कथा : मोनिका डार्लिङ

~सुनिता गिरी~Sunita Giri

जीन्दगी जिउने यात्रा अनुभुति सगैमनमा भावनाको सिगौरी खेल्दा खेल्दै मानषपटलमा नदि जस्तै बगीरहेका अनन्त उथुलपुथुल यादहरु सगै हङकङको जिवन यात्रामा गत साल मैले एउटा चाइनिज रेस्टुरेन्टमा वेटरको काम पाएकी थिएँ। मैले चाइनिज भाषा नजान्ने भए पनि साथीहरु मीलनसार हुनाले बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मानवअधिकार

~तुलसीहरि कोइराला~Tulasi Hari Koirala_1

केही व्यक्तिहरूले रातो कपडामा सेता अक्षर लेखिएको एउटा तूल टाँगेर नारा लगाउँदै गन्तव्यतिर हिँडे । उनीहरूले त्यो तूल टाँगेको एकजनाले नजिकैबाट हेरिरहेको थियो । टाँग्नेहरू ओझेल परिसकेपछि पनि उसले निकैबेर त्यो तूललाई हेरिरह्यो र मुसुक्क मुस्कुराउँदै आफ्नो शरीरतर्फहेर्‍यो । उसले तूलमा लेखिएका वाक्यहरू बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जोडिएको घर

~गोरखबहादुर सिंह~

म ससानो बजारको साँगुरो सडक पार गर्दै थिएँ एक हूल हाँसले बाटो काट्न थाले । सबै हाँसले बाटो पार गरेपछि गाडी अगाडि बढाएँ । तर एउटा अर्को हाँसले गाडीको बीचबाट बाटो काट्न थालेछगाडीको पछाडिको चक्काले छोएर हाँस घाइते भयो । गाडीलाई छेउ लगाएर रोकें ।
मानिसको भीड स्वाभाविक थियो । भीडमै घाइते हाँसको मोल गरियो । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : एक्लै हुँदाको मजामा मलेशिया

~कृष्ण प्रसाई~krishna prasai_1

सिटी वान प्लाजा ब्लक बी को ३८ तला माथिको आफ्नो कोठाबाट वाहिर हेर्न एक किसिमले काहाली नै लाग्दथ्यो । तरै पनि यति माथिबाट बाहिरको भागलाई हेर्नु मजै अर्को थियो । बाँकी पढ्नुहोस्

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : वैशाख मलाई नयाँ घाम देऊ !

~साम्ब ढकाल~Samba Dhakal

म युगौँदेखि परिबन्दको शिशिरले कक्रिएकोले
मेरा सुन्दर भन्दा सुन्दर प्रदेशहरूमा
सधैँ दुर्गतिको सिमसार पल्टिएकोले
न्यानो अति न्यानो पहार खोजिरहेको मेरो इच्छारूपी डँडाल्नुमा
वैशाख मलाई नयाँ घाम देऊ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : भगवानलाई चिठी

~लेन्को~

त्यस भेकमा एउटै घर थियो एउटा थुम्कोको शिरमा बसेको घर । त्यस अग्लो ठाउँबाट नदी बगेको अनि गौचरका छेउमा फैलिएको खेत देख्न सकिन्थ्यो । त्यो खेत पाकेको बाली र ठाउँ ठाँउमा सिमीका फूलहरुले सिँगारिएको थियो । यसैले त्यहाँ राम्रो बाली हुँदोरहेछ भन्ने भरोसा थियो । बाँकी पढ्नुहोस्

Posted in अनूदित कथा | Tagged | Leave a comment

संस्मरण : फ्युज गएको ज्यान, बिजुली मन !

~जोतारे धाइबा~Jotare Dhaiba

उहिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोटको फाँकोमा रङमङिदै गर्दा चेतमानसिंहको दिमागी पत्रमा पारिवारिक हिसाबको गोलचक्कर उम्रिरहेछ । चेतमान अर्थात् नेपाली कथासाहित्यका एक खेताला- मनु ब्राजाकी । अमेरिकालाई हाईहाई भन्नुअघि राजधानीस्थित आफ्नै घर भैँसेपाटीमा टोलाइरहेका थिए उनी । अमेरिकामा रहेकी छोरीले बोलाएकी छन्, केही समय बस्छन् र सुस्ताउँछन् ‘बाबा’ भनेर । उहिले आफूले डोर्‍याउने हातले यतिखेर आफैँलाई डोर्‍याउने बेला आइसकेछ, उनलाई होसै थिएन । हुन पनि उनलाई बेहोसीकै बिरामीले बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है

~आचार्य प्रभा~acharya Prabha

इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है
बाटो बीचमा काँडाहरु छर्दै गरोस है /

केही नहोला,मेरोलागी जस्तो सोँचे पनी
जस्कै कानमा कुराहरु भर्दै गरोस है / Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : सम्झौता

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

चौथो दिन अस्पतालमा मेरो।रात क्रमश छिप्पिदों छ। अधेरिंले ग्वाम्ल्याम्ङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाईसकिन। सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन्। कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्दपी बिरामीका आफन्तहरु यताउता गरिरहेकाछन् । त्यो भिडमा आफुलाई नितान्त एक्लो पाईरहेकोछु।थाहा छैन किन हो मनभित्र बेचैनीले बास गरिरहेको छ। कतिखेर यिनले छोड्लिन भनेर बडो ब्यग्रताका साथ म प्रतिक्षारत छु। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : संघर्षको कहानी तिम्रो पनि मेरो पनि

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

संघर्षको कहानी तिम्रो पनि मेरो पनि,
अन्तर्मनको नादानी तिम्रो पनि मेरो पनि . बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : म तिम्रो लागि योग्य छैन

~विना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

निला निला गगन
सेता बादलहरु
हरियो चौर
रङ्गीबिरङी फूलहरुको
एउटा सुन्दर बस्ती छ
जहाँको धर्ती
मायाका शितहरुले सिञ्चित छ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : थुइक्क तोरीलाहुरेहरू

~केशु बिरही~Keshu Birahi_new

हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्मेदारी सम्हालेका बुढा बाँकी पढ्नुहोस्

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अनिवार्यता

~विना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

दु:ख’ शब्द नै यति कठोर लाग्ने गर्दछ कि अधिकाशं मानिसहरू यो शब्दको उच्चारण नै गर्न डराउँछ नजिकै नपरोस भन्ने चाहन्छन् अनि आतिन्छन् मानौं शब्दमै काँडा छ र यसका तिखा सुईहरू चुभ्नेछ । अथवा भनुँ यसले घोच्दाको पीडा सहन सक्ने शक्ति तब छैन उनीहरूमा। तर म दु:ख मनपराउँछु। म दु:खलाई आत्मसाथ गर्छु ।

हुन त ममा पनि मानवीय गुण अनुरुप दु:खप्रति केही चित्त दुखाई नभएका हैनन् । तथापि म दु:खको अनुभव गर्न मनपराउँछु । यसै बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बूढो कविको कथा

~ओमप्रसाद घायल~Om Prasad Ghayal

१२ बर्षपछि त खोला पनि फर्कन्छ भन्थे
तर जिन्दगीदेखि रिसाएर प्रदेश गएका वेइमान खुसीहरु
अझै फर्केर आएनन् बूढो कविको दु:खको शिविरमा ।
झण्डै पाँचदर्जन बर्षहरु त
कविताका पानाहरुमा बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~ओमप्रसाद घायल~Om Prasad Ghayal

जिन्दगीको गाडी लिएर
पश्चिम यात्रामा हिँडेको म
यतिखेर ठ्याक्कै तिम्रो गाउँमास्थिर आइपुगेको छु प्रियदर्शिका
जस्केलोबाट हेर त
म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : मुक्तियात्राको बाटो

~ओमप्रसाद घायल~Om Prasad Ghayal

साँझ पर्ने क्रमसँगै सडकमा मान्छेहरु पातलिइसकेका छन् । वसपार्कबाट रात्रीबसहरु छुट्नेक्रम चलिरहेको छ । म पनि हातमा टिकट लिएर बसभित्र छिर्न लागिरहेकी छु । आजको रात्रीबस चढेर मलाई काठमाण्डौ जानु छ ।
ठीक सात बजे काठमाण्डौको लागि बस गुड्ने भएकोले म आफ्ना केही सामानहरुसहित बसभित्र बस्छु र आफ्नो सिट खोज्दै सीटसम्म पुग्छु, सिटनेरै पुग्दा बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो तीन दिन देखि म भोग्दैछु ,महशुस गर्दैछु । चाहेर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धोकेवाज तथा पत्थर दिल मान्छे !

~कोमल भट्ट~Komal Bhatta

इशु र इशान – केहि समय कार्यक्षेत्र एउटै थियो,पछी फेरियो । अत्यन्तै गाढा प्रेम थियो दुवैमा । भर्खरै २०/२२ मा प्रवेश गरेका यिनीहरु एक अर्काप्रतिको असिमित चाहना र समर्पणले गर्दा घन्टौ घण्टाको कुराइ,लामो प्रतिक्षाको थकाइ ,यता उता हेर्दाहेर्दै टट्टाउन पुगेका आँखाहरुको कुनै चिन्ता गर्दैनथे किनकि भेटेपछि सबैकुरा खुसीमा परिणत हुन्थ्यो । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजको हात

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

रामकाजी भर्‍याङ देखिनै गौरी उच्चारण गर्दै कोठामा छिर्‍यो।
के भयो हजुर ? गौरीले सोधी।
कैलाश देखिदैननी कता गयो ? बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वाह ! डलर मोह

~आचार्य प्रभा~acharya Prabha

पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइट ड्युटी जानलाई तयार थिइन् । उनको मन पनि धर्मर थियो ड्युटी जानलाई किनकी यता बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कस्तो होला हाम्रो भविष्य ?

~सजना गुरुङ~Sajana Gurung

परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ । समझदार र असल जीवनसाथी पाउनुको आनन्द र मजा नै वेग्लै ! राजधानीको बसाइ; वहाँ भाडाको ट्याक्सी बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिबदंमा कमली

~राजेश रुम्बा लामा ” अतृप्त “~Rajesh Rumba Lama

यस धर्तीमा पाइला टेकेको १९ औं बसन्त पार गर्दै गर्दा आज म चार दिवार भित्र जेलको चिसो कुनामा बसेर आफ्नो अतित सम्झिदैंछु र पोखाउदै छु सबै सामु । तर मलाई कुनै दु:ख र पश्चताप लागेको छैन । सानैमा बाबाको देहवासन पछी आमाको पाइला पछ्याउंदै होटलका जुठो गिलास माझ्दै बाल्यकाल बित्यो । शायद भाग्य मै नभएर होला, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गल्दागल्दै गलिसके भित्र भित्रै

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

गल्दागल्दै गलिसके भित्र भित्रै पाकेको छु,
हेर्दा हेर्दै दोबाटोमा आफैसंग थाकेको छु .

देखिने यी द्वेष सारा देखाउनै लागि मात्रै, बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

सामाजिक कथा : हल्लै हल्लामा चलेको देश-‘नेपाल’

~राजेश रुम्बा लामा “अतृप्त”~Rajesh Rumba Lama

सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरै भरि घाउ बोकेर मुडा झैँ लडेको छ । वरपर त्यो लाश हेर्ने मान्छेको भिड देखिन्छ । पुलिसहरु पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरु पनि आफ्नो नोट बुकमा त्यहाँको रिपोर्ट तयार पार्दै छन्,कोहि त्यो लाशको तस्बिर कोण कोण बाट आफ्नो क्यामरामा कैद बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अर्को भाग्य रेखाको पर्खाइमा

~बिमला अधिकारी देवकोटा~bimala adhikari devkota

सबैलाई थाहा भएकै कुरा हो। अभावको जीवन जिउन कति कस्ट र पिडादायक हुन्छ भनेर, तर के गर्नु भाविको लेखान्त मेटेर मेटिन्न भन्छन। चमेलीलाई पनि यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो दैवले। शायद छैठिको दिनमा चमेलिको भाग्यरेखा कोर्ने बेलामा भगवान लाई पनि सेतो कागज बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अभागी

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

सधै हँसिली देखिने माया त्यस दिन मलिन देखिन्थिन् ।
उसको मुहारमा कुनै कान्ती थिएन।सदैव तेज बिजुलीको चम्कहाट देखिने त्यो अनुहार वर्षाको बादल झै देखिएको थियो ,थियो त केवल बिषादका रेखाहरु जुन उनि मेरो अगाडी लुकाउने असफल प्रयत्न गर्दैथि । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केटी माग्न जाँदा

Indra Adhikari~ईन्द्र अधिकारी~

रातभरी अनिद्राले सतायो । टाउको भनन घुमे जस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कतिन पिए जस्तो गरी धङधङे लागेको छ । उसैलाई थाहा छैन, कारण । उ सधै सुत्ने कोठा पनि हैन, पलङ पनि । विरानो ठाउँमा छ । उसलाई कुनै रोग लागेको हैन, न पेय पदार्थको माद । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किर्तन माइलो र ब्रायन एडम्स

~अज्ञात कथाकार~

‘ओए माइला!’
एक साताअघि दिउँसो एक बजेतिर दरबारमार्गबाट ठमेल जाँदै गर्दा मैले उसलाई आवाज दिएको थिएँ। ऊ हातमा सन्ध्याकालीन पत्रिकाका मुठा बोकेर अन्नपुर्ण होटलको पेटीमा दगुरिरहेको थियो। सुनेन।

नाङ्लो बेकरी क्याफेअगाडिबाट म फेरि चिच्याएँ- माइला!

उसले अझै सुनेन। मैले रफ्तार अलि बढाएँ र नजिकै पुगेर च्याप्प उसका हात समातेँ। ऊ झस्कियो र मतिर फर्कियो। मैले भनेँ, ‘कत्ति बोलाइसकेँ, तिमी सुन्दै सुन्दैनौ।’
‘ह्या, मलाई फुर्सद छैन,’ ऊ त्यत्ति खुसी देखिएन। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : २०६४ को शुभ दीपावली

~डा. तारानाथ शर्मा~Taranath Sharma

आयो आयो उज्यालो घरवरिपरी बत्ती बालेर हाम्रो
कालो औँसी हटाई सबतिर सजिने फूलमाला छ राम्रो

लक्ष्मी हुन् आदिमाता धरणितलको सृष्टिलाई सम्हाल्ने
दुष्टात्माको उछित्तो गरी मुलुकको पाप पूरै पखाल्ने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी दिदिको कामना

~मन्जु निरौला~

मखमली सयपत्री फूलले सजाई दिउँ
ओखर कटुस भोगटे अनि निबुवा
सेलरोटी अनरसा मसलाले पुरि दिउँ
तिम्रा मटान आँगन अनि घरबार
पँचरङ्गी टिका निधारमा लगाई
दूबो सयपत्रीको हार पहिराई
तिमिबाट सहस्र अशिर्वाद पाउन सकुँ म
तिम्रो दिघार्यूको कामना शुभआशिष लिँदै
यम र यमिकाको भूमिका निर्वाह गर्न सकुँ म । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दीपावलीको शुभकामना २००७

~होमनाथ सुवेदी~Homnath Subedi2

त्यो सूर्यमा ग्रहण लाग्छ सदा रहन्न
यो देशमा दुर्दिन आउछ भाग्न हुन्न
मान्छेहरु चरित्रघात गरेर लुट्छन्
दीपावली अगि बढे अब सह्य हुन्न ।

लौ अन्धकार सब नै निचरेर आयो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि चेरी फुल्यो…

~बासु श्रेष्ठ~SONY DSC

फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो
मोनुमोण्टको छेउछाउ जेफर्सन मेमोरियल्
मलको पारीपटिट त्यस्तै लिङ्कन मेमोरियल्

टाईडल बेसिन वरपर ढकमक्क चेरी Continue reading

Posted in कविता | Tagged | Leave a comment