कविता : ग्याँस स्टेशन

~राकेश कार्की~Rakesh Karki

कल्पनामा धेरै धेरै फुल फुलाएथेँ
सपनाको रंगीचंगी दुनियाँ बसाएथेँ
आज पनि हतार हतार गरेर आएँ
उही ग्याँस स्टेशन पुगेर ठिँग उभिएँ
बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : युरोप र एसियाको नाता ब्युँझाउने शब्दकृति

~मोदनाथ प्रश्रित~Modnath Prashrit

अफ्रिका, पुर्वीएसिया, युरोप र दक्षिण एसियाबासीका थरिथरी अनुहार, छालाको रंग, नाक, आँखा, रौं आदिको विविधता देख्दा पहिले धेरैलाई लाग्थ्यो यिनीहरू छुट्टाछुट्टै मूलबाट विकसित सन्तान होलान्। धार्मिक कथाहरूले बनाएका थिए – संसारका सबै मानिस मनु र शतरूपा वा एडम र इभका सन्तान हुन्, तर यो धेरैलाई पत्यार लागेको थिएन। जब बिज्ञानले आर्य, मंगोल, आस्ट्रिक, द्रविड सबका आदिम पुर्खाका जोडी एउटै हुन् भन्ने प्रमाणित गर्‍यो “वसुधैव कुटुम्बकम्” (विश्वका सबै मानिस एकै परिवार हुन्) भन्ने पूर्वजको भनाइमा सबैको विश्वास जाग्न थाल्यो। “समान प्रसवात्मिका जातिः” (समान प्रजनन प्रक्रिया Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : ‘हाइ’ र ‘हेल्लो’

~राजु सिटौला~Raju Sitaula

घामको प्रचण्ड रापले शरीरमा रहेको थोपा थोपा पानी सोसिरहँदा,
बर्षा! कहिल्यै पूरा नहुने मरुभूमीको एउटा सुन्दर मृगतृष्णा,
तर क्षितिजपारि सेता बादलका केही टुक्राहरुको आगमनसँगै,
बन्द हुनै लागेको मेरो मुटुको गतिमा तिव्र संचार, बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना र मुकुन्डो

~राजु सिटौला~Raju Sitaula

जिङ्रिङ्ग कपाल, फुस्रो अनुहार र कलेटी परेको ओठ देखेपछि
नाक खुम्चाउँदै मेरो एक मित्रले सोधे।
के तिमी ऐना हेर्दैनौ?
प्रश्न सुनेर मलाई हाँसो उठ्यो।
मैले भने मसँग ऐना नै छैन। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको शान्ती

~राजु सिटौला~Raju Sitaula

बाहिर सब सेताम्मै छन् अनि सब शान्त छन् पहाड, घर र बाटोहरु,
न कतै मानिसहरुको भीड न त गाडीहरुको टाइय्यँ टुय्यँ नै,
देखिन्छ त केवल आकाशबाट बुरुरु झरिरहेका हिउँका दानाहरु।
भित्र मेरो मनमा किन हो किन उकुसमुकुस बढिरहेछ,
लाग्छ मनभित्र भित्रै जम्मा भइरहेका छन् कैयौं अतृप्त प्यासहरु।। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : हेपिएका जिन्दगी

~मनु वि.क.~

हेपिएका जिन्दगीका काला दिन कति कति
नहुनु र रुनु उसका भाग्यका मति
जन्मिंदैमा लेखिन्छ गरिब भन्ने नाउँ
बस्ने खाने थात छैन हुन्न टेक्ने ठाउँ।

चौबाटोको रात्री यात्रा काँडा विछ्याइए
दोबाटोमै अलपत्र गन्तव्यहीन भए
नहुनेलाई सधैभरी हेप्नेहरु खेद्छन्
तिनकै घाँटी अठ्याउने काला कानुन लेख्छन्। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लुकाएर लुकिन्न

~दिव्या बज्राचार्य~Divya Bajracharya

सावनको हरियाली
तिम्रो घरको फूलबारी
लुकाएर लुकिन्न

डाडाको त्यो बन
तिम्रो फर्केको यौवन
लुकाएर लुकिन्न बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : कामरेड विभिषणको डायरी

~रारा नेपाल~

उफ ! म माथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ पेसिश डाँडाको। मेरो अवस्थाको मर्मलाई बुझेरै होला पेरिस डाँडाका माऊ कामरेडले मलाई नयाँ नाम दिनु भएको थियो – कामरेड विभिषण। Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अखबारका नीला दागहरु

~खड्ग सेन ओली~Khadga Sen Oli

अखबारका पृष्ठहरुमा
मौनधारण गारिरहेछन्
नीला दागहरु

हरेकपल्ट
बोधीव्रिक्ष्यको हाँगो भाँचिदा किचिएका बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि एउटा नयाँ सम्बन्धको खोजीमा

~राजु सिटौला~Raju Sitaula

हो म फेरि एउटा नयाँ सम्बन्धको खोजीमा छु ।
भर्खर एउटा सम्बन्ध गर्ल्याम्मगुर्लुम्म ढल्यो ।
एउटा मान्छेसँगको सम्बन्ध,
एउटा सपनासँगको सम्बन्ध,
एउटा फूल र त्यसभित्र रहेको सुगन्धसँगको सम्बन्ध, बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : नाच्ने पर्व तीज

~उषा गिरी~Usha Giri

बर्षा ऋतुको बिदाइ र
शरद ऋतुको आगमनसंगै
थकाईको अनुभूतिलाई बिर्सेंर
मदमत्त भएर उर्लने सागर झै बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पछुतो

~विश्वराज अधिकारी~

‘वहाँले एउटा पलंग किनेर ल्याउनु भएको थियो। त्यो पलंग किनेर ल्याउनु भएको दिन, दिन भरि मैले केवल झगडा गरेर बिताएँ, ‘मसँग सल्लाह नै नगरेर किन पलंग किनेको’ भनेर। हरेक वर्ष, दसैंको समयमा, वहाँलाई घुम्न जान मन लाग्थ्यो, खास गरी भारत र श्रीलंका तिर। दसैं आयो कि हामी बीच झगडाको शुरुवात हुन्थ्यो। वहाँ घुम्न जाउँ भन्नु हुन्थ्यो, म ‘मेरो पनि त घुम्न जाने इक्षा हुनु पर्यो, कसैले भन्दैमा लुरुलुरु पछि लागेर जाने हो?’ बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : धान्न नसकिएको सम्बन्ध

~विश्वराज अधिकारी~

गीता दिदीकहाँ म बेला बेलामा जाने गर्दछु। वहाँसँग कुरा पनि निकै मिल्ने गर्छ, मेरो। उमेरमा म भन्दा केही महिना कान्छि भएता पनि मैले वहाँलाई दिदी भन्ने गरेको छु। त्यसो भन्नुको कारण पनि छ र त्यो हो दिदीको वौद्धिक व्यक्तित्व- स्वतन्त्र, स्वावलम्वी र आत्मविश्वासको सम्मिश्रण। त्यहि व्यक्तित्वले होला दिदीका विदेशमा बस्ने छोरा छोरीहरुको परिवारमा अटाउन सक्नु भएको छैन, वहाँ । पचास पचपन्नको उमेरमा पनि एक्लै बस्नु हुन्छ, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को बिहे

~विश्वराज अधिकारी~

बाल्यकालदेखि नै म निकै भलाद्मी थिएँ रे ! युवा अवस्थामा पुगेपछि त जिम्मेवार पनि उत्तिकै भएँ। म पढाइमा पनि बाल्यकालदेखि नै अति तीव्र थिएँ, बाले भन्नुहुन्थ्यो बैनीहरूलाई।

हाइस्कुल पढ्दासम्म म कहिल्यै पनि दोस्रो भइनँ। २०३२ सालमा एसएलसी परीक्षा दिएँ, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : बिमा खेती

~‘इखालु’ रमेश गेलाल~Ikhalu Ramesh

धाउन्ती खेती,घोकन्ती बिद्या भन्ने गर्थे उहिलेका बुढाबुढी । आजकाल उहिलेका बुढाबुढीका यस्ता कुरा हामीलाई लागे नी झुरा,सोचबिचारी गुनी,तानी तुनी पारेर हेर्दा त लौ बुढाबुढीले त साँच्चीकै मेसो पाएर पो भन्या रान भन्ने लाग्न थालेको छ । अव खेतीमा धाउन्तीको नेती कसी,बाँदर रुङ्ने ढुङामा बसी हेरिटोपले खेती सप्रने बिद्याको गुदी नबुझे पनि वास्तविकतासँग नजुधे पनि अरुकै कुरालाई घोकी चाहिने भन्दा बढी खोकी,

पटका पड्के झै बोलीमा थुतुनो चलाए विद्धान र बुद्धिजीवी बनीने दिवास्वप्न देख्ने भए पछि खेतीमा मलजलको रेती लगाई,बिद्यँम्ा साँचो र यथार्थको दियो जगाई कस्ले पढ्ने, बर्षामा घर पछाडीको खहरे आफ्नै बलेसीमा खसेको पानीले डङडङ गर्दे उर्लेछी,डाडाँ पाखै खाउँला झै गरि कुर्लेछी ।

बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अनुरित्त प्रश्न

~ऋचा शर्मा तिवारी~Richa Sharma Tiwari

उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ गरे तर जति गफ गरे आफैले विसे । उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो । उसको अफिसबाट घर तिर लागे मन नलागीकन उनको स्मृतिहरु लिएर । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : दोषि को ?

~योगेन्द्र उपाध्याय “पुष्प”~

जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र सँस्कृति विर्सेर आफ्ना काँधमा आएका जिम्मेवारी पनि धान्न नसकी खुट्टा लडखडाएर जमीनमा पछारिन पुग्छन्, तब सम्पूर्ण वृद्ध समाज पात्र हुन्छ धिक्कारको ! समाज बिग्य्रो, पारिस्थितीक प्रणाली भत्क्यो दोषि न वृद्ध न यूवा, किनकि दुबै चाहन्नन लिन दोष । दोषारोपण वृद्धद्वारा यूवामा, यूवाद्वारा वृद्धमा । कोहि अछुतो छैन, बाँकी पढ्नुहोस्

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : दोषी को हो ?

~इआकु~

बिहिवार साँझ देखि नै मल्लिका अघिपछि भन्दा बढि नै व्यस्त हुन्छे ।

किरिङ ………किरिङ……… किरिङ………किरिङ……………॥

(मल्लिकाको मोवाइलमा रिङ बज्न थाल्छ । ) बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाण्डवकाे प्रातः भ्रमण

~परशु प्रधान~Parashu Pradhan

“माओवादी समस्या धार्मिक आधारबाट सम्झाउनु पर्छ” युधिष्ठिरले बहस सुरु गरे । आजको प्रातः भ्रमणको
विषय थियो– देशको समसामयिक समस्या । “यसलाई गोली र बलको प्रयोगले समाधान गर्नुपर्छ’ यो थियो
भीमको गर्जन । अर्जुन किन चूप लाग्थे । उनले आफ्नो राय दिए– “वार्ता पनि गर्नुपर्छ, बल पनि सञ्चय गर्दै जानु
राम्रो हुन्छ ।”
“दुवैले हातहतियार छाडेर टेबलमा कुरा गर्नुपर्छ–अहिलेको समाधानको बाटो यही हो ।” सहदेवले केही
शान्तभावमा भने । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरा सपनाको बाटो हुँदै ढुङ्गाका लस्करहरु

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

१. अधुरा सपना :

जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो ?आमाशयको क्यान्सर लागेर त्यस्तै भयमा बाँचिरहेका एकजना दाजुको लागि कार्यक्रममार्फत सहयोगको हात बढाउन अनुरोध सहित फेसबुकको इनबक्समा पत्रहरु भरिएका थिए । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो रातमा रहस्यमय

~सुबिसुधा आचार्य~SubiSudha Acharya

निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै ।
हो, म त्यहीँ अँध्यारोभित्र आफूलार्ई खोज्दै अनुमानसँग अनुभव धरौटी राखेर पार गर्छु तमोर नदी एउटा सानो लठ्ठीको सहायताले । हुन त त्यति जवान भएकी छैन ऊ तर पनि नदी, खोला नतरेको मेरो बानी ढुङ्गामा लागेको लेउ करौती बन्छ मेरो साहसलार्ई टुक्र्याउन अनि त गुहार माग्छु नर्कटको सिम्किनुसँग । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफ्नै आँङमा हात्ती

~महेश राई~

“अचम्भै भयो-कस्तो लाजैबिनाकि रहिछे, काग र बकुल्लोको कस्तो नमिल्दो जोडी !” ऊ विस्मातले भरिपूर्ण मनभित्र भुट्भुटाउँछ । उसलाई लाग्छ, कुनै वाहृय पुरुषको अतृप्त ओडारे आँखाहरु गाडिएकोछ, ती नारी सुकोमल अङ्ग प्रत्याङ्गमा । गाडीको हुइँकाइसंगै युगलजोडीको प्रेमलापरुपी चङ्गा अझ आकाशिँदै हुइँकिरहेछ । ती नारी दाँया-वाँया नजर दौडाउँछे तर उसलाई लाग्छ उसका आँखाहरु चोर बाख्राका आँखाहरु हुन् । ऊ पछिल्लो कोणिक क्षेत्रबाट क्रियाकलापप्रतिको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोटका लयहरु !

~प्रकाश के.सी.~Prakash KC

यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तरालभने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योलर् इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन गएको हुन सक्छ ।

उनीहरुले भर्खरै मलाई जमीनमा पछारेकाथिए र एउटा उनीहरुकै लागि कर्णप्रिय अट्टहासमा मग्न ती हूल वर्णहरुमा, जमीनमा थला परेको मेरो अवस्थामा निश्चेष्टता भेटेर अनायासै अर्धविराम चिन्ह टाँस्सिएका हुनसक्छ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो निष्ठुरी दश कदम

~रोहित शाही~

जाडो याममा सूर्यले भर्खरै घुम्टो खोल्नै लागेको एक मध्यदिन । बोट चढेर मूइवो आइल्याण्ड जाँदै गर्दा एकतमास, एक्लोपनले गिज्याइरहेको ओसिलो मनका ढोकाहरुमा अचनाक कतैबाट ढोका ढक्ढकाए जस्तोगरी एउटा पूर्वीय लवज मिश्रित स्वरले बोलाए जस्तो लाग्यो । यसो पछाडि फर्केर हेरेँ, एउटी गहुँगोरी भारतीय जस्ती लाग्ने यूवती मतिर हेर्दै “दाजु हेर्नुस् न !! मूइवोमा म्याडमको एउटा पार्सल कलेक्सन गर्न जान लागेकी तर मलाई त्यहाँको लोकेशन थाहै छैन, के तपाईंलाई चाइना बियर कतापट्टी पर्छ, थाहा छ होला ?” ताज्जुव लाग्यो । म उनीभन्दा अघिल्लो सिटमा छु, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नयाँ साइनो जोड्‍दै गएछु

~चन्‍द्र तामाङ~

नयाँ साइनो जोड्‍दै गएछु पत्तै नपाईकन
पुरानो जति तोड्‍दै गएछु पत्तै नपाईकन बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गीत : आफै भुले आफ्नो खुसी

~दिलिप योन्जन~Dilip Yonjan

आफै भुले आफ्नो खुसी
निस्ठुरीको माया जालमा परी।
ढुखि रहने मुटु पाए
बाचुन्जेली सधै-सधै भरी।। बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे

~बसन्त मोहन अधिकारी~

फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे।
लास भए जिन्दगी चिता जलाई दिन्थे।

जिउँदो रैछ यो जिन्दगी स्वास चलीराछ
यो स्वासमा आस भए मलम लाई दिन्थे। बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई खुशी दिने

~आचार्य प्रभा~acharya Prabha

तिमीलाई खुशी दिने बाचा जती सबै हारें
आफुलाई नुनिलो आशुको सागर तारें

यस्तै नै हो बाचा बन्धन पुरा हुन गार्हो भो बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : जब तिमीलाई भेटछु

~जसु पुन~

जब तिमीलाई भेटछु..
झुक्छ आँखा,रोकिन्छ सास र पनि,
दर्द अधुरै-अपुरै हुन्छ,
खुलेर भनौं भन्छु दिल भित्रको कुरा र पनि, बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर यशोधरा

~हाङयुग अज्ञात~Hangyug Agyat

आज
यी शासक र उनीहरूले बनाको
नीति नियम ऐन कानुन भन्दा
अलिपर कुनै ठाममा
गएर बाँच्नु खोज्दैछु
यशोधरा !
मलाई माफ गर फेरि एक खेप बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : म तपाइँको को हुँ ?

~हाङयुग अज्ञात~

म तपाइँको को हुँ ?
-लोग्ने ?
-प्रेमी ?
-बुबा ?
-भाइ ?
-साथी ?
-या मात्र पुरुष ?
कृपया भन्नुस्
तपाइँ र मेरो बीचको सम्बन्धलाई बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदहरू रून थालेका छन्

~हाङयुग अज्ञात~Hangyug Agyat

ओ ! माओ जे दोङ
तिम्रा कविताका हरफहरूमा
अचेल शहीदहरू रून थालेका छन् ।

रगत उमाल्ने
तिम्रा विचारहरू बोक्दाबोक्दा
बूढो भएको कुनै मजदुरजस्तो बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment