~गीता कार्की~
डाँडाबाट उक्लेर जून
सर्वत्र फैलिनु
यदि उसको नैसर्गिकता हो भने
किन आज जूनको दृष्टि छैन
किन आफ्नै किरणको न्यानोले सेकेका
औँलाहरूबाट फोरिन्छ जूनको आँखा
के उनी बोक्सी नै हुन् ? Continue reading
~गीता कार्की~
डाँडाबाट उक्लेर जून
सर्वत्र फैलिनु
यदि उसको नैसर्गिकता हो भने
किन आज जूनको दृष्टि छैन
किन आफ्नै किरणको न्यानोले सेकेका
औँलाहरूबाट फोरिन्छ जूनको आँखा
के उनी बोक्सी नै हुन् ? Continue reading
बिहे गरेको दस वर्ष नाघिसक्दा पनि उत्तराको कोख भरिएको थिएन । अब त घरपरिवार सबैले उत्तरालाई बाँझी भनेर उनकै मुखेञ्जी भन्न मात्र बाँकी थियो । तर शिक्षित र अर्थउपार्जनमा संलग्न अनि सम्पन्न माइतीका कारण उत्तराले धैर्य त्यागेकी थिइनन् । दुई वर्षअघि दिल्ली पुगेर पतिपत्नी दुबैको सम्पूर्ण मेडिकल जाँच पनि उत्तराकै पहलमा भइसकेको थियो । उक्त जाँचमा उमङ्गको वीर्यमा फर्टिलिटीको अङ्श पर्याप्त नभएको बाँकी पढ्नुहोस्
“अहिले कस्तो छ तपाईंलाई? ” उनले फेरि पनि सोधेकी थिइन्।
“म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए। पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवलाई निदाएको जस्तो देख्ता फर्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय उडानमा बिताउने कामदेवलाई बाँकी पढ्नुहोस्
~पुष्पा पलाँश~
सको महिना घाम ताप्दै बस्नुको मज्जा बेग्लै हुन्छ । काठमाडौं अध्यानको लागी घरबाट पठाएता पनि पढ्न मन लागिरहेको थिएन । हातमा किताब लिएर घामको मज्जा लुट्दै गर्दा अनायस एउटा घटनामा गएर अड्किन पुगें । बाँकी पढ्नुहोस्
~अनिल याखा~
टिरिङ sss टिरिङ ssss गर्दै बजेको मोवाइलको अलार्मले मेरो निद्रा खलबलायो । हेरेँ, विहानको ५ बजिसकेछ, माघको महिना न हो अति जाडो थियो । आज त त्यहीमाथि वायोलोजीको प्राक्टिकल क्लास पनि लिनुपर्ने थियो । ती सब कुरा बिर्सदै मोवाइल खोलेर ड्राफ्ट मेसेज फोल्डर खोलेँ र हेर्न थालेँ उही मेसेज करिव दुई महिना अगाडि लेखेर पनि सेन्ड गर्न नसकेको । उनको फोन नम्वर पनि कम दुःख गरेर मागेको थिइन । जानी-जानी एक दिन कलेज नगई बाँकी पढ्नुहोस्
~हरिसिंह थापा~
यसपाली पनि मुग्लानमै वित्ने भो
दशैं र तिहार
साउने झरी झैं मन रून्छ धरर
ओहो सम्झेर गाउँघर । बाँकी पढ्नुहोस्
~इन्दिरा चाम्लिङ्ग~
सुनसान अँधेरी रातमा
जूनको उज्यालो बोकेर आयो कोही
जलि रहेंथे भित्र-भित्रै शितल
पवन बनेर आयो कोहि,
निश्चल एउटा पोखरीमा
बिस्तारित तरङ्ग बनेर आयो कोही बाँकी पढ्नुहोस्
बलेवाका मामा दमकभरका पण्डित ठुला
थियौ ज्ञानी ध्यानी वदन रसिला दन्त सुकिला
यता आऊ च्याप्छौं स्मृतिपटलमा मातुल-कला
छ यो वाचा आमा ! भनिदिनुन है ठाउँ छ खुला । बाँकी पढ्नुहोस्
~सीता सुब्बा~
हाम्रो बिहे भएको झण्डै पाँच बर्षनाघिसकेको थियो । मबाट कुनै सन्तान नभएपछि त्यो घरबाट म अतिनै अपहेलित भैसकेकी थिएँ । सासुआमाको हातबाट कति मेरा केशका टुक्राहरू चुँडिए अनि लोग्नबाट समेत तीखा बाँडरूपी अप्रिय बचनहरू प्रहार हुन्थे कति । शुरू-शुरूमा सबै ती अप्रिय घटनाहरू औंलामा गन्थे, बाँकी पढ्नुहोस्
~कृशु क्षेत्री~
कवि
जंगलमा
कविता लेख्न एक्लै टोलाइरहेको छ
कविकै छेउमा
उफ्रदैं खेलिरहेको छ
भरखरै जन्मेको मृगको बच्चा … बाँकी पढ्नुहोस्
बर्लिन शहर
यतिखेर हाँसिरहेको छ
बर्सेको हिउँ देखेर
यान्त्रिक पीडाले थिचिएको शहर
मन हलुङ्गो पार्दैछ
हिउँका कविता लेखेर,
बाँकी पढ्नुहोस्
नजिकैको बुकि फूल टिपेर किरणले अरूणिमाको चुल्ठोमा घुसार्दै भन्दै थियो, “अरूणिमा, मेरो खुशीहरू भित्र तिमी, मेरो मनका तरङ्गहरूमा सँधै सँधै तिमी । तिमी विनाको जीवन एउटा नकोरिएको सादा कागज जस्तै हुनेछ ।” त्यसपछि अरूणिमाले पनि सुष्क हाँसो र रोदन मिश्रति भावमा भन्दै थिर्इ, “हरेक आँखाहरूले देख्ने सपनाहरूमा तिमी छौ भने अब तिमी विनाको अर्को संसार कसरी सोचौं र -” यस्तै यस्तै प्रेमालापहरू गर्दै किरण र अरूणिमा ककनी बाँकी पढ्नुहोस्
सन्तान नहँदा दुःख हुन्छ भनेर कसैले भन्दा मानिसहरू श्यामराज र कुमुदिनीको उदाहरण दिने गर्दथे । छोराछोरी नभएर पनि यिनीहरूलाई कहिले पनि असन्तोष भएन । सधैं उज्याला थिए, सधैं खुशी थिए । जहिले पनि जहाँ पनि सँगै हुन्थे । जोरीपारीले अपूतो र बाँझी भनेर उनीहरूको चित्त दुख्दैनथ्यो, बरु सन्तान भएर दुःख पाइरहेका आमाबाबुलाई देखाएर भन्दथे – “सन्तान भएर यस्तै हुनु भन्दा त नहुनु जाती ।” अनि दोष लाउनको बाँकी पढ्नुहोस्
उस्को नाम सुनिता हो। म अझै पनि उस्को सोझो र मायालु मुहार सम्झिरहन्छु। ऊ मसँग ट्युसन पढ्न आउथी। पढ्नमा तेज,अक्षरपनी राम्रा,अबोला स्वभावकी। अरु केटाकेटी झै चन्चल र बदमाश स्वभावकी पनि होइन।पढ्न आउँदा पनि सबैभन्दा अगाडि आइपुग्ने बानी थियो उस्को। मेरो बिचार मा ऊ सर्वगुणसम्पन्न नै लाग्दथी।
मैले जुनसमयमा उस्लाई पडाउने गर्दथे ऊ त्यो समयमा यस्तै पाँच,सात बर्षकी थी।केजी वनमा पड्दथी। त्यो केटीको बाँकी पढ्नुहोस्
न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । बाँकी पढ्नुहोस्
तर्राईको मौसम । भर्खर जेठ महिना लागेको । दुइँ दिनको वषर्ापछि दिनले घुम्टो उघारेको । सानी बिहान चाँडै उठिन् । हातमुख धोएर चिया खाईवरी बाहिर निस्किन् । शनिबारको दिन थियो । शनिबार सानी सधैँ मन्दिर जान्थिन् । उनी आठ-नौ वर्षी चञ्चले स्वभावकी केटी थिइन् बाँकी पढ्नुहोस्
वसन्तीय लालीमा बोकेर धर्ती फुली, फक्री- आकाशले हेर्यो उसलाई वैशले उन्मुक्त भएकी धर्तीले अदित्य वासना छरिरहेकी थिई । उसले बिस्तारै र्स्पर्श गर्यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको र्स्पर्शले धर्ती रमाई । उसको चारैतिर सुगन्धित हावा बग्न थाल्यो । धर्तीले फुलाएकी पे्रमका पालुवाहरू आकाशको मीठो समागमबाट यौनको आनन्दित क्षणमा रमाउन थाल्यो । धर्तीले भुलिदिई आफूलाई अनि संसारलाई । बाँकी पढ्नुहोस्
सरिता आज खुशी थिई। उसले हिजो मात्रै छोरालाई पठाइ दिने तार दिएकी थिई। कति दिन पछि उसले छोरालाई झिकाउने निर्णय लिएकी थिई। फेरि छोरो फर्केपछि उसलाई आफ्नो सम्पत्तिको हकदार घोषणा गर्न चाहन्थी ऊ, उसको आगमनमा सबैलाई निम्त्याएर स्वागत आयोजना गर्न चाहन्थी । आखिर करोडौंको उत्तराधिकारीको सम्मान त हुनै पर्यो नि।
सरिता कार्यालयमा पुग्दा उसलाई उसकी पि.ए. ले भनी- “मैडमको कोठामा बाँकी पढ्नुहोस्
चिसो सिरेटोले उसको शरीरलाई उसको लुगा जस्तै हल्लाइरहेको भान हुन्थ्यो, ऊ लगभग, लगलग कामिरहेको थियो । पातलो ‘हाफ-स्लिभ’ कमिजले उसलाई उसको जीर्ण शरीरसँगै नङ्ग्याइरहेको थियो । मान्छेहरुका ‘झुप्पा’हरु उसको अगाडिबाट लगातार आरपार हुँदै थिए । ‘झुप्पा’मा भरिएका मानव यौनिक रहरहरु उसैको अघिल्तिर, वा ऊनजिकै उभिएकी युवतीमा आँखाहरु भएर पोखिरहन्थे । उक्त युवती छातीसहित मन उघारिएर ‘उदाङ्ग पसल’ बनेकी थिई बाँकी पढ्नुहोस्
युगौ-युगका पीर-वेदनाहरु लामबद्ध नभई चौतर्फी धावा गरेझैं, घर-परिवार, साथी-सँगती, कार्यालय-हाकिम सबैबाट यसरी एकैपटक बाजी थापेजस्तो, कसले ज्यादा चोट दिलाउन सक्ने भनी ओइरिएपछि, म हतप्रभः एकपटक विवेक-शून्य उभिन्छु, तर, तुरुन्तै ‘भक्भक्’ उम्लिएर पड्किन मात्र वाँकी भएको जस्तो हुन्छु । कार्यालयबाट फोनमार्फत्, साथीहरु चिठीबाट, घरबाट मौखिक आक्रामणहरु भएपछि, बाँकी पढ्नुहोस्
रोक्न खोज्दा खोज्दै बाँध भत्किएझैँ फुत्किएको एउटा लामो सुस्केराले अन्तःस्करणभित्रको भुइचालोको ‘उथलपुथल’ आँखाको पानीसँगै ‘छताछुल्ल’ बनाउँछ र खडेरीले ‘चिरा-चिरा’ पारेझैँ नियतीका समतलभरि कुलेसो बनाउँदै बग्छन्, मनभित्रका समवेदनाहरु… वाफ जमेको ऐना जस्तै स्मृतिपटलभरि धूमिल-धूमिल आकृतिहरु, मधुर सम्झनाहरु जस्ता सजीव रहन्नन्, रहन्छन् ती लामो-लामो सुस्केराहरु, पर्दाभित्र र बाहिरका अथवा नेपथ्यका बाँकी पढ्नुहोस्
~आभास~
तिमीले हेरेको क्षण
मलाई
मौनता मनपर्छ
मौनता
सिर्जनाको प्रस्थान विन्दु
यहीँबाट
सुन्दर सँगीतको प्रारम्भ हुन्छ
मौनता Continue reading
मलाई उसको साथी आउने कुरामा खास चासो थिएन रपनि घर त फर्कनु नै थियो । आभा/मेरी पत्नी सुन्न चाहन्थी, आफ्नो लोग्ने अर्थात ‘म’ आफ्नी बालसखाको पहिलो नजरमा कस्तो देखिन्छु ?
उनीहरु एकसाथ हुदाँसम्म हर स–सानाकुरा दुईजनाको साझा रोजाइको हुन्थ्यो रे । ‘आभा एक्लैको रोजाइ म, कतै ..?’ कतकता संकोच लाग्यो । बाँकी पढ्नुहोस्
चकमन्न रात, उल्लुको उहु–उहु, कुकुरको भुकभुक, चुक घोप्ट्याएजस्तो अध्यारो, साच्चै कहालीलाग्दो यो रात । ऊ अर्थात ‘नर्वदा’ निदाउने हजार प्रयासबाट थकित भैसकी, यता–उता केल्टे फेरेकोफे–यै छ अहँ निद आउन्न । हुन त, आज मात्र होइन केहीदिनदेखीका रातहरु आजकल अनिद्राजनित कल्पनामा रित्तिने गरेका छन् । तर अचम्म ! बेचैनी पनि रमाइलो मिसिएर आएको छ, एउटा मिठो उत्सुकता । एकतमासले मोवाइलमा रमाइरहेका उसका हातहरु र चनाखा कानहरु देख्दा लाग्छ, ऊ बाँकी पढ्नुहोस्
अचम्म लाग्छ इजरायलमा त जाडो मौसममा झरी पो पर्दो रहेछ । उसै त कुन कानमा सुन भने झैं त्यसै त जाडो मौसम फेरी झरी थपिदा त ? भो जाडोको कुरा गरी साध्य छैन । दिनहरु पनि त निकै छोटो छ अचेल । पाँच बजे नै झमक्क साँझ पर्छ । अनि छ–छ महिनामा एक घण्टा घडिको सुई नै घुमाएर यहाँको समयलाई ढिलो र चाँडो पनि पारिदो रहेछ । बाँकी पढ्नुहोस्
म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ।
“ए!दाइ पो बस्नुस् न” बाँकी पढ्नुहोस्
बीरे छुट्टी आयो, सम्झना सित विहेपनी भयो, नयाँ नौलो गृरस्थी संसारको थालनी। सम्झनाको भित्रिमनमा आफ्ना दौंतरीहरू भन्दा धेरै सुनचाँदीले टलक्कै हुने चाहनाको बिरूवा बिस्तारै बोट हुन थालेछ। बीरेले पुगिसरी आएको सुनका गहना दिएकै भएपनि सम्झनाको धोको भने मेटिएको रहेनछ। पारिवारिक स्थर भने दुवैको घर चल्दो हो, मिहनत परिश्रम गर्दा राम्रै पुगि सरी आएको, तर त्यो मिहनेतको क्रम टुट्नु भने आर्थिक बाँकी पढ्नुहोस्
कहिले काहीँ निद्राले छिटो छोडेको बेला या त बेलुका अलिक कम्ति पिएर सुतेको बेला, बिहानको झुल्के घाममा तल शान्तसित बगिरहेको टिस्टा खोलालाई हेर्छु/हेर्ने गर्छु। कहिले यस्तै बेला टुङ्गो न फेदको अलौटे कसरत गरिटोपल्दा देख्छु र हेर्छु। बाँकी पढ्नुहोस्
आजभन्दा १५ वर्षअगि आजकै महिनामा नेपालमा एफएम गुञ्जियो १०० मेगाहर्जमा । र मैले यही महिना १०० मेगाहर्जमा काठमाण्डू कल इन भन्ने कार्यक्रम चलाएको थिएँ । यो कार्यक्रम साचारकर्मी हरिशरण लामिछानेको स्नेहादरले चलाएको थिएँ र यो कार्यक्रमको समाप्ति पनि म स्वयंले काठमाण्डू एफएम बन्द हुने दिन गरेको थिएँ । काठमाण्डू एफएममा रोबिन शर्मा, श्रद्धा शाह, कविता शेरचन र हरिशरण लामिछाने आवद्ध थिए । रोविन शर्मा, बाँकी पढ्नुहोस्
जेठको महिनाको उखरमाउलो गर्मी, धर्तीधपधप बलिरहेको थियो । इनार, कुवा र धाराको पानी पनि उमालेझै“ थियो । नजरले अलि पर नियाल्न खोज्ने हो भने सूर्यका विकिरणको प्रभावले रिमरिम देखिन्थ्यो । पृथ्वी राजमार्गमा अवस्थित कुनै एक छेउको बजार गर्मीकै कारण शून्यताभित्र कैद थियो । मध्यान्हको समय सडकमा त्यती बसहरु आवतजावत गरेका थिएनन्, फाट्टफुट्ट मालवाहक ट्रक पनि गर्मीले इञ्जिन तातेर होला घ्यार्र–घ्यार्र आवाजका साथ अघि बढेको बाँकी पढ्नुहोस्
दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग छ कोठाको अवस्था । टिभी अन, ल्यापटप अन, टेबल र भुइँभरि छरिएका किताब-कापी । यो विदेशको बसाइ पनि कति व्यस्त । थकाइ र अव्यवस्थित कोठाको अवस्थाले थिलथिलो बन्छे ऊ ।
झसङ्ग हुन्छे फोनको घण्टीले । फोन उठाउँछे अल्छि मान्दै । बाँकी पढ्नुहोस्
काठमाडौंको भब्य होटलमा बिमोचित हुँदै थिए दुई कृति । अखबारमा छापिएको न्यूज हेरेरै रामहरि पुग्यो कार्यक्रममा । पास चाहिने रै’छ भित्र पस्न पनि, थाहा पायो गेटपालेले बाहिर धकेलेपछि । जारी थियो मान्छेहरु भित्रने क्रम । पत्रकारको छेको लागेर भित्रियो सुटुक्क उ पनि । बाँकी पढ्नुहोस्