कथा : अदृश्य पर्खाल

~प्रतिमा पौडेल~

गोदावरी पार्कको पल्लो छेउमा भऐको पोखरी देखेको छौ? चंचलता पूवर्क सोधी उसले।

अँ, छु – छोटो उत्तर दियो उसले।

होssssssss त्यहि निरको भूईमा रुखको छाँयापर्ने ठाउँमा टावल ओच्छ्याएर त्यसमा पल्टेर मजाले पढ्नुपर्ने किताब रहेछ यो त बुझ्यौ?

कामको सिलसिलामा काबुल विश्‍वविध्धालय जाँदा त्यहाँको परिसरमा भिरालो जग्गामा रुखको अोझेल पारेर पल्टेर पढेका विधार्थीहरुको तस्विर नाच्न थाल्यो उसको मनमा। अनि आफ्नै विश्‍वविध्धालयमा पनि दुवोको ठूलो चौरमा पलेँटी कसेर किताब/नोटबुक हातमा समातेर झुल्दै आँफैले पढेको पनि सम्झि। सुरुसुरुमा त अरुले त्यसरी पढेको देख्दा नाटकै गरेको जस्तै लाग्य्यो उसलाई, पछि रहर लाग्यो त्यसै गर्ने। पहिलो पटक विश्‍वविध्धालयको ठूलो चौर, त्यसको वरिपरि फूलैफूल र विचमा दूवैदूवो भएको ठूलो चौरमा वसेर किताब समात्दा लाज र अप्ठेरो दुवै लागेको थियो ऊसलाई – चेन स्मोकरलाई (chain smoker) पहिलो पटक smoke गर्न लाग्दा भए जस्तो अझ भनौँ नयाँनयाँ प्रेमीहरु कसैको नजरमा परे जस्तो्। पछिपछि त्यसैमा रमाउन थाली, पढाइको रस वस्यो त्यहि चैरमा् । यति सम्मकी जाँच दिन जाँदा समेत १ मिनेट भएपनि त्यो दूवोको चौरमा थ्थाच्च बसेर किताब छोएर जान्थि आफ्नो confidence level बढाउन। विश्‍वविध्धालयको पढाई सकिएकोले अव त्यँहि त्यसरि नै पढ्न नपाउने भएर होला, भविश्यको पोल्टामा कुनकुन किताव कहाँ कहाँ गएर पढ्ने भनेर राखेका थाँतिमा अर्को एऊटा अध्याय थपियो: Misson ‘पल्पसा क्याफे’ @ Godavari । अर्थात नारायण वाग्लेको पल्पसा क्याफेलाई धोको पुग्ने गरी गोदावरीमा गएर उसले चिताएजस्तै गरी पढ्ने।

अफिसको गाडीमा त्रिपुरेश्वरबाट कुपोण्डोलतिर जाँदैगर्दा ऊसले गरेका सम्वाद प्रति आश्चर्यकजनक रुपमा प्रतिउत्तर गर्दै थियो ऊ, साथै किन यो वाग्मतीको फोहरमाथि गोदावरीको सुन्दर वयान गर्दै छे यो केटी भनेर आँफैलाई मनमनै गरेको प्रतिप्रश्न प्रति बल्ल पो प्रस्ट भयो – ऊ त किताब पढ्नकोज लागि उपयुक्त स्थानको छनौट पो गर्दे रहिछे भनेर। साथै दंङग पनि पर्यो कस्ति सौखिन केटी रहिछे जाबो किताब पढ्न पनि उत्तर-दखिणकै (महाराजगंज-गोदावरी) बाटो नाप्नु पर्ने, खुरुक्क आफ्नै घरमा मजाले बसेर नपढेर…………..तर मुखले चाँहि केहि भनेन।

बस वाग्मतीको पुल काटेर कुपोण्डोल हुँदै होटल हिमालयनको उकालो चढ्दै थियो, वाटोको वाँयापट्टि होटल हिमालयनको परिसरमा फुलेको अग्लो (करिब दुई-साढे दुई फिट जतिको) सेतो घाँस देखाएर आँखा चम्काउदै वोली: त्यस्तो फूल (एक प्रकारको सेतो फूल्ने घाँस, झट्ट हेर्दा अिम्रसो जस्तो देखिने तर फूल भने सेतो भूवा भएको) देख्यो भने दशैं आए जस्तो लाग्छ मलाई त, तिमीलाइ नि? फेरि प्रश्न गरि।
कति बोल्न सक्छे यो केटी एकछिन चुप लागेर बस्नु नी, मनमनै रिसायो तर मुखले ठिक्क पार्यो: हो नी। पछि के सोच्यो कुन्नि थप्यो दशैं आउन एक हप्ता त छ नी। अनि गाउँघरतिरको दशैंलाई स्वागत गर्न गरिने तयारीको विस्तार गर्यो। गाउँघरमा त प्रकृतिले नै दशैं आउन लागेको संकेत गर्छ- खेतको हरियो धान सुनौलौ रंङ हुन्छ, कमेरो, रातोमाटो ल्याएर घर छेप्छन थाह छ? – सोध्ने पालो उसको।
अँ, अनि गाँउमा सबैको घरमा गएर वावियो मागेर पिङ खेल्ने डोरी बाट्छन है। मलाइ पिङ खुब मन पर्छ नी। लामो समय देखि घरबाहिर वसेकाहरु यहि दशैंमा त आउछन नी घर, आफन्त सम्झेर। कति रमाइलो हुंदो हो है त्यो छ्ण- थपी उसले। यहि वयान संगसंगै अतितमा पुगि। Unconsciously आफ्नो हातको स-साना औंला भाँच्दै गन्न थालि एक, दुई,तिन…………………..आठ वर्ष। यसपालि त आएपनि हुन्थ्यो नि, आठ-आठ वर्ष कसरी बस्न सकेको होला परदेशमा। अनायसै serious भइ करिब २० महिना अगाडि internet मा chat गरेर नजिकिएको तर कहिल्यै नदेखेको/नभेटेको ‘ऊ’ सम्झेर। व्यक्तिगत रुपमा नदेखेको/नभेटेको भन्ने मात्त त थियो नी उनीहरुको मित्रता। प्रत्येक दिनजसो हुने फोनकल र समय समयमा एकअर्कालाई प्राप्त हुने SMS हरुले ‘मर्यादित भौगोलिक दूरि’ कायम गर्दै ‘अपरिचितताको’ पर्खाल गर्ल्याम्म ढलाईदिएका थिए। फोन, SMS को क्रम जारी नै रह्यो phone bill को सीमा नाघेर एकदिन त पक्कै भेट हुन्छ (कि स्वदेशमा कि परदेशमा) भन्ने निश्वितताका साथ।
अचानक ३ माहिना जति भयो उनीहरु विच कुराकानी नभएको, उसको H1 भएन, यसै गर्ने भनेर decide गर्न सकेन, उसले पनि माया मार्यो कि भनेर यसै निर्कै्योल गर्न सकिन तर सदा झैं SMS गरिरहेकी छे, SMS को उत्तरको प्रतिक्छामा। एक पटक फोन रिसिभ नभएपछि ऊ ‘ऊसलाई’ फोन गर्न डराउछें (गाली खाने डरले होइन, फोन नउठ्लाकी भन्ने पिडाले ) मुटुको कुन कुना हुन्छ जुन पिडाहरुले खुम्चिदैन/दुख्दैन र? त्यसैले होला सम्झनाका छालहरु मुटुमा ठोक्किएर आँखाबाट बग्नै लागेका थिए।

अफिसको बसमा संगैबसेको साथीले notice गर्यो उसको गोरो मुहार विग्रेको। आफ्नो दाहिने कुहिनोले उसको देब्रे हातमा घचघच्यायो; ऊ झसंङ्ग भई: अफिस पुग्न लागेको रहेछ बस। बसमा नलिना चित्तकारको “नदेखेको भए हुन्थ्यो तिमीलाईsssssssssssssss” भन्ने गीत बजिरहेको थियो। प्रसंग मायाकै हुन्छ, विगतका दिनहरुको मीठो संझना केवल एक तृष्षा वनेर छचल्किन्छ मनभरि !!!!!!!!!

‘ अस्तु ’

(स्रोत : Sajha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.