हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७०

~सिस्नुपानी~

१.भन भन नेपाली – निर्वाचन
मधेश पहाड हिमाली – निर्वाचन
थारु बाहुन थकाली – निर्वाचन
हामी सबै नेपाली – निर्वाचन
दलैदलको दलदल – निर्वाचन
उम्मेद्वारको दलबल – निर्वाचन
ढुंगा र मूढा – निर्वाचन
फुक्लिँदैछन् घुँडा – निर्वाचन
बैद्यका गोला – निर्वाचन
होला कि नहोला – निर्वाचन । Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सधैं रात रहिरहने भो

~शिवराज पन्थी~

सूर्य झुल्किएला भनेको वस्तीमा
सधैरात रहिरहने भो
चाँदनी रातको चन्द्रमा समेत हराएर
चकमन्नै अँध्यारो भैरहने भो

ए , महोदयहरू संविधान लेख्ने वा नलेख्ने?
म्याद थपेर कुर्सीमा मात्र टाँसिएको नदेख्ने?
जुका टाँसिए झैं टाँसिनुको अर्थ छैन, संविधान लेखिन्न भने
संसद भवन छोड ६०१ हरू भत्ता नखाए पनि मरिन्न भने Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : नेताहरूलाई फिट खाने तीजि गीतहरू

~रारा नेपाल~

बजारमा बल्ग्रेल्ती मात्रामा तीजि गीतका एल्बमहरू आएका छन्। ती गीतहरू हामीले त सुनेका छौं तर कुर्सीको खेलमा व्यस्त रहेका हाम्रा नेतागणहरूलाई सायद धार्जेसँग ती गीतहरू सुन्ने फुर्सद पनि यतिखेर छैन। सुने पनि कुन–कुन सुन्ने? कुन–कुन गीतहरूले आफ्ना पनि भावनाहरू बोकेका छन्? यसको त्यति मेसो उहाँहरूले नपाएको हुन सक्नुहुन्छ। त्यसैले आज यहाँ हाम्रा नेतागणहरू कुनलाई कुन गीत फिट खान्छ भनेर सामान्य जानकारी दिनेे जमर्को गरिएको छः Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : आफ्नै देश बनाउने अवसर देऊ

~राजेन्द्र श्रेष्ठ~Rajendra Shrestha

हामी प्रवासी नेपालीहरूले देशप्रतिको गहिरो मायाँ र राष्ट्रिय भावनाका साथ देशको आर्थिक अबस्थालाई कमजोर बन्न नदिनको लागि रातो दिन अरबको तातो घाममा रगत र पसिना बगाई रहेको कुरात दिनको घाम जतिकै छर्लङ्गछ। हामीलाई कुनै स्वार्थ छैन ताकी हामीले देश र जनताप्रति गैरजिम्मेवार हुनु परेको होस्, हामीलाई यतिमात्र आशा छ, हाम्रो देशमा शान्ति सुरक्षाको ग्यरेण्टी होस, नयाँ गनतान्त्रीक संंविधान बनोस, आम जनताले शान्तिको सास फेर्न पाओस, स्थिाई सरकार बनोस र देशलाई अग्रगामिदिशामा अगाडी बढाओस जाहाँ कोही पनि नेपाली बेरोजगारी, अशिक्षित, अभाव, भोकमारी र एक ट्याबलेट औषधिको कमिले अकालमा ज्यान गुमाउन नपरोस। यही आशा र अभिलाशाका साथ नेपाली जनताले पटक पटक गरेको बलिदानीपूर्ण आन्दोलनहरूले देशको घुम्ने कुर्चिमा बस्ने मान्छेहरू फेरीदिएको छ। राणको कुर्ची राजा लाई दिलाएको थियो, भने पंञ्चको कुर्ची बहुदललाई, बहुदलमा पनि ठुला दलका ठुला नेताहरूलाई। Continue reading

Posted in लेख | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६८

~सिस्नुपानी~

भन भन भाइ हो – राम राम
भन भन बैनी हो- राम राम
स्वर मिलाईकन – राम राम राम
राम्ररी भन – रामै राम
जोडले भने – जय जय राम
देशै भरी- रामै राम
प्रधानमन्त्री – बाबुराम
राष्ट्रपति – बरन-राम
विपक्षी नेता – चन्द्र-राम
व्रि्रोही नेता – बादल राम
ओलीका झोली – पर्शुराम
बाबुराम विचार – दिल्लीराम
र्सकारका मन्त्री – सिल्लीराम
आउने पो हो कि – राज्य राम
भइएने पो हो कि – जिल्लाराम Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित निबन्ध : गद्दार सोलोखोभका सच्चा चेहराहरू

~त्साई हुइ~
अनु : लाल बहादुर

इतिहासका नियमहरू असाध्य कडा छन्। संघर्षका संकटमय क्षणहरूमा तिनीहरूले हर किसिमका अवसरवादीहरू तथा गद्दारहरूलाई तिनीहरूको मखुन्डो हटाउन र सक्कली चेहरा उदांग पार्न निर्मम रूपमा बाध्य पार्छन्। मिखाइल अ. सोलोखोभको सम्बन्धमा यस्तै भएको छ। अक्टोबर १९६५ मा बडो उत्साहकासाथ “समाजवादी” तथा “सर्वहारा लेखक” सोलोखोभले साहित्यको निम्ति त्यो नोबेल पुरस्कार स्वीकारे जुन फ्रेन्च पूंजीवादी लेखक ज्याँ पाउल सात्रेले समेत लिन इन्कार गरेका थिए। सात्रेकै शब्दमा, पुरस्कार स्वीकार्नु “पश्चिमका लेखकहरूको निम्ति अथवा पूर्वका गद्दारहरूको निम्ति जगेडा राखिएको पुरस्कार” प्राप्त गर्नु हुनेछ। Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

पुस्तक समीक्षा : चर्चामा रहेको पुस्तक “विश्वको इतिहास”

~शशिधर भण्डारी~

एच.जी. बेल्स १८६६ मा जन्मेका थिए। १९४६ मा उनको निधन भएको थियो। उनी अंग्रेजी इतिहासकार र उपन्यासकार तथा एकजना समाजवादी चिन्तनका साधकका रूपमा पनि परिचित छन्। ८० वर्षको उनको जीवन अध्ययन, चिन्तन र लेखनमा बित्यो। विश्वको इतिहास (A History of The World) उनको एउटा सरल तर विराट महत्व राख्ने कृति हो।

अध्ययन र चिन्तनको क्षेत्रमा इतिहासको ठुलो महत्व छ। इतिहासको अज्ञानताले वर्तमान र भविष्य बुझ्न कठिन हुन्छ। इतिहासको अध्ययनमा एउटा क्षेत्र मात्र सन्निहित भएको हुँदैन। यसभित्र दर्शन, राजनीति, संस्कृति, सभ्यता, आर्थिक, सामाजिक र ऐतिहासिक परिवेशको सिलसिला हुन्छ। त्यसैले यो विषय गहन मात्र छैन, जटिल पनि छ। Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : जनवादी नाटक

~सर्वेश्वर दयाल सक्सेना~

जनवादी नाटकको अर्थ के हो? के विषयवस्तुको परिर्वतनले नै नाटक जनवादी हुने हो? के कुनै पनि त्यस्तो जनोन्मुख अर्थात् साधारण जनताका आशा, आकांक्षाहरूलाई मूर्त गर्न सक्ने नाटकलाई जनवादी नाटक भन्न सकिन्छ? कुनै पनि त्यस्तो नाटक जसले आजको सामाजिक , राजनैतिक विसंगतिहरूलाई चित्रित गर्दछ। जनवादी नाटक के हो? मेरो विचारमा होइन। राजनैतिक नाटक, जननाटक र जनवादी नाटकलाई फरक पार्नु पर्दछ। यदि कुनै नाटकले खाली आजको राजनीतिक रूप अघि ल्याउँछ वा मात्र जनताका आकांक्षालाई चित्रण गर्दछ भने त्यसले जनवादी नाटकको उद्देश्लाई पूरा गर्दैन–आधा बाटोमा नै रोकिन्छ। “मुख्यमन्त्री” “महाभोज”, “जाति ही पूछो साधु की” जस्ता नाटकहरू राजनीतिक नाटक हुन्, जनवादी नाटक होइनन् र “अन्धेर नगरी” जस्ता नाटक जननाटक हुन्, जनवादी नाटक होइनन्। जनवादी नाटकमा “जन” मात्र होइन “वाद” पनि जरूरी हुन्छ। Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देशभक्तहरूमा समर्पित खण्डकाव्य “ग्रहण नलागोस्”

~गिरीप्रसाद बुढा~Giri Prasad Budha

आफले सिन्को नभाँच्ने तर अरूलाई भने ठूला–ठूला उपदेश दिने कोठे साहित्यकारहरू यो समाजमा धेरै भेटिन्छन्। जागिर वा कुनै पेशा व्यवसायवाट धन सम्पत्ति आर्जन गरी आफू र आफ्नो परिवारको सुख समृद्धिको सम्पुर्ण वातावरण मिलाएर क्रान्ति र संर्घषको गफ हाँक्ने यस्ता मान्छेहरूको वोलीमा विश्वास कम र अविश्वास बढी हुने कुरा स्वभाविक छ।

यसको विपरित हाम्रो समाजमा कतिपय यस्ता प्रतिनिधी पात्रहरू पनि छन्, जसले सिड्डो समाजलाई उज्यालो वाटोमा डोर्याउनकै निम्ति आफु र आफ्नो परिवारको सम्पूर्ण खुसी र हाँसो समेत जानी जानी ध्वस्त पारिरहेका हुन्छन्। ति मान्छेहरू जो स्वयं मैन वत्ति जस्तै अर्कालाई प्रकाश दिन आफु नियमित जलिरहेको हुन्छन्। उनीहरूको दैनिकीमा अभाव , संकट , पीडा, वेदना र आक्रोशका व्यथाहरू छताछुल्ल भएर मडारिएका हुन्छन्। तै पनि क्रन्ति र संर्घषलाई आफू र आफ्ना सन्तानको सुख र संमृद्धि ठानेर निरन्तर ज्वारभाटा विरूद्ध अगाडि बढि रहेका हुन्छन्। Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : उठौ जुटौ प्रवासी हो

~राजेन्द्र श्रेष्ठ~Rajendra Shrestha

उठ जुट एक भई ए प्रवासी हा,
देश निर्माण तिमिलेनै गर्नु पर्ने भो
आज हाम्रो पसिनाले देश धान्दै छ
हामी मिलि अधि बढे देश बन्दछ।।

सडक छैन, पानी छैन, विजुलीनी छैन,
विदेशीको मुख ताक्छौ बन्ने कहिल्यै होईन
हाम्रो पानी हाम्रो जमिन हाम्लाई वेचिईन्छ
हाम्रौ आफ्नो साधन श्रोत डलरमा किन्छ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मराएको नभूल्नु है

~धिरेन थापा “अनुपम”~

संकटकाल लगाएर मराएको नभूल्नु है
घरजग्गा खाली गरी पठाएको नभुल्नु है

नोकरी खाएकै भरमा चन्दा आतंक छाउने गर्थ्यो
आफ्नै लालाबालाको गास कटाएको नभुल्नु है

रातैभरी कठघरामा विचारलाई निस्तेज गर्न Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : कस्ती छे संघीयता?

~जीव “अजीव”~

लटरम्मै सेतै रात्तै, बुकी र गुराँस
भीर–पखेरामा फक्रँदै र मगमगाउँदै गर्दा
विश्व नै पटुकीमा बाँधेर
मेरो सगरमाथाले मुस्कान छर्दै गर्दा
देशको मूल कानुन बनाउन
संविधानसभाको मञ्चन हुँदै गर्दा
अनायासै बेतुकमा, बेमौसमको बाजा बनाउँदै
चटकेनी बनेर मुकुन्डो धारण गर्दै
नेपथ्यबाट आएकी एउटी पात्र
ए हजुर, कस्तो छ हल्ला त्यता?
के तपाईलाई थाहा छ–कस्ती छे संघीयता? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आमा

~निशा खनाल अर्याल~Nisha Khanal Aryal

प्राणी मात्रको सबभन्दा जनिक र प्रिय आमा नै हुन् ! गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ ! शृष्टि, पालन,संरक्षण,शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् ! प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला ! सम्पूर्ण जीव जगतको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : A Day of Defeat

~Bairagi Kainla~

Bairagi Kaila

Bairagi Kaila


Translation : Dr. Govinda Raj Bhattarai

We have merely heard of love like folk tales
some of us have even read in short stories or novels
or have seen on those old tattered papers
glued to the small wooden planks in some grocery shops
that display price list, on advertising calendars,
with the picture of Laila-Majnu or the Tajmahal
but in course of time woodlouse and moth come out of the cracks
of the plank and run on it
they eat the pictures of love displayed on the advertising calendar Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : भूतप्रेत र मसानहरु

~मनु याक्थुङ्बा~Manu Yakthumba

एकदिन मलाई
मेरो बाउले थेबाले भन्नुभएको खेदा
सुनाउनु भयो-
यो मानव बस्तीमा
यो हाङ् बस्तीमा
मानवको रुप धारण गरेर
भूतप्रेत सेसन्तर र मसानहरु पसेछन्
र त्यसबेलादेखि अशुभ साइत परेर
मेरो पुर्खाको यकको बिरासतमाथि नाहेन् लागेछ
र यकका मालिक हाङहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तर जापान जिवितै छ

~प्रदीप चापागाइँ~Pradeep Chapagain

कालो प्रहर
ती जूनले धोएका रातहरु
झिसमिसेमै मर्छन्
हिमाल सुनको लुगा लगाउँछ
अनी यी आँखाहरु
अखबारमा ओछ्याउँछु
आज पत्रीका नै भिन्न छ
धुँवा गनाउँछ
रगत बगेको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी गएको बिहान

~सौरभ आचार्य~Saurav Acharya

हुस्सुले डम्म ढाकेको छ
तिमी गएको बिहान
म देख्दिन
डाँडामा बटारिदै गएको झिनो बाटो
जहाँ तिम्रो गाडी गुड्दै सानो हुँदैछ
यो हुस्सु आँखाभरि अल्झेर
म झन् निसास्सिएको छु ।
ढोका पनि खुल्लै छ
सडकमा हिडेका मानिस वा हावाका झोक्काहरुले
मेरो एकान्त लिएर गैदिएहन्थ्यो ।

तिमी गएको दिउँसो
अल्छिलाग्दो घामले लोलाउन सकेनन् मेरा आँखा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~रविन जिरेल~Robin Jirel

हिउँदकालिन चिसो समय
जिजिबिषा लिएर
बिहानिको मिर्मिरे देखि पेट पाल्नका लागि
एक अँध्यारो ठाउँ
ढिकी कुटेको मधुर आवाज
बिहानी छायो, काम निरन्तर
घामको झुल्का
त्यो ठाउँमा पनि मधुर प्रकाश फिँजियो ।

म एक्लो दर्शक
दृश्य नबिराई हेरिरहेछु
चिया आउँछ पिउँछु
रेडियोमा भावुक संगीत गुंजन
म क्रमश: हेरिरहेछु
दया लाग्छ कारुणिक दृश्यलाई देखेर
सहयोग गर्न सक्थें
तर अपरिचित महिला Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : आवाजविहिनहरुको आवाज : मिडियाको नारामात्रै कि व्यवहार ?

~कला अनुरगी~Kala Anuragi

बिषय प्रवेश

‘आवाजविहिनहरुको आवाज’ !
मिडियाहरुले आफूलाई गर्वका साथ यो नाराले चिनाउन चाहन्छन् । यस क्रममा कतिपय मिडियाहरुले यसलाई आफ्नो नारा नै बनाएका छन् । तर यो नारा जति आकर्षक छ, कार्यान्वायनको स्थिति हेर्ने हो भने त्यत्ति नै नाजुक देखिन्छ मिडियाहरुमा । जहाँ आवाजविहिनहरुको आवाज निकै नै कम सुनिने र त्यसको सट्टा ठूला आवाजहरुकै पुनरावृत्ति हुने गरेको छ । त्यसैले मिडिया आवाजविहिनहरुको आवाज बन्न सक्छ कि सक्दैन भन्ने बिषय बहसमा नै छ ।

बहसको बिषय
Continue reading

Posted in लेख | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आउनोस्, भ्रष्टाचार गरौँ

~चट्याङ मास्टर~Chatyang Master

भ्रष्टाचार त यस्तरी फैलिए छ,
मानिसको यो कामको सिको अब कुकुरले पनि गर्न थालेछ।
तीन महिनाजति भएको थियो खडेरी परेको,
कुकुरले त खुट्टो उचालेर
रूखको फेदसँग घुस माग्न थालेछ।
रूख भन्ने– फलफूल छ दिन्छु, पैसा छैन। बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : शिर अडाई तिम्रो काखमा

~दीपक जडितजी~Deepak Jadit

शिर अडाई तिम्रो काखमा
मायाका कुरा गरुँ लाखमा

टल्के बिन्दुली झल्के त्यो फुली
तिम्रो माथमा तिम्रो नाकमा Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : गफी

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

मेरो अंगालोमा बाँधिएर ऊ धेरै बेर रोइ ।
शायद पहिलोपटक हुनुपर्छ, नत्र यो चंचल हँसमुख र गफी केटीका आँखाहरूमा अनायास यस्तरी आँसु भरिएको मैले कहिल्यै देखेको थिइनँ ।

रबिन स्क्वायरको फराकिलो आँगन होस् या साँझ ढलेपछिको सामुद्रिक किनार हरेक पलको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हे बरै

~सरुभक्त~Sarubhakta

म अग्निपर्खाल चढेर
संसदीय चोरबाटासम्म आइपुगेको छु
वायोनिक – यान्त्रिक माछाहरु
रोयल डिस्कोका भिडन्तहरु
आउ, मुखमा सुइरो रोपी हिडौं
सांघातिक आक्रमणहरु सामान्य छन्
वेरुजुमा परेको देशः कथित वन्दहरु खुल्ला छन्
हामी मिशनरीहरुका मिशनहरु
देशमा के–के अफापसिद्ध भएको छ
फापसिद्धहरु ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटु धडकिने ढुंगाहरुको गाउं

~सरुभक्त~Sarubhakta

भुगोलमा नहराएको एउटा देश
र देशमा नहराएको एउटा गाउं
जब गाउंलेहरुका मन भित्र हराउंछ
उत्तरीय क्षितिजको पर्दा
खुलेर कहिले
हिउंका चिसा चिसा फूलहरु रुन्छन्
धुरु धुरु नरोउ भन्दै
छोंगों डांडांमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कठघराको मृत्‍युदण्ड

~सरुभक्त~Sarubhakta

गौंडा कुरेर
धनधान्याञ्जल महायज्ञ यात्राहरुमा
स्याल आक्रमण हुँदा
केही सुराकीहरु
इहलौकिक सब वेहसमा वेचिरहेछन्
स्वास्थ्यवर्धक च्यवनप्रासहरु
शिलालेख हेर अभिलेख हेर
विज्ञप्तिकालीन कैफियत प्रतिवेदनमा मात्र
कुद्दैनन् गाजापट्टीतिर Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : I Wrote Again

~Sanat Acharya~Sanat Acharya

I moved thru the Rundle in the evening’s light
All shops and artists singing for my one sight
I felt like writing out my worries of vain
Wait! it was all golden, but it was no gold
The lightings couldn’t match memories old
I reached to the pen but left it closed again

I plunged into the Glenelg in summer’s heat Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : नेपाल एकदिन फर्कन्छु

~अनन्त अर्याल~

नेपाल एकदिन फर्कन्छु,
Australiaमा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा – कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
Australiaमा रमाउन सकिन्न! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : हाँगा बाट झरेको फूल

~“जीवन्त” रुकु~Rukmani Satyal Bidari

बतासले हागाबाट एउटा फुल झारिदियो
एक्लो भै छट्पटायो हुरीले बिचल्ली पारिदियो

मुटु भित्र बस्ने फूल सडकको बास
आखा भित्र हास्ने फूल भयो आज लास
बोटलाई के भयो र दुख पनि लागेन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य गजल : हेपेकै हो, तँ के गर्छस् ?

~चट्याङ मास्टर~Chatyang Master

एक वर्षमा संविधान म दिन्न, ल जा तँ के गर्छस् ?
हो हो, मैले भनेको मै मान्दिन जा तँ के गर्छस् ?

तेरो भोट मैले पाएँ पच भो, अब तँ के गर्छस् ?
जे जे माग्नु मागिराख, दिन्न म तँ के गर्छस् ? बाँकी पढ्नुहोस्

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

स्थान परिचय : धादिङ जिल्लाः संक्षिप्त परिचय

धादिङ नामाकरणः

धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा “धा” भनेको देवता र “दिङ” भनेको Continue reading

Posted in स्थान परिचय | Tagged | Leave a comment

समालोचना : नयाँ लेखकको जन्म

~हाङयुग अज्ञात~Hangyug Agyat

फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो ।

बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको मृत्यु र नित्सेको दर्शन ईश्वरको मृत्युले कहीँ न कही अनदेखा प्रभाव पारेको छ ।२ नित्सेले ईश्वरको ठाउँमा महामानव र हेगलले कलाको ठाउँमा दर्शनशास्त्र उचित देखे भने बार्थले लेखकको ठाउँमा पाठकलाई अघि सारे । अर्को कुरा लेखकको मृत्यु लेखकप्रतिको विमोह नभएर, बरू लेखकलाई विवेचनाको दायराभित्र ल्याउनु थियो र बार्थ अत्यन्तै सफल पनि भए । उनको लेखकको मृत्युलाई पाठ्यपारस्परिकताको सुन्दर उदाहरण मानेका छन् Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर

~भुपेन तामाङ~Bhupen Tamang

१. विषय प्रवेश
विश्वका लडाकु जातिमध्ये गोर्खा पनि एउटा हो। आफ्नो युद्ध-कौशल र शुरता-वीरता कै कारण आज पनि गोर्खा सैनिक विश्वविख्यात छन्। अङग्रेज-नेपाल युद्ध (१८१४-१५)- मा गोर्खाहरूको जोस र बहादुरी देखेर अङ्ग्रेजहरू पनि दङ्ग परेका थिए। गोर्खाहरूको यही बहादुरी र युद्ध-कौशलबाट प्रभावित भएर सुगैली सन्धिपछि ब्रिटिस सरकारले गोर्खाहरूलाई आफ्नो सेनामा भर्ना गरी छुट्टै गोर्खा रेजिमेन्ट पनि स्थापित गरेका थिए। फलतः Continue reading

Posted in समालोचना | Tagged | Leave a comment