कविता : जाजरकोट

~मोमिला~Momila

प्रिय सम्बोधन ⁄
तिमी जहा उभिएर
मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई
म वारिबाट
तिमी उभिएको इतिहास सोधिरहेछु

यतिखेर
तिमी सहिद भएको इतिहाससंगै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्धसत्यमा पीडा

~मोमिला~Momila

हरेक सांझ
उज्यालो मबाट गुज्रिन्छ
तर मसंग उज्यालो रहन्न
…
हरेक बिहान
एउटा आशा
नबल्दै मेरो आंखामा निभ्छ
यसैले कि- Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा बलेको रात

~मोमिला~Momila

मेरो कविताको रोमान्टिक मुर्र्च्छना
यो रात
शब्दको किनारबाट भागेर, म-
तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु
यतिखेर मलाई
भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ
शब्दसंग शब्दको टक्करमा
केवल शब्दकै आविष्कार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको बिम्ब

~मोमिला~Momila

शून्यबाट
फूलको बिम्ब झरेको छ
पत्थरको बस्तीमा
कांडा र फूलको दूरी
नजिक भएर पनि
कत्ति टाढा र मौन लाग्छ
एउटै बिछयौनामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता देखि पुस्ता सम्म

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

‘मेरो च्याब्जुले फाँडेको खोरिया’लाई
च्याब्जुकै छिमेकीले खेत बिराए पछि
मेरो बाजेको अस्तित्व छेउ लागेको हो

जब बाजेको अस्तित्व
छेउकटुवा भएर बाँच्दै थियो,
‘जिन्दगी’हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उसको बिहेको खबर

~शिलु यन घिमिरे~

अरुदिन भन्दा तिमी आज बढी चम्किला देखिएका छौ मेरो तारा ! अघिसम्म हेर्दा यसो बादलको छेकोमा परेको थियो तर म तिमी नै भनेर अगाडि बसेपछि तिमी अझ र झन बढी खुल्दै आयौ । गाढा निलोकालो पश्चिमी आकाशमा सधैं झैं र अझ बढी सुन्दर अनि प्यारा देखिएका छौ तिमी । आकाशको रंग,बादलको रुप,यहाँसम्म कि चन्द्रमा अनि अरु ताराहरु सबै तिम्रो अगाडि श्रीहिन् देखिएका छन् । किनकि सम्पूर्ण सुन्दरता त तिम्रो शालीनताभित्र आबद्ध भएकाृ छ , एकाकार भएको छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : केहि मिठो केहि न्यानो त्राश

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

केहि मिठो केहि न्यानो त्राश चल्थ्यो कुनैबेला,
छाचाल्किदै मुटुभरी प्याश चल्थ्यो कुनैबेला . बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कथा : संस्कृति

~ईन्द्र अधिकारी~Indra Adhikari

निकै दिन भयो, सिमसिम पानी परेको । रोकिने छाट नै छैन । पानी मा रुझ्दै सिरुवाल दाई बज्रमानकोमा पुगे । अपरान्ह एउटा छलफल डाकिएको छ – सामाजिक संस्था खोल्ने बारे । निकै दिन भयो गाउँका भद्र भलाद्मीहरुको दौडधुम, यसका लागि । सिरुवाल दाई पनि केही दिन देखि मरिमेटेर लागेका छन् ।

बज्रमान खानदानी मानिस । बाबुबाजेका पालादेखि गाउँमा हैकम जमाएका खाएका । सिरुवाल दाई, थोरै पढेका तर सबैलाई परेका बेला सहयोग गर्ने भएकाले गाउँलेका असाध्यै प्यारा । दुखको बेला सहयोग लिन होस वा कुनै काम गर्नु परे सल्लाह लिन, सबै गाउँले उनैकोमा जान्छन् । उनी साहित्यमा पनि निकै रुची राख्ने मानिस । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एकै क्षणलाई मुटु रेट्ने

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

एकै क्षणलाई मुटु रेट्ने मस्काई नजाती,
आखा छोप्दा एकान्तमा झस्काई नजाती. बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : खोला

~कुन्ता शर्मा~Kunta Sharma

खोला मौन थियो
शरद पूर्णिमाका जुलेनीहरू
खेल्न पाएनन् छातीमा
नीर निलिमायुक्त आकाश
अटाउन पाएन वक्षमा
खोला निःशब्द थियो, क्लान्त थियो
खोला व्यथित थियो, मरणान्त थियो ।

विकृतिहरूले पत्रपत्र भएर छोपिदियो
यसको छाती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यो के हो एउटै कुरो जाल

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

त्यो के हो एउटै कुरो जाल जस्तै चम्चमाउछ,
कर्कश्ताको रोदन सरि काल जस्तै चम्चमाउछ . बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

खण्ड काव्य : सौदामिनी

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

मेरी सौमी चंचल थिई, सुन्दर थिई, अबोध थिई तर सौदामिनी जस्तै क्षणमै गई ।

सौदामिनी

                                                                        रामप्रसाद दाहाल

१bookcover_Saudamani_Ram Dahal_Khandakavya

आकाशको छाती चिरेर झर्ने
सौदामिनीको चमकै ठूलो छ
स्वर्गिय शौन्दर्य सबै समेटी
बाटो ऊ झर्ने त हिलो गिलो छ। बाँकी पढ्नुहोस्

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

गजल : सुस्त सुस्त केहि कुरा

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

सुस्त सुस्त केहि कुरा रहर्भरि चलिरह्यो,
मन्द मन्द केहि आशा प्रहर्भरि चलिरह्यो . बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : “मुद्रा र पूँजीवादी दासता” लाई नियाल्दा

~गोविन्दप्रसाद आचार्य~

अपत्य शर्माद्वारा लेखिएको “मुद्रा र पूँजीवादी दासता” जसमा मोहनविक्रमसिंहको भूमिका समेत प्रकाशित छ। उक्त भूमिकाका सामु मेरा विचारहरू फितला हुन सक्छन् अर्कोतर्फ अर्थशास्त्र मेरो पहुँचको विषय होइन तापनि आफूलाई अर्थशास्त्रसँग नजोडि यसले दिएका वैचारिक पक्ष, सामाजिक पक्ष र राजनीतिसँग जोडिएको अर्थतन्त्र, यो पुस्तक पढ्दा मलाई लागेका धारणाहरु जस्तो लाग्यो, त्यो छोटोरूपमा प्रस्तुत गर्न चाहन्छु।

नेपालको कम्युनिस्ट आन्दोलनमा रूस र चीनले तात्कालिन अवस्थामा पुस्तक, पत्रपत्रिका प्रकाशित गरेर जनचेतनाको अभिबृद्धि गर्नमा पुर्‍याएको सहयोगप्रति हामी ऋणि हुनैपर्छ र त्यसकै आलोकमा कम्युनिस्ट आन्दोलन ग्रामीणस्तरसम्म र कम्युनिस्ट विचारले जनताको मन मस्तिष्कलाई प्रभाव पारेर कम्युनिस्ट आन्दोलन आफूसँग जोडिएको जटिलताका गाँठा फुकाउँदै सभ्य र शोषणरहित समाजको निर्माण गर्न जनताको पंक्ति हिचकिचाएको छैन। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पत्र कथा : प्रेम दिवस

~खगेन्द्र पराजुली ‘शून्य’~khagendra-parajuli-shunya

सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। किरण देउरालीको फलैंचामा बसेर उही सिन्दूरे क्षितिजतिर एकोहोरो टोलाइरहेको थियो, मानौं ऊ कसैको आगमनको प्रतिक्षामा एकाविहानैदेखि चौतारोमा कुरिरहेको छ। ऊ अतीतको महासागरभित्र पौडन थाल्छ, जहाँ उसको जीवनका केही क्षणहरु अविस्मरणीय भएर गुज्रेका थिए। त्यो एकान्त, त्यो मनोरम प्राकृतिक बागमा ऊ घरिघरि गुन्गुनाउछ अन्तरह्दयको गीत, यसरी― यस्तो पनि हुँदोरै’छ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भूल गरें मैंले……. Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : भ्यालेन्टाइन्स डे

~कमन देवान~

शहर सडक बत्तीहरुलाई आफ्नो जिम्मा लगाएर सुतेको छ। दिनभरीको सवारी र पैदल पदचाप सहेर थकान मेट्न एक अर्काबीच काटाकाट गर्दै अस्तित्वमा आएका सडक भट्टी पसेका छन् यस बेला। दिनले विहान सम्मका लागि जिम्मा लगाएको दमकमा सम्भवत, एस.एल.सी. परिक्षाको तयारीमा जुटेका विद्यार्थी आ-आफ्नै ध्येयमा जागा हुन सक्छन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिवसर

~इन्दिरा प्रसाईं~Indira Prasai

उर्मिलादिदी विधवा भएको कुरा सुनें । शिवभिनाजु मर्नुभएको कुराले मलाई जति दुःख लागेको थियो त्यो भन्दा बढी उर्मिलादिदीको विधवास्वरूपको कल्पनामा मेरो मन आहत भएको छ । भरखरै अधवैंश मात्रै बिदा गर्दै हुनुहुन्थ्यो उर्मिलादिदी । शिवभिनाजुको उमेर मलाई थाहा थिएन तर उर्मिलादिदीभन्दा पनि भरखरको देखिनुहुन्थ्यो उहाँ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भय लाग्छ अचेल

~भुपेन्द्र महत~Bhupendra Mahat

भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि!
दौरा सुराल बिर्सी, धोती कुर्ता पो उन्न पर्छ कि! बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

Essay : My Foregone Sakewa

~Chandra Rai ‘Aakash’~Chandra Rai 'Akash'

It was an absolutely fabulous, pleasurable moment never repeated in my life. Sakewa begins almost at the end of spring at dawn. My curious eyes opened from a long sleep, and I squatted in the hard but comfortable bed. I squinted through the big scenic window; the rain sprinkled. Just a moment later, the sun rose with warm and bright rays. The wind carried an Continue reading →

Posted in Essay | Tagged | Leave a comment

गजल : कोहि अमिर कोहि फकिर हाम्रो नेपालमा

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

कोहि अमिर कोहि फकिर हाम्रो नेपालमा,
कोहि आजाद कोहि जन्जिर हाम्रो नेपालमा . बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : सबै सफा सबै सज्जन

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

सबै सफा सबै सज्जन भ्रस्टचारी कताको हो ?
सबै धनि सबै अमिर बेरोजगारी कताको हो ? बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : एक धर्को सिन्दूर

~राज थापा~Raj Thapa

एक धर्को सिन्दूरको केभर छर ?
जीबनको यौवन सँगै मौलाएको
कुरकुरे बैशमा जोडी बाँधीएको
प्रमाणीत गर्थ्यो सिउदोको सिन्दूर बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवा गिटी

~गोविन्दप्रसाद आचार्य~

बालुवा गिटी जंगल पानी मान्छेको पसिना
माटो र ढुंगा जरा र बुटा पार्दियो असिना
त्यो ठूलो देशले यो सानो देशलाई के विधि सतायो
उसैका दलाल सिंहदरबारमा हुलकाहुल पठायो
(१)
मुटु नै पिरो भएर आउँछ यी पहाड भत्काउँदा
बालुवा गिटी नदीलाई खोक्रो पारेर लैजाँदा
सरकार कस्तो छोडेको राँगो मनपरी उही गर्छ
राँगालाई थोरै घाँसपानी दिन्छ सम्पदा लैजान्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : गोवर्धन पूजाको ‘पीडाअवतार’

~डा. दुर्गाप्रसाद भण्डारी~

गोवर्धन पूजाको आजसम्मको अन्तिम कविताहरूको सङ्ग्रह पढ्ने मौका पाएको करिब एक हप्ता भयो । उनले धेरै रचनाहरू प्रकाशित गरिसकेका रहेछन् । मैले त गोवर्धन कवि मात्र होलान् भनी ठानेको थिएँ । उनी त यो उमेरमा नै धेरै थोक भैसकेका रहेछन् : कवि, कथाकार, उपन्यासकार, गजलकार, नियात्राकार, मुक्तककार आदि । एक थोक मात्र भैदिएको भए मन्तव्य दिन मलाई सापेक्षतः सजिलो हुन्थ्यो । धेरै विधाका सर्जक भएका हुनाले उनको यो सङ्ग्रह बारे मन्तव्य दिन त्यति सजिलो प्रयास होला जस्तो लाग्दैन । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : ईश्वर खोज्न

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

एकैछिन् साथीहरूसँग खेलेर आउँछु भनेर हिंडेको छोरो दिउसोको खाना खाने समय टरेपछि घर फार्कियो । फर्किएर आमाको डरले पिँढीमा चुपचाप बसेको छोरोलाई ढोकाको संघारमा उभिएर आमाले हप्काइ-एकैछिन्मा आउँछु भनेर गा’को मान्छे यसबेला आउने ? कहाँ गएको थिइस् हँ ? मैले सारा गाउँमा खोजें । तर तँलाई फेला पार्न सकिनँ। बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : फुल्छु भन्थेउ मनै भरी

~अनुराग कंडेल~Anurag Kandel

फुल्छु भन्थेउ मनैभरी अनयासै झर्यौ किन?
डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन?

मन्को घाऊ बल्झिएर पीडाहरु सल्बलाउछन्
तिम्रै याद सिरानीमा सारा रात खल्बलाउछन्
जानु रैछ मुटु रेटी झुठा बाचा गर्यौ किन? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : एउटा अपराध वोकेर भाग्दैछू

~रजित ओझा~Rajit Ojha

तिमी आउँछौ थाहा छ, तर एउटा अपराध वोकेर भाग्दैछु।

कालो चश्मा लगाएर तिमी उकालो चढ्दै थियौ। धेरै तल देखी मैले तिमीलाई नियालेकी थिएँ। अग्लो कद,पुलिसको जस्तो कपाल,कालो चश्मा अनि गह्रुंगो झोला।आँगनमा तिमीले विसाउँदै सोध्यौ

“पानी पिउन मिल्छ?”

मैले पानी ल्याएर दिएँ। तिम्रो औँलामा मेरो औँला ठोक्किए। तिमी मुस्कायौ। म फर्किएँ। त्यो कालो चश्मा भित्रको आँखाले शायद भित्र छिरुन्जेल मलाई नियाल्यो। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : च्याउको जङ्गलको ह्याङओभरमा…

~दीपक सापकोटा~Deepak Sapkota

कवि विप्लव ढकाललाई एक साँझ सोधेको थिएँ, ‘कविता किन लेख्नुहुन्छ?’ ढकाल केहीबेर निकै भावुक देखिएका थिए। उनको उत्तर यस्तो थियो, ‘आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु। आफ्नो अन्तर्आत्मासँग साक्षात्कार गर्न मैले रोजेको सबभन्दा प्रिय बाटो कविता नै हो। कविता मेरो आस्था, प्रेम र आराधना पनि हो। म आफ्नो आस्था र प्रेमलाई जीवित राख्न चाहन्छु।’ Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : यो रात

~ज्योति जंगल~Jyoti Jungle

अध्यारोको साङ्लोमा
लमतन्न बेहोस छ,
र निशब्द निदाएको बहाना गर्छ यो रात
हज्जारौं सपनाहरु
हज्जारौं तलाका महल उक्लन्छन्
बन्द आँखामा,
कोशौं टाढाको मित्र
सेकेण्डभर छेवैमा आइपुग्छ
टाउकाको क्षितिजमा उडेर ।

खै देवताहरु के गर्छन् ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी गाथा

~सरुभक्त~Sarubhakta

चिसो मरुभूमिमा
ध्वजावाहक काला जादुगरहरु
इन्क्युवेटरमा वालुवाका सपनाहरु
कोरल्दैछन्
अपधर्मका पैगम्वरहरु
कुहिरोको सुरुङभित्र पसेर
मरुद्यान – ओयसिस तृष्णाका पूmलहरु
फुलाउँदैछन्
ठिंगुराभित्र
वालुवाका मान्छेहरु
अल्झिरहेछन् जिन्दगीका प्रायोरीहरु
अकालमुखे बच्चाहरु
प्लाष्टिकका दूधेमुन्टा चुस्दैछन्
सोनीहरु कविता खोज्दै रारा पुगे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे भनेको …

~सरुभक्त~Sarubhakta

ब्रह्माण्डमा महाविस्फोट छः देशमा
वमविष्फोट छ
पहाडहरुका मन
भैचालाका शान्तिहरु रोएका छन्
हेर ! हेर ! असनका साँढेहरु
फ्रायडका दुःस्वप्नहरुमा
यौनाङ्गवादी प्रेमरचना गर्दैछन्
डेथ जोनः खरपसकालीन मनस्थितिमा
चराहरु वसाइसराइ गर्दैछन्
दाँतेका दैवी सुखान्तहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडहरुको मृत्युः घाटेवैद्यहरु

~सरुभक्त~Sarubhakta

पहाडहरुको मृत्युः घाटेवैद्यहरु
रगतका वीभत्स छिटाहरु पोतेर
प्रेमपत्रहरुको तस्करी गर्दैछन्
फेरि युद्धविराम फेरि युद्धका सन्त्रासहरु
दुर्दान्त वैताल तालहरु
वन्दी वेपत्ता अनुष्ठानः मण्डलेदेखि कमण्डलेसम्म
दिमागमा खाक्सी लाएर
सफाया अभियान चलेको छ
उः ! सभ्रान्त भूतवङ्गलावासीहरु
सधैं गोलमेच सम्मेलनका तयारीमा छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment