कविता : बिना…..

~जुनिता सुब्बा~Junita Subba

बिना जराको रुखमा पानी हालेर
बहिरोलाई आवाजको गाली हालेर
के रुख हरियो हुन्छ र ?
के बहिरोले आवाज सुन्छ र ?

फुलको सुगन्धलाई काट्न खोज्छौ
बहेको हावालाई रोक्न खोज्छौ
के सुगन्ध काट्न सक्छौ र ?
बहेको हावालाई रोक्न सक्छौ ?

छाँयाबाट तर्सिनेले
हावाले उडाएको
पत्तोई पाएन
एक कदम फर्किएर छाँया लाई सम्म हेर्न भ्याएन
अचम्म भो !

-जुनिता सुब्बा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.