बाबुको नाम नखुलेको प्रमाणपत्र लिएर विपन्नताको घरमा जन्म लिदैमा मेरा मानविय इच्छा,आकांक्षा नाखोसिनु पर्ने हो तर खोसिए । अधबैसे हुदा सम्म गरिबीमा सहनु पर्ने सामाजिक र मानसिक तिरस्कारका थुप्रोलाई जडौरीको पातलो पछ्यौरीमा पोको पारेर आज म हिडिरहेको छु गन्तव्यहीन यात्रामा । दाया-बाया कोहि छैन नितान्त एक्लो बाँकी पढ्नुहोस्
सानो को कुरा त सम्झना भएन तर बुझ्ने भयए देखि नै म आफ्नो पढाई खर्च आफै जुटाएर पढ्न थाले घरमा भाई बहिनि हेर्नु ,पढ्नु मेरो दिनचर्या थियो | जब यस .यल .सी सम्म त् जेन तेन पढे तेस्पछी भने मलाई खर्च जुटाउन गार्हो भयो, कारण घर बाट लाई पढ्न लागि कुनै सहयोग थिएन | मेरो ममी म सानै हुदा यो संसार छाडेर जानु भयको रहिछ | म पढाई छाडेर भारत तिर जाने सोच बनाएको थिए | Continue reading →
स्कुले जीवनको दश वर्षको अथक मेहेनत र लगनको मुल्याङ्कनको आधार मानिने प्रवेशिका SLC परिक्षा नजिकिदैँ गरेको हुन्छ । सबै विर्धाथीहरु अन्तिम तयारीमा लागिरहेका हुन्छन्, त्यीनै लाखौँ विर्धाथीहरुमध्येको एक र यस कथाको मुख्य पात्र “नविन” पनि राम्रो नतिजा ल्याउने अठोटका साथ परिक्षाको तयारी गरिरहेको हुन्छ बाँकी पढ्नुहोस्
अब त धेरै बर्ष बिते
यो निधारमा देवानान्दको जुल्फी थियो
टिका लगाउँदा दिदी झोक्किईन्थी
तेरो यो जूरेलीको गुंड माथी सार न !
टिका कसरी लाउनु ? Continue reading →
भनभन भाइ हो – संविधान
भनभन बैनी हो – संविधान
स्वर मिलाइकन – संविधान
जोडले भन – संविधान
ढोगेर माटो – संविधान
सुनौलो बाटो – संविधान
विश्वकै चासो – संविधान
पुस्तालाई नासो – संविधान
घैंटामा सबको – घाम लागोस्
देश फड्को मार्न – काम लागोस्
भनभन भाइ हो – के भन्ने
संविधान छिटो – ले भन्ने । Continue reading →
पाखुराबाट झरेको छ बलको बुढोे पात
र टाउकोमा पलाएको छ विचारको हॉंगा।
आँखाबाट उडेको छ अन्धो चील
र खुट्टैबाट खुस्किएको छ जम्मै संवेदनशीलताको नङ।
हुरीको खुट्टै भॉंच्चिएपछि त्यसलाई भत्किनुको के डर?
आँगनमा ओंठ सुकाएर बसेकोे घामबाट के आशा?
र हिलो खेलिबस्ने पानीको सुडौल शरिरको के मोह?
त्यसको नाकमाथि टल्किरहेको एक थोपा पृथ्वी
जसरी बन्द छ आफैमा
त्यसरी नै थुनिएको छ अर्थ शब्दभित्र। Continue reading →
स्कुल छुट्टी हुनासाथ हाम्फाल्दै अनिल डेरातिर हान्नियो। डेरा पुग्नासाथ ढोका खोलिवरी अस्तव्यस्त बेडको सिरकमाथि झोला मिल्कायो। ड्रेस फेर्नु बाँकि नै थियो, उसको नजर एकाएक अब एक कुनामा राखिएको झोलामा पर्यो। झोला खोलेर उसले त्यसभित्रको छाताको खोल निकाल्यो, जसमा उसको भएजतिको नगद श्रीसम्पत्ति थियो। फुटकरसमेत जोडेर गन्दा जम्माजम्मी रू.७५५ भयो। के शुर चल्यो कुन्नी? उसले जम्मै पैसा गोजीमा हुल्यो र ड्रेसै नफेरी मोबाइल गोजीमा कोचेर नजिकैको होटलतिर लम्क्यो।
दिउसभरिको भोक खपेको पेटको पूजा गर्ने बेला उसको यही थियो। मटर-समोसा मगाएर एक चम्मच खान भ्याको थ्यो, फोनमा रिङटोन बज्यो-Enrique को ‘….सम्बडिज मि ओ एइ’! उसकै दाजू अजयले गरेको रैछ। फोन उठायो,उताबाट सुनियो-“ओए? काँ छस् त? बालाई सञ्चो नभएर जिल्ला-हस्पिटल ल्याछम्। तँ झट्टै आइज त तल हस्पिटलमा।” Continue reading →
तिमीले लेखेको “के नेपाल सानो छ ?” निबन्ध आज नितान्त गलत लाग्न थालेको छ । तिमीले त्यो निबन्ध लेखेर ममा खोक्रो आडम्बरी भरिदिएका थियौ । तिम्रो निबन्ध जब म दोहोर्याइ दोहोर्याइ पढ्थे तब लाग्थ्यो नेपाली जस्तो सर्बोत्तम मानव उपाधी अरु कुनै छैन । ममा गर्व भरिएको थियो ,जब त्यो हरफ आउथ्यो “हिरा सानै हुन्छ ,मोती सानै हुन्छ आँखा भित्रको नानी सानै हुन्छ । ” म आनन्दपुरको सैरमा निस्कन्थे । मलाई लाग्थ्यो आखिर नेपाल भौगोलिक रुपमा पो सानो छ ,बिशेषताले त पछी परेको छैन नि ।
आज त्यो गर्व समय अगावै तुहिएको छ । नेपालको बचेँ खुचेको भु-भाग भारतमा गभिदै छ । दिन प्रतिदिन साघुरिदै छ तिम्रो नजरको नेपाल । आफ्नो पुर्खाले सिर्जित मुलुक अब टुक्रा टुक्रा पारेर भाग बण्डा गरिदै छ । अब भन लक्ष्मीप्रसाद के नेपाल ठुलो छ ? तिमीले नेपाली वीरताको बारेमा खुब फलाकेका थियौ । भन्थ्यौ एक ताका सुर्य अस्त नहुने शक्तीलाई पराजित गरेका थियौ भनेर । म कती पटक पाखुर मुसर्थे, जब त्यो हरफ आउथ्यो । मेरो जिउ फुङ्ग फुलेर आनयासै शक्ती सन्चयको अनुभव हुन्थ्यो तर आज त्यो शक्तीमा तुषरोपात भएको छ । आज नेपाली दुई छाक जुटाउने क्रममा ढाडमा गोली थापेर ईराकको कुनै अनकण्टार ठाउँमा लडिरहेका छन । छैन तिनमा कुनै वीरता , छ त केवल बाध्यता र तिरस्कार । जाबो दुई छाकको लागि ढाडमा गोली थाप्नु पर्ने यो वीरता हो कि लाक्षीपन ? केही अर्थ राख्यो तिम्रो वीरताको बयानले ? तिमीले दिएको बहादुरीको उपमा अब भारतको कुनै सेठको द्वारपालको पर्यायवाची भएको छ । भारतीय र अङ्रेजको भाडाको सिपाइ बनिएको छ ।
हामी थोरै भाडा पाउन अरुको मुलुकको लागि गोली हान्दै छौ तर आफ्नो मुलुकमा दिन प्रतिदिन बिदेशीको दाईं हुँदा पनि बेखबर छौ । अब भन लक्ष्मीप्रसाद के नेपालीले वीरताको गर्व गर्नु मुनासिव हुन्छ ? तिमीले लेखेका थियौ संसारमा शान्तीको पाठ पढाउने गौतम बुद्धको जन्मस्थल नेपाल भनेर । मलाई त्यही बेला लुम्बिनी जान औधी मन लागेको थियो तर अफसोच बेला बेलामा तिम्रो गौतम बुद्धलाई भारतिय नागरिकता दिलाइन्छ । कहिले त भक्कानो फुटेर रुन मन लाग्छ जब गौतम बुद्धको जन्म भारतमा भएको भन्ने पत्र पत्रीका छ्याप छ्याप्ती देख्छु । न म च्यात्न सक्छु र न चिच्याउन सक्छु ।
मैले चिच्याए पनि कसैले विश्वाश गर्दैनन लक्ष्मीप्रसाद किन भने संसारमा हाम्रो आवाज सुन्ने कोही छैन । अब त बानी परिसकेको छ । कसैलाई कसैलाई अचम्म पार्न भन्ने गरेको छु “गौतम बुद्ध नेपाल म जन्मिएको भनेर “। अब भन लक्ष्मीप्रसाद शान्तीको सन्देश हामीले दिएको कि संयुक्त राष्ट्र संघको अनमिनले हामीलाई दिएको ? तिमीले मलाई खोक्रो गर्व गरायौ , नेपालको खोलानालाको नाममा । नेपालको हरियो बनको नाममा । नेपालको खानि-खजनाको नाममा । के पाए मैले त्यो खानि बाट ? त्यो पानी बाट ? तिमी गर्मीमा तराई जाउ , उर्वर जमिन चिरा परेर छीया छिया भएको हुन्छ तर हाम्रै पानीले भारतमा सोहोरी नसक्ने फसल उमार्दै हुन्छन । अनी बर्षामा तराई जाउ गरीब किसान एक काँधमा बालखा छोरी लिएर डुबेको घरबाट निस्कदै शरण खोजेको देख्नेछौ । त्यो के काम पानीको जब आवश्यकतामा पाइन्न, अरु बेला घर डुबिन्छ ? तिमी रसियावाल खुर्द लोटन नजाउ अन्यथा गरीब नेपालीको जेथा-जमिन डुबेको देख्दा मन रुने छ । म फकाउन सक्दिन । जल श्रोतबाट उज्यालो जन्मिन्छ रे अन्त । हाम्रो मुलुकमा अन्धकार निस्किन्छ । नपत्याए आउ लक्ष्मीप्रसाद हाम्रो घर ,कहिले काही बत्ती बल्छ । भन लक्ष्मी प्रसाद तिमीले प्राकृतिक श्रोतको धनी भनेको हैन , खै त धन ? हाम्
रो सम्पती हामी भन्दा बिदेशीले बढी उपयोग गर्छन् । हामी त केवल पाले हौ ,प्रकृतिक श्रोतको । उपयोग कर्ता अर्कै छ । तिमी खुब कल्पना गर्थ्यौ – वाग्नर कोदालो खनिरहेका होलान, सेक्स्पियर हलो जोत्दै होलान भनेर । तर लक्ष्मीप्रसाद यहाँ बेदना अर्कै छ, माथलो गाउँका वाग्ले साउदीको मरुभुमीमा कोदालो हान्दै छन । हलो जोत्दा जोत्दैको शंकरे दुई गास टार्न दुबइमा कमारो भएको छ । तिमीले भने जस्तो ट्युसियन र टर्नर भेडा चराउन कहिले आएनन बरु भएका टाठा बाठा कतारमा भेडा चराउन गएका छन । कहिले काही खबर आउछ , “तापक्रम ४० छ ,पिउने पानी पाइन्न । साहुलाई खुशी पार्न सके भने आगु दशैमा टिका थाप्न आउछु । मेरो चिन्ता नगरेस । सम्झना छ ” ।
कस्तो बिडम्बना , प्रेमिले प्रेमिकाको माया पाउँदैन, श्रीमानले श्रीमती भन्न पाउँदैन, छोरो हुर्किन्छ बाबुको अनुहार नहेरी । के हो यस्तो लक्ष्मीप्रसाद ? तिमीले कहिले यसको कल्पना गरेका थियौ ? तिमीले सोचे झै यहाँ सोक्रेट्स गुफामा घोत्लिदैनन, यहाँका चेलीबेटी बिदेशको बेश्यालयमा झोक्राएका हुन्छन । कहिले यसको कल्पना गरेको थियौ ? तिमीले लेखेका थियौ – महाकवि कालिदास आषाढको पन्ध्रमा रोपाइँको धारा प्रवाह गीत गाउदै हुनेछन भनेर । तिमी एक्दमै गलत रहेछौ । यहाँ कालिदास आएर कहिले आषाढको गीत गाएनन बरु यहाँ भएका रबिदास, हरिदास , गरीबदास र बिष्णुदास त्यही कालिदास कै मुलुकको गीत हरक्षण गाउछन, आषाढ पन्ध्रमा मात्र हैन । यहाँका युवाले बिर्सिसकेक छन आषाढ पन्ध्रको गीत कस्तो हुन्छ भनेर । बिहान् उठिन्छ बिदेशी गीत संगै,खाइन्छ बिदेशी गीत संगै र बेलुका सुतिन्छ त्यसै सँग । ल भन लक्ष्मीप्रसाद तिमीले भने झै कहिले आए त कालिदास झ्याउरे गीत गाउन ? हेर लक्ष्मीप्रसाद तिमी अहिले मेरो नजरमा निकै गलत साबित भईसकेका छौ । तिमीले नेपाली भाषाको माध्यमबाट समग्र नेपालीलाई एकताको सुत्रमा बाध्ने प्रयास गरेका थियौ तर त्यो सुत्रमा नेपाल अटेन । अहिले १२- १५ जनाले बोल्ने भाषाको लागि नेपाललाई टुक्रा टुक्रा पारीदै छ ।
न पत्याए तराईमा हेर्न जाउ ,तर होसियार साथ । फेरी तिम्रो सालीक भनेर तिम्रो शरीर नै ढलाउन बेर छैन । तिमीले “के नेपाल सानो छ ?” जस्तो निबन्ध अलिक गलत समयमा गलत सोच राखेर गलत मान्छेलाई पढ्न दिएछौ । तिमीले त्यो निबन्ध मार्फत हामीलाई जातिय घमण्डको आरामदायी डस्नामा सुतायौ र खोक्रो आड्म्बरीको सिरकले छोपिदियौ । फलत हामी सुतिरहेका छौ मस्त सँग । संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी भने नेपाल बन्द गरेर मस्त सुतिरहेका छौ , जाग्ने कहिले हो निस्चित छैन….
अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजका विविध उद्देश्यहरुमध्ये एक नेपाली साहित्यका पुस्तक प्रकाशन पनि हो । यसलाई पूरा गर्न अनेसासले पुस्तक प्रकाशन गर्दै आइरहेको छ । हालै आएर अनेसासका अरु च्याटरहरुले पनि पुस्तक प्रकाशन गर्ने काम प्रारंभ गरेका छन् । अझ अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजले ”हµेक समुदायमा नेपाली पहिचानलाई जीवन्त र दिगो राख्न जुटँंै” भन्ने अभियान विश्वव्यापी रुपमा अघि बढाउन थालेको वेलामा कवि हेमनाथ घिमिरेको “छातििभत्र देश दुख्दा” कविता संग्रह अनेसास जापानले प्रकाशन गरेकोमा हामी सबैलाई गौरव लाग्नु स्वाभाविक कुरा हो । Continue reading →
अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो
र अलिकति गरिब माइतीको पुरानो दाइजोले
मानौं प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर
चियाको किटलीजस्तै भक्भकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरुसित रित्तिरहेको बैंसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरुमा पस्केर
सन्तप्त मुस्कानहरुले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ । Continue reading →
संसारभरिका हिमाल र पहाड नेपालमा आएर थुप्रो लागेझैं
संसारभरिको ढिलाइ पनि नेपालमै आएर थुप्रो लागेको छ
हामीले क्रान्तिकारी अग्रगामी छलाङ मार्दै उफ्रँदा पनि
दमको ज्वरोले ग्रस्त चिप्लेकिरो हामीभन्दा अगाडि लागेको छ
यहाँ ढिलाइ पनि यति ढीइइइइइलो हुने गरेको छ। बाँकी पढ्नुहोस्
मेरा भन्ने कुरा सदा झैं सकिए एकैचोटी। कारण- उस्ले नारी ब्रम्हास्त्र प्रहार गरी, आँशु झारेरै रोइ। अनि याद आयो, सात वर्ष भएछ, ऊ झ्याम्मिएर मलाइ अँगालो हाल्दै रोएको एयरपोर्टमा। सँगै अमेरिका आउने धेरै प्रयास गरे पनि खैरेले खै किन हो पत्याएन उसलाई पहिलोपल्ट एम्बेसीमा। म एक सेमेस्टर चाँडो आउनु पर्ने भयो। मैले पनि म पहिला यहाँ आएर वातावरण मिलाएमा पछि उसलाई सजिलो हुने आश्वाशन दिदै उडेंथें मन नहुँदा नहुँदै। धेरै लामो भयो छ महिना मेरो लागि, उस्ले पनि त्यसै भनी। पछि धेरै राजनीति गरेर भर्जिनिया जान्छु Continue reading →
असारको बर्षा सुरु भएर पनि गाँउघरमा रोपाईको रमझम र चटारो छैन । युवाहरु पलाएन भएर , पानी भएर पनि खेतका ग–ह्राहरु हिलाम्मे छैनन् । गोरु भएर पनि जोत्ने हलीहरु छैनन् । धान रोप्ने महिलाहरुका चुरा बजेका छैनन् खेतमा पाईला टेक्ने उनिहरुको जागर छैनन् । परार साल बिहे गरेर सुहागरातको भोलि पल्ट बिदेशिएको पल्ला घरे काकाका छोराको यादले मेरो Continue reading →
हातमा पाउरोटीको टुक्रा लिई हरेराम सधै कम्पनीको काममा जाने गर्थ्यो। साच्चै नै, कामको बोझले हरेराम थिचिएको थियो, उसले आनन्दको श्वास लिनसकेकै थिएन। जब ऊ कामको लागि खाडी मुलुक छिर्याे उसको निद, चैन सबै चैत बैशाखको खडेरीसरी उराठ भईसकेको थियो, वसन्तको कलिलो पालुवा झैं उसको जीवनमा खुशीको मुना पलाएन र Continue reading →
सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको रुपमा लिन सक्छौ। Continue reading →
परापूर्वकालदेखि लोक जीवनमा प्रचलित हुँदै आएको र जनसमाजले मौखिक रूपमा जीवन्तता प्रदान गर्दै आएको साहित्य विशेष लोकसाहित्य हो। लोकसाहित्य मानव सभ्यताको अथाह सामग्री भएर परम्पराको संवाहक बनेको हुन्छ। हरेक वर्तमानको पूर्व पीठिकाको रहेको हुन्छ। त्यसै पीठिकाको आधारमा र सत्प्रेरणामा मान्छे आफ्नो संस्कार,संस्कृति र परम्परा एवं निजी पहिचान प्राप्त गर्दछ। सुललित कल्पना र जीवनका यथार्थहरू लोकजीवनका अन्तरतहमा बस्न पुगेपछि रूपग्रहण गर्न पुगेको लोकसाहित्यभित्र पनि विधा र त्यसका प्रविधाहरू प्रशस्त रहेका हुन्छन्। तिनको निजी पहिचानको सैद्धान्तिक आधार, वर्गीकरण, विश्लेषण आदिका सिमामा अब त विश्व साहित्यमा तयार भइसकेको छ। Continue reading →
तिमीमाथि आज ठूलो बज्रपात भएको छ। तिमी आज २०/ २२ वर्षको उमेरमा विधवा भएकी छौ। सायद यो पीडा जापानको भूकम्पभन्दा कम पीडादायी छैन। कलकलाउँदो खाउँखाउँ लाउँलाउँ जस्तो उमेरमा साथीसँग हाँसो ठट्टा र र” रसित गदै हिंड्ने बेलामा जीवन साथीसँग न्यानो मायाहरू साटासाट गर्दै हाँसो र आँसु दुःख र सुख बाँडेर जीवनका रथलाई आन्नदमयी ढ”ूले अगाडि बढाउने बेलामा तिमी एक्लो भएकीछ्यौ। त्यस्तो हुँदा तिम्रो कलिलो मनमा कस्तो पीडा भयो होला सोच्नै नसकिने स्थितिको सृजना भएको छ। कलिलो टुसाउँदै गरेको मुनालाई माथिबाट छपनीले थिच्दा त्यो मुनाका के गति होला? सायद अचानोको मर्म खुकुरीले बु137दैन भन्छन् त्यही बज्रपात तिमीले बेहोरेकी छौ। Continue reading →