लेख : मार्क्सवाद र धर्म

~विष्णु प्रभात~Bishnu Prabhat

नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने छैनन् र सबै धार्मिक कार्यहरू बन्द गरिने छन्।”उनीहरूले यस्तो प्रचार गनर्ुृको एक मात्र आधारका रूपमा के पेश गर्दछन् भने कम्युनिस्टहरू मार्क्सवादी हुन् र मार्क्सवादले धर्मलाई मान्दैन। त्यसो हुँदा यस प्रचारको तात्पर्य बुझ्न मार्क्सवादले धर्मसम्बन्धी कस्तो धारणा राख्दछ, मार्क्सवादीहरूले धार्मिक विश्वासलाई कसरी हेर्छन् र समाजको विकासमा धर्मको कस्तो स्थान र भूमिका रहेको छ भन्ने विषयलाई समेत खोतल्नु पर्ने भएको छ। Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : प्लेकार्ड

~केशव शिलवाल~keshab-silwal

म हुँ एक प्लेकार्ड
राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित
जी-दशको बैठकस्थल अगाडि बोकिएको
एकदमै ओसिलो आँसु जतिकै
फुलेको मसिले लेखिएको
संधै फोहर कुल्चिएझैँ कुल्चिएको
मेरो अस्तित्व
आज मई दिवस
फेरि काम आउँछ मेरो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रहरहरु

~गिरीराज शर्मा~Giriraj Sharma

किन यसरी
भत्किरहन्छन् रहरहरु
थोरै अङ्कुरण हुन खोज्दा
निठुर आँधीले
भाँची दिन्छ
गुज्रिरहेको यो समय
दिनहुँ
रित्तो हात लिएर भित्र पस्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय–सत्ता

~प्रमोद धिताल~

कठोरभन्दा कठोर
तानशाहभन्दा पनि क्रूर
धेरै कठोर छ समय–सत्ता
पुरिन्छन् जसको प्रवाहमा
पुरिनै नसकिएका घाउहरु
ढल्छन् जसको प्रहारमा
अकल्पनीय महलहरु
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नायक र अभिनय

~आस्था के.सी.~Aastha KC

नायक
पर्दा उघ्रिन उघ्रिन लागेको छ अघिल्तिर
र, तिम्रो जीवन्त अभिनय हेर्न
दर्शकदीर्घामा सास थामेर
बसिरहेकी छु म ।

रंगमञ्चमा उक्लिनुअघि
देखाएथ्यौ तिमीले
थरी–थरीका इन्द्रेणी सपनाहरु
तिनै इन्दे्रणी सपनाहरु आज
सल्बलाइरहेछन् मेरा आँखाहरुमा । Continue reading

Posted in कविता | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : थुतुनो पुराण

~लेखनाथ गौतम~

थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने पनि धेरै छन् । मुखको अर्को प्रमुख काम बोल्नु पनि हो । बोली गोली पनि बन्छ जब त्यो खतरनाक हुन्छ । त्यस्तो बोलीले समय, ठाउँ र परिस्थिती अनुसार कम्पन पैदा गर्छ । सानो मान्छेको मुखले सानै बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मूर्त वस्तुभित्रको अमूर्ताकार

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

म सादा कागजको रिम
लेख ! तिम्रो सिद्धान्त…
चुपचाप सहि दिन्छु ।
पहाडले आकाश हेरे झैं,
आकाशले पहाड नियाँले झैं-

म त्यही अक्षरसहरुमा
तिम्रो/जीवनको रस निचोर्छु
बौद्धिक छलाङ,,,,,
मेरो निख्लम मनको
स्वऐन्द्रिक सम्भोगको भोगले
आयामलाई गर्भवती बनाएर
जन्माउँछु, एउटा तेन्जिंङ नोर्गेको साहास ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गेडी : यो शहर धमिलो

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

झिलिमिली बत्तिमा, यो शहर धमिलो
घर गाउँ सम्झेर, मनै हुन्छ अमिलो
कहर
भो नि आफ्नै बाँच्ने रहर

मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क

(स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

कविता : किन ?

~राकेश कार्की~Rakesh Karki

संहार गर्न सजिलो छ किन निर्माण गरुन् ?
हल्ला गर्न मजा आउंछ किन तपस्या गरुन् ?

भाषण गरेर फसाउन सकिन्छ किन चिन्तन गरुन् ?
रिमुट दबाएर नचाउन सकिन्छ किन स्वयं झरुन् ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Dim Sleep

~Sanjay Rai~Sanjay Rai

There was the continuous
Gush of winds
Blowing in and out
Simmering the rhythms of life Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : कसरी बसेँ हुँला ?

~विधान आचार्य~Bidhan Acharya

१.
यति धेरै दिन,
मलाई थाहा छैन
तिम्रो स्पर्शबिना,
म घाउ कहराएर
मलम नहुँदा
जीवनको दुख सहँदै
म कसरी बसेँ हुँला ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : प्रतिबद्धताको सम्बन्धमा

~विष्णु प्रभात~Bishnu Prabhat

जीवन सत्य छ। सत्यकै आधारमा कला ठडिन्छ। कला भौतिक यथार्थकै प्रतिबिम्ब हो, यो जीवनसँगै गाँसिन्छ। जीवन व्यक्तिमा अभिव्यक्त हुने साझा अस्तित्व हो। त्यसैले जीवन स्वतन्त्र भएर पनि समाज आश्रित छ। सामाज व्यक्ति र व्यक्ति समाज बिनापूर्ण बन्दैनन्। यी एक अर्काका पूरक हुन्। कला र जीवन पनि यस्तै छ। श्रमद्वारा खारिएको शीप, सामाजिक व्यवहारद्वारा आर्जित चेतना र प्रयत्नशील संकल्पको साधना यसका कुची हुन् जसले कलालाई अभिव्यक्ति दिन्छ। प्रयत्न बिनाको प्राप्ति संजोगको सम्भावना मात्र हो, यसको कुनै भर हुँदैन। बहाना बिनाको डुंगामा लक्ष्यबिनाको समुद्री यात्रा जस्तै अनिश्चित गति र गन्तव्यमा जीवन व्यक्त हुन सक्दैन। हावाका तरंग र नदीका छालसँगै बग्दा लक्ष्य भए पनि साकार बन्दैन। त्यसैे हाम्रो कला लक्ष्य प्रति हानिनुपर्छ, हाम्रो साहित्य अभिप्राय अनुकूल तानिनुपर्छ र हाम्रो सुसंस्कृतिक सामाजिक परिवर्तनको दाँती र पेंचकीला मानिनुपर्छ। यसका निम्ति स्वतर्स्फूत लेखन हानिकारक हुन्छ किनकि हाम्रो वर्तमान विभाजित छ। वर्ग विभाजित समाजमा चिन्तन पनि विभाजित हुन्छ। वर्गसत्ताको जगेर्ना वा ध्वंश नै Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ग्रहण नलागोस् खन्डकाव्य बारे

~गोविन्दप्रसाद आचार्य~

रामप्रकाश पुरीद्वारा लेखिएको “ग्रहण नलागोस्” खन्डकाव्य शुरूदेखि अन्तिमसम्म पढें, भूमिका पनि पढें। यस विषयमा केही कुरा भन्न मन लागिरहेछ, खन्डकाव्यभित्र प्रवेश गर्दा अलिकति पनि चोट र खोट भेट्न मलाई मुश्किल पर्‍यो। हाम्रो समाजमा बिहेको बेला नसिंगारिएको दुलही देख्दा बिहे नै होइनकी भन्ने अनुभूति हुन्छ। केही न केही रूपमा सिंगारिनै पर्दछ। जतिसुकै गुण भए पनि बाहिरी आवरण हेरेपछि मात्र कित प्रवेश गर्ने चलन जुनसुकै साहित्यकारको हुन्छ। मैंले यस खन्डकाव्यका हरेक Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : तपाईँ कुन खालको ज्वाइँ?

~चर्चित ढुङ्गेल~Charcheet Dhungel

ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।

१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘ए, नारान्!’

~मनोज गजुरेल~Manoj Gajurel

‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No Reading Nepali’ नै ‘NRN’ हो– जो बिदेश जानासाथ नेपाली ‘बिर्सिएको’ अभिनय गर्दछन्! केहीलाई लाग्दो हो– Now, Rocking Nepal को ‘छोटकरी’ रुप ’’NRN’’ हो। र केहीलाई लाग्दो हो, ‘NRN’ को ‘लामकरी’ रुप Now, Returning Nepal हो! बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : मागी मागी छोराऽऽऽ बे

~बासु श्रेष्ठ~Basu Shrestha

शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई ? बुआरी खुसुक्क भित्र्याए त भैगो नि। ढ्वाँग फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम दुमडी नचाहिने भे त हो त नि। दाम दुमडी नि चाहिने, अनि त्यो चैँ छैन तर रहर चैँ पुरा गर्नुपर्ने रे। अनि त्यो पनि मागी मागी। अनि फेरी त्योपनि आफ्नो बे हो र ? बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नेताजी भन्नुहुन्छ

~गिरेन्द्र प्रधान~

खुट्टा ढोग्नु परे पनि परोस् ।
चाकडी गर्नु परे पनि परोस् ।
पार्टी नै फुटाउनु परे पनि परोस् । बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : फाटेको नटाले कसलाई पुग्छ र ?

~बाबु त्रिपाठी~babu-tripathi

फाटेको नटाले कसलाई पुग्छ र ?
रुपियाँ पैसाले कसलाई पुग्छ र ?

यहाँ कुबेरको भण्डार त रित्तिन्छ
भन्नुहुन्थ्यो बाले – “कसलाई पुग्छ र” ? बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटाले अर्को नेपालीलाई

~राजीब नन्दन कर्माचार्य~

एउटाले अर्को नेपालीलाई मारेर केहि पाउदैनौ
मेची काली झै बगेको रगत हामी त हेर्न सकदैनौ
बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ
एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : विनलादेन

~गोविन्दप्रसाद आचार्य~

तिमी आतंकको आगो बालेर,
निभाउँने स्वाङ रचिरहेछौं !
तिमी विचार होइन ,
विश्वलाई आतंकको विष बाँडिरहेछौं !
तिमी विचारका जोगी,
र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ !

तिमी मान्छेलाई घैटोमा कुहाएर
रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ !
जन्माएर मार्न तिमीले आफ्नो आनन्द मान्दा रहेछौं !
तिमी पालेकालाई विष हालेर मार्दा रहेछौ !
विनलादेनमा रिस छैन, रिस हाल्ने तिमी,
विनलादेनमा विष छैन विष हाल्ने तिमी, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो सुदूरपश्चिम

~अनिलकिशोर घिमिरे~

शैपालको काखमा
निश्पट्ट हुस्सुभित्र
सङ्लो सेती रोइरहेको छ
खप्तडको हिउँ
मेरो यात्राको चुनँैती भइरहेको छ
लाली गुराँसको पहाड
मुस्कुराउन खोजे पनि
धारिलो भासु भिरले
मन सिरिङ बनाएको छ
घाइते मंगलसेनले
उपचार खोजिरहेको छ
हाम्रो कालापानीमा
गिद्दहरूको रजाई छ
प्यारो सुदूरपश्चिम Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भाउजु

~अनिता तुलाधर~Anita Tuladhar

दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको थुप्रो लिएर हतार–हतार लुगा धोइरहेकी भाउजूका हातहरू मिसिनजस्तै छरितो देखिन्थ्यो। लुगाको मैलो गयो गएन, त्यो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा विचार र कला

~राहुल पुन~

विचार र कलाको संयोजन साहित्य हो। एउटा साहित्य बन्न विचार र कला दुवै पक्षको विशेष महत्व रहन्छ। विचार विना कला र कला विना विचार हुनै सक्दैन। हरेक रचनाकारले कुनै पनि साहित्यको रचना गर्दा कुनै न कुनै विचारलाई अंगाल्नैपर्छ। त्यो विचार प्रस्तुत गर्न कुनै न कुनै कलाको सहयोग लिनैपर्छ। यसरी एउटा साहित्य बन्न विचार र कला दुबैको उचित मिलन हुनुपर्छ नत्र साहित्य कुहिरोको काग बन्न पुग्छ। यदि विचार बलियो र कला कमजोर भएमा वा साहित्यमा विचार पक्ष बढी भएमा साहित्य नभइ एउटा Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : गुरूडपुराणको नरक आतंक र पितृदानको नाममा हुने महाशोषण

~घनश्याम शर्मा पौडेल~GHanashyam Sharma Paudel

मृत्यु त्यत्तिकै सत्य हो, जति जीवन सत्य छ। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ भने मृत्यु सबैको लागि अप्रिय हुन्छ। यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम बुझेकाहरूको हकमा पनि त्यत्तिकै लागु हुन्छ। तर जसले जीवनजगत वा जीवनमूल्यलाई ठीक ढंगले बुझेका छैनन्, तिनको निम्ति त जीवनको मोह र मृत्युको भय अत्यन्त बढी हुन्छ। यसैले सामान्य मान्छेहरू मृत्यु शब्दको उच्चारण मात्र पनि अशुभ मान्दछन्। मुर्दादेखि डराउनु वा मसानघाटको नजिक जाँदा तर्सिनुमा पनि यही अव्यक्त मृत्युभयले काम गरेको हुन्छ। फेरि पनि सत्य एउटै छ, जन्मिने प्रक्रियासँगै मृत्युप्रक्रिया पनि शुरू भएरै आएको हुन्छ। नियमित प्रक्रिया वा आकस्मिक दुर्घटना जेबाट होस्, मृत्यु अवश्यम्भावी छ। Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : प्रवासी नेपाली मजदुरहरूको यथार्थ व्यथा बोकेको भीसीडी क्षितिजपारि

~नारायण शर्मा~

भेडा हेर्ने गोठालोको के सुनाउ र कथा
बेहाल छ झनै अझै उँट चराउनको व्यथा
महिनौं सम्म तलब दिन्न के खाएर बाँच्नु
बेचिएछौं मरूभूमिमा आँसु पिउँदै हाँस्नु
धन कमाउने रहर मात्र भो, पेट पाल्न गाह्रो भो
मन बुझाउन सारो भो, बाँच्न झन अप्ठ्यारो भो ….

आफ्नो प्यारो मातृभूमि र जहान लालाबालाहरूलाई चटक्कै छोडेर परदेशीने रहर त कसलाई हुन्छ होला र? तर पनि परदेशीएका छन् लाखौं नेपाली युवाहरू। देशभित्र रोजगारीका अवसर नपाएपछि बाध्य भएर विदेशी भूमिमा रगत र पसिना बेचिरहेका प्रवासी नेपाली मजदुरहरूको व्यथा निकै कहालीलाग्दो छ। त्यही कहालीलाग्दो व्यथाको यथार्थ चित्रण बोकेर एउटा भिसीडि बजारमा आइपुगेको छ – क्षितिजपारि। उपरोक्त गीत त्यही भिसीडीमा समेटिएको गीतको एउटा टुक्का थियो। Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : तिम्रा सामु झुक्ने छैनौं

~राजेश नेपाली ~

चाहे बर्साउ लाठी गोली तिम्रा सामु झुक्ने छैनौं
लाखौ आहुति दिन्छौं बरु यो क्रान्तिमा रुक्ने छैनौं

भित्रभित्रै जमिनबाट मूल बनि निस्किएछौ
सागर भेट्न बगिरहन्छौं बर्खेभेलझैं सुक्ने छैनौं

संघीयता रोक्नुपर्छ, देश जोगाउने हो भने Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : रिक्सा र साइकल चलाउँछौं

~एन.पि.मगर ‘रोल्पाली’~

किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं
रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं

देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले
गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं

भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : जीवनप्रतिको दृष्टिकोण

~मोहनविक्रम सिंह~Mohan Bikram Singh

कुनै पनि चीज वा विषयको परिभाषा गर्नु सधैं कठिन कुरा हुन्छ र कुनै पनि चीज वा विषयलाई परिभाषाद्वारा सहीरूपले बुझ्नु सम्भव पनि हुन्न। प्रकृति, समाज वा जीवनका अन्य सबै चीजहरू जस्तै जीवन पनि एउटा जटिल विषय हो र यसका सयकडौं, हजारौं, लाखौं पक्ष, पहलु वा रहस्यहरू हुन्छन्। मानव जीवनको प्रारम्भ कालदेखि नै जीवनलाई बुझ्ने वा आफ्नो समयको ज्ञानको स्तर अनुसार त्यसलाई बुझ्न प्रयत्न हुँदै आएका छन्। त्यही क्रममा कैयौं उखान, टुक्क, लोककथा, अन्धविश्वास, धर्म, कविता, महाकाव्य, उपन्यास, नाटक वा आधुनिक कालमा आएर सिनेमाहरूको रचना हुने गरेको छ। Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : आहाल भा’छ

~राजेश नेपाली~

तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा’छ
घर गाउँ देश सबै लथालिंग बेहाल भा’छ

बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो
तिमीलाई सम्भि्क रून्छन् आँसुको नै ताल भा’छ

तिम्री प्रिया बाटो कुर्छिन् छोरो बाबा खोइ भन्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : प्रसंग एक फ्याउराको

~गोविन्दप्रसाद आचार्य~

फयाउरालाई अंगुर अमिलो भएको कथा जोसुकैले सुनेका छन् र पढेका पनि छन्। त्यस कथामा फ्याउरोले अंगुर टिप्न उफि्रन्छ धरै प्रयत्न पश्चात् अंगुर खान सक्दैन र गुलियो अंगुरलाई अमिलो छ भनेर आरोप लगाउँदै हिंड्छ। यस्तै किसिमको प्रवृत्ति आज नेपालका राजनीतिक दलमा प्रवेश गरिसकेको छ।

वास्तविकतालाई एकातिर छिपाएर शब्द जाले भ्रममा दुनियाँलाई अल्मल्याएर आफ्नो स्वार्थ लिने वा त्यो ठाउँ छोडेर अर्को ठाउँमा प्रवेश गर्नका लागि ढोका खोल्ने यस्तो प्रवृत्ति हिजो आज छ्यापछ्याप्ती देखिन थालेको छ। एउटा प्रसंगको चर्चा गरौं–हिजो Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गोठ मै बस्थे रे

~टोष्ट राज क्षेत्री~

हाम्रा बाजे – गोठ मै बस्थे रे ,
निकै स्वस्थ थिए रे ,
शुद्ध दुध, दहि घ्यू महि सहित ,
कहिले कहिँ घर आउथे रे ,
अनि घर को दाल-चामल पोको पार्दै, बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

समालोचना : उपभोक्तावादको जादुगरी

~शम्भुनाथ~

आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरू निसर्गबाट खसेर पृथ्वीमा आइपुगे। निस्सन्देह यो राम्रो भयो, किनभने उनीहरू धरतीमा नै केही बिगार्न र सिर्जना गर्न सक्थे। स्वर्गमा यस्तो गर्न केही नै थिएन। यसपछि मानिस उपभोक्ता–मालहरूको संसारमा आयो, यो दोस्रो पाप थियो–आदम र ईभको दोस्रो महाभिनिस्क्रमण।

धेरैलाई संसारमा उपभोक्तावादको थालनी भारतीय सुती कपडा र मलमलको सत्रौं शताब्दीको अन्तिम दशकको कुनै बेला इंग्ल्याडपुगेको खेपबाट भएको थियो भन्ने जानेर आश्चर्य हुनेछ। यस फेशनले अंग्रेजहरूको रूचिमा परिवर्तन ल्याइदिएको थियो। भारतीय कपडाहरू उनीहरूका निम्ति प्रतिष्ठा चिन्ह बन्न पुगेका थिए। त्यतिखेर विश्वमा उपभोक्तावाद मात्र मुीभर अभिजनहरूका बीच सीमितथियो। बिस्तारैसँग उपभोक्ताहरूको संख्या बढ्यो। किसिमकिसिमका वस्तुहरू निर्माण हुन थाले। सामाजिक प्रतिष्ठाको प्रतिद्वन्दिता बढ्यो। आजको केही दशक अघिसम्म उपभोक्ता मालहरूले आफ्नो स्वायत्त संसार नबनाई आफ्नो वस्तुगत उपयोगिताको बलमा मानिसहरूका रूचि, विचार र जीवनशैलीहरूको Continue reading

Posted in समालोचना | Tagged | Leave a comment