~केशब लामिछाने~
कसैको फूलबारीमा शीत बनेर झर्छ माया
कसैको जिन्दगानीमा चित बनेर मर्छ माया
फाप्नेलाई त राम्रै हुन्छ, नफाप्नेलाई साह्रो बाँकी पढ्नुहोस्
~केशब लामिछाने~
कसैको फूलबारीमा शीत बनेर झर्छ माया
कसैको जिन्दगानीमा चित बनेर मर्छ माया
फाप्नेलाई त राम्रै हुन्छ, नफाप्नेलाई साह्रो बाँकी पढ्नुहोस्
हरेक विहान झिसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू
म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच बाँकी पढ्नुहोस्
~अज्ञात~
किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
आगो विना म जलेको हेर
खरानी भई बतासमा उडेको हेर बाँकी पढ्नुहोस्
बारीको कान्लामा डल्ला फुटाइ सकेर
दौराको फेरामा अलौटा र ठेट्ना खाँदै
चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने
धने र बिरे त आज भोली
आधुनिक शहरमा पसी
आधुनिक सभ्यताको आनुयायी भएछन । Continue reading
~भुमिराज इच्छुक~
फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है
चोरीलान काँडाबाट आँट कोही नगरोस् है
मोहित होलान् भमरा र माहुरीका ताँतीहरु
आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है बाँकी पढ्नुहोस्
~राजिव “बसन्त”~
आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा गरे । मैले पिएर गाडि चलाईन जबकी सबै साथी हरु मलाई पिउन को लागी जोड गरेका थिए । मलाई थाह छ , मैले सहि निर्णय लिएको थिए । आमा मलाई थाह थियो , तिमी मलाई जे भन्छौं मेरै बाँकी पढ्नुहोस्
~सुनिता गिरी~
आमा तिमीलाई सम्झँदा ,
नयनमा मोती टल्पलाउँछ,
गाँठो पर्छ मुटुमा भक्कानीएर,
लर्बराउछ पाइला धर्तिमा,
हुर्कायौ बढायौ सहेर हजार चोटहरु
अनिदो ,छटपटीका रातहरु अनि भोकहरु बाँकी पढ्नुहोस्
~राजकुमार फुयाल~
मलाई जुनेली रात होइन,
सूनौलो विहानी भए पुग्छ,
तडकभडक फेशन होइन,
एकसरो कपडा बेरे पुग्छ, बाँकी पढ्नुहोस्
~अरुण “म” मेहता~
अर्थहिन भएछ यो जिन्दगानी
शब्दहरु बटुली लेख्दै नँया कहानी ।
रात मेटाउने खै कहाँ छ त्यो विहानी
जिउँदो लाश भयो पुरै यो जवानी ।।
बाँकी पढ्नुहोस्
~मदन अधिकारी “उदास “~
बुद्ध र सेता परेवालाई फेरी जगाउनु पर्ने भा’छ आज |
हिंसक ति नजरहरु फुटाउनु पर्ने भा’छ आज ||
कारुणिक रोदनसगै चर्कदै छ हत्त्या हिँशा खेल
अर्थहीन मराइलाई मेटाउने पर्ने भा’छ आज || बाँकी पढ्नुहोस्
असाइलम भन्ने यो
दान हो कि वरदान
तिम्रै समग्र कारण
यो अमेरिकन पहिचान
हरियो पत्ताको यो देशमा बाँकी पढ्नुहोस्
सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा –
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे बाँकी पढ्नुहोस्
गृहकार्य सकेपछि आफ्नो ल्यापटप कम्पुटर वन्द गरी अरुणा बुवाको छेउमा वस्दै आफ्नो जिज्ञासा प्रकट गरिन ूबुवा मैले भर्खरै नेटमा २१ औं सताब्दीमा नेपालको इतिहास सरसर्ती हेरेकी थिए त्यति खेर त अहिले भन्दा धेरै फरक रहेछ नि है बुवा ू
दश बर्षे वालिका छोरीको कोमल हात आफ्नो हातमा लिदै नवल भन्छन् ूहो त छोरी त्यति खेर र अहिलेमा धेरै फरक छ । त्यति वेला मान्छे मान्छेमा भेदभाव हुन्थ्यो ठूला वडा भनिने निरङ्कुश तथा सामन्ती शाषकहरुद्वारा जनताहरु सधै शोषित उत्पीडीत दमित हुने गर्दथे हेर छारी ! बाँकी पढ्नुहोस्
आमा! लुच्चा भै गुच्चा खेल्न मन लाग्यो,
छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो।
ह्वाग्रा** खेल्दा खेल्दै बाहुलाले नाक पुछ्नुको आनन्द,
पाङ्ग्रा गुडाउदै खस्केको कट्टु तान्नुको आनन्द, बाँकी पढ्नुहोस्
~डा. विष्णुप्रसाद पौडेल~
सारसङ्क्षेप:
प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, द्वितीय र तृतीय महत्त्वका निबन्धमा छुट्याइएको छ । छुट्याउने आधार विषय र विचार वा भावको सघनता अनि प्रस्तुति र शिल्पको कलात्मकतालाई मानिएको छ । ती बीचको सुसंश्लेषण भएका प्रथम, सुसंश्लेषण त्यति हुन नसकेका द्वितीय र विचार वा भावको सघनता नरहेका, प्रस्तुति र शिल्पको कलात्मकता पनि सामान्य रहेकालाई तृतीय महत्त्वका मानिएको छ । Continue reading
~केदार ‘संकेत’~
‘हामी वीर छौं, तर बुद्धु छौ
हामी बुद्धु छौं र त हामी वीर भयौं…..- भूपी शेरचन
कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्फ अवतरण गरेको छु ।
आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा निकाले पनि ठयाक्कै सकिहाल्ने जाँगर भने विभिन्न कारणवस अल्झेर बसिरह्यो । तर निकै जाँगर चलेको छ आजकल । धेरै नसकेका बासी अक्षरहरूका पाण्डुलिपिहरू नियाल्दै छु । कवि टंक बनेमदेखि यात्राकार विकल आचार्यसम्म । भौतारिनु जरुरी देख्दिनँ । सकेको गरौला, नसकेको बिस्तारै छिमल्दै जाम्ला । तैपनि बेलायती साहित्यकारहरूको एक पर्यालोचना गर्ने बेला भएर नै यता Continue reading
यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण
पञ्चायती व्यवस्था हो भने ।
हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं ।
हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले
र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले । बाँकी पढ्नुहोस्
~अनिल कोइराला~
बेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न मन लाग्छ । कैले कर्मचारी बनेर काठमाडौँमा घरबारी जोड्न मन लाग्छ । कैले हार खाएर सधैँ बेरोजगार बस्न मन लाग्छ । कैले दिमागको बोझ अलि कम हुन्छ र घरजम गर्न मन लाग्छ । कैले रोगी हुन मन लाग्छ त कैले जोगी हुन मन लाग्छ । कैले स्वच्छछविको हुन मन लाग्छ तर अहिले भने धुरन्धर कवि हुन मन लागिरहेछ । “थुइक्क बजिया ! केही सिप नलागेर अब कवि बन्ने जङ् चल्यो -” बाँकी पढ्नुहोस्
आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू,
क्रान्तिकारी अभिवादन् ।
केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी
महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी वा दक्षिणपन्थी बिचारका पृष्ठपोषकहरूले लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित हामी प्रतिष्ठित फरार व्यक्तित्वहरूले गरेका सानातिना अपराधमाथि कार्वाहीको प्रश्न उठाउँदै समाचारहरू प्रकाशित गरेकोमा हामी घोर आपत्ति प्रकट गर्दछौँ । राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरका हामी होनहार फरार प्रतिभाहरूका विषयमा अपमानजनक समाचार प्रकाशन प्रसारण गर्नेहरूलाई मानहानीको मुद्दा लगाउन सकिने जानकारी पनि गराउन चाहन्छौं । बाँकी पढ्नुहोस्
“तिमीलाई अचेल कहाँ भेटुँ , पहरामा भेँटु वा छहरामा भेँटु ……………………… …। ” लामो समय पछि उनलाई भेट्ने तिर्सना मनमा सलबलाउँदो छ , यसैको कारणले गर्दा हो वा ?? बिहान देखिनै यो गित त्यसै त्यसै ओठमा झुन्डिराखेको छ, सुनीको ।
अस्ति साथीहरुसँग सपिङ्ग जाँदा किनेको छालामा टिपिक्क टाँसिने नयाँ कालो जिन्स पाईन्ट, अगाडी पट्टि निकै खुलेको गुलाबी रङ्गको स्लीभलेस टिसर्ट र कालो निलो स्याण्डल । आज अफिस जादाँ उनले ती सबै लगाएर ऐनामा आँफैलाई निहारीन । अगाडी फर्किन, पछाडि निहारीन बाँकी पढ्नुहोस्
करिब करिब गीनीज बुकमा बिश्वरेकर्ड कायम होला झैँ गरी बिहेको निम्तोहरु थिए । अरुसँग हैन मेरो आफ्नै रेकर्ड कायमको कुरा गरेको ?
एकदिन तिनवटा बिहाको कार्यक्रम सकेर एउटा बहिनी पर्नेको बिहामा जानु पर्ने थियो बिचमा एउटा कार्यक्रममा अतिथिको निम्तो पनि मान्नै पर्ने थियो । १२ बजे बोलाएको बिहामा जानु कता कता करिब ३ बजेसम्म म कार्यक्रममै थन्किएँ । बाथरुम जाने बहानामा झुक्काएर नजिकै रहेको बिहामा उपस्थित भएँ म । हतारमा अतिथिको बिल्ला खल्तीमा कोचेर र खादा गलामै छोडेर बिहामा हाजिर जनाउन आएँ । बाँकी पढ्नुहोस्
(कुनै एक गाँउमा शुसान्त नाम गरेका एकजना लोभी मान्छे बस्दथे । उनी जसरी हुन्छ आफ्नो पैसा जोगाउने धुनमा लागिरहन्थे । बिहान बेलुकै खाना खाने बेला कुनै न कुनै छिमेकीकोमा पस्दथे । छिमेकीहरु उसको बानी देखि रिसाए पनि अगाडी केहि भन्न सक्दैनथे । मुखले ठिक्क पारेर शुसान्तलाई खानेकुरा खान दिन्थे । उ हरेक दिन यसै गथ्र्यो, कसै न कसैको घरमा ङिच्च दाँत देखाउँदै पुगिहाल्थ्यो । एकदिनको कुरा हो एकाबिहानै शुसान्त पेट मिच्दै डाक्टरकोमा पुगे ।)
शुसान्त ः ऐया आमा ! मरेँ नि आमा ! डाक्टर साब, मेरो पेट दुख्यो । केहि औषधी दिनुस । बाँकी पढ्नुहोस्
(एकपटक एउटा लोभी मान्छे थियो । एक दिन पल्लो गाउँको मान्छे लोभीको घरमा आयो । )
छिमेकी : हजुर नमस्कार
लोभी : नमस्कार – नमस्कार, के छ आरामै हुनुहुन्छ ?
छिमेकी :आरामै छु हजुर । बाँकी पढ्नुहोस्
एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे ।
सबैजना ः उ हेर लाहुरे आयो ।
सबैजना ः नमस्कार लाहुरे दाई
लाहुरे ः नमस्कार हजुर, नमस्कार
पहिलो ः अनि लाहुरे दाई कहिले आयौ ? बाँकी पढ्नुहोस्
~शरद चिराग~
एउटी पूर्व सहकर्मीले केही वर्षपछि अचानक फोन गरिन्- ‘होइन, यो वर्ष पनि जन्ती जान पाइँदैन कि के हो ? कि अझै ‘रोयल स्ट्याग वाइन’ खाँदै हुनुहुन्छ ? यी र यस्तै अरु जिस्क्याइका केही झटारा हानेर उनले फोन त राखिन् तर मलाई भूतकालमा फर्काएर । बाँकी पढ्नुहोस्
भलबाढी आयो । यो भलबाढी अर्कै प्रकृतिको थियो । कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक ।
प्रतिकृयामा मन्त्रीहरुले ढीँ …. चूँ … ढी … चूँ …गरे । ढीँ … चूँ … ढी … चूँ … गर्ने मन्त्रीहरुको आदत हुन्छ । यो मन्त्रीहरूको सातसालदेखिको बाँकी पढ्नुहोस्
मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् = मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको वर्णगत अर्थ यसप्रकार छ –
म् = मेचीदेखि महाकालीसम्मका मतदातालाई मोहित बनाएर मत लिई माथि पुगेका मतलबी माननीय र मन्त्रीहरूबाट बाँकी पढ्नुहोस्
आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण + आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये केही प्रमुख आसनग्रहणहरूको चर्चा यसप्रकार गर्ने प्रयास गरिएको छ —
१. पारिवारिक आसनग्रहण— बाँकी पढ्नुहोस्
~तसलिमा नसरिन~
अनुवाद : विकास बस्नेत
मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ । र, सीधै रुद्रको कोठा गएँ बाँकी पढ्नुहोस्
‘जुँगा’ को विषयमा नसुत्रे र लुगाको विषयमा नजात्रे मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाउँ लेखाइदिए हुन्छ । तपाईं भत्रुहोला,— ‘जुँगा’ नेपालीभाषी शब्द भएकाले जुँगाका विषयमा नेपालीले मात्र जान्दछन् । तर त्यसो होइन । अङ्गे्रजीमा ‘मुस्टास्’, हिन्दीमा ‘मुछ्’ भने जस्तै अरु आदिइत्यादि भाषामा यसलाई जे जे भने पनि त्यो सुनेपछि बत्रे बिम्ब र बुझिने वस्तु ‘जुँगा’ नै हो, अन्यथा होइन । बाँकी पढ्नुहोस्