सबेरै यसै गरी डुल्ने गर्छन्
हावाका नियमित झोक्काहरु
गल्लिको अँध्यारो हुँदै हराउँछ बाँकी पढ्नुहोस्
“मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले ।
“अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! यी सबै मान्छेकै गुण, स्वभाव र विशेषता हुन् ।”
“मभित्र पनि छ– खराबलाई असल भन्न नसक्ने अज्ञानता । खराबलाई असल भन्न नजान्ने मूर्खता । गल्तीलाई ठीक नभन्ने अहंकार ।”
“मूर्खलाई मूर्ख भन्नु झन् मूर्खता हँुदो रहेछ । मैले त्यही मुख्र्याइँ गरेँ ।” बाँकी पढ्नुहोस्
उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो ।
अहिलेजस्तै–
प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो । बाँकी पढ्नुहोस्
~उपेन्द्र बहादुर ‘जिगर’~
दिल फगत मैले चढाएँ थे नजर होल भनी ।
यो दरदले त्यो दरदमा क्यै असर होला भनी ।।
निर्दयी झैँ झन हृदय टुकडा गर्यौ तरवारले ।
थाहा थिएन दर्दले तडपी हृदय रोला भनी ।। बाँकी पढ्नुहोस्
~बद्रीप्रसाद शर्मा~
जता हेर्छु मेरो अगाडि निराशा
जलेको बलेको गलेको छ आशा
घना रातमा पन्थको छु अकेला
न दीने भए काम यी नेत्र प्यासा बाँकी पढ्नुहोस्
बोल्दिनौ जालिम रिसाइ हिडिरह्यौ आँखा तरी
जिन्दगीको हौसला मेरो सबै बरबाद भो ।
छैन केही चाहना प्रेमको धोको पुग्यो
मतलवी संसारको रित बल्ल क्यै क्यै थाहा भयो । बाँकी पढ्नुहोस्
म तिम्रा अघी पर्न लायक् कहाँ छू,
यसैले अघी सर्न लायक् कहाँ छू ।।१।।
हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू,
बिना मर्जी आँट गर्न लायक् कहाँ छू ।।२।। बाँकी पढ्नुहोस्
~रुपेश ‘अनमोल’~
सुरज र श्रेया वचपनमा घनिष्ट मित्र थिए|सुतुतु,गोटी,एकखुट्टे खेल्ने साथीहरु मध्ये सुरजको साथी श्रेया एक थिइन्|स्कुल आउँदा जादाँको अनि घासँ दाउरा गर्दाको पनि साथी हुन् श्रेया…|अरु साथीहरु भन्दा भिन्न थियो उनीहरु दुईको मित्रता..,वालापन देखि नै एकापसमा सर-सहयोग गर्न लेन-देन गर्न देखि आवत-जावत गर्नमा कसैको बाँकी पढ्नुहोस्
~सरण राई~
उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउँदै मुस्कुराउँछु । उनी पनि मुस्कुराउँछन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक भए अमृतसमान हुन्छ । हृदयको गहिराइदेखि बाँकी पढ्नुहोस्
समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त ! साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु, प्रत्येक शब्द शब्दमा उनकै प्रतिबिम्ब देख्नु फेरी बन्द गर्छु । अनि हत्तपत्त बाटोमा साइकलको आवाज सुन्छु र बाटो तर्फ दौडन्छु बाँकी पढ्नुहोस्
अब के बाँकी छ र सबै दिइसकेँ
पिउदा पिउदै रहरहरु सबै पिइसकेँ
सबैको माया किन एउटै हुन्न
मेरो जस्तै तिम्रो किन मुटु छुन्न बाँकी पढ्नुहोस्
“पुषको ठण्डी मास,छिट्टै झमक्क साँझ परिहाल्छ । तराईको ठाउँ दिनभर पनि घाम लागेन।बिदाको दिन भनेर के गर्नु ? कतिबेला घाम झुल्केला भनेर पर्खदा पर्खदै दिन घर्केको पत्तै पाइन। लौ हेर सब्जी पनि सकिएछ।” बाँकी पढ्नुहोस्
शिक्षाको ज्योति प्रोफेसर र स्वास्थका देबी नर्स यी दुई श्रीमान् श्रीमतीमा कहिले मेलमिलाप छैन । श्रीमती ढिला आउँदा अनेकौ शंका उपशंका हस्पिटलमा डीयुटी अदल, बदलमा शंका गरी स्पस्टिकरण दिदैमा हैरान । प्रोफेसर क्याम्पस जादा सजिएर चट्ट परेर जानै नहुने । मोबाईलमा केटी फोन आउनै नहुने श्रीमतीले शंकाले हैरान । सधै बिहान , बेलुका सधै रडाको एकले अर्को लाई Continue reading
एक रात एक्कासी बिदुरले उ सँग नबस्ने निर्णय सुनायो। उसका कुराले बिद्या अवाक् बनी। घरको कुरा कोटमा दर्ता भयो।
कोटमा बोल्न पहिलो प्रथामिकता नारीलाई दिइयो।
कठघरामा उभिएर बिद्या बोली।
श्रीमान मेरो कसुर केही छैन। म अन्यायमा परेकी छु। बाँकी पढ्नुहोस्
~राजेश रुम्बा लामा ” अतृप्त “~
आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ती आज जीवनको उतार्दामा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरि व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा ।हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौ जीवन । जहाँ कुनै फूलहरु मुस्कुराउँदैन। तर..तर सबै भोग्न,हेर्न अनि बाँच्न विवश छु । बाँकी पढ्नुहोस्
चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । झट्ट हेर्दा रमेश र निशाको जोडी कता कता अमिल्दो देखिन्थ्यो । बाँकी पढ्नुहोस्
गौरीशङ्करका सुरम्य चुचुरा हेरी अघाउन्नथेँ
जस्तै दुःख परोस् म नेत्रपुटमा पानी बगाउन्नथेँ
ती सारा स्थिति छन् उदास मनले सम्झेर जाँदै छु म
मेरा हात प्रणाम गर्न पछि ता तम्सेर गर्छन् प्रण । बाँकी पढ्नुहोस्
जन्मेकै क्षणदेखि नै भर दिने माटो महान् ढोग्छु म
ढोग्दा बिघ्न परे परोस् जतिसुकै हाँसेर त्यो भोग्छु म
आफैँ जो छ अशक्त आतुर सधैँ मेरै भरोसा लिन
के दिन्थ्यो फल ज्ञात नै छ सहजै ढुंगो म ता ढोग्दिनँ । बाँकी पढ्नुहोस्
अबका दिन तिमीले कहिल्यै कसैसंग लड्न नपरोस्
बन्द हड्ताल र काटमार सुन्न नपरोस्
जीवन पथमा कुनै बाधा अड्चन आइनपरोस्
मनमा शान्ति र मुहारमा कान्ति सधै छाइरहोस्
अरु के दिउँ तिमीलाइ? Continue reading
माथिल्लो सदनमा
भर्खरै सकिएको छ तिम्रो सम्बोधन
बडो मिठोगरि आफ्नो शब्दसामथ्र्यले
देशबासीका नाममा तिमीले दिएको मधुर अभिव्यक्ति
र सुन्दर, शान्त र सार्वभौम नेपालको मार्गचित्र
मलाई किन लागिरहेकोछ
बाल्यकालमा मैले मेरी हजुरआमाबाट सुनेको ‘दन्त्यकथा’जस्तो । बाँकी पढ्नुहोस्
हरेकदिन सूर्योदयसँगै
भगवानतिर फर्केर तिमीले दिएको अर्घ
तुलसीको मोठमा जमिरहेको छ त्यत्तिकै
तिमीले श्रद्धापूर्वक अर्पण गरेको फूल
ओइलिएर मिल्किएको छ त्यही मन्दिरबाहिर
तरपनि फेरि उही फूलप्रसाद बोकेर
ए प्रिय मानिस
किन दोडिरहेका छौ तिमी हतारहतार
कथित भगवानको मन्दिरतिर ? बाँकी पढ्नुहोस्
~सुबीसुधा आचार्य~
प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्वि, बाँकी पढ्नुहोस्
१
सूजीतालाई सबैले प्यारो गरेर बोलाउँदा सूजी भन्ने गर्छन् । अहिले तिनी नौ कक्षामा पढ्दै छिन् । सूजी पठ्यपुस्तक त पढ्छिन् नै पुस्तकालयमा गएर अन्य ज्ञान विज्ञानका पुस्तकहरु पढ्न पनि औधि नै मन पराउँछिन् । तिनका बाबु आमालाई छोरीको यस्तो पढ्ने बानी औधी नै मन पर्छ । बाँकी पढ्नुहोस्
प्रकृतिको बरदान स्वरूप मानिस, मानिस भएर जन्मनु, सर्वश्रेष्ठ प्राणीमा रहनु वास्तवमा नै फरक प्रकृतिको विषय हो । आखिरी मानिस किन सर्वश्रेष्ठ भएका होलान त? यसको एउटा मात्रै उत्तर हो चेतना । जन्मने र मर्ने थुप्रै प्राणीहरू बीच मानिस सिंगो सर्वश्रेष्ठ भएर परिचय बनाउनुमा चेतना शक्ति वा बाँकी पढ्नुहोस्
मिति ठ्याक्कै याद भएन,२०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिक को सम्पादन गर्थेँ। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा दिर्घसिंह बम को जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न थालेको बाँकी पढ्नुहोस्
म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै शिक्षित थियो त्यतिबेला । र त म पनि हरेक बर्षका कक्षाहरूमा प्रथम स्थान ल्याउनै पर्ने बाध्यतासँग मिहिनेत गर्थे । गाउँ टोल र बाँकी पढ्नुहोस्
नर्टन अडोवन हस्पिटलको सातौ तलावाट तल जंगलतर्फ आंखा लगाए। जोडी हरिण घांस चरिरहेका थिए। रमाइलो लाग्यो। क्षणभरका लागि पीडा विर्सिए। लुइभेल डाउन टाउन, ओहायो नदी र आंखै अगाडि जस्तो उडिरहेका विमानहरु हेरेर केही वेर भुलिए। पर भित्ताको स्कुलमा विद्यार्थीहरु खेलिरहेका थिए। बाँकी पढ्नुहोस्
~पद्मलाल काफ्ले~
(पहिलो द्रिश्य)
(एउटा केटो झोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ )
हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ ,
नपाली पनको अस्तित्व यहाँ सङ्कटमा पर्या छ ।
आजकाल हाम्रो नेपाल देश रोएको देख्तैछु,
सपुतहरु छन् कहाँ आज लेकबेंसी खोज्दैछु ।
गाउदैछु आज वर्तमान स्थिति ढुंगा र मुढाको,
लिएनौ कहिल्यै शिक्षा र दीक्षा ती बूढा अग्रजको । बाँकी पढ्नुहोस्
‘आँसुको रङ्ग नीलो’ यो पढ्दा अनौठो लाग्न सक्छ । आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ, प्रश्न उब्जिन सक्छ । म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखँु कि रातो लेखुँ्?अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको छु । अरू कारण कथाभित्र खुल्दै जानेछ । कुरा आजभन्दा ११–१२ वर्ष अघिको हो । बाँकी पढ्नुहोस्
अमेरिकाको इस्ट-कोस्टमा रातको १२ बजिसकेको छ। ब्रेनट्री शहरका सडकमा कारको गति घट्न थालिसकेको छ। उता नेपालमा मथुराको बाउ श्रीनाथ कट्टेल पढाइ सिध्याएकी छोरीले लाखौँ डलर कमाइ हुने काम पाएर अमेरिकी वैभव भोगिरहेकी अनेकन् दृश्य रातभर सपनामा उतारेर बिउँझिएको छ। बाँकी पढ्नुहोस्