लघुकथा : समावेशी सहभागिता

~लीलानाथ असन्तोषी~

रानीवनका व्यवस्था अन्य वनको भन्दा भिन्दै थियो । त्यहाँ वनका राजा सिंहको आदेश र निर्देशन सबै जनावरहरूले पालना गर्दथे । राजा सिंहले पनि सबै जनावरहरूले मनोभावना बुझेर कामको जिम्मेवारी तोक्दथे । जुन सबै जनावरलाई मञ्जुर हुन्थ्यो । कामको जिम्मेवारी दिनु अघि जनावरको खुबी दाँजिन्थ्यो । फलस्वरुप हानी नोक्सानी हुँदैनथ्यो । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विदेश जाने निर्णय

~सञ्जयकुमार श्रेष्ठ~

ओभरसीज मेन पावर कम्पनीबाट फोन आयो – “विर्खबहादुर, तिम्रो भिसा लाग्यो …. एक लाख पैंतिस हजार रुपैयाँ लिएर….. एक हप्ता भित्र काठमाण्डौ आर्इपुग्नु …. दोश्रो हप्ता उड्‍्नुपर्छ …… तिमी नआउने भए…. त्यो भिसामा अर्कै मान्छे जान्छ ।”

“हवस, म पैसा लिएर चाँडै आउनेछु । ” म आफ्‍नो भिसा लागेकोमा खुशी थिएँ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : आमाको माया

~हिरामोती जुग्जाली~

पहाडको फेदमा एउटा सानो गोठ थियो । त्यही सानो गोठमा विदुर र उसको बा-आमा बस्थे । उनीहरूको धेरै गाइ, भैंसीहरू थियो । विदुर धेरै सानो थियो उसको बा र आमा गाइ-भैँसीलाइ घाँस काट्‍न र वस्तुभाउहरू चराउन दिनहुँ जंगल जान्थे । उनीहरूलाइ जंगल जानलाइ चर्को घामपानी र कुनै हुरीबतासले छेक्दैनथ्यो । बारम्बार जान्थे, नजाउन पनि के गरुन, जानै पर्ने बाध्यता थियो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : सुन्तलीको तिहार

~छक्कु उदासी~Chakku Udasi

आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई ।

यसपाली पनि यसरी वरपर, खेतबारी र बाटा हुँदै रंगी बिरंगी तिहारे फूल धकमक्कै फुलेको देखेर सुन्तलीको मनमा बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कालुको कलम

~छक्कु उदासी~Chakku Udasi

कसैसँग नडराउने निदर कालुको कलम
कसैसँग नझुक्ने स्वाभिमानी कालुको कलम
झुटो बोल्न नजान्ने निर्दोष कालुको कलम
सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम
यति मात्रै हैन ! कालुको कलम बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रदेशी

~छक्कु उदासी~Chakku Udasi

केहि हराए जस्तो केहि नपूगे जस्तो
केहि गूमाए जस्तो केहि चूकाए जस्तो
बिचरा प्रदेशी आंकाक्षाहरुमा ताल्चा थोकेर
आफैले थाम्नै नसक्ने अदभूद उद्देश्य बोकेर बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

छोक : गल्ती

~छक्कु उदासी~Chakku Udasi

सफ़ा मनले मागेकोनै भए शर्वसै दिने थिएं
तर तिमीले मेरो चोरेर गल्ती गरेऊ
मारेको भए एक पटकलाई माफ़ी दिने थिएं
तर तिमीले मलाई धाटेर गल्ती गरेऊ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तरमन

~छक्कु उदासी~Chakku Udasi

साहित्य त धेरै पढें, एउटै भावले मन छोयो
गाली बचन धेरै सहें, एउटै शब्दले मन रोयो

फूल त धेरै देखें, एउटै फूलले सुवास छरिरह्यो
रंगी बिरंगी धेरै थिए, एउटै रंगले मन रंगिरह्यो बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकलहरी

~छक्कु उदासी~Chakku Udasi

दुधको भारा आमालाई नतिरी
ए..होई.. मर्नु हुन्न स्वदेशमा नफ़िरी
जाउँ खोली तिरै तिर, बिदेशैमा लाली जोवान बित्योनी मन भरी पिरै पिर

स्वदेशमै पाए त राम्रो काम
ए…होई… कल्ले खान्थ्यो बिदेशको चर्को घाम
जाउँ खोली तिरै तिर, सोचे जस्तो नहुने कैलेनी मन भरी पिरै पिर बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

छक्कु उदासी को ५ हाइकु

~छक्कु उदासी~Chakku Udasi

गोधुंली साँझ
जुन्केरीको दिप
प्रेमीको याद

जुनेली रात
जोडीको आकृती
गहिरो इनार बाँकी पढ्नुहोस्

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बैगुनी

~छक्कु उदासी~Chakku Udasi

मारे पाप पाले पुण्य भनेर
सिंगो जीवन सुम्पेकै थिएँ बैगुनी !
छाती चिरी देखाउन पो सकिन
चोखो मायाँ गरेकै थिएँ बैगुनी ! बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : आज भैली खेल्ने दिन

~छक्कु उदासी~Chakku Udasi

हे…..भैली त भैली भन
भैली त स्वर मिलाई कन
भै..ली….
भैली.. कथैबरा, तिन दिने तिहार बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : देउसी रे

~छक्कु उदासी~Chakku Udasi

ए.. है …झिलीमिली
देउसी रे…
ए..है…तिहारै आयो
देउसी रे…
ए..है…दाजु र भाइको बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली नयाँ बर्ष

~छक्कु उदासी~Chakku Udasi

गाउ घर तिरको नयाँ बर्ष
नेपालीको ओठमा नयाँ बर्ष आयो
कसैको गोठमा भैसीले रांगो ब्यायो
पल्ला गाउको भैरेले स्वास्नी ल्यायो
भुन्टीले फेरी लोर्के छोरो पायो
तल्ला घरे कान्छी पोईला गयो
वल्ला गाउको जेठो अरव गयो बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : जापानमा साकुरा फुल्दा

~छक्कु उदासी~Chakku Udasi

सर्वसम्पन्न सुर्योदयको देश जापानमा
हिउ भरिको जाडोसंग पैथेजोडी खेलेर
बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा
सबैमा दुःखपछि पक्कै सुख आउछ भनेर
पतझरमा पनि धकमक्कै फल्ने, धन्य हो साकुरा
न जाडो, न गर्मीको मौसममा बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्सी

~छक्कु उदासी~Chakku Udasi

धनिको महल र मुखमा पनि सुहाई दिने
गरिबको गोठ र ओठमा पनि रर्साई दिने
शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने
भेदभाव रहित उपभोग भएको छ रक्सी बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो बाको शिरको टोपी

~छक्कु उदासी~Chakku Udasi

हलोजुवा र डोकानाम्लाहरुसंग मितेरी लगाउदै
कोइली र न्याउलीहरुको भाखामा मुरली रसाउदै
सेता हिमाल र लालीगुंरासको मोहनीमा रमाउदै
उकाली ओराली र भन्ज्यांहरुमा हुर्केको बाको टोपी बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : रन्थनिएर ईलाका, बस्ती र गाउँ

~छक्कु उदासी~Chakku Udasi

बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न
बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न
बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न
बॆर छैन अब पापहरु सबै एक एक भन्डाफोर गर्न बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~छक्कु उदासी~Chakku Udasi

आमा ! अपुताली जोगाउन हो की ?
कुरौते समाजको मुखमा बुजो लाउन
आमा ! नारीत्व ढान्न हो की ?
आफनो कोमलता सन्तानमा बिसाउन बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : स्वदेशको मायाभित्र लुकेको पीडा

~छक्कु उदासी~Chakku Udasi

सिंगो जीवन नै पाहुना र यात्रा रहेछ, त्यही यात्राभित्र पनि पत्रपत्र परेको धेरै यात्राहरु हुने रहेछन् । पत्रपत्र परेको यात्रा जस्तै चुनौती पनि खण्डखण्ड परेको हुँदारहेछन् । यो जीवन जस्तो सोच्यो उस्तै हुने हो कि, भावीले जस्तो लेखेको छ त्यस्तै सोचाइ हुने हो ? बुझ्नै सकिरहेकी छैन । जे जे राम्रा सोचेको थिएँ त्यो भएन, जुनजुन सोचेको हुन्न त्यही भोग्नुपरेको छ । अन्ततः त्यही सोचेजस्तो र चाहेजस्तो नहुने नै जीवनको परिभाषा रहेछ भनेर चित्त बुझाउनुपरेको छ । बाँकी पढ्नुहोस्

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : गंगामाया

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

गंगामायाले फड्को परे झैं आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी – “सानोबाबु , त्यसो गरI दिनु चैं भएन ।”

मधेसको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका भने शब्द जत्तिकै अनुहार र हातका भावभङ्गिमा पनि बोल्ने भएकाले उसको भनाइको धेरै जसो कुरा बुझ्न त्यति गाहारो पर्दैनथ्यो । कहिलेकही अप्ठ्यारो नै परेको परिस्थितिमा गंगामायाको १०।१२ वर्षको नाति भोलुरामले मेरो दोभाषेको काम गरी दिन्थ्यो । गंगामाया कुन भाषामा बोल्थी ? म भन्न सक्दिन । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अंशबण्डा

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो – “तैले सुनिस् हैन बुढाले ‘बिहे गर्छु’ भनेको कुरा ? ”

धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी – “सुनें त्यो त तर बुढाले आँटे भने हामी के गर्न सक्छौं र ? ”

“बुढाले बिहे गरे भने हाम्रो के हाल हुन्छ नि ? त्यो पनि थाहा छ तँलाई, हैन? ” – गगालालले तुजुकसाथ प्रश्न गरयो । स्वास्नीले नबोलेर लोग्नेतिर प्रश्नात्मक दृष्टिले हेरी । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशंका

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

रागिनी बल्दो बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षको भई सकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको थियो जसले १६ वर्ष पनि नपुग्दै उसको बिहे गरिदिए । अब त उसको कमाउ लोग्ने बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पियारी म सुतेँ

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

— कति बज्यो पियारी ?

— सात बजिसक्यो । मान्छेहरू आफ्नाआफ्ना काममा जुटिसके । तिमी अझै ओच्छ्यानमै बसेर समय सोध्दैछौ । ओच्छ्यानमै घाम पसिसकेपछि केको समय सोधि राख्न पर्छ ? बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिलस्म यात्रा

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

‘हेलो मित्र के छ हाल ?’

‘हाल’ के हुनु पर्ने हो र उसलाई जवाफ कु हुनु पर्ने हो ? मलाई थाहा भएन । यति हो कि यस व्यक्तिलाई कमसेकम आज चाहिँ भेट्न सक्ने स्थितिमा थिइनँ । यसकी स्वास्नीले यसलाई एउटा पाँचतारे होटलका बारबाट मेरैसामु त्यानझ्यान पारेर लगेकी थिई । अझै पनि मैले त्यो घटनालाई पचाइसकेको थिइनँ ।
उसको मुखमा हेरेँ । के जवाफ दिने ? हाल नराम्रो थिएन मेरो तर उसलाई यतिखेर अनायास भेटेर ‘हाल’ गड्बडियो ।
कसरी फेस गर्ने यस हाललाई ? एउटा औपचारिकता निभाएँ— “ओहो, मित्र बसन ।” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवरको जुँगा

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

मेरो प्यारो देवर बाबुकै, म दुःखी भाउजुको धेरै सम्झना छ । उपरान्त कुरा भेटमा । हालका बारेलाई यहाँ सबैलाई निको, आरामै छ । तहाँ आराम अवोस् भनी श्री पशुपतिनाथसँग प्रार्थना छ ।

उपरान्त म्याटेरीबाट आईए पढ्न गएकौ बीस महिना ठ्याक्कै भइसक्यो, बाबु एकैपटक पनि आउनु भएन बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभूति

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

करुणा गरूँ, नगरूँको दोसाँधमा थिई। बन्द भएको बाथरुमको छेस्किनी दुई पल्ट दोहोर्यागएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई। कसैले चाहेर पनि चियाउन सक्ने सम्भावना थिएन तैपनि कसैले देख्छ कि ? भन्ने आशंका उसको मनमा ठूलो थियो। अरूसँगभन्दा पनि ऊ आफैसँग सशंकित थिई तर उसको मनमा ठूलो कौतुहल पनि थियो र ऊ त्यसको अनुभूति लिन चाहन्थी। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महानगरको एक रात

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसोपनमा अझै मात्रा थपिदिएको थियो। टोलका भुस्याहा कुकुर छिडी, कोप्चो अन्तर कन्तरमा लुक्न पुगी सके पनि कहींकहींबाट अल्छि पाराको भुक्क, भुक्क भने सुनिंदै थियो। हावा थिएन, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : साहित्य भूपि शेरचन कालजयी सार्थकता

~ध्रुवचन्द्र गौतम~Dhruba Chandra Gautam

वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, भुपेन्द्रमान शेरचन सर्वहारा। वामपन्थी स्वभावले गर्दा उसले आफ्नो उपनाम सर्वहारा राखेको हो।” बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : हो, म एक्लै छु

~भूपी शेरचन~Bhupi Sherchan

हो, म एक्लै छु, तर, मेरो साथ दिने
मसँगै सिङ्गै, अँध्यारो रात छ,
झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेंलो पात छ ।

हो, म एक्लै छु……… बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झँदा

~हरिवंश आचार्य~Haribansha acharya

तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~श्रवण मुकारुङ~Shrawan Mukarung

आँसु नआउँदै–
तस्वीर आउँछ
आँसु पलाउँदा–
सम्झना झाँगिन्छ÷क्षितिज धमिलिन्छ
आँसु झर्दा–
आँखामा खस्छ÷बालक चलमलाउँछ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment