कथा : छोटो साथ

~सरु पोखरेल~Saru Pokhrel

‘अब मेरो गर्भ नै नबसोस् भगवान’ प्रत्येक पटक गर्भ परिक्षण गरेपछि उसको यहि बोली हुन्थ्यो । तर उ गर्भवती भने पटक पटक भइरही । पेट भित्रको बच्चाको लिंग नछुट्टयाइने बेलासम्मकी गर्भवती ।
छोरी भन्ने डाक्टरको निक्र्योल पछि जतिसक्दो चाडो उसको जीउ हल्का वनाउन समय मिलाउने हतारोमा हुनेगर्थें म ।
‘छोरी छ’ डाक्टरले पहिलेकै बाक्य दोहोर्यायो यसपाली पनि । कसरी घर आइपुगियो हामी, दुवैले सायद पत्तो पाएनौं । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : माया…..

~रजित ओझा~Rajit Ojha

कसैले उसको कानमा खुसुक्क भनेको जस्तो लागेको थियो उसलाई , आज आकाशमा कालो सुर्य उदाउनेछ । उसले धेरै बेर आकाश नियाल्न खोज्यो तारा हरु शित झार्दै थिए उसको आँगनको घाँसमा , उसको ओइलिएको आँगन शितले सिँचेर हरियो बनाइदिने आश गर्यो मनमनै उसले । तर खोइ त कालो सुर्य ! मन को अर्को कुना खिसिक्क हाँस्यो उ माथी !

“धत रातमा पनि सुर्य उदाउँछ ? कसले भन्यो तँलाई आज कालो सुर्य उदाउँछ भनेर ?” उसले मनलाइ सम्झायो
“ हैन कसैले मेरो कानैमा आएर भनेको आज कालो सुर्य उदाउँछ , जसका किरणहरु पनि काला हुनेछन् उसले पहिला मलाई अनि त्यसपछि अरुलाई एक एक गर्दै छोप्दै जानेछ ।“
“आफ्नो मनले भनेको नसुनेर कसैले कानमा खुसुक्क भनेको सुन्ने ?” मनले फेरि रोष पोख्यो । उसको मन उ भन्दा जिद्दि निस्कियो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कुवेरदेव मृदुल लिम्बूका २ मुक्तकहरु

~कुवेरदेव मृदुल लिम्बू~Kuberdev Mridul Limbu

मेरो प्रेम प्रस्तावको जवाफ खोज्दैछु
कसो गर्दा राम्रो हुन्छ इन्साफ खोज्दैछु
कहाँ भेटुम कहिले भेटुम प्रेम दिवसमा
तिम्रो लागि भनी रातो गुलाफ खोज्दैछु । Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : भ्रम !

~जीवित खड्का मगर~Jiveet Khadka Magar

यस धर्तीमा (म पनि) डाँडामाथिको
घामजस्तो भएर आएको हुँ
सन्ध्यापछि
घाम डाँडाबाट हराउनेछ !

प्रकृति र घामको प्रेम हेर
जून र ताराहरूको मिलन हेर
मैले मृत्यु भोग्नुअघि यो धर्तीमा
तिमिसंग यस्तै प्रेम माग्न आएको छु !

यहाँ सबथोक खरिद-बिक्रीमा छन्
तिमि पनि थोकजस्तै बिक्री हुन चाहान्छौ ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी आएकी थियौ

~रबिन दर्लामी मगर~Rabin Darlami Magar

तिमी आएकी थियौ…
त्यतिखेर मलाई जिन्दगी ले
ओरालो झारीरहेको थियो
मृग ले हरिण लाई खेदेको जसरी
ओरालै ओरालो भाग्दै थिएं
तिमी ठ्याक्क आयौ!
म टक्क रोकिएँ…
म पछारिंदै थें, लड्दै थें
हात दियौ मलाई उठायौ
फेरी लड्न खोजें
फेरी समात्यौ यि हातहरु……! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर छौ लखन !

~व्याकुल माइला~Byakul Maila

अस्ति नेपालगन्जतर्फ जाँदा
बुटबलको चौराहाचोकमा
मगराती माया, स्नेह, सम्मान र पसिनाले
उभिएको तिम्रो सजीव शालिक देखें !

गुडिरहेको गाडीभित्रैबाट
एकटक हेरिरहें श्रद्धाले
र, एकाकार भएँ |

सामान्य-ज्ञानका हरफमा
उहिले पढेको थिएँ तिमीलाई-
‘प्रथम सहिद लखन थापा हो’ भनेर
इतिहासका पानामा तिमीलाई
पढें कि पढिन, याद गरिन
खै, केले केले ओझेल पारिदिएजस्तो ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिशाहीन गन्तव्य

~शरद निरोला~

अचेल निकै दिन भयो
विरक्तिले ग्वाम्लाङ्ग छोपेको छ
शरीरका प्रत्येक स्नायूहरु
स्पन्दनहीन भएर लोलाएका छन्
यस्तो लाग्छ मानौ मस्तिष्कमा केवल
शून्यताको मात्र वास छ ।

पाईला टेकेदेखि यस नौलौ धरतीमा
जिवनले सुस्केरा हाल्न बिसर्िसकेको छ
विवशताको उच्छ्वासभित्र अभिशप्त यो बुद्धि
रातोदिनको गुजारा टराईले
कुण्ठित भईसकेको छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सचिवको करामत

~जयदेश श्रेष्ठ~Jayadesh Shrestha

पशुपतिनाथको दर्शन पछि गेटमै साथी भेट भयो । ओ हो के छ है, तिम्रो हाल खबर ?( बुद्धिप्रसादले ढाप मार्दै साध्यो नरम प्रसादलाई) के हुनु म त आजित भए । खै स्थानीय चुनाव पनि कहिले हुने हो ? किन चाहियो चुनाव सुनाब बुद्धि प्रसाद रंन्कियो । काम गर्न सार्है गा–हो भयो । घरमा बसे पनि सुख छैन । अफिसमा पनि सुख छैन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : घाउ त घाउ न हो

~सुजन बैरागी~Sujan Magar Bairagi

घाउ त घाउ न हो बल्झी बल्झी दुख्छ
यात्रा न हो जिन्दगी अल्झि अल्झि दुख्छ

सधैँ हाँसी खुसी बाचौ सबैले यही चाहन्छ
सुख मात्र हुन्न जीवन दुःख तिर गई अल्झन्छ
हृदयमा घाउ लागेसी बल्झि बल्झि दुख्छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कविता : आफ्नो देश

~कोईराला सूर्यकिरण~

आफ्नो देश छाती भरि
आँखा भरी भरी
राखी रहुँ जस्तो लाग्छ
मुटु भरी भरी
श्रम अनि सृजनाले
देश भर्नु पर्छ Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

नेपाली उपन्यास : भाँचिएको लौरो

~रमेश गौतम “पाल्पाली”~Ramesh Gautam Palpali

भाँचिएको लौरो (उपन्यास) | नेपाली उपन्यास | रमेश गौतम “पाल्पाली”

भाग १

“बिरे तँ कहाँ गएको थिइस् ?”

“स्कुलमा गएको प्रार्थनाको बेला भएको रहेछ, हेरेर आएको”

“हेरेर के गर्छस् पढ्न नपाएपछि । बाख्रालाई बारीका कान्लामा डोर्दे भनेको त्यति पनि गरेन । अघि नै डोर्देको भए केही खान्थे, अहिलेसम्म भोकै छन् ।”

“गोरे, भुन्टे सबैले पढिराछन्, मैले नि पढ्न पाए हुन्थ्यो ।” बाँकी पढ्नुहोस्

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : छोरीहरुको लागि

~भरत राज गौतम~Bharat raj Gautam

उ भन्दा अगाडी दुईवटा छोरीहरु जन्मीसकेका थिए । तैपनि उसको आमालाई अझै छोराको चाहना रहेछ । मैले उसको आमालाई छोराको लागि जिद्धी नगर त भनेकै हो तर धेरै जिद्धी नगर भन्न सकिन । उ नजन्मुन्जेल सम्म पनि हामीलाई थाहा थिएन कि उ छोरा थियो कि छोरी । तर उसैलाई अप्ठेरो होला भनेर उसकै मायाको खातीर मैले त्यस्तो कुनै टेस्ट पनि गराईन । आमाको पेटमा भएको वेलामा पनि उसले आफ्नी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीले हेरिरह्यौ

~राकेश कार्की~Rakesh Karki

तिमीले के सोचि हेरिरह्यौ
म गइरहेँ
हवाइजहाजमा आँखा चिम्लदा
तिमी मै भइरहेँ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गज़ल : त्यो नज़रमा नज़र जुधाउनेछु एकदिन

~प्रकाश आर. पाण्डेय “अपरिचित”~

त्यो नज़रमा नज़र जुधाउनेछु एकदिन
तिमीलाई म आफ्नो बनाउनेछु एकदिन

तर्की बस प्रिय तिमी सक्छौ जबसम्म
सपनीमा आइ सताउनेछु एकदिन बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : समर्पित

~नारायण तिवारी~Narayan Tiwari

 भ्रष्टाचारको माखे साङ्लोलाई तोड्न नसकेर एवं उनीहरूसितै कुममा कुम मिलाउन नसकेर , हारेर मैले नोकरी छाडिदिएँ । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिमी कता जाने हो ?

~सुन्दरनाथ भावुक सुनिल~

यो बाटोले सोध्छ तिमी कता जाने हो ?
मैलेपनि भनिदिएँ जता तिम्ले लाने हो

यात्रीहरु धेरै छन् यहाँ गन्तब्य नपाएका
नियतिले पनि भन्छ दुख कति खाने हो ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : विपना सम्झि साँच्न थालें

~राजन काफ्ले~

कल्पना सपना रैछ विपना सम्झि साँच्न थालें
सम्झना मृत्युमा रैछ जीवनमा सम्झि बाँच्न थालें

भाग्य खोटो छैदै थियो कर्म पनि कस्तो रुखो ?
विफलता गर्भमै कोरिएको नियतिलाई जाँच्न थालें Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : मनमा माया

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

मनमा माया छैन हजुर देवतालाई चढाईंदिए
धोका मात्र पाएपछि म त हजुर ढुङ्गा भएँ

आस्था जगाई ढुङ्गा उठाई देउता भनि पुजौला
चोखो दिलले,भत्तिभावले अर्पण पनि गरौला
निरर्थक तिम्रा पुकार म त हेर निर्जिव भए Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पुग्नु टाढा छ

~नाकिमा~Nakima_1

घामले आँखा खोलिसक्यो
पाखा-पर्वत चुमिसक्यो
उठ ए मान्छेहरु
पुग्नु टाढा छ ।

पीठो-गुन्द्रुक उमालेर Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कुनै काम हुदैन

~शम्शेर रानामगर~Shamsher Rana Magar

ढुंगा ढोगेर कुनै काम हुदैन !
दुधले धोएर कोहि राम हुदैन !

आधा पेट नखाई माग्नेलाई दिनु
त्यो भन्दा पर अर्को नाम हुदैन! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : निलकमल भई फूल्यौ !

~राज थापा~Raj Thapa

तिमीलाई लालिगुँरास फूल सोच्थे मैले
निलकमल भई फूल्यौ परदेशमा अहिले !

देसको सिमा नाघे पछी मनको भेष फेर्यौ
घुम्ति घुम्ति मायाँ फेर्दै अतीस्वार्थि बन्यौ ! बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : बिछोडका आँशु

~कृष्ण के.सी.~Krishna KC

आँशुलाइ द्र्ब्यमा मूल्यांकन गर्ने हो भने यसको मूल्य कति हुदो हो ? आँखाबाट खस्ने यी आशुहरुका प्रवृति हरुका आधारमा यसलाई बर्गमा विभाजन गर्ने हो भने कति बर्गमा विभाजित गर्न सकिन्थ्यो होला र हरेक बर्गको मूल्य कति निर्धारण हुन्थ्यो होला | यस्तै यस्तै सोचिरहेको थिए बिछोडमा खसेका आशुहरुलाई देखेर | हुनत जीवनका लामा-लामा कष्टकर दिनमा कति रोएर आँशु बगाइयो बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : शङ्कर भर्सेस नित्सेका प्लाज्माहरू

~सुरेश प्राञ्जलि~suresh pranjali

केका लागि विचार, दर्शन ? संसार बदल्नका लागि ? जोखिरहन्छ मेरो मस्तिष्क वैचारिक तराजुमा राखेर शङ्कर र नित्सेलाई । अनि, किर्केगार्ड, हिगेल, फुकुयामा, कार्ल पोल्यानी, सामुअल हन्टिङटनलाई । सा“च्ची, वेदान्त दर्शन र साङ्ख्य दर्शनबीच के अन्तर छ ? के हन्टिङटनको ‘क्ल्यास अप्m सिभिलाइजेसन’ पढेर सक्दा मेरो जीवन पनि क्यास हुन्छ अब ? अथवा फ्रान्सिस फुकुयको ‘द इन्ड अप्m हिस्ट्री एन्ड द लास्ट म्यान’स“गै मभित्र विचारको कर्नाली जन्मियो ? एउटा द्वन्द्व जन्मियो । मलाई थाहा छैन, द्वन्द्ववादको कुन तहसम्म त्यो द्वन्द्व पुग्छ । Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : साकी प्याला भरिदेऊ

~सुरेस खनाल~

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमिलाई थाहा छैन,
आज अझै चुर हुनु छ मलाइ।
भर्खर त साँझ पर्रयो,
भर्खर त मेरो गाला र घाँटि रसिलो भयो। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~ऐत राज तुम्रोक~Aitaraj Tumrok

म लिम्बुवानका कलमी सिपाही
लिम्बुवान ब्युझाउन चाहने
म लिम्बुवानका कलमी सिपाही
लिम्बुवान बच्चाउन चाहने
म लिम्बुवानका कलमी सिपाही
लिम्बुवानका ईतिहास लेख्न चाहने
म लिम्बुवानका कलमी सिपाही
लिम्बुवानका नक्सा कोर्न चाहने
त्यसैले खबरदार Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमीले छाडेर जाँदा

~सुनिता गिरी~Sunita Giri

संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो,
जिवनमा शोकको बाढी आउँदा,
अनायासै जिवनमा पहिरो जाँदा
ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा
जाली रुमाल झै बुनेका सपनाहरु ,
छरपस्ट भुइभरी छताछुल्ल पोखीदा,
कलम बाट कविता होइन,
आँशु बग्दो रहेछ ,भक्कानीएर मुटु फुट्दो रहेछ ,
आमा तिमीले छाडेर जाँदा .।।।२ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमानका घाउहरु

~कल्पना तुम्रोक~Kalpana Tumrok

मनका दुखाईहरु दुखेर पनी पुगेन मलाई,
चाहनाका पहाडहरु भत्किएर पनि,
बर्तमान दुखेन,
म वर्तमानलाई दु:खाउनु चाहन्न।

मेरो अतित लाई धेरै दुख्यो,
निर्दोस नयनलाई पनि रुवाउनु चाहन्न । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फुल्नुको लालच सँग मलाई मोह छैन

~आचार्य प्रभा~acharya Prabha

बरु मेरो अभिमान ढकमक्क फुलेर झरोस
मलाई कुनै गुनासो छैन ,
फूल्नुको लालचसँग मोह छैन
किन कि फूल्नुसँग सबै मोहित हुन्छन
तर… फुल्नुको अर्थमा
अभिमान फुल्नु हुन्न ,
रिस,राग अहंकार, फक्रिनु हुन्न
त्यस्लाई त जरैदेखी कुल्चिएर मास्नु पर्छ
किन कि…… फुल्नुको अर्थलाई जब
त्यस्ले कलंकीत बनाउछ भने
बरु मेरो…… स्वाभिमान , Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिश्वास

~कला राइ~Kala Rai

टेकेर परदेशको माटो
झ्याम झ्याम
डवाङ डवाङ
ढोल झ्याम्टा सगै
नाच्दा किरात पहिरनमा
हल्लाउदै साकेवा पाइला
यस्तो लाग्छ
जुरुक्क जुरुक्क तालमा
नाचिरहेछ ताइमोसन
ब्यातिगत स्वतन्त्रको
दुहाइ सगै
केही महानु भावाहरु
किन नबनुन
आधुनिक धर्मलम्बी
किन नमिसिउन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिबनका केही अबसेषहरु

~कल्पना तुम्रोक~Kalpana Tumrok

समयको गति सँगै, भेटिनु अनी छुट्टीनु
बिधीको बिधान नै रहेछ
मानब जन्मदै मृत्युलाई अङ्गालेको हुन्छ
अपरिचित थियौ, परीचितको रेखामा भावनाको साइनोले
हाँसी बोली स्वछ अटल हाम्रो पवित्र माया थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेश

~उमेश र्राई ‘अकिञ्चन’~Umesh Rai Akinchan

यादहरूको यात्रा
हिडिरहेछ
प्रवासी मन
नीलो पर्दा समुद्रमा
हेर्दै
जिन्दगी, चलचित्र
थाहा छैन
कसले छायाङ्कन गरेर
राखिदियो आँखामा
पीडाका पहाडहरू
समुद्रको हावाजस्तो
किन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ती क्षेत्र नेपाल

~शुस्मिता शर्मा ढुंगाना~

यो हाम्रो शान्ती क्षेत्र नेपाल
यो प्यारो शान्ती क्षेत्र नेपाल
किन ! अशान्ती को मालाले जेलिएको छ
किन ! अनेकौ जनजेलले जेलिएको छ
हेर-हेर बीर नेपाली सगरमाथा रोइरहेछ !!!!

शान्ती र स्व्च्छ थियो कति यो नेपाल
त्यति नै रमणिय र प्यारो थियो यो नेपाल Continue reading

Posted in कविता | Tagged | Leave a comment