लेख : दलहरू मौजाजस्ता, नेता मौजावाल

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

चुनावी संग्रामपछि समानुपातिक कोटाको अंशबण्डाको याम छ । लक्षण भन्छ– यो याम बडो खराब छ । यसले मलाई हुकुमप्रमाङ्गीमा चल्ने राणा–शाह शासनको याद दिलाउँछ । यो याद झुर छ । समानुपातिकको अंशबण्डाको सामन्ती चरित्र देख्दा नाथे दलहरू मलाई मौजाजस्ता लाग्छन् । र, यी दलका तीघ्रे नेताहरू मौजावाल सामन्तजस्ता । दल नामक तीन ठूला मौजामा ती तीन–तीन थान मौजावाल छन् । यी नवैजना बाहुन–क्षेत्री जातका हुन् । बाँकी पढ्नुहोस्

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कविता : के देख्छन् उनीहरु

~जनक शर्मा लामिछाने~

दृष्टिसहितका आंखाहरु नभै दिएका भए
त्यहां जहां उनीहरु छन्
दुलादुला खोजेर, पहिल्याएर डुडेलो घुसार्न कसरी सक्थे ?
जब शक्ति के आउंछ हातमा
मदोन्मक्त हुंदै देवदुत सम्झंदै आफुलाई
बर्बराउन किन सक्थे ? महावाणि, आश्वासन र प्रतिबद्धताहरु बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : शङ्खधुनी सँगै बज्न थाल्यो

~राज थापा~Raj Thapa

शङ्खधुनी सँगै बज्न थाल्यो मन्दिरमा घण्ट
धुप ,दिप मग्मगाउने बासना मन्दिर वरपर !

भजन,किर्तन भइेरहेछ हार्मोनियमको तालमा
भक्तजनको लाम लस्कर मन्दिर परिसरमा ! बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि मित्र

~ओमप्रसाद घायल~Om Prasad Ghayal

अस्ति भर्खर जस्तो लाग्छ
तिमीले कविता लेख्न थालेको
साहित्यको खुल्ला बजारमा
फेरि पनि लोकापर्ण गरेछौ
अर्को नयाँ किताव बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : समाचार

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

उसले अघाउञ्जेल पढी।तर नोकरी पाइन। व्यापार व्यवसाय गर्न आर्थिक अवस्था कमजोर थियो। बैंकबाट ऋण काढ्न बैंकलाई देखाउने जेथो केही थिएन। रैपनि योग्ताको प्रमाणपत्र झोलामा बोकेर नोकरी खोज्ने कामलाई निरन्तरता दिइरही। योग्यता अनुसारको काम नपाइए पनि होटेलमा बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : शहरमा रात

~आभास~Aavaas - Achyut Prasad Phuyal

कुकुरको एकनासे भुकाइ
प्वाल पारिरहेछ मथिँगल
किथ्राको किर्किर्
झमझमाइरहेछ रक्सीको नशा झैँ
विजुलीको तारमा बसेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म बुझ्दिन

~नदीश~Nadish

हिजो,
हिड्थेँ म पाँच घण्टा
मेरो छिमेकमा साइनो गाँस्न
आज,
छिमेकी हिँड्छ पाँच मिनेट
मसँग साइनो गाँस्न
म बुझ्दिन
कतै पृथ्वी साँघुरिदै त छैन ?

हिजो,
शान्ति क्षेत्र घोषित थिए बस्ती
र सुनसान सन्नाटा थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पाखे

~सागर पराजुली~Sagar Parajuli

उ निकै क्युरियस थियो । अलि पढेलेखेको नयां मान्छे भेट हुंदा उ प्रश्नहरुको झटारो हान्थ्यो । हावा किन देखिंदैन? हवाइजहाज उड्न इन्जिन चाहिन्छ तर चरा उड्न किन चाहिंदैन? आदि आदि । आजको युगमा जन्मेको भए गुगललाइ सोध्थ्यो । उत्तर नपाए लाइब्रेरीमा गइ किताबमा खोज्थ्यो । तर तीसको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : साइनोको व्यापार

~सीता बराल~Sita Baral

बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यही छे । तिमीलाई पठाउने कागजपत्रमा सही लगाएर आउँदा डाँडाको चौतारीमा बसेर छोरालाई दूध खुवाउँदै निकै बेर रोई । रुपेशले उनका बाले फोनमा भनेका कुराहरु सम्झे । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृष्य प्रेम

~सीता बराल~Sita Baral

फेसबुक खोल्ने वित्तिकै प्रतापले पठाएको फ्रेण्ड रिक्वेस्ट देखेर शर्मिला एकछिन टोलाएर बसिन । उनलाई खुशिको सिमा नै भएन । मनमा छायाँ भएर रहेका प्रताप शर्मिलाको विहे पछि विस्तारै टाढा भएका थिए । शर्मिलाले कुनै न कुनै माध्यम बाट प्रतापका खबरहरु पाई रहेकी थिईन । प्रतापले आफ्नो जिन्दगीको महत्वपूर्ण दिन बिहेमा उनलाई निम्ता पठाएनन् । शर्मीलाको अफिस नजिकैको बोडीङ्ग बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोभी मान्छे पापी मन

~सुमित्रा पौडेल ‘आँचल’~Sumitra Poudel Aachal

भाग १

समय परिवर्तन सँगसँगै .भनिन्छ हाम्रो देश हाम्रो समाज पनि परिबर्तंनशील छ ! हामीमा नयाँ जोस्, नयाँ जाँगर ,नयाँ उमंग र उत्साह थपिएका छन् ! व्यक्ति शिक्षित छन् ,घर शिक्षित छ ,समाज शिक्षित छ ! आज बाहिरि रुपमा हेर्दा लाग्छ हाम्रो देश नै शिक्षित छ ! सतप्रतिशत नेपाली स्वाभिमानी छौं ! अन्यायलाई उजागर गर्दै देशको लागि चिन्तनशील छौं न्याय प्रेमी व्यक्तित्वको रुपमा प्रदर्शन हुन सकेका छौं ,एक आपसमा मिलान्शारिता छ ! देशको अस्तित्व बचाउँन बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँगुरो जेल भित्रको जिन्दगी

~सुमित्रा पौडेल ‘आँचल’~Sumitra Poudel Aachal

फेब्रुवरीको आधा आधी भै सकेको थियो जाडो याममा पानी पर्ने मौसम भएको हुँदा दुई दिन अघि झरी परेता पनि न्यानो कोठा भित्र पूर्णिमालाई चिसोको केही अनुभव थिएन तर बिहानी पख चलेको सिरेटो उनको सुत्ने कोठाको खुल्ला झ्यालबाट भित्र पस्दा चिसो पनले उनको निन्द्रा खुल्न गयो! घडी हेर्दा बिहानको ६ बजिसकेको रहेछ ! मानौ उदाउँदै गरेको सुर्यको रोसनी उनलाई स्वागत गरिरहेको थियो ! बिहान ८ बजे देखि उनी बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुङ्गा बोल्छ

~खगेन्द्र पन्धाक लिम्बू~Khagendra Prandhak Limbu

कमिलाबाट सिकेको ज्ञान-’बाटोहरुको कुनै अन्त्य छैन । त्यसैले यात्राको पनि कुनै समाप्ति छैन ।’ जान्दा-जान्दै पनि आफ्नै यात्रा चाहिं हर घुम्ति,गल्ली र कुईनेटोहरुमा टुँगिन खोज्छ । कायाकल्पबाट कायापलटको परिवर्तनसम्म आउँदा कमिला वा एउटा कितपतङ्ग जत्ति पनि हुन नसकेको उत्तर आधुनिक एउटा मान्छे । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोमती किन पोइला गई ?

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

‘गोमती पोइल गई’ भन्ने सुनेपछि उसकी भाउजूले भनी – “छि ! के गरेकी होलिन् ती नानीले ? त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो ?”

दाजुले नाक फुराएर भन्यो– “कुकुरलाई घिउ नपचेको नै ।नत्र देउता जस्तो लोग्ने छोडेर देख्दै तर्साउला जस्तो जुठे समाउन किन पुग्थी ?”

आमाले भनी– “केले त भर्मनायो त्यसलाई। घर खाइसकेकी मान्छे नत्र उसै किन हिडथी ?”

कुरा थरीथरीका चले, प्रतिकृया भिन्न भिन्न भयो। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्रापित राजकुमारी

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

होशमा आउदा म दुध रंगको पूर्णिमाको जून मनि आकाशमा उडी रहेकी थिएँ। मैले आफूलाई सिमलको भुआभन्दा हलुका अनुभव गरी रहेकी थिएँ। जूनको धमिलो प्रकाशमा यदाकदा टल्किने पानीको सतह बाहेक अरू सबै नछुटि्टने गरी धमिलिएको थियो धर्ती र रात निकै बिती सकेकोले बत्ती कहीं पनि देखिन्नथ्यो। म जून जत्तिकै बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहाड अग्लिएपछि

~स्वप्निल नीरव~swpanil nirav_1

म नराम्री छु, अरु झैं हिस्सी परेकी छैन, यस्तो म सोच्छु । म कमजोर भएर, निरीह भएर बकिरहेको छैन कि, म नराम्री छु, काली छु । मान्छेले देख्ने गरेको बाहिरी रङ्ग, आवरणलाई लक्षित गरेर भन्दैछु-म नराम्री छु, काली छु, अलिकति आँखा केचो परेको छु । यद्यपि,यी बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : जीवन र मृत्यु

~जापानी कवि मित्सुरू त्सुगाने~
अनुः अभय श्रेष्ठ

हाइस्कुल पढ्ने एउटी केटीले
डस्नामा छाडेकी छ ‘डेथ नोट’
सुरूदेखि अन्त्यसम्म मृत्यको प्रशंसा !
के मृत्युले स्वर्गको बगैंचामा गौरवमय जीवन दिने हो ?
अवश्य एउटा सुन्दर छायाँ मृत्युको अन्तरंगबाट उफ्रेर आउँछ बाँकी पढ्नुहोस्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

निबन्ध : हाँसोका पर्राहरू

~जया राई~Jaya Rai

बिहान काममा निस्कँदा न्याप्चुन रोडमा हाम्रो फ्ल्याट पछाडिको कमर्सियल वेरहाउसमा आउने कुनै कार, लामो लरी अथवा बदमास वाइट भ्यानहरूको चेपमा पर्नुपरेन । पल्लो घरकी श्रीलंकामूलकी आमाछोरी पनि सधैं स्कुल जाने, तिनीहरूलाई भेटिनँ । अर्की दुई जना छोरी लिएर कार–पार्कमा सधैं आउने जमैकन अग्ली, काली त्यो पनि बाँकी पढ्नुहोस्

Posted in निबन्ध | Tagged | 1 Comment

कविता : पलहरु र वास्तविकता

~विद्या सापकोटा~Bidya Sapkota

उसका ती सजल नेत्र

आकर्षक/मायालु अनुहार

अनि आद्र ओंठहरुले

गरिरहे निरन्तर आमन्त्रण ।। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : एकै बगैंचाको दुई गुलाफ

~विद्या सापकोटा~Bidya Sapkota

चौघेरो उही

काख-पोल्टो एउटै

अथाह प्रेम र स्नेहबीच

रगमगाउँदैं/खितखिताउँदैं बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : अदृष्य घाउ

~विद्या सापकोटा~Bidya Sapkota

केही खोजे जस्तै हतासिँदै उसले यताउता हेर्‍यो । खै केही फेला पारेनछ क्यारे …..सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहार्‍यो आफ्नै परिवेश ।
त्यो धरहरा त्यसरी नै आकाशलाइ हाँक दिदै उभिइरहेको थियो । केहि निदाए जस्तो । केही विउँझिए जस्तो । घण्टाघरको पुरानो घडि जहाँकोतहि थियो । विदाको दिन भएकोले होला मन्दिरहरुमा भिड देखिन्थ्यो । सँगै उभिएको शहिदगेट । वाणले हानेजस्तै चारदिशामा ठड्याइएका झण्डाहरु उसलाइ त्यतिकै हाँसो उठ्यो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देश हराएको सपना

~विद्या सापकोटा~Bidya Sapkota

त्यो रात साच्चै भयानक थियो । घण्टौदेखी लगातार पानी बर्षेकोवर्ष्यै थियो । जस्ता र टिनका छानाबाट एकतमाससँग आइरहेको टिङटिङ टिङटिङ आवाजले असिना पनि परेको भान हुन्थ्यो । पल्लो गाँउतिरबाट एकोहोरोरुपमा कुकुर भुकेको आवाज आइरहेको थियो । निष्पट्ट अध्यारो झ्यालबाट चिहाउँदा न केही देखिन्थ्यो न केही बुझिन्थ्यो । पर जुनकिरी पिलपिलाएजस्तो देखिन्थ्यो तर हेर्दाहेर्दै विलाउँथे । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : सिंगापुर बस्ने छोरालाई नागार्जुनको पत्र

~रबि भट्ट ‘रोषी’~Rabi Bhatta Roshi

नेपालभूमिलाई रणभूमि बनाउन ठुलो योगदान दिने मेरो छोरो ।
तिमी सिंगापुर गएदेखि अलि अलि ढुक्क भएको मेरो मन फेरि केहि दिन देखि बिरक्तिन थालेको छ । नारायणहिटीमा ‘उ’ गरेपछि कपाल मुण्ड्याएर मेचमाथि बसेर श्रीपेच पहिरिएर म हजुरले तोपको सलामी खाँदै रैतीहरुबाट मोहर ग्रहण गरीबक्सेको हिजो जस्तै हो कि झैँ लागेर झलझली आँखामा नाचीरहन्छ । नारायणहिटीमा ‘उ’ गर्न बाँकी पढ्नुहोस्

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : मेरो लोग्ने भै दिएको भए

~रबि भट्ट “रोषी”~Rabi Bhatta Roshi

म रोएकी छु , असाध्य संग मन कुँडिएको छ । स्वदेशको सम्झना र विदेशको पिडाले मन भक्कानिएर ढिकीको मुसलले थिचिएको हात जस्तो छिया–छिया भएर चहर्याईरहेको आँत लिएर म कतार प्रवासिन बाध्य भएकी थिएँ । काखमा पसारेर आमाको ममत्व प्रदान गर्दै आफ्नै छातिको लाम्टा पनि धित मर्ने गरी चुसाउन नपाई त्यो मेरो गर्भे टुहुरो दुधे बालक छोरोलाई माईतिको पोल्टामा फालेर म आज बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : लक्ष्मी तिम्रो अभाव नखट्कियोस

~हरि शर्मा~

रंगी बिरंगी दीप्त उज्यालो झलमल लक्ष्मी पूजाको त्यो साँझ्
प्रसब पिडामा छट्पटाई रहेकी माता अमर राज्यलक्ष्मी आज्
घर घरमा हुँदै थियो रमझम लक्ष्मीको पूजा पाठ ताहाँ
पैदा भए एक वालक सोही घडी हलचल मच्चाई यहाँ ।। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : गगन भरमा झल्मल बन

~अनन्तगोपाल रिसाल~

मूना ती विचरी मरिन्,मदन त्यो, मर्दैन तिम्रो छवी
नेपाली अब सोच है अमरता, भाषा छ यो सूरभी |
पागल् झैँ,पुतली,लुनी,सुन-विहान्,सीता-हरण्,कुन्जिनी
शाकुन्तल् र सुलोचना,बन-कुसुम्,राणा-प्रतापी तिमी |१| बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

छोक : भेट

~शिव प्रसाद सत्याल ‘पीठ’~

विख्यात सहरको
यौटा छिंडीमा सभा गर्न
मानिसहरू मानिस कुर्दै थिए

म फुत्त छिरें,
यौटी पूर्वपरिचिताले
झट्ट अंगालो मारिन्
काँधमा काँध, जाँघमा जाँघ मिलाएर टाँसिइन् बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

हास्य छोक : हिन्दी पो सप्रियो

~विनोद रोका~binod-rokka

आमाले भन्नु भो, अमेरिका गएस
धेरै डलर कमाई, ठूलो मानिस भएस

यो गाऊँको बास, शहरमा सारौला
इंगलीसमा बोलेर, सबका इख मारौला बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : श्रद्धान्जली

~ज्योति पौडेल~SONY DSC

अस्तायो सूर्य, अध्यारो छायो नेपाली मनमा |
गहिरो क्षति हुन गो अब नेपाली धनमा ||

ज्ञानका धनी मनका गुनी उपमा के के दिउँ |
राष्ट्रलाई हाक्ने बरिष्ठ नेता तिमीलाई कहाँ पाउँ || बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : सुनको डुंगा

~रवीन्द्रनाथ टैगोर~
अनुवादक : ज्योति पौडेलRabindranath Tagore
SONY DSC
बादल गर्जिरहेछ, घनघोर पानी परिरहेछ,
नदी किनारमा एक्लै छु, मन साह्रै उदास छ,
बिटाका बिटा धान काटिसकिएको छ,
नदीको भेल डरलाग्दो गरी उर्लँदै छ,
धान काट्ता काट्तै पानी अझै बर्सिंदै छ । बाँकी पढ्नुहोस्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : अप्रत्याशित हत्या

~रवि भट्ट “रोषी”~Rabi Bhatta Roshi

२०६१ सालमा बहिनी आयूषा र मैले गाउँकै भीमोदय माध्यमिक बिद्यालयबाट संगै प्रवेशिका परिक्षा उत्तिर्ण गर्‍यौं । त्यसपछिको स्तरीय शिक्षार्जन हेतु बहिनी आयूषा र म काठमाडौं आयौँ । आयूषाले कमर्ष रोजी । मैले आर्ट्समा अध्ययन जारी राखेँ । काठमाडौंमा हामी दिदी बहिनी डेराको कोठामा संगै रहन्थ्यौँ । दोलखाको रमणीय प्राकृतिक उच्छवासमा स्वतन्त्र उडान भरेर रमेका हामी २ चरी अत्यासलाग्दो घना मानव कोलाहल र फुङ्ग उडेको कृत्रिमतालाई अँचेटेर सिमेन्ट नै बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराग प्रेम

~रवि भट्ट “रोषी”~Rabi Bhatta Roshi

बिश्व मानचित्र अंकित ग्लोब घुमाउँदै इन्सपेक्टरले म तर्फनजर केन्द्रित गर्दै सोध्यो, “अस्मिता बहिनी,आमरुपमा हत्या प्रतिशोधलेर्,र् इष्र्या र डाहाले ब्रम्हचेतन अचेत भएको बेलामा गरिन्छ । तपाईंले भाष्करको हत्या गर्नुको पनि कुनै कारण होला । के त्यसको राज जान्न सकिन्छ l -” म बोल्दै गएँ । “हो इन्सपेक्टर साहेब मैले नै भाष्करको हत्या गरेकी हुँ । उसको हत्या गरेर मलाई एकरत्ति पनि आत्मग्लानी छैन । उसको हत्या गरेर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment