कथा : बेवारिसे डायरी

~सुबिसुधा आचार्य~SubiSudha Acharya

एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा ढकढक गरेको आवाज आउँछ । म आफूले ओढेको कम्मल पन्छाएर जुरूक्क उठी ढोका उघार्न पुग्छु । ठिङ्ग उभिएको छ ढोकामा काम गर्ने फुच्चे ।
“म्याडम् ! सर बाहिर जानु पर्ने भयो, हजुर मेडिकलमा आइसियोस् रे ।” भान्छाकोठातिर लाग्छ आफ्नो भनाइ सिध्याएर ऊ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादी जनयुद्धमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु

~सुबिसुधा आचार्य~SubiSudha Acharya

पर क्षितिजबाट रबिले बिदाइको हातहरु हल्लाए पछि गोधुली सन्ध्याको आगमन भइसकेको हुन्छ । घर नजिकैको बाँसघारीमा चराहरु पनि चिरचिर चुरचुर गर्न थाल्छन् । हुन सक्छ उनीहरु पनि बास खोजिरहेका छन् । आकाश अलिकति घोरमाइलो छ । शायद बादलका लप्काहरुले चाँदलाई छोपेर होला । वातावरण सुनसान भित्र कैद भएको छ । दैलाको संघारमा आमा टुसुक्क बसेकी छिन् । उनको निश्छल नयनहरु परपर सम्मका गोरेटाहरुलाई पच्छाइरहेछन् बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : मृत्युलाई पर्खदा

~सुबिसुधा आचार्य~SubiSudha Acharya

घरले जा जा वनले आइज आइज, भन्ने उमेरमा ओच्छ्यान लगाएर बस्नु जति पीडादायक कुरा मान्छेलाई अरू के नै होला र हजारौं युगको इतिहास पल्टाएर हेर्दा पनि मानव मृत्युसँग जति अरू वस्तुसँग डराएको बिल्कुल पाइन्न । त्यसो त मान्छेको के कुरा हरेक प्राणी, जीव जीवात्मा बाँकी पढ्नुहोस्

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र

~सुबिसुधा आचार्य~SubiSudha Acharya

मेरो मनभित्रको दादा,

ह्दयको स्पन्दनदेखिकै न्यानो सम्झना ।दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म, हजुरलाई सम्झने समयसम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । सबैको नजरमा दशैँ आएको छ शङ्ख फुक्दै भएपनि, बाजा बजाउदै भएपनि यात ऋणको सुनामीनै ल्याएर किन नहोस् तर हाम्रो परिवारमा दशैको कुनै छनक छैन यसो भनौँ हामी कहाँ दशै संघार ठेलाबाट भित्रनै मानेको छैन । मलाई लाग्छ यो सबै हजुरकै अभाव, बाँकी पढ्नुहोस्

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अभिशाप

~सुबिसुधा आचार्य~SubiSudha Acharya

टेकुमा अवस्थित पचली भैरवको मन्दिरमा मेरी संगिनी सुदेश्नाकी दिदी सिर्जनाको विवाहको भब्य तैयारी रै’छ । केराको खम्बा एक-एक बित्तामा काटेर पाँच ठाउँमा राखिएको छ भने त्यसको बीचभागमा पैयूँको स-सानो हाँगा गाडेर साथमा उखुका साना-साना पोथ्रा पनि सँगै बाधिएको छ । पाँचैवटा पैंयूको हाँगालाई मध्यनजर गर्दै बीच भागमा चदुवा टाँगिएको छ भने चदुवामा सेल बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलिलो मनका यादहरूमा

~सुबिसुधा आचार्य~SubiSudha Acharya

पच्छ्याउन खोज्ने साथ बैगुनी ।
रित्याउन खोज्ने याद बैगुनी ।।
बिर्सिऊ भन्दा हृदयको माझ बसेर–
बिउँझाउन खोज्ने रात बैगुनी ।।।

साथ, याद अनि सिङ्गो रात बैगुनी भएपछि यहाँ कसको के लाग्छ र ? बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वचनको पालना

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“काम फत्ते भयो त पूर्ण ?” हातको सियोलाई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलो खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि त काम अधुरो भएको हुनुपर्छ र मेरो मन साघुराउन उसले वास्तबिकता ओकल्न चाहेन अथवा सुनेर पनि बुझ पचाउँदैछ । त्यसो त कहिले पो राम्रो मिजासिलो बोलिले नजरमा नजर जुधाएर बोलेको थियो र मसँग बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अष्पस्ट समाचार

~सुबिसुधा आचार्य~SubiSudha Acharya

ममी ! बीस रुपैया दिनुस् न भिडियो गेम खेल्न जान्छु कति घरमै मात्र बस्नु थुनिएर । अरुको घरमा कति खेलका सामान हुन्छ आफ्नो त……। ।”

ठूलो भद्दा ओठ त्यसमाथि चोसो पसारेर भन्छ ऊ । आमाचाहिँ थालमा पोतेका दाना बग्रेल्ती बनाएर सियोले उन्दै हुन्छिन् । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जलेको कपिलवस्तु र लुटिएकी म

~सुबिसुधा आचार्य~SubiSudha Acharya

बाँची बाँची मर्नु र मरेर बाँच्नुमा कति अन्तर हुँदो रहेछ । तीन दिनपछि मृत्युको मुखबाट फर्केर तिमीलाई सम्झने र सम्बोधन गर्ने मौका पाइरहेकी छु मलाई लाग्छ यो सम्बोधन सम्झना हाम्रो भेटघाट पश्चात् लामो अन्तरालमा भएको छ । टेलिफोनमा गरिएको वार्ता इमेलमा लेखिएको हाइ हेलो र मोबाइलमा गरेको एस.एम.एस. बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बसको यात्रा

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।”
ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ । तर, ऊ आएर थचक्क बस्छ, म अक्क न बक्क हुन्छु । नबस्नु पनि भन्न सक्दिन भने बस्न दिन पनि मनले स्वीकारेको छैन । कुनै बेलाको संयोग यस्तै अप्ठेरो हुन जान्छ सायद । दोधारले भित्र भित्रै रेट्छ खूब निस्सासिन्छु । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यी सबै कसरी भयो काका ?

~सुबिसुधा आचार्य~SubiSudha Acharya

पुसकोचिसो काठमाडौं उपत्यकालाई हुस्सुले बेहुलीलाई झैं घुम्टो ओढाएको थियो । मानौ शहर प्रत्येक बिहानी नव दुलही बन्दै अन्मिन्छिन् दुलाहा रविको आगमनमा, जब जब रविका कलिला ताता र राता किरणरुपी हातले उनीलाई सुमसुम्याउँछन् तब बेहुली जस्तैनै हुन्छिन् । त्यही बेहुलीको बसाई भित्र केही न्यानो तातो कपडाका साथ म बिहानको मेरो कार्य अनुरूप शिक्षण गर्न क्याम्पस तर्फ लम्कन्छु । बिहानको सात जति बजेको हुनुपर्छ, सडकमा त्यति चहल पहल थिएन । त्यहाँको दृष्य अवलोकन गर्दा यस्तो लाग्यो अति जरुरी काम नभै मान्छे बाहिर निस्किदैनन् । कलेजको गेटबाट म भित्रिएँ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरनका गोलहरू

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा फ्यात्त फाल्छ, बिर्खे कामी ।
राक्सिङ गाउँको पुच्छार, इन्द्रावती खोलाको शिरान, मानवबस्तीबाट आधाकोष टाढा फुस्रेडाँडामा एउटा घर छ । घर त के भन्नु भाटाले बारेर, कटुस र सालको च्याउलाले तुनेको एउटा छाप्रो, त्यही छाप्रोमा टन्टलापुर घाम र मुसलधारे पानीबाट शिर ओताउँछन् उसका परिवार । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म हत्यारा हैन

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“म हत्यारा हैन, सुन्नु भएन तपाईंहरूले, म हत्यारा हुँदै हैन । सत्ते सत्ते, मेरो आफ्नै प्राणको कसम, पशुपतिनाथले भस्म गरून्, पत्याउनु भएन । श्री मनकामना माईले नाश गरून् मैले झुटो बोलेको भए, म हत्यारा हुँदै हैन ।”
“यी हेर्नुस् के मेरा हातहरू दिन दहाडै कसैको गला रेट्ने जस्तो छ त ? नियालेर हेर्नुस् पैताला, हजारौं सोझा निमुखा गरिबको लासमाथि कुल्चेको जस्तो देखिन्छ र ? छाम्नुस्, विश्वास नभए मेरो ढुकढुकी, के यसमा हत्याराको धड्कन धड्किन्छ कहीँ कतै, के तपाईंले पाउनु हुन्छ ? अँहँ भेटिन्न र पाउनु हुन्न पनि । किनकि म भित्र हत्याराको निसानी छाप सङ्केत केही छैन । बुझ्नु भो तपाईहरूले म हत्यारा हुँदै हैन ।” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाजुक मन

~सुबिसुधा आचार्य~SubiSudha Acharya

मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । मेरो यात्रा थेम्स नदीमाथि बनेको गोल्डेन जुब्ली ब्रिज हुँदै अगाडि बढ्छन्, आहा ! कति निर्मल, सुन्दर, कन्चन थेम्स नदी, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : We know that you are rich

~Krishna Prasai~

If you desire, you can buy the foreign lands,
If you think it necessary, you can abandon your motherland.
But in the name of our property
That you have thought to be worthless
We still have some baskets and bowls
And some old straw mats woven last winter.
And anything we call ours,
We have a sky, Continue reading

Posted in Poem | Tagged , | Leave a comment

लघुकथा : स्वप्नग्राम

~किशोर पहाडी~Kishor Pahadi

गाई चराइरहेका वीरमान अचानक टोलाउन थाले । घाँस काटिरहेकी मगर्नी बुढीका हातहरू टक्क रोकिए । खोपी खेलिरहेका चङ्खे, चाउरे, घैँटे र मनेहरू खेल्न छोडेर एक-अर्कालाई हेर्न थाले । जगत् साहू जुरुक्क उठे । पसलबाहिर आए । मकै भुट्दै गरेकी जगत् साहूकी स्वास्नीले मकै भुट्न छोडेर सोधी, “किन ? के भयो ?”

“ऊ त्यहाँ हेर न ।” “के? ” भन्दै स्वास्नीले हेरी । ऊ पनि हेरेको हेर्यैत भई । गाउँमा दसफुटे चौडा सडक एउटा आइरहेको थियो- सललल… गर्दै, Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चुनाव

~आर आर चौलागाईं~R R Chaulagain

त्यो क्याम्पसमा त्यस सङ्गठनले कहिल्यै जितेन । तर यसपालि पार्टीलाई त्यहाँ नजिती भएकै थिएन । पार्टीको चुनाव जित्ने रणनीति अनुसार एउटी युवती चुनावमा खट्ने भई ।
झन्डैझन्डै बत्तीस लक्षणले युक्त धपक्क बलेकी युवतीको क्याम्पसमा प्रवेश भयो । चुनाव अवधिभर ऊ त्यहीँ बसी । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म के गरु ?

~लिला रिजाल (सुवेदी)~Lila-Rijal

आकाश पनि रिसाए झैं गरेर कानको जाली नै फुट्ने गरी गर्जदै थियो घरि घाम लाग्दै थियो त घरि सिमसिम पानी परिरहेको थियो । पाल टाँगेर आँगनमा तुलसाको मठ छेउ हरिशरण काकाको लास लडिराखेको छ । श्रद्दान्जली दिन आउने जाने मान्छेहरुको भिडभाड थपिइरहेको छ । कोहि फूलका गुच्छा चडाएर आशु झर्दै छन् भने कोहि “उनि त सारै सहयोगी मान्छे पो थिए त् ….” भनेर राम्रो चरित्रको बर्णन गरिरहेका थिए । लाश उठाउन मलामीहरु तरखर गरिरहेका थिए रमा भने एक टक लाएर लाश माथि हेरिरहेकी छे । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लाल बहादुर आले ‘माईला’ को केही मुक्तक

~लाल बहादुर आले ‘माईला’~Lal Bahadur Ale 'Maailaa'

मुक्तक
मुक्तक – १
हेर्दा पहाडै लागे नि हावाको झोक्का हो जिन्दगी
कहिलै नमरुंला झै गरे नि मृत्‍युको ढोका हो जिन्दगी
देख्नेले त गल्दै नगल्ने बरफकै धिक्का देख्दो हो
तर फुस्स फुटीजाने पानीको फोका हो जिन्दगी। बाँकी पढ्नुहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : रातो झण्डा, आन्दोलन र काठमाण्डौको अनुहार

~टङ्क वनेम~Tanka Wanem

काठमाण्डौको माओवादी आन्दोलनमा भाग लिएर फुन्यासो,फुर्बा र उनका साथीहरु आफ्नै दुर्गम गाउँतिर लागेका थिए। जहाँ टाउको दुख्दा खाने सिटामोल दबाई समेत किन्न पाइदैन्थ्यो। खैर! सहरको चोक चोकमा खोलिएको साइवर क्याफे र ठूलठूला सपिङ कम्प्लेक्स हेरेर रमाइलो गरेे। बिरामी बोक्ने एम्बुलेन्सको साइरन सुने। सुन्दर महलहरु र चौबाटोमा कुद्ने यातायातका साधन साथै सहरवासीको ठाँटबाँटमा आफुहरुलाई अपहेलित भएको अनुभूति गरे। जे भए पनि आन्दोलनको नाममा उनीहरुले मज्जाले सहर घुमे। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विलय

~प्रकाश सायमी~Prakash Sayami

कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो ।

नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने— “यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौँ ।”

त्यसपछि हामी उकालो लाग्यौँ । यो उकालो म धेरैपटक एक्लै, धेरैपटक रविदादासित हिँडेको छुु— कहिले गीत गाएर, कहिले कविता पढेर । यो उकालोमा एउटा पुरानो स्कुल थियो— प्राथमिक स्कुल । अब त्यो छैन रहेछ । नहुनुका धेरै कारण अखबारमा आइसके । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाचुके

~बिपुल सिजापती~Bipul Sijapati

उनीहरु दुवै हस्ताक्षर गरेर बाहिर निस्किए । हस्ताक्षर कागज माथि स्वःलिखित केरमेट थियो या निर्णय माथि स्वीकारोक्तिमा आत्मसात थियो, दुवैले खुट्याउँन सकेनन् । हो, अबको यात्रा नितान्त निजी र स्वचालित हुनेछ, करकाप या अदृश्य साङ्लोमुक्त जीवनयात्रा । हातमा थमाईएको निर्णय-पत्रले के आउँदा दिनहरुलाई सुखमय बनाउँछ ? के यहि नै उन्मुक्ति हो ? बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहरको कथा

~जनक राज भट्ट~Janak Raj Bhatta

उस्ले खल्तिमा हेर्यो, सय सयका दुईवटा नोठ जाडोमा कठ्याङ्रिएको हात जस्तै कक्रक्क परेर बसेका थे । कोठामा ग्याँस सकिन लागेको छ, चामल पनि सकिन लागेको जस्तै छ । उस्का निधार बिस्तारै चिन्ताले उचालिए । एक किसिमको छटपटी भयो । अघीसम्म जाडोले काम्दै गरेको जिउमा पसीना आउन शुरु भयो । बाले हिजो फोन गरेका थे, रिजल्ट के भो भनेर । एकछिन उ फोनमै अकमक्केको थ्यो । रिजल्ट के को सुनाउनु, अब कतिवटाको सुनाउनु ! लोकसेवा देको थ्यो, नाम निस्केन । अर्को एउटा एनजिओमा इन्टर्भ्यु देको, हुन्छ हुन्छ बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भगवानहरु बिक्रिमा छन

~प्रकाश नेपाल~Prakash Nepal

बगरमा गिट्टीहरु फोर्दै
अचानक उसले भगवान सम्झ्यो
र मन्दिरहरुमा फूल चढायो |
चढाउदै गयो फूलपाती, गर्दै गयो आरती र
थाक्यो – भित्र भित्रै |
र फेरी फोर्न थाल्यो गिट्टीहरु बगरमा | बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : तुरुन्त शहीद घोषणा गर

~प्रकाश नेपाल~Prakash Nepal

उहा हुनुहुन्थ्यो – महान एक
होनहार हुनुहुन्थ्यो – नभा ‘नि बिबेक
सानो झगडामा पर्नु भो
हानाहान गर्दा मर्नु भो
मान्नु हुन्थेन कसैको डर
सरकार –
शहीद घोषणा गर | बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्तली आत्माहत्या गरी

~प्रकाश नेपाल~Prakash Nepal

गाउँमा हल्ला फैलियो – ‘सुन्तली आत्महत्या गरी’
कोहि भन्थे – ‘बिचरी अकाल मै मरी’
कोहि भन्थे – ‘सुन्तली दुखमा मरी’
खोइ उ कसरी मरी
सुन्तली आत्महत्या गरी | बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : हामीले भगवान श्रीकृष्ण भएर जानुपर्छ

~शरद निरोला~

अस्वीकृत मान्यताहरुको मापदण्डमा खारिएर
अविवेकी अवमूल्यनमा पछारिएका
श्रस्टा र संरचनाको चक्रब्यूहमा फँसेर
भीष्म-पीतामहको जनै भिरेका
हाम्रा यी नेताहरुले
मेरो देश बेपत्ता पार्न लागिसके बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : किन आयौ अमेरिका?

~शरद निरोला~

के के न पाउँला भनी अमेरिका आयौ
बाबु-बराजेले नखाएको मसालेदार गोता खायौ
आउन त आयौ सबै कुरा छोडेर
आफ्नो स्वाभिमान आफ्नो वर्चस्व सबै गुमायौ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : दिशाहिन गन्तब्य

~शरद निरोला~

अचेल निकै दिन भयो
विरक्तिले ग्वाम्लाङ्ग छोपेको छ
शरीरका प्रत्येक स्नायूहरु
स्पन्दनहीन भएर लोलाएका छन्
यस्तो लाग्छ मानौ मस्तिष्कमा केवल
शून्यताको मात्र वास छ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : भनेर फाइदा छैन

~शरद निरोला~

भन्न थाल्यो भने किन भनिस भनेर भन्छन
बोल्न खोज्यो भने किन बोलिस भनेर रोक्छन
नभनुँ त मुख चिलाएर चौपट्ट छ भन्दा
बढ्ता हुन्छस तँ ? भनेर ठोक्छन बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा हाँसिरहेछ

~शरद निरोला~

बीस बर्ष अघिको नेपाल सम्झेर
त्यति नै बर्ष अघिको काठमाडौंलाई गुनेर
आज त्यही नेपाललाई अनिमेष हेर्दा
त्यही काठमाडौंलाई नियालेर हेर्दा
सगरमाथा किन हो
मरिमरी हाँसिरहेछ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : केशराशिले झटारो हान्दा

~शरद निरोला~

पानीले लतक्क भिजेको केशराशिले
जब मतिर एक्कासी झटारो हान्छ्यौ
उछिट्टिएर मतिर दौडेका ती सहस्र जलबिन्दुहरुमा
आत्मसात भै म निथ्रुक्क हुन्छु
अनायासै बादल बिनाको आकाशमा गर्जन सुन्छु
बिना मौसममैं पनि बर्षाको अनुभूति पाउँछु बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment