सगरमाथा रङ्गिनेछ गुराँसको रङमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा
आफै बुन्छौ कंचनजङ्गा
आफै चुन्छौ स्वतन्त्रता
फिर्ता ल्याउँछौं नैनीताल आँदो साउनमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा
सुस्ता-काली गर्जिदिन्छ
कालापानी उर्लिदिन्छ
काँगडा र टिस्टा हाँस्दा मेरै आँगनमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा
May 12, 2009
(स्रोत : PraLeSh – Lalitpur)

