कथा : साथी

~शिव प्रकाश~SHiva Prakash

‘शत्रुको पहिलो रुप साथी हो !’ पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली ।
मैले कुरा बुझिन र सोधेँ- ‘कसरी ?’
‘जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छिमेकी

~नाकिमा~Nakima_1

कसले भन्छ ?
छिमेकीको साँढे पसेर
कोदोबारी दल्दैन ।

कसले भन्छ ?
छिमेकीले साँधको ढुङ्गा
अरुकोतिर सार्दैन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : जुनेली रातमा मैकुरी बस्छु !

~राज थापा~Raj Thapa

जुनेली रातमा मैकुरी बस्छु
तिम्रो बाटो हेरी चौतारी डिलैमा !

रेडियो घन्काई काँधमा तिमि
जुल्फी लर्कै फर्किनु गाऊ घरमा ! बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : भिँडभित्रको एउटा दिन

~रजित ओझा~Rajit Ojha

मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग वहाना छैनन् कर्म नगर्ने म जस्तै , उ घुमिदिन्छ जवसम्म म स्विच निभाउँदिन वा जवसम्म रामेले ढोका बन्द गर्ने बेलामा स्विच निभाउँदैन । पहिला पहिला लोड शेडींग मा उ सुस्ताउन पाउँथ्यो तर आजकल मेरो पनि अफिसमा इन्भर्टर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली उपन्यास : आदिवासी

~देश सुब्बा~Desh Subba

– आदिवासी –


भयको प्रकट / क्षेत्र / समस्या


अपरान्हको समय । दिनको चकमन्नता सहरभरि छायाँजस्तै छाएको थियो । साँझबिहान चिरबिर कराउने चरा हराएका थिए । यस घडीमा मान्छेलाई आङमा न्यास्रो आएर बसेको जस्तो अनुभूति हुन्थ्यो । टन्टलापुर घाम मात्र सहरमा पखेटा फैलाएर उडिरहेको थियो । बादलका टुक्राटुक्री बाँकी पढ्नुहोस्

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : कुमारी

~विपुल सिजापति~Bipul Sijapati

“हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।”
बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर उसैतर्फ हेर्दै मुस्कुराइरहेको थियो ।
“स्तोसे दोगोदिलो, स्तो ये तामो ? (के भयो, के छ र त्यहाँ ?)” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : आगो र विवेक

~विपुल सिजापति~Bipul Sijapati

गर्मी बढ्दो छ । पृथ्वीमा पनि र मानिसको चरित्रमा पनि । हाम्रा पुर्खाले बर र पिपललाई त्यसै पूजा गरेका होइनन् । जथाभावि काटलान भन्ने डरले यिनलाई भगवानको रूप भनेर पूजा गर्न लगाएर हृदयमा त्रास भरिदिए । अझै हिच्किचाउँछौ घरको कौशीका चेपमा उम्रिएका पिपललाई उखालेर फाल्न । हामीले चोला बदलिसकेका छौँ, त्यसैले बिनाशंकोच भनिदिन्छौँ, “हाम्रा पुर्खा मूर्ख थिए, बाँकी पढ्नुहोस्

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

गजल : सोधेमा नाम

~विपुल सिजापति~Bipul Sijapati

सोधेमा नाम कस्को लेखुँ किताबमा
घुम्टो उठाई दिनु हाँस्दै जबाबमा

दिँदादिँदै म थाके, थाकेन लिँदा ऊ
खालि लिनु रहेछ उसको हिसाबमा बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | 1 Comment

नियात्रा : ह्युस्टनदेखि मायामीसम्म

~तारा बराल~

साथीभाईहरू भन्ने गर्थे – अमेरिका घुम्ने हो भने हवाइ हैन सडक यात्रा गर्नुपर्छ । हवाइ जहाजमा उड्यो एकैचोटी आफ्नो गन्तव्य पुग्यो । अरु ठाउँको भुगोल , इतिहास , व्यवस्थापन , संस्कृति केही थाहा नहुने ! हो रहेछ , विगत दश वर्षमा धेरैचोटी अमेरिकाका धेरैठाउ घुमियो हवाइजहाजमा । तर बाँकी पढ्नुहोस्

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य छोक : जाबो एउटा भोट !

~चट्याङ मास्टर~Chatyang Master

भोट मात्रै तपाईँको हो, नोट मेरै कमाई हो !
दिएर मात्र एउटा भोट, कत्रो आस गराइ यो ?
शिक्षा, स्वास्थ्य, सडक, बत्ती चाहिएको छ कतिकति !
जाबो एक भोटको बद्ला कहाँ पाइन्छ खोजे जति ? ! बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : नयाँ अफिस ट्याम

~चट्याङ मास्टर~Chatyang Master

९ बजे नै अफिस खुल्छ, १० बजे त पुग्नै पर्‍यो
भलाकुसारी हाकिमलाई, एक घण्टा त दिनै पर्‍यो,
“के छ ?”, “सञ्चै ?”, “नमस्कार” भन्दैमा १२ बज्दछ,
पत्रपत्रिका उल्टाउँदा, घडीले एक भन्दछ बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : ढाल ! ढाल !

~चट्याङ मास्टर~Chatyang Master

कार्यकर्ता ! ढालिदेउ नेता,
नेताले पार्टी ढालिदेउ !
पार्टीले ढालिदेउ सरकार,
सरकारले देश ढालिदेउ ! बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बन्द

~चट्याङ मास्टर~Chatyang Master

न स्कुल खोल्छ नेताले, न त उद्योग चलाउँछ,

आफू काम गरुँ भन्छु, ऊ जुलुसमा बोलाउँछ,

भाषण के-के ठूलै गर्छ, ताली पिट्न लगाउँछ, बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

राकेश कार्की का मुक्तकहरु -२

~राकेश कार्की~Rakesh Karki

सांसद

ज्योतिषीलाई हात देखाउछन्
खिसिक्क हाँसी दाँत देखाउछन्
सांसद छान्ने यो कस्तो कसी
योग्यता होइन जात देखाउछन् । बाँकी पढ्नुहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : आत्मा उज्यालो माग्दै थियो

~रजित ओझा~Rajit Ojha

“कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।” गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको हेर्न भ्याईसकेछ ।

“तँ बुझ्दैनस्।”म भने गेट वारि थिएँ ,मैले पर्स गोजिमा नैँ फर्काउँदै भने । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा आशा !

~राजिव घिमिरे~Rajeev Ghimirey 'Somewhereondearth'

त्यो कुनै नौलो शनिबार थिएन । आशा सधै जसो बिहानको नुहाई धुवाई सकेर चोक पुगिन् , पिपलमा पानी चढाउन । लामिछाने दिदी र शान्ता भाउजु पनि संगै पुगिसक्नु भएको थियो । आशा पिपलमा पानी चढाउँदै घुमिन् । शायद अन्तिम फन्को थियो होला, शान्ता भाउजुले प्याच्च भनिन्

‘ के हो आशा, तिमीलाई त बुढाले बहिनी ल्याईदिनुभएको छ रे! अब त हामी संग के हिड्थ्यौं होला!!’ बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : बेकार लाग्छ

~सुरेश खनाल ‘बिर्खे माईला’~

बास्ना आफ्नो ठाउँमा छ,
कोमलता आफ्नो ठाउँमा छ,
सौन्दर्य आफ्नो ठाउँमा छ,
र फक्रेर बिहानि बोलाउने
कोपिला आफ्नो ठाउँमा छ!
तर सुगन्ध भेट्न
जरा देखि उकालो लागेको म; बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना, उकालो र आस्था

~बबी श्रेष्ठ~

फिल्ड अनुगमनको कार्यक्रमले चाइनाको ग्वाङ्सी (दक्षिण भाग) प्रान्तमा दुइ हप्ता देखि ब्यस्त थें। कामभन्दा बढी यात्रा थ्यो। हरेक दिन म, दोभासे “ली” र ड्राइबर “झाङ” कार्यक्रम भएको शहरमा पुग्थ्यौं, त्यहाँ दिनभरीको मीटिङ पछि फेरो अर्को “साइट” जाँदा त्यस्तै घटीमा ४- ८ घन्टाको “ड्राइब” हुन्थ्यो। सडकहरु पक्कि नैं थे, तैपनि त्यत्रोबेर गाडीमा बस्दा असाध्यै थाकिन्थ्यो। ग्वाङ्सी प्रान्तभित्रै ६ वटा फिल्ड साइट थियो, त्यससैले हामी नानिङ सहरबाट अन्तिम साइट ४५० कि। मि। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनुदित लघुकथा : साची

~डान मिलम्यान~Dan Millman
अनुवाद – अन्जान मानव

सानो भाई जन्मेको केही समय पछी चार सालको साचीले आफ्नो आमा-बुवासँग जिद्दी गर्न थालिन् कि उनी आफ्नो सानो भाईसँग एकान्तमा भेट्न चाहन्छिन् । आमा-बुवालाई चिन्ता थियो कि चार सालको साचीले पनि अरु बच्चाहरु जस्तै आफु पछी जन्मेको बच्चालाई ईर्ष्या गरेर पिट्ने या बाँकी पढ्नुहोस्

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

लघुकथा : सपथ

~शिव प्रकाश~SHiva Prakash

एक कान दुई कान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको ।

अहिले के छैन उनीसँग ! श्रीमतिका नाउँमा आलिसानको बङ्गला । सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा । घरमा महँगो गाडी पार्क गरेर राखेको छ । परिवारलाई सरकारी सुविधाका गाडीहरु उपलव्ध छन् । छोराको चुरीफूरी र मैमत्तता निकै बढेको छ । वैंक व्यालेन्स टन्न छ । हिजोको ख्याउटे मास्टरको जीउडाल मन्त्रीभएपछि Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मरिछे विचरी

~सञ्जयकुमार श्रेष्ठ~

“जा तँ, भर्खर निस्किएर जा…… मलाई तेरो मुख हेर्न पनि मन छैन….. जा… जहाँ जाने हो त्यहीँ गएर बस् वा मर् … अब मेरो नजिक कहिल्यै मुख देखाउन नआइजा…” यसरी बलमान उनलाई लछारपछार गर्दै थियो ।

बलेको आगोमा कान्छी स्वास्नी घिउ थप्दै थिई – “तँलाई हाम्रो कोठामा पस्नलाई लाज लागेन ? मर्नलाई अरु ठाउँ कहीं भेटिनस् र यहाँ आइस् ?” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाइला रोकिए

~सञ्जयकुमार श्रेष्ठ~

नेपालमा केही गर्न नसके पनि विदेश गएर केही कमाएर सुखसँग बसांैला भन्ने रहर बोकी विदेश गएको थिएँ । आकाशको तारा सुलुल्ल बगेझैं समय बगेछ । समय बित्न के बेर लाग्दो रहेछ र ? ५ वर्ष पछि आज नेपाल फर्कंदै छु ।
जहाज चढेको केही घण्टापछि जहाजभित्र थाहा भयो । अब हामी काठमाण्डौको आकाशमा उडिरहेका छौं, केही बेरमा नै जहाज अवतरण हुँदैछ । साँच्चै अब म बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोकेवाज प्रेमी

~दिपक जुग्जाली~

फुलमाया गाँउले परिवेशमा बस्थिन् । उनी ३२ गुण त नभनौँ २८ गुणले चाँही भरिपूर्ण थिइन् । झ्याप्पै हेर्दा सबैको नजरमा पर्ने, मन लोभिदोँ जिउडाल मिलेको कम्मर, त्यसमा अझै उनको जवानीले गर्दा होला गाला पनि त्यस्तै आकर्षित गर्ने खालको राता राता थिए । शीलस्वभावमा पनि उत्तिकै भरिपुर्ण थिइन् भने पढाईमा पनि निकै तेज थिईन् । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाडो

~अन्जान मानव~

“अंकललाई नमस्ते गर्नु पर्दैन ?” -आमाले छोरालाई हप्काउँछिन् ।
“कस्तो जाडो छ ।” -दुबै हात गोजीमा राखेको छोरा खिसिक्क हाँस्दै भन्छ ।
“के भन्छ यो ? जाडो भयो भनेर खल्तीमा राखेको हात झिक्न गाह्रोले नमस्ते नै बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय

~मुक्ति पौडेल~

दश कक्षाको टेस्टमा फेल भएपछि दरबाङ्ग बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउगाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु चाम्रो हुने भएकाले सबैले मन पराउँथे । खासगरी रक्सी पसलमा त चाँडै नै सकिन्थ्यो । के गर्नु, परिवार पाल्नै पर्यो । भारी तथा कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमै दिन वित्थ्यो बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुद्ध अल्मलिए

~सुजन बैरागी~

म त्यस ठाउँमा पहिला पनि पुगेको थिँए, तर धेरै पहिला । त्यतिबेला त्यो एउटा सुन्दर संसार थियो । त्यो प्रसंशनिय थियो । त्यहाँको नदीनाला, हावापानी, वनजंगल अनि त्यहाँका सहयोगी निःस्वार्थी मानिस, आहा ! कति राम्रो थियो कति असल थियो । तर त्यहाँ केही वर्ष अगाडी देखि मनमुटाब गर्दै झगडा सुरु भएछ, यस्तै एउटै परिवार भित्र आपसमै काटमार सुरु भएछ । यसरि आपसमा भएको युद्धले नराम्रो रूप लिईसकेको थियो । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिडम्बना

~लीलानाथ असन्तोषी~

“हेलो ……….”

“हजूर ……..”

“को हो ? हर्के बोलेको हो ?”

“हजुर म बोल्दैछु ।”

“मेनपावरबाट बोल्दैछु ।”

“सर नमस्कार ! मेरो भिसा लाग्यो ?”

“अँ ! तिम्रो भिसा लाग्यो, एक हप्ताभित्र पैसाको व्यवस्था गरेर आउ ।”

“हुन्छ, सर …..।”

हर्केले मुखियालाई फोन बुझायो । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शैयामा छाडेको जीवन

~सुजन बैरागी~

“सिस्टर प्लीज मलाई पानी दिनुस् न । आ ऽ ऽ ऽ ए सिस्टर सि…..स्…ट..”
“आयूष… आयूष के भो ?”
“डक्टर.. डक्टर बेड नं. १०४ को पेसेन्ट फेरी बेहोश ।”
“अक्सिजन तयार गर । सिस्टर रिपोर्ट देखाउनुस् त ओ माई गड इट्स भेरी क्रिटिकल । सिस्टर डक्टर महेशलाई आज रात पनि हस्पिटलमा नै बस्ने सुचना सुनाईदिनु म पनि आज हस्पिटलमै हुनेछु । सिस्टर यो पेसेन्टको कोही आफन्त छैन कि क्या हो ?” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पञ्च बलि

~गोविन्द के. सी.~

हरेक बर्ष देवी थानमा लप्टन काइँलाले पञ्च बलि चढाउने । त्यो पञ्च बलिको प्रतिक्षा सबैलाई हुन्थ्यो । रमितेलाई रमिता, गरीबलाई भोजन र पुजारीलाई मनग्य दक्षिणा ।
जब लगातार दुई बर्षसम्म लप्टन काइँलाले पञ्च बलि चढाएनन् तब सबैजना आश्चर्यचकित भए । किन होला ? बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विदेशीएकी चेली

~रामकृष्ण पौडेल ‘अनयास’~Ram Krishna Poudel Anaayas

(विदेशीएकी चेलीको जिवनमा आधारित सत्य कथा )
(पात्रको नाम परिबर्तन )

उ नारायणीको पानी जस्तै पबित्र थिई । तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ती आबोध अनि अबला नारी माथिको चरित्र हत्या गर्ने कोशिश गर्दैछ रुबिन । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक लाखको सम्बन्ध

~सुमन सुस्केरा~

उ हराएको त्यो क्षण अस्ती जस्तो लाग्छ । एकलाख उसको श्रीमानले उसको हातमा अस्ती थमाई दिएको जस्तो लाग्छ । उसको आँखाभरी आँसु टिल्पिलाएका थिए । उ कताकती हराई रहेकी थिई । उसको आँखा मलिन थिए । हेराईमा उसको आलस्यता थियो , बोलाईमा भावुकता थियो । मलाई त्यो क्षण उसको अनुहार हेर्न मन पनि लागेन । किन कि म आफै उसको त्यो अवस्था देखेर रुन्छु कि झैँ भयोे, आँखाका आँसु झरी हाल्छन् कि झैँ । हुन त बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धामी र बोक्सी

~अन्जान मानव~

एकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिईन । उनको शरीर भरि घाउ थियो । उनी पीडाले छटपटिइ रहेकी थिइन् । उनको अवस्था मरणासन्न थियो । कोही मान्छे छेउमा आएको देखेर ती महिला सकी नसकी बोलिन्- “तपाई को हुनु हुन्छ ? मलाई बचाउनुस् । ” बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment