कथा : नटुङ्गिएको पत्र

~कृष्ण के.सी.~Krishna KC

समयको बहाव संगै म कति बहन सके वा सकिन त्यो नीलीमालाइ सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज l बिबाहमा दुबोको माला लगाएर औठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ l धुलै-धुलो,माकुराको जालोले झन्डै छोपिएको अबस्थाको त्यो फोटो कसरि रहन गयो यो खालि घरको भित्तामा थाहा छैन l फोटो अगाढी ठिङ्ग उभिएर एक टकले हेरिरहे l Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : राहत

~कृष्ण बजगाईं~Krishna Bajgai

भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : शोषण

~कृष्ण बजगाईं~Krishna Bajgai

बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । त्यसले बेलाबेलामा कागजलाई सबैको सामु पैसा बनाईदिने गफ हाँकिरहेको थियो । बीच-बीचमा तासको खेल देखाईरहेको थियो, बाँसुरी फुकिरहेको थियो । भीडको ध्यान त्यसले खासै त तान्न सकेको थिएन तर कागजलाई पैसा बनाईदिने कुरा सुन्दा सबै आश्चर्य मानिरहेका थिए । अझ कतिले त त्यो कला सिकेरै जाने अठोट लिएका थिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : लागे झलमल घाम

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

बल्ल दबेको वर्ग हृदयमा
लागे झलमल घाम
हलो कोदालो हँसिया चम्के
जागे कृषक तमाम

ध्वस्त गर्राई दिने उठ्यो प्रण
शोषकहरूका छलछाम
झुपडीहरूका महासंघ भो
गर्न घोर संग्राम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साङ्केतिक भाषा

~कृष्ण बजगाईं~Krishna Bajgai

पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे तिनीहरु उपर । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पुरानो सत्ताको अस्थिपंजर

~नाकिमा~Nakima_1

सरुङबाट
झिकेर कोक्पाको धनुकाँड
ताकिरहेछु म यतिखेर
पुरानो सत्ताको अस्थिपंजर ।

सक्दिन म नाच्नरङ्गीन इतिहास बोकी
बेरङ्गीन पात्र भई
अन्यायको रङ्गमाचमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बायोडाटा

~नाकिमा~Nakima_1

नामथर
अनाम अज्ञात
जन्ममिति
१८ माघ ०६१
माता-पिता
पन्जायत
लिङ्ग
लथालिङ्ग
नागरिकता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : म थोत्रो कोट हुँ

~रोशन भुयंजु~

मेरो मालिक खरदार हो । म उसको थोत्रो कोट हुँ । मेरो मालिकको उमेर पैत्तिस , मेरो दश । दश बर्ष अगाडी जन्मदानी म यत्रै थिए अहिले पनि बढेको हुइन । बरु घटे हुँला । उतीबेला म सुन्दर थिए, जवान थिए, जब मालिकले मलाई पहिरिएर अफिस निस्कन्थे मालिकिनी हुरुक्कै हुन्थिन मालिकलाई देखेर । भन्थीन, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे/जनावर

~निष्प्रभ सजी~Nishprabh Saji

मान्छे पहिले जङ्गल पस्यो
वा पस्यो
चितुवा गाउँभित्र ?
मान्छे बाघसँग डरायो
वा डरायो
बाघ मान्छेसँग ? बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गीत : सोचे जस्तो हुन्न जिवन

~दिनेश अधिकारी~Dinesh Adhikari

सोचे जस्तो हुन्न जिवन
सम्झे जस्तो हुन्न जिवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जिवन

पिरहरु बटुलेर रोइरहूँ जस्तो लाग्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आगोको कथा

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

ताप्छन , मानिसहरु बलेकै आगो
ताप्दैनन राप चिताको कतै पनि
अनि शायद
आफ्नै छाप्रो बालेर खरानीमा न्यायो कसले पो खोज्ला र?
कफिन र चिताहरुको थुप्रोमा
जीवन खोज्नेहरु
पानीको आकार कल्पन्छन्
धुँवाजस्तै छ ईश्वर
अनि अल्लाह र येसू पनि
भन्दैन कोही मैले देखेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म चुप लागेर बसिदिन्छु

~संजीव विवश~

विवशताको सारङ्गी रेटेर
तिमी युगको घाँटी नरेट
पुर्पुरोमा केही लेखिएको हुँदैन भने
पुर्पुरो फुटाएर पनि केही भेटिदैन
तिमी बेफ्वाँकमा बक्दैछौ
तिमी नचाहिने धाक लाउँदैछौ
भाले बास्दैमा चरा चिर्बिराउँदैमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : फागु कि होली

~चट्याङ मास्टर~Chatyang Master

अबीर घसौं कि रंग दलौं ? फागु खेलौं कि होली ?

फागु खेल्नेलाई आज बिदा, होली खेल्नेलाई भोलि ! बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एउटा मन्त्री त किन्नुहोस् !

~चट्याङ मास्टर~Chatyang Master

तरकारी बेच्नेले भोलि, अर्कै टोकरी ल्याउँछ
आलु गोभी, प्याजको सट्टा, बोली बेग्लै लगाउँछ।

“लिनुहोस् लौ गृहमन्त्री, अर्थमन्त्री रसिलो छ
चाँडै पाक्ने प्रधानमन्त्री, न्यायमन्त्री कलिलो छ, बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : परदेशिएकी आमा

~सिता बराल~Sita Baral

। गुरुप्रसादका बा रामनाथ विहान सबेरै बाहिर जाने काम परेको परेको कुरा हिजो बेलुका नै भइसकेका थिए । त्यसैले आज उनीहरुलाई काकीले खाना खान बोलाएकी हुन् ।

गुरुप्रसादको घर नजिकैका सडकका पसलहरुमा बिहानै देखि मानिसहरुको धेरै भिड लागेको छ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी हुन नसकेकी श्रीमती

~रजित ओझा~Rajit Ojha

मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल प्रति पल ब्याप्त थियो | नहोस पनी कसरी ? उनको लागी त थाहा छैन, मेरो लागी भने यो अनुभब पक्कै पनी नयाँ नै थियो | हामी दुई जनाको कुरा छिन्न केटा र केटी ले गफ गरून भनेर रखिएको थियो एउटै कोठामा ! बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य छोक : चुप !

~चट्याङ मास्टर~Chatyang Master

कसैको कृपाबाट उहाँले पद पाएकै होइन !
देशलाई कृपा गरेर उहाँ पदमा बसिदिनुभएको हो !

कताबाट उठ्यो उहाँले देश सेवा गर्ने कुरा?
देशले उहाँको सेवा गर्ने मौका पाएको हो !! बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी र म

~विद्या सापकोटा~Bidya Sapkota

तिम्ले जित्न मात्र चाह्रौ
हारिदिए म मुटु जल्दा शितलता दिन भेटिएनौ तिमी
सुचिराखे पुरै जोवन खाली अंगालोमा समेटिएनौ तिमी ॥

साक्षि जुनतारा नै थे बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँ

~टिका भाई ~tika-bhai

१.
बाबुको आङ्मा
बुई चडेको होस्,
आमाको औँलामा
ताते हिँडेको होस्
वा
घर्सिदै बामे सरेको सैसव होस्
थाम्ने भुइँ हो।

२.
दिनभरी उड्छन् चराहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणय दिबस

~बोज़ बराल ~Boj Baral

अँगेनाको डिलमा,

उही ठुटो चुरोट,

निभाउंदै,

फेरी सल्काउँदै,

चिम्टाले घरीघरी,

कोइला पल्टाउँदै,

बाँसको ढुङ्ग्रोले,

सकी नसकी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : कविताको ब्याज खाएर बाँचिरहेछु

~कृष्णभूषण बल~Krishna Bhushan Bal

कवि कृष्णभूषण बल किन बेपत्ता भएको ?

होइन, कविताहरू लेखिरहेको छु । यसबाहेक दैनिक अखबारहरूमा साहित्यिक स्तम्भ पनि लेख्दै छु । लेख्ने काममै छु ।

‘कवि कृष्णभूषण बल’ कविताको ब्याज खाएर बसिरहेको छ भनिन्छ नि ? Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : मैले कोरेको मेरै कविता

~बिनोद खड्का~Binod Khadka

मरुभुमीका ढेर
अर्थहिन बालुवामा छटपटिदै
समुद्रको पल्लो क्षीतिज नियाल्दै
बिहानीदेखी अर्को बिहानीसम्म नै
म मेरा अविरल पाईलाहरु नाप्दै गरेको हुन्छु ।

निराशाका बादलभरी
एउटै आकाशको आभाशले
आशाका तानाबाना संगै
कहिल्यै नहराएको
म मेरो देश खोजि रहेको हुन्छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्र आयो रे !

~शेखर ढुंगेल~Shekhar Dhungel

घरमा फोन गरें
सानो बच्चाले भन्यो-
“बाबा आजकल लक्की कुकुर
भुक्दै भुक्दैन ”
पछाडिबाट गृहमन्त्रीले थपिन्-
“यसलाइ पनि लोकतन्त्र लाग्या छ।”

सरकारी कार्यालयको एउटा काम ‘थ्यो
श्रीमतीलाई जिज्ञासा राखें गर्न सक्यौ ?
उनले जोसिँदै भनिन्-
“आजभोलि म पनि नडराउने,
बोल्नसक्ने भा’छु
गएर कठालो समात्छु
कसरी नगर्ला काम
नखाईकन घूस ।” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बोल्नु छैन मलाई

~अडिसन दर्लामी~

भैगो अब तिमीसंग बोल्नु छैन मलाई
भित्री मनका कुराहरु खोल्नु छैन मलाई
एक्लै हांस्छु एक्लै रुन्छु छोड मलाइ एक्लै Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : म्याद सकियो महाराज !

~उमेश उपाध्याय~

यसपाली पनि मसाल बिसाउन पाईएन
जितिएको युध्द कति कतिपल्ट बल्झिएर फेरी आईलाग्छ
निको हुनै नसक्ने ज्यानमारा घाउजस्तो बल्झन्छ
चर्कन्छ दुख्छ मरणान्त पीडा
निचोरेर असह्य दुखाईमा
चिरेर पीप रगत फ्याँकेर
मलहम लेपेर निको भएको भ्रममा अस्थायी राहत गुजारेर
फेरी अनि फेरी अनि फेरी बल्झने पीडामा
पीडाको थामीनसक्नु सहिनसक्नु खपीनसक्नु असह्य लहर
निको हुनै नसक्ने ज्यानमारा घाउजस्तो बल्झन्छ
जितिएको युध्द कति कतिपल्ट बल्झिएर फेरी आईलाग्छ
यसपाली पनि मसाल बिसाउन पाईएन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुङ्गाको मुर्ती

~“जीवन्त” रुकु~Rukmani Satyal Bidari

मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन
कति खोजें माया यहाँ तर कतै पाउदै पाईन

देउता मान्दै बार बार पुकारा मैले गरिरहें
जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें
जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अनुत्तरित प्रश्नहरु

~कृष्ण के.सी.~Krishna KC

चौडा छाती फिजाएर सललल बगेको सलवा रोडमाथि हुइकिएको आफ्नो कम्पनीको गाडीमा म निद्राले झुलिरहेको हुन्छु । हरेक जसो दिन यही बाटोबाट ओहोर-दोहोर गर्दा देखिने विकासे गतिविधिले आधा घन्टाको यात्रामा म सधै जसो आफ्नो देशको कछुवागति विकास र राजमार्गहरूको दुर्दसलाई जोडेर यहाको विकाससँग तुलना गर्ने गर्छु, सायद यो मेरो देश प्रतिको देशप्रेम होला Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नीमान्छे

~विद्या सापकोटा~Bidya Sapkota

हजार सपनाहरुको माया लागेर आउँछ’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखि उसलाई यो गीत विशेष मनपथ्र्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको वर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु÷नसम्झनुसँग पनि यही जोडिन्थ्यो । अझ पछिल्लो समयमा त यसले व्यापक अर्थ राख्न लाग्यो । त्यसो त बडो रोमान्टिक पाराकी केटी, हरकुरालाई हेर्ने÷बुझ्ने आफ्नै अन्दाज थिए, उसका । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईतर युद्ध मोर्चाहरु

~सरुभक्त~Sarubhakta

उभिण्डो टोपी लाएर
निर्वस्त्र शान्ति
रेसकोर्टका घोडाहरुझैं दगुरे
खोई, क्रयाक्पट् वुद्धहरु कता लागे ?
गडम्यानहरु
सैतानहरुका वस्तीमा छन्
हिजो हामीले प्रेमदिवस मनायौं आज
घृणादिवस मनाउँदैछौं
‘गोली ठोक्नु पर्छ त्यस्तो कविलाई !’
युगकविको युगीन वाणी हो
चरमराएका मानवविकास परिसूचकांकमा
खोई कविता कहाँ छ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सत्र सालको क्रान्तिको सम्झना

~कृष्णविक्रम नेम्वाङ~Krishna Bikram Nembang

बी.पी. कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारलाई बर्खास्त गर्दै राजा महेन्द्रले २०१७ सालमा शाही विप्लवबाट शासन सत्ता हातमा लिएपछि नेपाली कांग्रेसले सशस्त्र जनसंघर्ष थालेको थियो । त्यसै क्रममा नेपालको पूर्वी क्षेत्रमा दन्केको सशस्त्र जनसंघर्षका घटनाक्रम र त्यसको अगुवाइ गर्दाको अनुभव धेरै पाठकका लागि उपयोगी देखिन्छ । यहाँ त्यस सशस्त्र जनसंघर्षका एक अगुवा कृष्णविक्रम नेम्बाङले आफ्नो नयाँ किताब ‘सत्र सालको क्रान्तिको सम्झना’मा लिपिबद्ध गर्नुभएको संस्मरणको एक अंश प्रस्तुत गरिएको छ । -सं..

क्रान्तिकारी कारबाहीमा अरु अभावको पूर्ति साहस र आँटले नै गर्नुपर्छ ।

–बी.पी. कोइराला Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : प्रेमगीत

~श्रवण मुकारूङ~Shrawan Mukarung

यी जन्तीजस्ता पर्वत
चराको माला
बुकी र बतास
यी सनईजस्ता भन्ज्याङ
लोकन्ता खोला
गोधूलि र मौनता
यी मान्छेका आदिम र आधुनिक दुःखहरू बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : उमेर औंलासंगै पितृको भाँची राख

~दीपक जडित~Deepak Jadit

उमेर औंलासंगै पितृको भाँची राख ।
हाईसञ्चो हुनेभो भनेर नाची राख ।

बाँचुञ्जेल पितृसेवा नगर्दा नि भयो ,
काजक्रियामा त गरें भन्न साक्षीराख । Continue reading →

Posted in गजल | Tagged | Leave a comment