गीत : बुद्धलाई अपनाऊ, शान्ति मिल्नेछ !

~ज्ञानेन्द्र गदाल~Gyanendra Gadal

रिसले होइन मायाले पो, संसार जितिन्छ
आफ्नै मनभित्र खोज, बुद्ध भेटिन्छ ।

सत्कर्मले जिन्दगीलाई, बाटो देखाउंछ
सत्धर्मले जिन्दगीलाई, जिउन सिकाउँछ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गल्ति मेरो

~सागर बस्नेत~Sagar Basnet

गल्ति मेरो दोषी मै हु के छ सजाय !
मिल्छ भने माफ गरिदेउ मैले बिराए !!

रिस हो कि डाहले हो जल्छ मेरो मन !
खडेरीको पत्कर सरि बल्छ मेरो मन !!
अरुसंग हास्दा तिमि, आखा भिझाए !!! Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : देश र निद्रा

~ओमप्रसाद घायल~Om Prasad Ghayal

देश व्यूँझने समय घर्किसकेको छ
देशवासीहरु
निद्रामा परेको देशलाई व्यूँझाउन
म यतिखेर गाउँशहरमा
जुलुश लिएर हिँडिरहेको छु
ज्ञापनपत्र बोकेर हिँडिरहेको छु
कतै प्रवचन, छलफल र अन्तरसंवाद…. बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

केस्रा : क्रन्दन

~कृष मगर~

तिम्रै लागि जिएँ
पीडा तिम्रो लिएँ

पानि रै छ आँशु Continue reading

Posted in केस्रा | Tagged | Leave a comment

मगर भाषा गीत : ङौ म्यार्मीनाङ रीका

~पुर्बछाने मगर~Purbachane Magar

ङौ म्यार्मीनाङ रीका टा ठुरी सानुय !
दिन हिल्चै मुमे औला बिचरी सानुय!

हुलाकी दाजै गद्दारी जाता की कुट?
रीक्ममाकामे की नाकै ङाक्च ङकी झुट?
झुक्डीया की ङाकी निस्ठुरी सानुय! Continue reading

Posted in मगर गीत | Tagged | Leave a comment

कथा : नजुरेको छोरो

~जयदेश श्रेष्ठ~Jayadesh Shrestha

धुरमुसे हात पाखुरा बलियो भएर पनि कहिल्यै मेहनति भएर काम गरी खानुभन्दा अरुलाई रिझाएर मागेर खान जानेका चतुर व्यक्ति हुन । दिनहु नयाँ एक दातालाई रिझाएर पेट भर्नु उसको दिन चर्या थियो । सायद दोह–याएर कोहीसँग हार गुहार गरेन । जोसँग माग्दछ उसले कहिल्यै नाई भन्दैन । कुन बेला कोसँग माग्नु पर्दछ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : के हेरेर बस्छौ अझै

~सरु आस्था~Saru Aashtha

आँगनको डिल मासियो के हेरेर बस्छौ अझै
देउता पनि प्रबासियो के हेरेर बस्छौ अझै

तिमी आसन मात्र खोज्छौ माटो घट्दा चिन्ता छैन
सीमाको साँध भत्किदियो के हेरेर बस्छौ अझै
Continue reading

Posted in गजल | Tagged | Leave a comment

Poem : Memories

~Abha Niraula~

For a long time,
after you left,
I tried so hard
to love my own skin.
But every inch of it
held your sweet smell Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~Biwash Pokharel

‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो ।

‘सर बिजी हुनुहुन्छ भनिदेऊ’ एकमनले लाग्यो व्यस्तताको बहाना झिकेर फर्काई दिऊ उसलाई । मलाई भेट्न आउने आइमाई अरु को होली र ! त्यही बहुलाई त होली ! त्यही ‘काउसो’ त होली ! जसले मलाई त्रासद छाया बनेर जिन्दगीभर पछ्याइरहेकी छे । खबर ल्याउने पियनले विशेष प्राथमिकता दिएको ‘लेडिज’ शब्दलाई आइमाईमा अनुवाद गरें मैले । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लेखिकालाई सम्पादकको प्रेमपत्र

~जोतारे धाइबा~Jotare Dhaiba

स्नेही लेखिका !

प्रेमिल कामना ।

तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरैअगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौँ न, भेट भएर पनि तिमी र म धेरै अन्तरालमा एक-अर्काको चाहनामा सराबरी मिल्यौँ । पहिलो पत्र लेख्दै छु तिम्रो नाममा । सायद तिम्रो जन्मसँगै यो पत्रको बीज फुटेको भए हुने थियो । तब तिम्रो आयुकै हाराहारीमा सोंच र समझ राख्न पत्रले सामर्थ्य राख्ने थियो । पत्र जतनसाथ पढ, के थाहा पहिलो यो पत्रपछि अर्को पत्र सायद नलेखिएला । प्रेम हामीबीच कायम रहे पनि पत्रको खाँचो हामीलाई नपर्ला । मलाई गर्ने प्रेमजत्तिकै पत्रले पनि तिमीबाट छत्रछाया पाउने आस छ । नत्र लेख्नुको अर्थ नै के…! बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : घर

~विवश पोखरेल~Biwash Pokharel

सम्भवतः आरती नतातेकी भए यतिखेर हामी त्यही कुचुङ्ग्रे डेरामा हुन्थ्यौँ । शयनकक्ष एउटै, भान्सा एउटै र बैठककोठा एउटै -अर्थात् थ्री इन वन । यथावत् हुन्थ्यो घरपतिको उही गनगन, उही कचकच । र हामी भोगिरहेका हुन्थ्यौँ मध्यरातमा, ट्रेन आउने प्रतीक्षामा, एउटा व्यस्त प्लेटफर्ममा, सयौं सहयात्रीहरूसँग, एउटा पटाङ्गिनीमा, पातलो दरी ओछ्याएर, लम्पसार पल्टिनुको नियतिमा । अहिले म जब यो घर हेर्छु, साह्रै नरमाइलो र शून्य लाग्छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : परिकल्पित सङ्घीय राज्यको परिचय

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरु :

१। लिम्बूवान राज्यकी लिली नामधारी २० वर्षीय युवती

२। विजयपुर राज्यका विजय नामधारी २१ वर्षीय युवक

३। कोचिला राज्यकी कोपिला नामधारी २२ वर्षीय युवती

४। किराँत राज्यका किशोर नामधारी २३ वर्षीय युवक

५। मधेस राज्यकी ममता नामधारी २४ वर्षीय युवती बाँकी पढ्नुहोस्

Posted in एकाङ्की | Tagged | Leave a comment

गजल : कसैका काँचै फूले

~राजन काफ्ले~

कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले
बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले

मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु
भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले Continue reading

Posted in गजल | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : नेता आतंक

~चट्याङ मास्टर~Chatyang Master

टिभी हेर्‍यो नेता देखाउँछ,
रेडियो सुन्यो नेता कराउँछ
छापा सबले नेता पढाउँ छ,
जनमानसमा नेता छाउँछ। बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नयाँ परिवेशमा मान्छे देवत्व र मान्छेत्व

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

एउटा पात्र छन् जो मानव सामाजिक विकासका बारेमा धेरै चाख राख्दछन् । आखिर उनी एउटा मानवशास्त्री न हुन् ।

पौराणिक कथाहरु उनलाई धेरै थाहा छ । तत्कालिन समाज व्यवस्थाबारे धेरै मनन गरेका छन् उनले । एकरात उनी पौराणिक वैवाहिक संस्थाबारे सोच्न पुगे । समाजलाई सुयोग्य नागरिक दिने एउटा समाजिक वन्धनको रुपमा कसरी तत्कालिन समाजले यो वैवाहिक सँस्था अनी वंशवीर्य व्यवस्था आदिको विकास गरे उनी चकित थिए । सोँच्दासोँच्दै उनी फसे एउटा समय जाजालमा । स्थान थाहा भएन कहाँ हो । समय थाहा भएन कहिले कुन युग हो । तर फसे एउटा समय जंजालमा ।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुस्तरि-सुस्तरी

~ऐत राज तुम्रोक~Aitaraj Tumrok

प्रिय साथीहरु
सुस्तरि-सुस्तरी केही पनि हुँदैन
खाली मृत्‍यु हुन्छ
सुस्तरि-सुस्तरी केही पाइन्न
खाली मृत्‍यु पाईन्छ
………
सुन
दोलकको लय मन्द हुँदैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुकले

~ऐत राज तुम्रोक~Aitaraj Tumrok

बन्दुकले धेरैलाई सलामि चडायो
बन्दुकले धेरैलाई मलामी बनायो
र देशले धेरैपटक फुल चडायो लासमाथि।

अब त गोलिको बर्षा हुँदैन भन्छन
रगत नै पानी बनेको गाउमा
आलो रगत हरायो भन्छन
तर कटकटिएको रगतको टाटा
फुर्बा दाइको पनि हुन सक्छ
सुब्बा दाइको पनि हुन सक्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र काँडा

~अपराजिता प्रभास~Aparajita Prabhas

सहिदको पवित्र हातले रोपेको फूल जोगाउन
मालीहरु आइसके
काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहन्छन्
तर काँडाहरुको छलकपटको सोचदेखि
सारा नेपाली जनता अघाइसके
किनकि Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : चन्द्रमाबाट देखिने ग्रेटवाल चढ्दा

~रमेश विकल~Ramesh Bikal

त्यो हो चीनको विशाल पर्खाल ग्रेट वाल अफ चाइना । यसलाई दुनियाँका आठ आश्चर्यमध्येको एउटा आश्चर्य मानिन्थ्यो । अहिले विज्ञानको द्रुत प्रगतिले गर्दा त्यस्ता आश्चर्यका वस्तु कति निर्माण भैसकेका छन् । त्यसैले ती पुराना आश्चर्यलाई आश्चर्यको बस्तु मान्न छोडिसकेको छ आजको पुस्ताले । तैपनि प्राचीन आश्चर्यका वस्तुहरुको मूल्य र पहिचान आफ्नो ठाउँमा उत्तिकै छँदैछ । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : शहीद

~सुषमा मानन्धर~Shushma Manandhar

त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन, द्वन्द र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि थियो ।
Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : प्लिज !

~चट्याङ मास्टर~Chatyang Master

देश बचाउने कुरा छोड्नुहोस् न प्लिज,

देशलाई केही भएकै छैन,

बचाउनुपर्ने नेपालीलाई हो,

विचरोलाई मारेर भ्याएकै छैन !! बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ” दलित ” वकल्न छोड दरिद्रहरु !

~राज थापा~Raj Thapa

सुन्दैछु मान्छे बनायो इश्वरले
सोधछु म इश्वर बनायो कसले ?
हिजो ढुंगाको मुर्ति बनायो कसले
त्यसलाई इश्वरभनि चिनायो कसले ? बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : सोध्दै छ्यौ रे के गर्दै छ

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

सोध्दै छ्यौ रे के गर्दै छ ,चिन्ता भित्रै जलेको छु,
दुखी पिडा सोध्छ्यौ भने भुन्ग्रोभित्र बलेको छु.

पैतालामा काडा रोप्यौ, हिड्नै बन्द होला भनि , बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फोन इन लभ

~नरनाथ लुइँटेल~Naranath Luitel

“नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।”

छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, तिम्रो चाला ? तिमी क्याम्पस गएर पढ्दैछ्यौ कि आवारा लोफर केटाहरूसँग सङ्गत गर्दैछ्यौ ? यस्तै ताल हो भने तिमी जानुपर्दैन क्याम्पस ट्याम्पस कतै पनि ! को हो त्यो ज्याकी कि जङ्की भन्या ?” बाबाको खप्की खाएर छोरी निकैबेर अवाक बनिन् । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : उनि राम्री अप्सरा झैँ

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

उनि राम्री अप्सरा झैँ मुटु चले जस्तो लाग्यो,
अर्कै संग बोल्दा त्यसै आत्मा जलेजस्तो लाग्यो.

हाँसो राम्रो अधरको फिजाएका केश घटा, बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ ,
बोलि चिसो हेराइ चिसो तनै चिसो यहाँ .

पारिलो घाम अस्ताइसक्यो न उदाइकन,
त्यसै चिसो दुनिया यो झनै चिसो यहाँ . बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कथा : अन्धविश्वास र चतुर्याइ

~पाल्पाली मिलन~

दानविर साहु शिवनगरकै एक धनाढ्य तथा दानी व्यक्तिको रुपमा प्रख्यात छन् । उनका तीन छोराहरुमध्ये जेठो छोरा दिपेन्द्र अद्ययनको सिलसिलामा हाल लन्डन गएका छन् भने माइलो छोरा यज्ञले हालै स्नातक तह सकेर आफ्नै व्यापार गर्ने उद्घेश्यले कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ भनी दानविर साहुका म्यानेजर झपेन्द्रसित मिली विभिन्न क्षेत्रको अद्ययन,अनुसन्धान गर्दै छन् भने
अलि चुलबुले स्वभावको कान्छो छोरो गोकुल भने नेपाल सरकारले स्नातक तहको लागि लिन लागेको छात्रवृति परिक्षाको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दोषि को ?

~बिजय कुमार नेपाल “ निर्दोष”~

कृष्ण र प्रकाश एकदमै मिल्ने साथी हुन् । उनीहरु SLC को परिक्षासँगै दिएका थिए र गणितको परिक्षा कृष्णले एकदमै राम्रो भएको बताएको थियो र प्रकाशले पनि राम्रै भएको बताएको थियो । कृष्ण विश्वस्त थियो कि राम्रो नं. आउनेछ । परिक्षा दिएको तीन महिनापछि परिक्षाफल निस्कियो । तर कृष्ण फेल भयो प्रकाश उर्तिण भयो बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक : संघर्ष

~ईन्द्र अधिकारी~Indra Adhikari

दृश्य १
(राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै)
राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग । बाँकी पढ्नुहोस्

Posted in नाटक | Tagged , | Leave a comment

कविता : तिहार

~हेमन्त श्रेष्ठ~Hemanta Shrestha

हरेक दिन
ढाडभरि
दाउराको छाप बोकेर हिड्ने
कुकुर
जिल्ला भ्रमणमा हिडेको
नेता जस्तै
घाँटीभरि माला लगाएर
आज लसकलसक हिडिरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : कञ्चन तिम्रो रूप

~चर्चित ढुङ्गेल~Charcheet Dhungel

समुन्द्रको पानीजस्तो कञ्चन तिम्रो रूप
अप्सराकी रानीजस्तो भन्छन् तिम्रो रूप बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : कवि

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

एकदिन उधोगपति र कविको भेट भएछ। उधोगपतिले कविलाई भनेछ -आ!कविजी के चाहिँदा नचाहिँदा कुरा लेखेर जीवन खेर फाल्नु हुन्छ?बरु बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment