कविता : पीडाको अनुहार

~ठाकुर बेलबासे~Thakur Belbase

कसरी थामिएँ म
बाढीमा बग्दा बग्दै
बाढीमै रूपान्तरित हुनबाट

पहिरोमा झर्दा झर्दै पहिरोको
डरलाग्दो भीरमा परिणत हुनबाट
कसरी जोगिएँ म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : भुसतिघ्रे छोराहरु

~ईन्द्र अधिकारी~Indra Adhikari

आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ ।

बाबु: त के गरौं ? कराउ, चिच्याउ । कि अब गएर लाप्पा खेलौं? जति भने पनि तेरा छोराको घैटोमा घाम लाग्ने हैन क्यार । मजाले बाबुको सम्पत्तिमा खान, लाउन पाका छन्, के चाहियो ।
बाँकी पढ्नुहोस्

Posted in एकाङ्की | Tagged | Leave a comment

संस्कृति परिचय : लिम्बू जातिमा प्रचलीत धाननाच

~हेमनाथ पौड्याल~

लिम्बू जातिहरुको बसोबास रहेको ठाउँ खासगरी नेपालको पूर्बी भेग ताप्लेजुङ्,तेह्थुम,पाँचथर,संखुवासभा र धनकुट्टामा “धान नाच” प्रचलित छ। धाननाच गीतिनृत्य हो र यसलाई लोकसंस्कृतिका रुपमा लिइन्छ। मानव जातिको सृर्जना संगसगै उनीहरुले आफ्ना कथा र ब्याथालाई अभिब्यक्ति दिने क्रममा लोक संस्कृतको सिर्जना भएको हो। यससंगै लोक मनोरञ्जनको सुरुवात पनि हुँदै आएको पाइन्छ। गाउनु Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : मर्नु अघि

~अशोक कुँवर ‘नेत्र’~ashok-kuwar-netra

हो कामरेड
मृत्यु निश्चित छ
तर यतिखेर म
बुबाको जिम्मेवारी
आमाको सपना
छिमेकीको बहलाई सम्झदै-सम्झदै
छिचोल्दै यी अनकण्टार जङ्गलहरु
गोडालाई नरोकी
पाइतालाका डोबहरु कोदैछु
हो कामरेड
मर्नु अघि मैले
केही माइल अघि बढ्नु छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : भरियाको गीत

~किशोर चाम्लिङ~

बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बादल बनाइदेऊ

~नीर शाह~Neer Shah

बादल बनाइदेऊ आकार बदल्न सकुँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ

जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी
चूपचाप सहूँ कसरी आफ्नै बदनामी
सस्तो बनाइदेऊ बजारमा चल्न सकुँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रङ्गमंचमा रोबोट

~नाकिमा~Nakima_1

जब थिचियो
रिमोटको अन बटन
तब तु हाजिर भयो
रङ्गमंचमा रोबोट ।

रिमोटको
पहिलो बटन थिचियो
र रोबोटले सिउरियो- Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सगरमाथा रङ्गिनेछ

~विशद~Bishad

सगरमाथा रङ्गिनेछ गुराँसको रङमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा

आफै बुन्छौ कंचनजङ्गा
आफै चुन्छौ स्वतन्त्रता
फिर्ता ल्याउँछौं नैनीताल आँदो साउनमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : प्वाल

~केशव राज आमोदी~Keshavraj Aamodi

यो प्वालैप्वालको संसार हो । प्वाल नै हावा, पानी र माटो हो । प्वाल नै जीवन र मृत्यु पनि हो । सम्प्रति, म घरका प्वालहरू टाल्दाटाल्दै हैरान भएको छु । घरमा वनमुसाको प्रकोप बढेपछि समस्या अरू जटिल बन्दोरहेछ । घरमुसाले प्वाल Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्र लेख : चर्चा : यौन विश्लेषणका

~कलानिधी दाहाल~Kalanidhi Dahal

परिचित मित्र गोर्खे साइँलो !
न्यानो अभिवादन ।

फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो Continue reading →

Posted in पत्र साहित्य, लेख | Tagged , | Leave a comment

यौनकथा : कल्पना

~सरस्वती शर्मा ‘जिज्ञासु’~Saraswati Sharma 'Jigyasu'

समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा उच्च दसमध्येमा परेको हुनाले र रमाले पनि बालखैदेखि पोखराको राम्रो बोर्डिङ्ग स्कूलमा पढेर एस्.एल्.सी. बोर्डमा पाँचौ स्थान प्राप्त गरकी हुनाले दुवैले इञ्जिनियरिङ्ग क्याम्पस पुलचोकमा पढने मौका पाएका थिए । रमा पहाडिया केटी भए पनि चट्ट मिलेको शरीर, गोलो र हँसिलो अनुहार, नहाँसी नबोल्ने साह्रै राम्री थिइन् Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मायाका कुरा गरेर गयौ

~अर्जुन खत्री ‘फडिन्द्र’~

मायाॅका कुरा गरेर गयौ
मन यो मेरो हरेर गयौ

के अर्थ लगाउॅ म यसको बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

मनोवाद : संविधानको प्रतीक्षामा म संगै मेरो देश रोइ रहेको छ

~कृष्ण के.सी.~Krishna KC

संबिधान निर्माणको रापिलो बहस चलिरहेको मेरो देसको हालखबर सात समुन्द्र पारीको यो देसमा रहेर पनि मैले बुझी रहेको छु l भौगालिक दुरीबाट जति टाढा भए पनि संचारको यो युगमा मेरा देसका हरेक खबरहरु जान्ने र सुन्ने मौका पाई रहेको छु l जान्नु मेरो रहर मात्र होइन अधिकार पनि हो l म जन्मिएको देस, म हुर्किएको देस, मेरो घर अनि आँगन रहरमा मैले त्यत्तिकै छाडेको पनि होइन l दुइ तर्फी बन्दुक पड्किदा निस्किएका बेअर्थका ज्वालामा बिनासित्तैको बलिदानी हुन् मनले मानेन l चाहेर पनि रोक्न नसकिएको त्यो बाँकी पढ्नुहोस्

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : रात ढलेको थियो अचानक

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

रात ढलेको थियो अचानक,
निभ्यो बलेको दियो अचानक . बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : गल्छेडामा बात मारी

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

केवल एउटै हासोभित्र मप्रतिको प्यार देख्छु,
तिम्रो न्यानो स्पर्शमा निमेषमै संसार देख्छु . बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालोको चौकीदारी

~कृष्ण प्रसाई~krishna prasai_1

त्यतिखेर,
सम्पूर्ण ताताहरू हराएका थिए ।
समस्त उज्यालाहरू बिलाएका थिए ।
र समग्र न्यानाहरू चोरिएका थिए ।
समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो ।
जसको उपस्थितिमा,
चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मति

~मोहनबहादुर कायस्थ~Mohan bahadur kayastha

शब्दकोशमा ‘मति’ भनेको के रहेछ भनेर मन लगाएँ । यसको शब्दार्थ भनुँ वा भावार्थ रहेछ- बुद्धि, समझ, सम्पत्ति, ज्ञान, राय, मत, इच्छा आदि । एउटै शब्दको बृहत् माने लाग्दोरहेछ । दङ्ग परेँ । अब कस्तो भावार्थ बोकुँ र ज्ञान खुलासा गरुँ । मनमनमा रातभर कुरो खेल्यो र निष्कर्षमा पुग्न सोचे जस्तो त्यति सजिलो भएन । रात छर्लङ्ग बित्यो तर मनले केही ठम्याउन सकेन र एउटा ताप जागेर मनले विहृवल गर्‍यो । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

छोक : छायाँ र स्वार्थ

~चन्द्र बिर तुम्बापो~Chandrabir Tumbapo

छायाँ र स्वार्थ
पछयाइरहन्छ
उज्यालो
अध्यारोलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान उठ्छ

~सबिना सिन्धु~Sabina Sindhu

क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर
मान्छे मान्छे भएर उठ्छ ।
न्यायको खातिर
मान्छे इतिहास भएर उठ्छ
सत्यको खातिर !
पाखण्डी इजलास
फेरी विस्थापित हुन्छ

जे होस् चिहान उठ्छ ।

ढुङ्गा जस्तै साह्रो पारेर मुटु
समयको सम्पूर्ण अधिकार
बिद्रोहको तुफान भएर उठ्छ ।
सिङ्गै कथा जन्माउँछ
बज्रिन्छ छातीमा असन्तुष्टिका भाग्य रेखा

अन्तमा
शरीरबाट रगतका छिटा
उच्छिट्टिएर आकार बन्छ देशको
आकार बन्छ मुस्कानको

चिहान क्रान्तिका लागि उठ्छ
चिहान शान्तिका लागि उठ्छ

जे होस् चिहान उठ्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास

~राधेश्याम लेकाली~Radheshyam Lekali

अनिर्णयको बन्दी भएर
राज्य स्वयम्
तरबार लिएर
युद्ध मैदानमा उत्रिएको छ
किमकर्तव्यविमुढ सर्वसाधरण
टुडिखेलको पर्खाल बाहिबाट
घोडे जात्राको गोला बारूद
अवाक् हेरिरहेछन्
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कालजयी कवि हरिहर शास्त्री

~राधेश्याम लेकाली~Radheshyam Lekali

जीवनको अनुभूतिलाई शब्दमा सिँगारेर अभिव्यक्त गर्दा साहित्य सिर्जना हुन्छ अर्थात् साहित्य चेतनायुक्त अभिव्यक्तिको माध्यम पनि हो । निश्चय नै साहित्यसर्जकले जीवनको अनुभूति सँगालेको हुन्छ तर अभिव्यक्तिका शब्दहरूमा चेतनाको लेपन लगाएर सामाजिक, आर्थिक, राजनीतिक र मानवीय संवेदनाका क्षेत्रहरूमा असल सन्देश पनि साहित्यले दिन सक्नुपर्छ । साहित्य जीवनको मार्गनिर्देश बन्न सक्नुपर्छ । आमपाठकसमक्ष पुग्ने साहित्यले अधिकांश पाठकको रुचिको विषय बन्न सक्नुपर्छ । साहित्यको विशिष्टीकरण पनि यही हुन सक्छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आमा

~राधेश्याम लेकाली~Radheshyam Lekali

यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर
आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु
सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु
स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु
सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु
आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ
आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ ।

यो विस्मृतिको बादलहरूका थुप्रो हटाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~राधेश्याम लेकाली~Radheshyam Lekali

दशैंमा नयाँ लुगा र जुत्ता होइन
गह्रँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे
दशैंमा भोज होइन
रिनै रिन खान्छ मान्छे

शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि
अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे
साहु कहाँ उज्यालो बन्धकी राख्दै
आफू पनि सजिन्छ, र
परिवार र घर पनि सजाँउछ मान्छे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म जुत्ता हुँ

~नारायण तिवारी~Narayan Tiwari

म जुत्ता हुँ
कोही लगाउँछ
म मर्दछु –
कोही फेरि लगाउँछ
· ·
खिइनु पनि मर्नु हो
म खिइँदै मर्छु
घिर्सार्छन् मलाई
मेरो नाम नमेटिउञ्जेल
पर्छार्छन् मलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिभावक, म र सम्झना

~मणि भद्र गौतम~

एक दशक र एक वर्षबितिसके
म मेरी आमाको काखमा नबसीकन;
आमा, आमा, आमा ए ! मेरी प्रिय आमा
हजुर यतिका वर्षम्म कहाँ ?

एक काल्पनिक जम्काभेटमा प्रत्येक वर्षम हजुरलाई यता उति बसिरहेको देख्छु,
तर जब मिर्मिरे बिहानी हुन्छ म देख्दिन हजुरलाई यता उति कहीँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुझाइहरूको क्यानभास

~कुमार आले~Kumar Ale

तपाईंलाई
कुन रङ्ग मनपर्छ ?
रातो,
तपाईंलाई ?
सेतो,
पहेंलो,
तपाईंलाई नि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भीडहरूमा एक्लो यात्रा गरिरहेकी नोरा

~गीता कार्की~

हुनसक्छ नोरा यही कतै होस्
आहतदेखि आहतसम्मको यात्रामा
आफूलाई सडकमा ओछ्याएर
आफै गाडी कुदाइरहेकी होस्
दन्त्यकथाको शिशिरजस्तै
हराएकी होस् अर्कै भूगोलमा

सायद इब्सेनका आँखाहरूमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ध्वजाको गीत

~अनन्तप्रसाद वाग्ले~Ananta Prasad Wagle

हररात धर्तीमा र्झछ
र निर्विध्न लडिबुडी गर्छ जून
पानीमा, माटोमा, जङ्गलमा, हिमालमा

प्रत्येक बस्ती मैलिएको छ
हरेकको मन धस्सिएको छ
को निदाउन सक्छ जूनको चित्कारले घोच्ताघोच्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : थाकेको म

~राजेश्वर कार्की~Rajeshwor Karki

जब कहीँ फूल र्झछ
म शोकमग्न हुन्छु
जब मेरो घाम डुब्छ
म रातग्रस्त हुन्छु
र हिँड्दाहिँड्दै थाकेको, म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : दन्त्यकथाको राक्षस

~राजेश्वर कार्की~Rajeshwor Karki

उहिले-उहिलेको दन्त्यकथामा
पहाड उखेल्दै
नदी सुकाउँदै
सखाप पाथ्र्यो रे
यस धरतीको राक्षसले
तर अहिले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इलाम

~राजेश्वर कार्की~Rajeshwor Karki

इलामले जुन बेला चिया रोप्यो
त्यस बेला उसले देशलाई सम्झयो
र देशलाई चियाबगान बनाउने सपना देख्यो

इलामको परिचय त हरियालीमा खुल्दै गयो
तर देश झन् उजाडिंदै/रित्तिंदै गयो
देश- कतै परिवेशमा रित्तियो
कतै भावनामा रित्तियो
कतै संवेदनामा रित्तियो
कतै अनुभूतिमा रित्तियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : हजार पीडाहरूको माया लागेर आउंछ

~मोमिला~Momila

हजार पीडाहरूको माया लागेर आउंछ
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
र्-र् इश्वरवल्लभ

उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ, मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment