मेरो प्रेम प्रस्तावको जवाफ खोज्दैछु
कसो गर्दा राम्रो हुन्छ इन्साफ खोज्दैछु
कहाँ भेटुम कहिले भेटुम प्रेम दिवसमा
तिम्रो लागि भनी रातो गुलाफ खोज्दैछु ।
—————————————
लौ यो समाउ रातो गुलाबको फूल
यो नै हो मेरो प्रेम प्रस्तावको फूल
धेरै तिर खोजें सबै कागजी पाएँ तर
यो लेउ फुलेको सत्भावको फूल ।
………………………………………..
-कुवेरदेव मृदुल लिम्बू
(स्रोत : Fyangkhola )

