुखको छाँयापर्ने ठाउँमा टावल ओच्छ्याएर त्यसमा पल्टेर मजाले पढ्नुपर्ने किताब रहेछ यो त बुझ्यौ? बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Leave a comment

कथा : टुङ्गना र डम्फु – ४

सुन्दर जोशी~Sundar Raj joshi

(टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् )
(टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् )
(टुङ्गना र डम्फु – ३ यहाँ पढ्नुहोस् )

यसपालीको कुरा बेग्लै छ |
जिन्दगी नै एउटा बैगुनी सपना जस्तो भएको बेला यो प्रणय दिवसको दिनमा लेख्नलाई मसंग केहि पनि छैन | यस्तो पनि दिन आउने छ जिन्दगीमा भनेर मैले सपनामा पनि सोचेकी थिईन | समयको यो चक्रमा घुम्दै म यति बेला इटालीको पिन्जोलोमा आइ पुगेकी छु | धुपी र सल्लाका रुखहरुले घेरेको एउटा घरको बरन्डामा उभिएर आँखा भरि फैलिएको हिमालहरुलाई नियाली रहेकी छु | अलि पर, पहाडहरु भन्दा पनि पर एक लस्कर हिमालहरु पनि म जस्तै क्षितिज भरि आँखा डुलाएर बसेका छन् | आकाश फुटेर छताछुल्ल क्षितिज भरि खसेको छ | आकाश जस्तै सपनाहरु पनि फुटेका छन् र बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – ३

सुन्दर जोशी~Sundar Raj joshi

(टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् )
(टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् )

बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – २

सुन्दर जोशी~Sundar Raj joshi

(टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् )

केहि दिनदेखि म भ्यानकुभरमा छु । आउने वित्तिकै स्थानिय टेलिभिजनमा काम गर्ने मेरो एकजना साथीलाई आफ्नो आगमनको सुचना दिईसकेकि थिएँ । उनि मलाई उनको एउटा निर्माणाधिन वृत्तचित्रको पात्रसँग भेट गराउन चाहन्थी । भनेकि थिई “मेलिना, म तिमिलाई सरप्राईज दिन चाहन्छु ।” मैले सोचेँ ‘मोरी, कतै त्यहि पात्रसँग त लहसिन पुगिन ? अरु के सरप्राईज हुनसक्छ ? जे होस् आजको दिन फुर्सदमा थिएँ र सिँगै दिन उनको लोकेसनमा बिताएर होटल फर्कि सकेकी छु । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लोस, मेरो दर्पण छाँया

~सुन्दर जोशी~Sundar Raj joshi

बोएन्टन बिच इनलेटको पार्किङ्गलटमा छु म यतिबेला । घाम पनि उदाएको छैन त्यै पनि केही सौखिनहरु तीरको छेउमा उभिएर सागरमा बल्छी फाल्न थाली सकेका छन् । म भने गाडी भित्रैबाट पूर्वको क्षितिज तिर रक्तीम हुँदै गएको आकाश नियालेर बसि रहेछु । धरै पल्ट विल्कुल यहि ठाउँमा आएर सागरमा देखिने सुर्योदयको स्वप्नील दृश्यहरुलाई मैले आफ्नो भिडियो क्यामेराभित्र कैद गरी सकेको छु । यहाँ आएर म कहिल्यै थाक्दिन । कुनै कुनै ठाउँ त्यस्तै हुन्छ- जस्तै थामे गुम्बा नजिकै उभिएर खानतेका र थामसेर्कु हिमालको प्रेमालाप हेरेर मेरा आँखाहरु कहिल्यै थाकेनन् । जोमसोमको नयाँ र पुरानो बजारलाई जोड्ने एउटा सानो साँघुमा बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाह्र लाखको कविता

~सुन्दर जोशी~Sundar Raj joshi

मेरो मुटु लगलगी कामी रहेको छ । अमेरिकामा तीन महिनामात्रै बस्न पाउने छाप लागेर बाहिर निस्केको दुई घण्टा भई सक्यो गोष्ठिको आयोजकले भन्नु भए जस्तै मेरो स्वागतको प्रतिक्षामा कोही भेटिएन । यो बिरानो मुलुकमा डि. एफ्. डब्लु. विमान स्थलको चहल पहल देखेर नै सातो उडिसक्यो, कहाँ जाने – कसलाई गुहार्ने – घरि घरि गोजी छाम्छु । बाह्रलाखको कविता गोजीमा सुरक्षित छ । दौरा सुरुवाल पाल्पाली ढाका टोपिमा छाटिएर आफ्नो छन्दोबद्ध कवितालाई लय हाली हाली पढ्नेछु । स्वदेशको नाङ्गो तस्वीरजस्तो मेरो कविताले परदेशमा बसेकाहरूलाई क्वाँक्वाँ रुवाउनेछ । मेरो बाह्रलाखको कविता पढि सके बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउथ बीचमा यती

~सुन्दर जोशी~Sundar Raj joshi

साउथ विचको एउटा रेष्टुरेन्टमा विशाल सागरको वगर भरी आँखा छरेर बसिरहेका थियौ हामी । भर्खर सागर बाटै उत्पति भए जस्तै अबस्थामा एकहुल युवतीहरु वगर छिचोल्दै हामी बसिरहेको रेष्टुरेन्ट भित्र छिरे । आफ्नो त आँखा बिझाउन छाडिसकेको थियो अर्थात अभ्यस्त भै सकेका थिए । तर भर्खर आइपुगेको साथी केसाङ भने आंखा अन्तै डुलाउने प्रयास गरि रहेको थियो । कस्तो अनर्थ, एउटी मैया त टक्क अडिएर हामीलाई नै नियाली रहेकी थिई । म उस्को हेराईको आसय बुझ्ने प्रयास गर्दै थिए । उ त लगभग चिच्याई “यती एट द बीच” भनेर । सगरमाथाको काखबाट सिधै समुद्रको सतहमा आईपुगेको केसाङको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ढोका

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

ढोकै ढोकाको संसार
प्रत्येक बस्तु, पल, परिस्थिति
बाध्यता, नियति, र स्वार्थका
प्रकारान्तरण आ–आफ्नै ढोकाहरु
एउटा ढोका उघारेर
एउटा मन मस्तिष्क र भौतिक विम्व आयो
त्यो म भएछु ।

अनगिन्ति ढोकाहरु भएको पृष्ठभूमीमा
म सलबलाईरहेको छु
ढोका खुल्ला हुँदा Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : जङ्गलयात्राको संस्कृति र एक्लोपन

~श्रीओम श्रेष्ठ ‘रोदन’~Shree Om Shrestha Rodan

२०५४ सालको नयाँ वर्षे तीन रात काटेपछिको बिहान हो आज । सिक्किमको रिगु बस्तीस्थित के.बी.राईको घरमा हिजो आइपुगेका थियौँ जय छाङ्छा र म । म साथी र जयजी ज्वाइँ यस घरको । बिहान ब्यूँझनासाथ जयजीलाई हेर्छु, उहाँ उठेर बाहिर गइसक्नुभएको थियो । बार्दलीमा आएर हेर्छु जतासुकै अग्लाअग्ला डाँडाहरू देखिन्छन् । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : सेनमा देखिएको वागमतीको मायालु प्रतीच्छाया

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

“जब तिमी पेरिस पुग्छौ, सेनमा रोमान्टिक जलयात्रा गर्न नभुल्नू” । यो लोकोक्ति व्यापक प्रचारित छ जसले सेनको महत्ता उजागर गर्न खोजेको बुझिन्छ । सेन, याने कि नदी । हो, सेन नदी (Seine River) । पेरिस यौवना पुष्प हो भने–सेन सुगन्ध । पेरिस शरीर हो भने– सेन प्राण । पेरिस नवविवाहिता दुलही हो भने– सेन सोह्र श्रृङ्गार । यसरी अनेकौँ विशेषणहरूको निरन्तरताले गर्दा फ्रान्सको राजधानी पेरिसस्थित सेन नदीले आफ्नो व्यक्तित्वलाई बाँकी पढ्नुहोस्

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : अस्वभाविक यथार्थ

~गोबिन्दसिहं रावत~Gobinda Singh Rawat

दिनभरीको कार्य थकाईले
साँझ सोफामा टुप्लुक्क पल्टे पछि
कष्टमय वर्तमानलाई बिर्सन
सुखमय भूतको कल्पनामा हराउन खोज्छु
अनि अन्धकारमय भविष्यको परिकल्पनामा
आफैलाई सान्त्वना दिन थाल्छु
न सोचेको अमीलो सत्यतामा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोद्वेग

~बासु श्रेष्ठ~SONY DSC

मनोद्वेग सुखका हुन सक्छन्
मनोद्वेग दःुखका पनि हुन सक्छन्
मनोद्वेग आँसुमा बग्न सक्छन्
मनोद्वेग हाँसो भैकन पनि फुट्न सक्छन्

मनोद्वेग कथा भएर बग्न सक्छ
कविता भएर पनि कुद्न सक्छ
शायरी या गजलमा लहरिन सक्छ
हाईकु या उपन्यासमा भरिन सक्छ   Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साला उदय

~उदय जीएम~Udaya GM

न काम छ उसको
न फुर्सद छ उसको
हतार/फुर्सदमै
फुर्सद/हतारमै
जीवन खेर फालिरहेछ
साला उदय जलिरहेछ

हजार/लाख चोटहरु
हजार/लाख पीडाहरु
म्वाई खान्छन् उसलाई
रन्थनिएर यताउता
अभावको चोकमा हराइरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : उफ् ! सम्झँदै थकाइ लाग्छ

~डा. सुधा त्रिपाठी~Dr Sudha Tripathi

बल्खु खोलाको पुल रहेछ जीवन जसमा कहिले हलुका साइकल सवार हुन्छ त कहिले भारी सामान लादिएका ट्रकहरू गुड्छन् । बल्खुको पुललाई तीन दशकदेखि र जीवनरूपी खोलाको पुललाई पाँच दशकदेखि नियालिरहेकी छु । ट्रक हिँड्छ, पुल हिँडदैन । समय हिँड्छ, जीवन हिँड्दैन । ट्रक र समय, पुल र जीवन । सायद यही सादृश्य रहेछ जीवनको सार । ठूला ठूला ट्रक गुडेनन् भने बल्खु खोलाको त्यो बडेमाको पुलको के मूल्य ? जीवनरूपी पुलमाथि पनि समय अनेकन् स्वरूपमा हिँडेन भने जीवनको पनि के मूल्य ? समयपीडारूपी बडेमानका ट्रकहरूको कुल्चाइले मेरो जीवनलाई मूल्य प्रदान गरिरहेछ । लाग्छ, सङ्घर्ष नै गर्नुपरेन भने जीवनको मूल्य के ? Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment