कथा : बौलाहिको बिहे

~रजित ओझा~Rajit Ojha

धनकुटा
बेलुकि ५ बजे

चुवा बोटमाँ चिया खाँदै गर्दा मैले फेरि देखे त्यसलाई ,एकदमै घिनलाग्दी ,नारी भन्न पनि असुहाउँदि ,जुम्रा परेकाले होला कपाल कन्याइरहेकी थीई ,नकन्याओस पनि किन?त्यस्तो खस्रो कपाल बालुवाको कण परै बाट देखिन्थे कपालमाँ ,ननुहाएको धेरै भयो होला ,फेरि काम पनि त बजार बजार धुलोमा चाहार्ने बाहेक अरु त छैन नि यस्को !”सुनकेस्रि “भन्थे क्यार नाम ,साँचै यहाँ नाम अनुसार को आवरण हुँदैन ।

“यस्को बारेमाँ सरहरु मध्ये कसैलाई केहि थाहा छ ?”

मैले सरकारि कर्मचारि हरुको अनौपचारिक चिया गफमाँ एउटा नयाँ विषय पस्केँ शायद ,कार्यालय पछिको यो समय धेरैजसो साथिहरु देशको बारेमाँ चिन्ता गरेर बिताउँछन् मधेशका जातिय संगठनको बन्द कहिले कहिले ?पहाडका को कहिले?पेट्रोल कहिले लाईन नलागि पाइने हो देशमाँ आदि इत्यादि ,उस्को विषय नितान्त नयाँ थियो ।एउटी बौलाहिको बिषय!

“पोइला जान नपाएर बौलाएकी रे! “भिँड मध्येकै कसैको उत्तर थियो ।हाँसोको फोहोरा छुट्यो ।

“यस्ति लाई कस्ले लान्थ्यो होला र?”अर्को हाँसो का लागि यी शब्द हरु पर्याप्त थिए।

अर्काको रुपलाई लिएर उडाएको हाँसो ।वास्तवमा नै सत्य सापेक्छिक हुन्छ ,तरल हुन्छ मैले नजिकैको होटेलवाला सँग माँगेर बुनियाँ कपाकप चबाइरहेकी उस्लाई हेर्दै सोचेँ ,के उ पहिले पनि नराम्रि नै थीई त ?उस्का औँलाहरु पर बाट लामा र सलक्क नै देखिन्थे ,तर फुटेका होलान चरचरि ,कपाल लामै थियो तर खस्रो। त्यो त तेल नपुगेर न हो,अनुहार पनि गोलो ,नाक चुच्चो पेन्सिल ले तिखारेर बनाए जस्तो ,अङ्गमाँ भौतिक रुपमाँ काहिँ केहि कमजोरि छैन तर पनि आज उ नराम्रि छ ,यो पनि सत्य हो ।

“कता टोलाउनु भएको सर?”

“कतै होइन”मैले यसपालि भने विषय लुकाएँ ।

एकछिन पछिको आँखा डोहोर्याई ले त्यो होटेल अघि सुनकेस्रि लाई भेटेन ।शायद बुनीया चबाएर कतै लागि सकेकी थीइ ऊ !

धनकुटा ,म आएको धेरै भएको छैन तर सानै देखि “सुन्तला र बिस्कुटको शहर” भनेर सुनेको , त्यसैले नचिने पनि चिने झै लाग्छ ।पहिलो पोस्टिङ रमाईलै भइरहेको छ जे होस मेरो।चुवाबोट छेवैमाँ खाना खाने ठाउँ थियो मेरो ।आज खाना खान जाँदा सुनकेस्रिको नजिकै बाट गुज्रिएँ म ,पर बाट हुल्लड केटाहरु ढुङ्गा हान्दै रहेछन उसलाई जोगाइदिन नजिकै बाट हिँडेको ढुङ्गाले हान्लान र मलाई नै लाग्ला भन्ने पिर ।उ अनभिग्य थिइ ,धेरै कुरा बाट अनभिग्य छे नि उ ,लगाएको शर्ट पनि नधोएको त थियो थियो पाखुरा माँ च्यातिएछ ,हुन त स्रिंगार अरुका लागि हो जस्का अरु नै हुन्नन् उस्लाई स्रिंगार के आवश्यक ।
खाना खाउन्जेल पनि उस्को स्म्रिति मानसपटल मा कुदिरह्यो !

“दाई यो सुनकेस्रि छे नि, बौलाहि कसरि भइ?”एकदिन मैले खाना खाँदा खाँदै होटेल वाला लाई प्रश्न राखेँ ।

“लामो कथा छ सर,म यसको पुरै परिवार चिन्छु ।”

“सुनाउनुहोस न त “आज उत्तर पाइने भइयो भनेर म खुशि र उत्सुक भएँ ।

“यस्को बिहेको कुरा थियो धेरै अघि देखि चलेको!”

“अनि?”

“बेहुला राम्रो थियो ,पढेलेखेको सुशिल ,जेठमा थियो कि क्या हो लगन!”

“अनि?”मेरो उत्सुकता बढ्यो ।

“त्यतिखेर खोइ पन्डितले के भने ,पहिला ग्रहशान्ति नगरे अनिष्ट हुन्छ भने कि क्या हो ,कि बेहुला को जिवनमाँ असर गर्छ भने जे होस बिहे जेठमाँ नगर्ने भए ।”

“अनि?”

“पछि त्यसैका घरपट्टिका छुस्के कसैले कुरा लाइदिएछन अर्को केटो छ भनेर ,अगाडि नै टाँस्सी टाँस्सि हिन्थि भनेर ,बिहे नभाको नभएको नभइ नै भयो , तर सुनकेस्रि त्यस्ती थीइन सर ।त्यहि पिरले बाउ पनि मरे अनि सुनकेस्रि पनि बौलाहि भइ ।”
सुनकेस्रि बिहे नगरेर बौलाहि भई , म निराश भएँ । बेहुलीको जोडा सुहाउँथ्यो होला ,हरेक केटि हरु राम्रा देखिन्छन् त्यति खेर। त्यो पनि राम्रि नै देखीन्थि होला।

खाना खाएर ओछ्यान माँ पल्टे पछि मैले सुनकेस्रि बेहुलीको पहिरनमाँ कस्ती देखिन्थि सम्झिन खोजेँ ।रातो घुम्टोमा अलौकिक देखिने रहिछे मोरी, सोचले मात्रै पनि मेरो मुहारमाँ मुस्कान ल्यायो ,म त्यहि मुस्कान काखी च्यापेर त्यो रात मिठो निन्द्रा निदाएँ ।

“सर सुनकेस्रिलाई त राती पल्लो गाउँका केटाहरु मिलेर बसस्ट्याण्ड छेउको झाडिमाँ **********”एउटा मेरो कानलाई अप्रिय लाग्ने कुरा सुनायो होटेलको साहुले । म थचक्क बसेँ ।

“साँच्चै हो?”बल गरेर सोधेँ मैले ,हुन त त्यो खबर दुई चोटि सुन्नु मेरो मनमाँ दोहोरो चोट पुर्याउनु हुन्थ्यो तै पनि कहिले काहिँ कान झुक्किने आशमा!

“पिशाच मोराहरु,बौलाहि सम्म लाई छोडेनन् ,चौध पन्ध्र जना थिए भन्छन् बाँच्दिन होला बिचरि ,हस्पिटल त बोकेर ल्याका रे होश सोस थिएन भन्दै थिए”
मलाई त्यो पछिको गाँस रुचेन ।भारी पाइलाले कोठा फर्किएँ।मनमाँ अस्ती सम्झेकी बेहुलि याद आइरही ।

बिहान होटेलमै थाहा भयो सुनकेस्रि रहिन अब यस संसारमाँ भनेर ।साथ साथै अर्को हल्ला पनि आएछ ,त्यो घटनाँ उस्कै बिहे भाँड्नेहरुले गराएका भनेर ।मलाई अरु हल्लाहरु सुन्ने रहर भएन ।आज बिदा लिनुपर्ला मनमनै सोचेँ । टाउको दुखे जस्तो भयो ,त्यसै त्यसै रिमोट खेलाउँदै थिएँ एउटा समाचारमाँ टक्क आँखा अडियो

“सम्बिधान सभाको चुनाव चैत्र २८माँ पनि नभए प्रतिक्रियावादी र बाहिरि तत्वको चलखेल यस देशमाँ बढ्न सक्ने ********द्वारा धारणा ब्यक्त”

यो कथा यत्ति नै।

(स्रोत : Sajha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.