लघुकथा : अवसर

~आचार्य प्रभा~acharya Prabha

साथीको फोन आयो, उठाएँ । प्रभा…तिम्रो रचना छापिएछ नि फलाना…पत्रिकामा हेर्‍यौ ? मैले उत्तेजित हुँदै भनें बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नेपाल कम नेपाल

~सरुभक्त~Sarubhakta

कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर
जीवनका मृत सागरमा
म रोलर कोस्टरका सपनाहरु देख्दैछु
ढापसुङ वस्तीतिर
कठपुतली आत्माहरु
साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन्
संघात तरङ्गः दन्दनाउँदा रथहरु
भुत्याहा जाहाजहरुमा सवार छन्
पग्लिएका ढुङ्गाहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर समय

~सरुभक्त~Sarubhakta

मृत्युमहोत्सव
पीडाहरुको कोलाहल वगेर
आखेटिक विश्वासहरुमा
धुमकेतु उदाएको वेला
म हब्वलका आँखाहरुले हेर्दैछु
मान्छेका अन्तरिक्षहरु
उन्मीलित ताराहरुको देश
च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि
किरणस्नान गर्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरा

~सरुभक्त~Sarubhakta

मृत्युपर्वत
हिमयुगदेखि हिमयुगसम्म
आफ्नै भारले नुहेका चुलीहरु
साइवरयुगीन महाभारत रच्दैछन्
अन् लाइन च्याट्का हिमावर्तनहरु
नियति सञ्जालग्रस्त छन्
चतुर्थ महाकल्पका आविर्भावहरुदेखि
किन मानवता एक अन्त्यहीन युद्धमा
होमिएको छ ?
हेर ! हेर ! जीवाष्महरु
वटिकाष्म उपकरण बोकी डायनासोरस र
महागजहरुको सिकार गर्दैछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ‘खानी हो यो पानी ?’

~चट्याङ मास्टर~Chatyang Master

बुढापाका भन्नी गर्थे सुन बाबु नानी
जस्तो खानी पानी उस्तै हुनी बानी
मुहानको पानी खानी बुद्धिमानी
चुहानको पानी खानी भ्रस्ट बानी । बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साइवरपीडाः तारकयुद्ध सञ्जालहरु

~सरुभक्त~Sarubhakta

जिन्दगीका मिथकयात्राभरि छन्
खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ
र आनिकहरु ?
अफिमखेतीः च्वेस्याङ र फाहियानहरु
श्रापित विरुपाक्ष भूमितिर
आजभोलि वाढीग्रस्त छन्
मितेरी साँधुहरु
ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघु कथा : आत्म हत्या गरे तिम्रो गर्भको साहित्य मर्नेछ

~राज थापा~Raj Thapa

पेरिस ” गाउले ” जन्मदै आफुले ३ ( तीन ) किसिमका ऋण लिएर आयको बताउथे ! तिहुन पितृ,देब ,ऋषी,मनिसले जन्मदै यो तीन ऋण बोकेर आयको हुन्छ ! यो पुरा गर्न नसके मानिसको जिवन सफल हुदैन भन्ने उनको धारणा थियो ! मेहनती , इमान्दर , सहयोगी र धर्मिक आस्थाका उनी सबैका प्रिय थिय ! दु:ख सुखले एक साधारण नोकरी गरी काठमण्डौमा आफ्नो परिबार सँग जीवन बिताइे रहेका थिय ! देशको स्थिती द्वन्द तिर उन्मुख भाईरहदा उनले आफ्नो असुरक्षा बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शहर

~मेख ब थापा~

वास्तबमा भनौ भने स्वार्थि बस्ने शहर
अरुलाई मारि–मारि इच्छा पुरा गर्ने शहर बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य छोक : म र देश

~चट्याङ मास्टर~Chatyang Master

मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्,

मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्,

मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्, बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कबिता : झरेको देखें मैले

~प्रतिमा के.सी~

प्रकृतिका फुल पनि फुल्दा फुल्दै झरेको देखें मैले
चाहे पनि अजम्बरी अल्पायु मै मरेको देखें मैले

दुखद दृश्य के देखेथें भावविभोर भए म पनि
हाँस्य कलाकारले सबेरै आँसु छरेको देखें मैले बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : रोर्इ रहेछ जापान

~निरेल खरेल ‘बिमली’~

प्रकृतिको निर्मम लाठी, तिमी माथी ढाल्यो,
कस्तो कर्म गरयौ जापान यस्तो भोग्नु परयो ।।

भीर पाखा सबै सोहोरी, रिक्तो बनार्इ दियो,,
हाँसो खोसी अँ।शुको, त्यहाँ भेल बगार्इ गयो ।। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हुन्छ क्या हुन्छ

~चट्याङ मास्टर~Chatyang Master

यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्छन् नि भन्नलाई
यताउति हेर न भाइ, हुन्छ क्या हुन्छ

भ्रष्टाचार गर्नु हुँदैन, अन्याय गर्नु हुँदैन, भन्छन् नि भन्नलाई
ठुला बडा भनाउँदाको चाला हेर, हुन्छ क्या हुन्छ बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सूची

~सरुभक्त~Sarubhakta

सिकारी हावाः प्यारापिटमा उभिएका जुलुशहरु
किचकवधका पूनरावृत्तिहरु हेर्दैछन्
खरायो वर्षभरि
सफाया अभियान चलेको छ
वेलुनको पृथ्वी
स्लोथगतिमा घुमेको छ
हामी कृषकामा आत्माहरु
चमेरा फल्ने रुखहरु मन्तिर चिडियाखानामा
खैनीखाने वाघहरु हेर्दैछौं Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परजीवी आतंक र देश

~सरुभक्त~Sarubhakta

आप्तकामः जीवनका कार्निवलहरु
पदार्थहरुको सम्वेदनामा
घडीको सुई रोपिएर
उल्कापातका “ऋत” जन्मन्छन्
अन्धो इतिहास
धृतराष्ट्रहरु जन्माउँछ
कार्निभोर – वहुला मान्छेका डायरीहरुमा
श्रापित पदचिन्हः पातलो हावाका उच्चताहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाका याम हरू

~सरुभक्त~Sarubhakta

मायामन्दिर
ढुङ्गाका मनहरु रोएर
हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं
जिन्दगीका त्रासदीगाथाहरुमा
नरभक्षीहरुको अवतरण छ
पीडाका यामहरु टेकेर भगुवा विश्वासहरु
ज्वालामुखी पर्वततिर लागे
जाउँ, वसाईं सरौं अन्तरिक्षतिर
अहिले नेपालमा बस्नु ठीक छैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आंफुलाई नेपाली ठान्छौ भने नेपाली भएर जिउन सिक

~सन्तोष कोइराला~ Santosh Koirala

माथी T-Shirt र मुनि जिन्सको पैन्ट लगाई जब बिदेशी भूमि मा हिंढ्छौ
तिमी आंफुलाई सके सम्म तिनीहरुकै पारा मा ढाल्न खोज्छौ
दाल भात छोडी तिमी अब पिज्जा बर्गर मा दिन बिताउँछौ
बिदेशी नागरिकतामानै तिमीले आफ्नो शान पाउँछौ

अहिले सम्म बोल्दै आएको “जीरो” तिम्रो लागि “वो” बनी सकेको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम

~दुर्गा खनाल~Durga Khanal

शव्दहरु छोटिदैछन, छैन आज यहा सरम
सिया जस्ता शव्द लेख्न समाए मेरो कलम ।।

लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट
मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : ‘एक हातको ताली’मा आलोक

~होमनाथ सुवेदी~ Homnath Subedi2

विधाभञ्जनको जाँड लाएको युग हो यो । त्यसो त राज्यको सीमा नाघेको डायास्पोराको युग हो यो । यो यहीको हो र यही हुनुपर्छ, निबन्ध भनेको यही हो, त्यो हुँदै हैन, त्यो त कथै हो भनेर ठोकुवा गर्ने परिभाषाका दाँत झरिसके । जो जहाँ-जहाँ भए पनि आफ्नो पहिचान भने कसैले हटाएर हट्दैन, कसैले लुकाएर लुक्दैन । साहित्यको पहिचान साहित्य हो भने त्यसभित्र रहेकै हुन्छ, चाहे विधाभञ्जन गर चाहे विधा निबन्धन गर । छ्र्यासमिसे भए पनि सामान्यतया गद्य र Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

निबन्ध : पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू

~दयाकृष्ण राई~Dayakrishna Rai

बन्धनको क्यानरीले गाउँछ मीठो गीत

सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ?

बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा भित्र कैद भएको क्यानरी चरी मुक्त हुन नसकेपछि कहिले विद्रोहको गीत गाउँछ त कहिले विरहको गीत गाउँछ तर आफ्नै भाषामा गाइरहन्छ । उसले आफ्नो अस्तित्व गुमाएर मानिसको भाषा मैनाचरी झैं अनुकरण गरेर गोपी कृष्ण कहो भन्नु भन्दा आफ्नै भाषामा विद्रोह बोलेर उन्मुक्त आकाशमा स्वच्छन्द पखेटा फिजाउँन खोजीरहेको हुन्छ । तर त्यो विरह र विद्रोहको परिभाषा नै नबुझे पछि त्यसलाई नै सुमधुर गीत ठानेर सुनिदिने ती मानिसहरू Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : लक्ष्मी पूजा

~निशा खनाल अर्याल~Nisha Khanal Aryal

सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरिपूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ऊ कवि हुन रमाउँछ

~चण्डी सुवेदी~Chandi Subedi

महाकवि देवकोटा
लक्ष्मी पूजामा जन्मेर पनि
लक्ष्मीले कहिल्यै साथ दिइनन्।
कवि बनेर ज्यान पाल्नु
देवकोटालाई एकादेशको कथा भयो। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नलेखिएको एउटा कविता

~तारा पराजुली~Tara Parajuli

बाँधेर
कठोर साङलोले
लिन आइपुग्छ अतित
प्रेमको आदिम चौतारीमा
जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी ।

उस्तै छैन आज म
भिजेको छ जीवनमा किताव
ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू
न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू
भदौमा भेल पसेको कुवाजस्तो
धमिल्लिरहन्छ स्मृति Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविता ..

~जुनिता सुब्बा~Junita Subba

यो कविता मेरो हैन !
बुझेर पढ भनेर म भन्दिन !!
कसरि लेख्नु पर्छ कविता
त्यो नलेखिएको पनि हून सक्छ
मैले बुझेर लेख्नु पर्छ पनि म भन्दिन !!

म सानो छदा, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना…..

~जुनिता सुब्बा~Junita Subba

बिना जराको रुखमा पानी हालेर
बहिरोलाई आवाजको गाली हालेर
के रुख हरियो हुन्छ र ?
के बहिरोले आवाज सुन्छ र ?

फुलको सुगन्धलाई काट्न खोज्छौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिहार

~बिजु सुवेदी ‘विजय’~Biju Subedi - Bijaya-2

के ? यो दिदिबाट भाईले आशीर्वाद लिने चाड हो ?
दिदिले भाइलाई मात्रै होइन हरेक ठूला व्यक्तिले आफूभन्दा साना व्यक्तिलाई
भित्री हृदयदेखि एक दिन मात्र किन सधैं आशिर्वाद दिनुपर्छ ।
यत्तिले मात्रै कहाँ पुग्छ र अभिभावककै भूमिका खेल्नु पर्दछ ।
सानाले पनि त्यसै गरी ठूलालाई सधैं आदर गर्नुपर्छ ।

के ? यो काग,कुकुर,गाई,गोरु पूज्ने चाड हो ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्को जन्ममा म देवता हुन्छु

~हरिवंश आचार्य~Haribansha acharya

अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु
सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु
मेरो मन्दिर घुम्न लगाउँछु , भजन कीर्तन गर्न लगाउँछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : खाली बोतल, पुराना कागज

~चट्याङ मास्टर~Chatyang Master

मेरो शहरमा हरेक दिन, एक साइकलवाला आउँछ,
खाली बोतल, पुराना कागज, किन्न बोल लगाउँछ ।
हिजो साँझसम्म,
मेरो घरमा बोतल भरि थियो, म खाली थिएँ,
अनि रात पर्यो,
म भरि भएँ, बोतल खाली भयो ।
फेरि बिहान भयो,
बोतल खाली थियो, म पनि खाली थिएँ । बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मुक्तक : खुशी

~रिता राई~Rita Yamphu Rai

जीवनका उतारचढब थरी-थरी
दु:ख-सुखका पलहरु आउछन घरी-घरी ।
छुट्नु मिल्नु त जीवनको रित हो Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : चाहिन्न विहानी मझेरिमा

~ज्ञानेन्द्र गदाल~Gyanendra Gadal

तिमी उदायौ जून बनेर
यो रातको अंधेरिमा,
मात्र वादल नलागोस् अब
चाहिन्न विहानी मझेरिमा ।

दिनको वयान म के गरुं, रोएकै छु सधैं फगत
बरु आनन्द छ रात मै, तिमी हुंदाको यो बखत ।
तिम्रो शितल रोशनीले Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : उनले लडेको जनयुद्ध

~नारायण भुसाल~

उनका आँखाभरी आँसु थिए । उनी रुँदै सारा घटनाक्रमहरु बताउँदै थिईन । हामी पनि एक आज्ञाकारी बालकले आफ्नी आमाले भनेको कथा निकै शान्तपूर्वक सुने जसरी एकाग्र भएर सुनिरहेका थियौँ । उनका कुरामा रिस, क्रोध, दया माया सबैजसो भावहरु मिसिएका थिए । उनी छिन् छिनमै कहिले खुशी हुन्थिन मुहार उज्यालो हुन्थ्यो । सायद प्रसङ्ग बदलिरहन्थ्यो अनि फेरि मनस्थिति बदलेको जस्तो गर्थिन । उनको कुराहरुको हाउभाउ फेरिरहेको हुन्थ्यो । कहिले गहभरी आँसु रोक्दै निकै सिरियस हुन्थिन अनि साहनुभुतिको खोजी गरे जसरी बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीबाट खोज्दिन बाँकी अरु

~परदीप भटराई~

यदि तिमीले पिलाएको
एकै थोपा पानीले
कतै मेरो जीवन
बाँच्छ भने पनि
म मृत्यु सजिलै बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : दुःखीलाई राम्रो होस्

~बिजु सुवेदी “विजय”~Biju Subedi - Bijaya-2

दुःखी–लाई राम्रो होओस् भनि नै रहन्छु ।
मेरो पीडा दुःख सबै पिइ नै रहन्छु ।।

दैव अझै पनि झनै निर्दयी किन हो ?
यति बेला आफू अति झोक्रि नै रहन्छु । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment