~शरद निरोला~
हलो हलो के कसो छ
मेरो पसलमा आउनोस् सेलै सेल छ
तपाईंको साह्रै हार्दिक स्वागत छ
तपाई जस्तो ग्राहक पाउनु
मेरालागी क्या बात छ । बाँकी पढ्नुहोस्
~शरद निरोला~
हलो हलो के कसो छ
मेरो पसलमा आउनोस् सेलै सेल छ
तपाईंको साह्रै हार्दिक स्वागत छ
तपाई जस्तो ग्राहक पाउनु
मेरालागी क्या बात छ । बाँकी पढ्नुहोस्
एउटा प्लास्टिकको रातो झोला आकाशमा हावासँगै झुल्दैछ बच्चा कोक्रोमा झुलेसरी ‘लहलह’ झुल्दै बार्दलीको खापबाट छिरेर झ्यालको खोँचमा अड्किन्छ । बार्दलीको छानाको टुँडोबाट बाँधेर लगेको, तोरण र यसमा टाँस्सिएका रङ्गी-बिरङ्गी कागजका ध्वजाहरु बाटोअगाडिको तघारोको खम्बाहरुमा चरमराइरहेकोछ । ‘खलखल’ बग्ने पसिनालाई कमिजको बाहुलाले पुछ्दै रमेशको मीत रेशम, रमेशको दिदी सावित्रीको एउटै छोरो राजनसँग, पिँढीको खामोमा झुण्ड्याइएको रेडियोबाट बजिरहेको ‘रेशम फिरिरी…रेशम फिरिरी…’ गीतमा मनहरुसँगै उत्साहित भई बाँकी पढ्नुहोस्
~रत्न काफ्ले~
(गर्हौंकोट राज्य र भिरकोट राज्य बिच लडाईंको ऐतिहासिक कथा) !
उनको मादक सौन्दर्यताले बैरीतर्फका सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । जसरी भर्भराउँदो ज्वालामा पुतलीहरु हामफालेर देहत्याग गर्छन् त्यसरीनै भिरकोटे सैनिकहरु रानीको अनुपम सौन्दर्यको रसपान गर्दै र काटिंदै गए । रानीको सौन्दर्यरुपी अस्त्रले आसपासका सबै सैनिकहरुको शक्ति नै क्षिण गराएजस्तो भान हुन्थ्थो । कसैमा पनि रानीको तरबारको चपेटामा परिएला कि भन्ने होश समेत रहेन । यसैले बैरीतर्फका सैनिकहरु एक पछि अर्को गर्दै उनको आक्रमणको शिकार भई नै राखे । बाँकी पढ्नुहोस्
चक, डस्टर र कालो पाटी
अनी उही उत्ताउला बसन्ती युवाहरुसङ्गको सङ्सर्ग
जीवनका संध्याकालीन एक्ला रातहरु
पल पल थाहा छैन
किन उमङ्ग छर्न खोज्छन ? बाँकी पढ्नुहोस्
~उज्ज्वल जी.सी.~
–चिरायु रहेस् !
–चॉंडै जागिर पाएस् !
–रोगव्याधि केही नलागोस् !
–देशको सेवा गर्न सकेस् !
–शत्रुसामु शिर कहिल्यै नझुकोस् ! बाँकी पढ्नुहोस्
म सानै छंदा छिमेकमा एकजना साँइली काकी बस्थिन | म सधै जसो उनका घरमा खेल्न जान्थें । त्यो बेलामा उनीहरुको रवाफनै बेग्लै थियो | जहिले पनि गाउलेले सुन्ने गरी ‘ए दिपक, गोमा, मासुभात खान आइज, खिर खान आइज,मिठाई छ छिटो आइज ……!’ बाँकी पढ्नुहोस्
उन्को अस्विकृतिले
अनुप्राणन चाहनाहरु
ओईलिन सक्थ्यो
तर उसो गरिनन्
बरु छरिन् आशाको बिउ
मेरो पटाङ्गिनिमा
बनाईन् सुन्दर मनोरम बगैँचा बाँकी पढ्नुहोस्
अचेल म आँफै सँग अपरिचित भएकी छु। ऐनामा आफुलाई नियाँल्दा ऐनाले देखाउँने प्रतिबिम्बमा पनि म आफुलाई भेट्टाउँदिन। भन्छन् ‘ऐनाले झुठ बोल्दैन’ तर जब जब आफु ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्ब नियाँल्न खोज्छु सत्य सत्य म अचेल आँफैलाई देख्दै देख्दिन । कती कोसिस गर्छु हरेक दिन कि ऐनामा नियाँल्दा म सम्पूर्ण आफु देखिऔँ तर मेरा हरेक प्रयासहरु ब्यर्थ साबित हुन्छन। मैले स्वयं आफुलाई देख्नु भन्दा पहिल्यै म अरु कसैलाई देख्छु बाँकी पढ्नुहोस्
फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै ‘बस’को इसारा गर्छ। ओठ खोल्दैन। साथीहरूका डब्लु बेन्चमा एक्कैचोटि छोइँदा ढ्याप्प आवाज आउँछ। बाँकी पढ्नुहोस्
कस्तो अचम्म र विरोधाभास अनि लाचारी । ताली बज्यो गडडड, ‘वाहवाह !’ निस्कियो लगातार– हामी सम्बोधितहरूबाटैै । कमरेड सागरले जीवनसाथी विपनाको वियोगमा युद्धस्थलमै लेखेको करुण संस्मरण सुन्दासमेत हृदयमा पत्थर पोतिएका हामी चटके लेखकहरूका हृदयमा न त सानै पहिरो गयो न त आँखा रारा बने । बनेका एकाध लेदोमय कृत्रिम रानीपोखरीबाट पनि टिलपिल हुँदैै ह्यातुङ झरेन । हाम्रा आँखा त काठमाण्डूका बाँकी पढ्नुहोस्
“ …………. कता पड्केकी ? खुरुक्क घर फर्कि !” पहिलो शब्द अपशब्द थियो ।
मूल सडकबाट छुट्टिने गल्ली बाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको र स्वर बाँस चिरिए झैं ककस ध्वनि ।
म बरन्डामा उभिएको थिएँ । तल सडकमा हिड्ने यात्रिलाई अघि देखि पछि सम्म नियाल्थेँ । म देख्थेँ, त्यहाँ सवै अनुहार नयाँ हुन्थेँ । सडक खाली के हुन्थ्यो, म पिच्च थुक उछिट्याउथेँ ।
बाँकी पढ्नुहोस्
एक
र
सुनेको पनि छु l
देखेको छु
भोगेको छु
यस्तै-अहिलेसम्म मैले
लाग्छ…
म मारीइसक्दा पनि मर्दैन
एउटा जिउदो प्रश्न .. बाँकी पढ्नुहोस्
~संकलक – ‘राप्रप’~
प्रिया आर्याकी सबै भन्दा मिल्ने सखा थिइन्। उनीहरू “होम् वक्” सकेर खेल्न जाने गर्थे । कहीलेकाँही फूलबारीमा बसेर आफूले सुनेका कथा एकले अर्कालाई सुनाउने गर्थे । आज कथा सुनाउने पालो प्रियाको थियो। प्रिया आर्यालाई कथा भन्न थालिन् -आर्या तिमीले अस्तिको शनीबार कारहरू पक्की पुलबाट जुधेर तल नदीमा खसेको र धेरै मानिसहरू मरेको कथा सुनायौ । बाँकी पढ्नुहोस्
~सुरेशजङ्ग शाह~
हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा भोलि अर्को सँग …। तिमीलाई नाटक गर्न अति नै आउने रहेछ ….जहिले फोन गरेपनि फोन नगर्नु म भाइ कहाँ छु. भन्थ्यौ । त्यो त बहाना रहेछ ….। कहिले पाप गरे भनेर हात भित्तामा बजाथ्र्यो ।
अब त टाउको नै बजार्नुपर्ने हो, मेरै अगाडि अर्कोसँग लडबदिँदा शब्दमा वार्तालाप गर्दा प्रत्यक्ष थाहा पाएँ, तिमी त मेरी होइन अर्कैकी रहिछ्यौं । सुनेको थिएं, संगत गुनाको फल भनेर, तिम्रो साथी जस्तै तिमी रहिछ्यौ फरक यत्ति हो उनी देखाउँछिन् तिमी लुकाउँछ्यौं । बाँकी पढ्नुहोस्
“के भने त छोरी डाक्टरले, बिसेक छ आमालाई ?”
“उस्तै हो ठुलो बुवा, के सञ्चो हुनु, डाक्टर साक्टर कोही पनि आएका छैनन् । त्यही सिस्टर्नी मोरी आउँछे र पुर्लुक्क हेरेर जान्छे ।”
दिनेशकी श्रीमती थलिएकी एक महिना जति भयो होला । रोग पत्तो लाग्दैन र सञ्चो पनि हुन्न । खान मस्तै खान्छिन्, कुरा गर्ने बेलामा बाँकी पढ्नुहोस्
उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आˆनो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत युद्ध’ लेखाउन बिर्सने छैन । अस्पतालको चार्ट होल्डरमा रोगीको असामान्य विवरण पढेर म आफ्नो युगको तर्फबाट छक्क पर्नेछु । बाँकी पढ्नुहोस्
के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ।
बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको पो रैछु।
जम्मा ३० वर्षको त भएको थिएँ। बेलाबेला घुच्चुकतिर टनटनी दुखिरहन्थ्यो। निद्रा कम भएको होला भन्ठानेको त ब्लड प्रेसर पो बढेको रैछ। बाँकी पढ्नुहोस्
कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै’छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको बासी गन्ध आइरहेको थियो। डकार निस्क्यो। आफ्नै मुखबाट निस्केको गन्ध नाकभित्र स्वात्त पस्यो। कसो मैले ह्वात्त वाकिनँ।
तन्ना रातो रङको थियो। त्यसमा खैरा धब्बा थिए। ओढेको सिरक ठाउँ–ठाउँमा हिस्स हाँसेको थियो। त्यसका कपास जताततै छरिएका थिए। मानौं, कपासबारीमा रातभरि हुरी चलेको थियो। बाँकी पढ्नुहोस्
‘राइटर बाजे चर्च नजाने रे झ्’ हुण्डरीसरी धुरन्धर काकाको कानमा बज्रियो । उमेरले बयासी वर्ष नाघिसकेको राइटर बाजेले सबैले भन्ने गरेको धर्मकर्म गर्ने बेलामा झन् किन परमेश्वरबाट तर्किन खोज्दैछ ? गोरु बूढो भए भीर खोज्छ मान्छे बूढो भए निहुँ खोज्छ भन्थ्यो, साँच्चै हो कि क्या हो ? तर राइटर बाजे वास्तवमै निहुँ खोज्ने खालको त होइन । राइटर बाजेसँग पच्चीस वर्षको संगतमा धुरन्धर काकाले कहिले पनि घमण्डीपनको छनक पाएको थिएन । बाँकी पढ्नुहोस्
“भन्ज्याङको बखते आ’को थियो । तिम्लाई दिनु भनेर एउटा पत्र छोडेर गा’छ । घरमा थोपो पानी छैन । पानी लिन पँधेरा गएँ म । पत्र माथि तख्तामा राख्दियाछु रातो खोल भएको बाइबलमाथि ।” गर्मीले असिनपसिन भएको शरीरले आँगन टेक्न नपाउँदै तुलबहादुरलाई श्रीमतीको हतारोले झस्काइदियो । “ए जुनकिरी, कति हतार गर्छेस् ? बूढाले आँगन टेक्न नपाउँदै मृगभैँm कुदिहाल्नुपर्छ ? फेरि यो बखते भन्या को हो ? के कस्तो चिठ्ठी लिएर आ’को हो ? बाँकी पढ्नुहोस्
समयको बक्रतामा एक पटक सेमिनारको चाँजो-पाँजो मिल्यो । चीनमा आएपछिको पहिलो सेमिनार । हल्का उत्साह र धेरै भ्रमका बीच पाँचतारे होटलमा मूकदर्शक भै सेमिनारको मेलो गुजारे ।
जब भोजनको समय भयो, पाँचतारेको पाकशालामा हाम्रा परिकार पक्कै पाकेका होलान् भनेर म मक्ख थिए । टोलि नेताले भोजनगर्न बाँकी पढ्नुहोस्
अर्ध-चन्द्राकारमा दक्षिण-पश्चिम मोहोडामा फैलिएको कालुको त्यो गाउँमा जम्मा-जम्मी चालिस घर थिए । बाहुन, क्षत्री, मगर र सार्की गरी जम्मा चार जातको त्यो गाउँ न्याय र एकताको लागि चिर-परिचित थियो । वल्लो-पल्लो गाउँकाले भन्थे – “गाउँ हुनु त त्यस्तो ।”
कालुको मधुर बाँसुरीको धुनसंगै तगारोको घेराबाट जब बस्तुभाउ गल्लीतिर अगि लाग्थे, अर्घुम्ले बूढालाई बस्तु फुकाउन हतारो हुन्थ्यो । दाम्लोमा बन्दक भएका बस्तुभाउ अनि खोरमा थुनिएका बाख्रा आफूलाई खुल्ला आकाशमुनि पाउँदा त्यसै-त्यसै बुर्कुसी मार्थे । कोल चौरमा दुइघरका बस्तुभाउले आत्मीयता बाँकी पढ्नुहोस्
भँगेरी हँसियामा साँध लाउँदै थिई । हँसिया उद्याउने ढुंगो निकै खिइसकेको थियो । भंगेरीले ढुंगापट्टी हेरी ।
तेरो र मेरो जीवन उस्तै भयो है, खिइँदै खिइँदै जाने – निर्जिव ढुंगासंग भँगेरी वोली ।
ढुंगाले कुनै प्रतिक्रिया जनाएन । हसिंयासंग घोटिइ रह्यो ।
यो हतियार उद्याउने ढुंगाको नाम के हो ? भँगेरीलाई थाहा थिएन । छोरो हर्केले बाँकी पढ्नुहोस्
~ऋषीराम पराजुली~
“ओइ, राजे आज बाख्रा कता लैजानी?” रामेले घर पछाडिको गह्रोको डिलबाट चिच्याउदै सोध्यो, करिब २० कान्लामाथिरहेको घरको आँगनको डिलमा चुठ्दै गरेको राजेले मुख खोकल्दै पानी पिच्च तल्लो गह्रामा थुक्दै भन्यो,”तल गैह्री खेततिर लैजाम न आज”। “अनि नन्देलाई पनि भन्न है” रामेले तलबाट जवाफ फर्कायो र हिजो राखेको लौरो र डण्डि खोज्न लाग्यो। बाँकी पढ्नुहोस्
बाँचेकाहरु एक एक ठेगानामा छौँ
अजम्बरी दुःखलाई क्षणभङ्गुर सुखले सिङ्गारिरहे छौँ
मरेकाहरु त मरेका मरेकै भए
चिहानघारीका स–साना पेन्डोराहरुमा चुपचाप प्रवेश भए
तर जो गएका थिए
…गएका गएकै भए
अझैसम्म फर्केर आएनन्
…कहाँ गए ? बाँकी पढ्नुहोस्
ऋतु हुँ म !
परिवर्तित सधै-सधैं सबैलाई पोल्टभित्र फुलाउछु,
“म”लाई टेकी ऊठ !
आ-आफ्नो दृष्टिले मूलढोका खोली
निस्किएर चौबाटोमा
पल्लो शहरलाई शुक्ष्मदर्शनले हेर !
अनी, खोज प्रतिविम्ब सधै-सधै मुस्कुराउँछु ।
Continue reading
आजपनि फेरी घरको गेटको चुँईईईईयँ आवाज निमाले सुनिन् …. सुरजको हातमा टल्केको किट-क्याट चकलेट अब त्यत्ति मन पर्न पनि छोडेको छ, नीमालाई । हुनपनि चार वर्षदेखि निरन्तर चलिरहेको छ, घरको मूलगेट खुल्ने समय, रातो खोल भएको चकलेट ….. । शुरु
शुरुमा त निमालाई पनि राम्रै लाग्थ्यो | शायद यो चकलेटले उनलाई कुनै न कुनै तरिकाले आफ्नो बाबाको अभावलाई कम गरेको आभाष भएजस्तो तर अचेल खै किन हो कुन्नि, मिठो हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि बाँकी पढ्नुहोस्
~नारायण अमृत~
राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा हराउनुको रोमान्स र विरक्तिको मध्यविन्दुमा अल्मलिएँ म ।
–– –– –– ––
त्यहाँ पनि पानी नै छ । खोला-नाला, कुलो-खोल्सा, पाखा-पखेरा सबैतिर । छिपछिपे छपनी टेकेर गुन्यु उचाल्दै मेला जाँदाका दिन अब फेरि यो जुनीमा बाँकी पढ्नुहोस्
वसन्त ऋतुको प्रादुभावमा वरिपरिका लतागृह एवम् पंक्षी जगत मुस्कुराइरहेका देखिन्छन् । क्षितिजमा अल्पसंख्यक वादलु गणहरु दिशाहिन भएर यताउती छट्पट्याइरहेका छन् भने आजको पुनर्जन्म पश्चात सुर्यको यात्रा चरम उत्कर्षमा पुगेको छ । वार्सिलोनाको कुनै फराकीलो , चिल्लो कालोपत्रीय सडकमा हुँइकिरहेका सयौँ सवारी साधन मध्येको यौटा सानदार कारमा अनवरत मनोचाहनाहरुलाई कोलाकोला गर्दै कुलेलम ठोक्दो छ प्रमिथस पनि । आधुनिक आभुषणमा झकिझकाउ बाँकी पढ्नुहोस्
अंग्रेजी कक्षा सम्झने वित्तिकै पनि मेरो मनमा बारुद विष्पोट हुन्थ्यो । शरीरका नसाभरी यौटा भयपूर्ण खवर संचारित हुन थाल्थ्यो । जब हिटलर जस्ता अंग्रेजी शिक्षकले कक्षा प्रवेश गर्थे ; म आफ्ना सम्पूर्ण वाह्य गतिबिधिहरुलाई सन्तुलित प्रस्तुत गर्न यत्नरत रहन्थेँ । ‘साइड टक’ र हल्ला त म भूलचुकबस पनि गर्दैनथेँ । तर पनि पढाइरहने क्रममा उनी अचानक आफ्नो दाहिने हातको चोर औँला म तर्फ सोझ्याउँथे र कहिले गृहाकार्य जाँच्न तम्सिन्थे त कहिले बाँकी पढ्नुहोस्
बैंककको मध्य-ब्यस्त सडकमा एकजना मगन्ते आज पर्यन्त छ l नहरमाथिको पूलसडकको पेटीमा बिहानै देखि ठूलो सर्टभित्र दुवै हात लुकाएर मुखले टोकरी च्याप्दै दुईचार पैसा कमाउने उनको पेशा अचम्मको छ l बाँकी पढ्नुहोस्