कविता : सौगात

~विद्या सापकोटा~Bidya Sapkota

प्रिय !
थाहा छ तिम्लाई
कति दिनदेखि
चञ्चल थिए मेरा इन्द्रियहरु (??) बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : पारुको बाचा

~सिता बराल~Sita Baral

डाक्टरहरुसंग जँचाइसकीन तर पनि उनलाई लागेको रोग पत्तालाग्न सकेको छैन । आफूसंग भएका सबै परिक्षणहरु गर्दै पटक पटक औषधीहरु फेरि रहेका छन डाक्टरले तर उनमा केही असर भेट्टाउन सकेका छैनन् । डाक्टरको लागी उनको शरिर प्रयोगशाला जस्तै भइरहेको छ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होल नार्इट

~निरन्जन थापा~Niranjan Thapa

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।

सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”

“हजुर ।” मैले जवाफ दिएँ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दागबत्ती

~उपमा अर्याल~Upama Aryal

(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)

“बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! ”

सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश मात्र मेरो घर तिरको एक सदस्य हो जो मेरो हेर बिचार गर्छ, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : घाम र पानी

~रञ्जुश्री पराजुली~Ranjushree Parajuli

घाम र पानी मिल्ने साथी थिए । मिल्ने साथी भए पनि उनीहरूको भेट भने कहिलेकाहीँ मात्र हुन्थ्यो । त्यसैले उनीहरू टाढैबाट एक आपसमा कुराकानी गर्दथे । आफ्नो घरपरिवारमा घटेका घटनाहरूबारे पनि उनीहरू कुराकानी गर्दथे । कुराकानी गरेरै उनीहरू कतिपय विषयमा सरसल्लाह पनि गर्दथे । बाँकी पढ्नुहोस्

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जलेको झझल्को

~विद्या सापकोटा~Bidya Sapkota

एक प्रफुल्ल प्रभात
सपनाको झुण्ड लिएर आयो
जहाँ
रङ्गहरुको शहर थियो
प्रेमको बस्ती थियो
स्पर्शको आभास थियो
ऊ थियो, म थिएँ
फूल थियो, पात थियो
……………………….॥ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : स्केच प्रेमको

~विद्या सापकोटा~Bidya Sapkota

बिहानै,
बच्चो घामको इन्द्रणी आँखा हुदैं
देखिए–केही राता पत्रहरु
मुसुक्क–मुसुक्क आफ्नै मुटुको गमलामा
फूलको (?)
सायद ! गुलाफको (??) बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : लिखेको जन्ति बाख्रो

~वेद पौडेल~Bed Poudel_Dada_giri

माघको जाडोले मेरा खुट्टा लुग लुग काँप्दै थिए। विहान उठेर १ सर्को बिँडी तानेर, अब यसो मुख सुख धुनु पर्यो भन्ने हेतुले म बाहिर निस्किँदा च्याँके पनि टुपुल्कियो।
“टारिघरे कान्छा दाइको बिहे आँटियो। हजुरहरुलाई नि निम्तो छ है।” च्याँकेले हाम्रो घरमा बिहेको निम्तो टक्र्यायो।
बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा

~गोविन्दप्रसाद आचार्य~

सात काँटी सलाई शिर्षकको कथा संग्रह खगेन्द्र संग्रौलाद्वारा अनुवाद गरिएको हो। जसमा चार वटा कथा संग्रहित छन्। जसमा “हाम्रा टोलीका प्रशिक्षक” र “छापामारलाई अन्न पकाउँदा” दुई कथाहरू यस संग्रहका सर्वाधिक चर्चित कथा हुन्। “सात काँटी सलाई” र “मुक्तिपथमा तीन यात्री” यस संग्रहका छोटा कथाहरू हुन्।

पहिलो कथा करिब उपन्यास प्रकृतिको रहेको छ। दोस्रो कथा पनि उपन्यास प्रकृतिकै रहेको छ। प्रथम कथामा १९३५ मिति तोकेर यसको रचना गरिएको छ। जुन कथा दस्तावेज प्रकृतिको देखिन्छ। यस कथामा विचारको प्रभाव सशक्त रूपमा व्यक्त गरिएको छ। कम्युनिस्ट पार्टीले पार्टी सदस्यहरूलाई देशको वस्तु स्थिति चर्चा गरेको देख्दा जुनसुकै पाठकले पनि वर्तमान स्थितिको नेपालको सन्दर्भ र तात्कालिन चिनियाँ परिवेशलाई तुलना गरेर हेर्दा हाम्रो परिवेश भन्दा चिनियाँ परिवेश नै जटिल समस्याबाट गुजि्रएको पाउँछ। प्रथम कथामा विचारको बढी प्रभावकारिता रहेको देखिन्छ। त्यसका साथै यस कथाले वैचारिक पक्षमाथि Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : तृष्णातृप्ति

~जलेश्वरी श्रेष्ठ~Jaleshwori Shrestha

एक साँझ म एक्लै ओछ्यानमा त्यसै पल्टिएर के के सोच्दै थिएँ । पेटमा सल्ल केही चलेको अनुभव भयो । म सशंकित भएँ । कताकताबाट मनभित्र डर र बेचैनी उर्लिएर आयो । एउटी आइमाई गर्भवती हुँदा यसरी नै भ्रुण चल्छ भन्ने सुनेकी थिएँ । मलाई अकस्मात सम्झना भयो दुई महिना भइसकेको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पुरानो मानिस

~श्रवण मुकारूङ~Shrawan Mukarung

यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा ?
सुधारिएको प्रजातन्त्र ? बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : नगरवधू

~डा. दीनबन्धु शर्मा~dr-dinbandhu-sharma

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै -अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ ।

मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै डर लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई विस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो । यहाँ ‘थियो’ भन्नुको अर्थ मलाई यस्तो लागेको थियो भनेको हो भन्ने बुझियोस् र अब उप्रान्त यहाँ प्रयोग गरिएका निणयक क्रियापदहरूको अर्थ पनि अनिणयक वा सन्देहास्पद मान्न सकिन्छ भन्ने बुझियोस् । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा मिठो कविता लेख्न सकिएन

~आर. आर. चौलागाईं~R R Chaulagain

कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन
आरम्भ, मध्यान्तर र उपसंभार कस्तो हुन्छ
पहिल्याउन सकिएन
लेख्दै जाँदा नारा मात्रै हुने हो कि !
त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

लेख : बिटुलो सिन्दुर

~तृष्णा राज्यश्री कुँवर~Trishna Kuwar

‘मसाह्रै अभागिनी रहेछु । यो जुनी आँसु बगाएरै बिताउनुपर्ने भयो ।’ उनको फरियाको मैलो सप्को नुनिलो आँसुले लछप्पै भयो ।

उनी घुम्टोभित्र सहस्ा्रधारा आँसु बगाउँदै मूच्र्छा पर्लिन्झैं गरी रोइरहिछन् । ‘नरोऊ नानी, तिम्रो भाग्यमा यस्तै लेखेको रहेछ’ मेरो मुखबाट यत्ति दुई शब्दसमेत फुत्कन सकिरहेको छैन । बाँकी पढ्नुहोस्

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कथा : भुन्टी

~सिता बराल~Sita Baral

पढदै गरेकी छोरीले सोधीन तिमी कक्षा तिनमा पुग्दा, छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ? ठूलीले टाउको हल्लाईन । कुन देशमा हो नि हजुर जाने ? इजरायल, ए कता होला नि त्यो ? पल्लाघरे काका अरब कालेको बा दुबई बासघाँसी ठुला बा बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी यौनको मामलामा कमजोर छौ

~मनोज घिमिरे~Manoj Ghimirey

मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन ।

————————————————————————————————

“के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्राइ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~Basanta Kumar Shrestha 'Kshitij'

थुप्रै पछि उस्ले आफूलाई नियाल्यो । ऐनामा हेर्दै छुस्स परेको दाह्री मिलायो । निक्कै मिहनतले खुम्चिएको सर्टलाई हत्केलाले घोट्यो । कोठाको पूर्वतर्फ रहेको झ्याल उघार्यो । गुम्सिएको अवस्थाबाट आफैलाई रिहाइ गरेको महसुस गर्‍यो । बर्षौ भएछ उसले आफू बसेको कोठा सफा नगरेको । – बाँकी पढ्नुहोस्->

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : परदेशी साथी

~कमला सरुप~Kamala Sarup

हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी फेरी दर्किन थाल्यो

~दीप्स शाह~Deeps Shah

भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्‍अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुइचार छिटा पानी म सम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो दर्के झरीले मलाई जहिल्यै रुवाउँछ । टिनको छानोमा बजारिएर झरेको बेफुर्सदी बलेसीको धारो या त बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अवमूल्यन

~केशु बिरही~Keshu Birahi_new

‘क’ सानै देखी मेधावी स्वभावको थियो । उसले सहजै प्रथम श्रेणीमा एस एल सी पास गर्यो । ‘ख’को पढाई त्यति राम्रो थिएन । उसले मरितरी गरेर तेश्रो श्रेणी मात्र ल्याउन सक्यो । दुवैले उच्च शिक्षा अध्ययनको लागि फलामे ढोका पार गरे ।
दुई छाक टार्न समेत धौ धौ पर्ने परिवारमा जन्म लिएको हुनाले ‘क’को उच्च शिक्षाको लागि टाढा गएर पढ्न सक्न क्षमता नै थिएन । तसर्थ ‘क’ बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लक्ष्मण रेखा

~बिपुल सिजापति~Bipul Sijapati

“को हो र रौनक ? कोही पनि त होइन । फेरी किन यति व्यग्र छु म !” मस्तिष्कमा लडिबुडि खेलिरहेको एउटै प्रश्नलाई पन्छाउने प्रयास गर्दै सालिनी झ्यालबाट बाहिर हेर्न थालिन् । आकाश सिम्रिक रङ्गमा रंगिएको थियो । केही क्षण बिराएर विभिन्न जातका चराहरु गुँडतर्फ फर्कदै थिए । सालिनिले उड्दै गरेको चराहरुलाई हेरिन् । यिनीहरू अब गुँडमा गएर बस्छन्, दिनभरिको यावत् कुराहरू एकअर्कासँग साट्न एकछिन चिर्बिराउँछन् अनि बाँकी पढुन्होस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दर्शन पाउन गह्रो भयो

~खुबी राम पोख्रेल ‘दीपक’~

नौनी जस्तो मन किन ढुङ्गा सरि साह्रो भयो
आज भोली तिम्रो दर्शन पाउन पनि गाह्रो भयो

अकाट्य ति आग्रह लाई शिरोपर गरे पनि
कोइली लाई शिशिर भन्दा बसन्त नै प्यारो भयो बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कथा : भरोसाको पिङ

~दुर्गा ढेंगा मगर~Durga Dhega Magar

यदि उसले सुनिरहेकी छे भने यो कथा उसैलाई समर्पण भो । नत्र भने म आफैलाई । किनभने यो कथा उसलाई मात्र थाछ । कि मलाई मात्रै ।
उसले सम्झेकी होली र ? त्यो दिन पनि कुनै एउटा शनिवार थियो । हामी लम्बेतान पिङमा मच्चिएको । मैले भरोसा दिएको ।
सोधेकी थिई,“ यो चेनको पिङ जत्तिकै बलियो छ तिम्रो भरोसाको पिङ ?” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुक बहादुर

~सहदेव पौडेल~Sahadev poudel

सुक बहादुर SLC पास भए पनि कलेज पढ्न सकेन आर्थिक अबस्थाले गर्दा। ।२, ४ बर्ष गाउघरमै खेतिकिसानी गर्नथाळयो।जागिर पाउन गार्हो
रिष्ट पुस्ट खाइळागदो शरिर।आखिरमाशुक बहादुरले पुलिसमै जागिर खाने निधो गरयो।देशको सेबा पनि भन्न पाइने जागिर पानि खान पाइने!भबिष्य राम्रो।
।शुक बहादुर छानियो परहरि जबान को लागि।बुढा भ’का बा आमालाई र उसलाई पनि डर थियो माओवादि को फन्दा बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सलाम

~बिपुल सिजापती~ Bipul Sijapati

बाहिर भीषण गोलाबारी हुँदै थियो ।

“ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” रेडियो सेटमा कल गर्ने जवानको मुख सुकि सकेको थियो । अर्को तर्फबाट कुनै जवाफ आइरहेको थियो । दसौँ पटक उसले रेडियो सेटको फ्रिक्वेन्सी बदल्यो र पुनः सुकेको मुखले चिच्याउँन थाल्यो, “ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँझ, सुबाश र सपनाहरु

~प्रतिमा पौडेल~

” तुम इतन जो मुस्कुरा रहे हो….. क्या गम है जिस्को छुपा रहे हो….” मीराले म तिर हेर्दै मुस्कुराउदै बेसुरे गीत गाइ।

“तँलाई म गमको भाँडो जस्तो लाग्छ कि के हो हँ?” मैले उसैलाई सोधें।

“हो गमको भाँडो नै जस्तो लाग्छ, भित्र के छ भनेर हेर्न खोल्नै गार्हो, ट्याप्प बिर्को लागेको। ” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Leave a comment

कथा : रातो सर्ट

~अस्मिता न्यौपाने~SANYO DIGITAL CAMERA

घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ ‘ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।’ दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासि बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले । आँखाबाट आँसु दर्केला जस्तो भयो । फेरि गड्याङगुडुङबाट तर्किएको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नारी

~राज थापा~Raj Thapa

नारी तिमी हौ सत्य रूपा ,जननी मायाँकी खानी
तिमी हौ धर्ती ,सागर,उस्तै छेऊ घाम,जुन पनी ! बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : रेड भ्यालेन्टाइन

~दीपेन्द्र दोङ तामाङ~Dipendra Dong Tamang

सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ महिना पछि हङकङबाट भर्खरै फर्केको उसलाई कामको पनि कुनै चटारो थिएन । त्यसो त ऊ हङकङ जानुको पनि छुट्टै कथा छ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य निबन्ध : जुम्रा एक अनुभूति

~नम्रता गुरागाईं~Namrata Guragain

जुम्रा सुन्ने वित्तिकै कपाल भुत्ल्याउन मन लाग्दैन ? त्यसलाइ संझिदामात्रपनि दाह्रा किट्न मन लाग्दैन? सायद हामी कोहीपनि जुम्राको बारेमा अनभिज्ञ छैनौ होला छौं त ? हामी सबैलाइ त्यसले कुनै न कुनै उमेरमा सताएको पक्कैपनि होला तर जुम्रो कति दिनमा जन्मन्छ, मान्छेलाइ कति खान्छ,र कतिदिनमा मर्छ थाहा थियो त ? बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~Shekhar Dhungel

बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन । आफ्नो बाल शखालाइ हावामा बिदा गरेर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमिल आग्रह

~गीता पन्थ~

एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले
सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस
मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन । बिर्सनकालागि
गरिएका अनेकन प्रयासहरूले मलाई जिस्क्यारहेका थिए । बिर्सन्छु भनेर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment