यहाँ हर जीवनलाई हतार छ परिवर्तनको
खै कसरी परिभाषा दिउ यो बातावरणको
भित्ताहरु नारा भएर बोल्न थालेका छन
सडक पनि जुलुश संगै तातिन थालेका छन
गाउ वस्ती शहर सबै जाग्न थालेका छन
यहाँ हर जीवनलाई हतार छ परिवर्तनको
खै कसरी परिभाषा दिउ यो बातावरणको
अपराधका पोलहरु खुल्न थालेका छन
मुठी उचाली मानिसहरु जुट्न थालेका छन
चेतना हो यो युगको फैलन थालेका छन
यहाँ हर जीवनलाई हतार छ परिवर्तनको
खै कसरी परिभाषा दिउ यो बातावरणको
संगीतकार – अमर राज शर्मा
स्वर र रचना – किरण श्रेष्ठ

