~अर्जुन खत्री ‘फडिन्द्र’~
मायाॅका कुरा गरेर गयौ
मन यो मेरो हरेर गयौ
के अर्थ लगाउॅ म यसको
छुटिदा ऑखा तरेर गयौ
गुनासो के राखेर मनमा
ऑखामा ऑसु भरेर गयौ
छेउमा राखि अंगाल्न खोजेॅ
झर्किॅदै पर सरेर गयौ
गर्न त मायाॅ गर्थ्यौ तिमीले
बसमा कस्को परेर गयौ??
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको ।)
