भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि!
दौरा सुराल बिर्सी, धोती कुर्ता पो उन्न पर्छ कि!
ईतिहासको ब्याज सकियो, बर्तमान धितोमा छ
पराधिन भै कतै, स्वाभिमानै थुन्न पर्छ कि!
चन्द्र सुर्य लाजले झुक्यो गोर्खे खुकुरी भुत्ते छ
धुजा भो साँध सिमाना, सबै मिली तुन्न पर्छ कि!
माटो कस्ले चिन्यो र यहाँ, इमान बेच्ने गाउँमा
चोरलाइ चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!
भुपेन्द्र महत

