संस्मरण : भावपूर्ण सलाम घनश्याम ढकाल

~डा. सुधा त्रिपाठी~Dr Sudha Tripathi

रात त रात नै थियो तर त्यो रात पूणिर्माको थियो। अन्धकार हटाउन बाँकी नै थियो र पूणिर्माको जूनले निकै मिहिनेत गर्नु परिरहेको थियो। यसैले त्यस अन्धकारलाई हटाउन निकैवटा जूनहरू एकसाथ प्रयत्नरत थिए। तिनैमध्येका एउटा जून अचानक मध्यआकाशबाट एक्कासि अस्तायो र अन्य जूनहरू पनि सहकर्मी जून अस्ताउँदा विलखबन्दमा परे। संसार एकैचोटि अँध्यारो भयो। Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : घनश्याम ढकालको साँस्कृतिक उँचाईं

~मातृका पोखरेल~matrika pokhrel

नेपाली प्रगतिवादी साहित्य र संस्कृतिको क्षेत्रमा सक्रियतापूर्वक योगदान दिइरहेकै बेलामा २०६८ साल फागुन १ गते मोटरसाइकल दुर्घटनामा परेर वरिष्ठ प्रगतिवादी साहित्यकार घनश्याम ढकालको असामायिक निधन भयो । संगठनमा उहाँको सक्रियता, साहित्य लेखनमा निरन्तरता, माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा उहाँको अध्ययनका दृष्टिले हेर्ने हो भने उहाँको यो निधन अपुरणीय क्षति थियो ।

साहित्यकार घनश्याम ढकालसँग मेरो भेटघाट र चिनजान भएको पनि दुई Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : घनश्याम मामा र नयाँ मेच

~शारदा शर्मा~Sharada Sharma

उहाँलाई मैले माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा हुँदा मम्मीको घरमा लुकेर बसेको बेला पहिलोपल्ट देखेकी हुँ । भात पकाउँदै हुनुहुन्थ्यो मम्मी, म चुल्होमै पुगेकी थिएँ । मुख कानैनिर ल्याएर सासले भन्नुभयो- घनश्याम मामा छ, माथि कोठामा । हिजो राति अबेला आयो, सेनाले खोजिराखेका छन् रे उसलाई । आतङ्कति देखिनुहुन्थ्यो उहाँ । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य कविता : ‘अम्रिकाने’ माईली !

~शिव प्रकाश~SHiva Prakash

जीब्राँ’ फूली, नाकाँ’ मुन्द्री
ओठाँ’ बुलाकी, नाइटाँ’ ढुङ्ग्री
पाखुराँ’ काम्रो, कम्मराँ’ दाम्लो
घाटीमा घण्टी, बगलीमा डण्ठी
हाम्री माईली कस्ती कस्ती !
झलक्क हेर्दा झाक्रिनी जस्ती ! Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अज्ञानताले पाएको पिडा

~जयदेश श्रेष्ठ~Jayadesh Shrestha

खाना पाक्यो, म हतारिदै बुढिको पछाडिबाट बोले । बुढि झस्किई, ए खाना खाने बेला भयो ? उल्टै मलाई प्रश्न गरी । अँझ एक छिन कम्युटर चलाएर बसेको भए हुन्थो । अफिस जान ढिला भयो अलि चादै…… । आँखा तर्दै हेर्न थाली मलाई …..हासो उठ्यो । हास्दा हास्दै एउटा मुक्तक फुर्र्यो, बुढिलाई जिस्याउदै भने “ सुनकोशीमा गाडि खस्यो, त्रिशुलिमा खोज्ने, तिम्रो बुढा बिदेश गयो, खै कहिले भेटने ” । बुढिले मलाई चिमोटन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : हराएको कविता

~आभास~Aavaas - Achyut Prasad Phuyal

मलाई सम्झना छन्
मृगका जस्ता त्यसका आँखा
र तिनबाट
मैले चियाएका दृश्य
सम्झना छन्
त्यसका सुकोमल औँला Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : आउनुहोस गजल संवन्धी अनलाइन बहशमा भाग लिऔ

~केशु बिरही~Keshu Birahi_new

आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

~केशु बिरही~Keshu Birahi_new

अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ । मोतिरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठुला ठुला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : आदिवासी : देश सुब्बा र भयवाद

~चन्द्रमणि अधिकारी~

राष्ट्रियता जातीय पहिचानमा हुन्छ । जातीय पहिचान साँस्कृतिक वैविध्यले गराउँछ । साँस्कृतिक वैविध्य संस्कारनिर्मित हुन्छ । संस्कारमा निजत्व रहन्छ । निजत्वभित्र भाषा, लिपि, धर्म, संस्कार र मिथकीइ प्रवृत्ति पनि हुन्छन् । उपर्युक्त कुरा हाम्रो राष्ट्रियता झल्काउने तङ्खवहरु हुन् । यी सबै कुरा गुम्ने हुन् कि भन्ने भय छ- देश सुब्बालाई ।
Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : अस्तित्वसङ्कट र आशाबीच भयवाद

~राम्जी तिमल्सिना~

१) चिन्तनको तहमा भयवाद
डर, त्रास वा भय र अस्तित्वको बीच के सम्बन्ध छ – यिनीहरुको बीचमा चाहेर वा नचाहेर उपस्थित रहने आशाको उत्पत्ति कसरी हुन्छ र त्यसले जीवन र जगत्लाई कतातिर डोर्याउ”छ – यी र यस्तै जीवन ब”चाइका आधारभूत यथार्थहरुलाई सम्बोधन गर्ने युगौ”देखिका कैयौ” प्रयासहरुको पछिल्लो खुड्किलो बनेर बहसमा उत्रिएको छ भयवाद हालसालै । विदेशमा बसेर देश र पश्चिमी संस्कृतिको प्रवेशद्वार हङकङमा रहेर नेपालको आदिवासी संस्कृतिलाई प्रेम गर्दै देश Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : भयानक रस र भयवादका सापेक्षतामा : एक समीक्षा

~उपप्रा. रमेश घिमिरे~

१. विषयप्रवेशः

संस्कृत समालोचना परम्परामा रससिद्धान्तले धेरै चर्चा पाएको छ । ध्वनि सम्प्रदायभित्रकै अध्ययनको विषय हुँदाहुँदै पनि यसले छुट्टै सम्प्रदायका रुपमा विकसिकत हुने अवसर पाएको देखिन्छ । यसभित्र काव्यका सतही कुराभन्दा भित्री गहिरा तत्वहरुको विश्लेषण भएकाले यसको भएको हो । अलङ्कार, रीति, बक्रोक्ति र औचित्य सम्प्रदायमा क्रमशः अलङ्कार, रीति, वक्रोक्ति र औचित्यलाई काव्यका प्रमुख तत्वका रुपमा स्वीकार गरिएको पाइन्छ भने ध्वनि सम्प्रदायमा ध्वनिका Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : भयवाद – वैचारिक चिन्तन” – एक चर्चा

~सरण र्राई~Saran Rai

“भयवादः वैचारिक चिन्तन” ‘आदिवासी’ -उपन्यास/भयवाद को विषयमा नौ जना विद्धानहरुको चिन्तन रहेको छ । बेग्लाबेग्लै आ-आफ्नो दृष्टिबाट गरिएका ती चिन्तहरु खारिएका, ओजपर्ूण्ा र आफैमा पर्ूण्ा छन् । केही चिन्तनहरु भने हल्का तवरसँग प्रशंसामा केन्द्रित हुँदा सन्तुलित हुन नसकेका भए पनि तिनीहरुको पनि आफ्नै महत्वपर्ूण्ा विशेषता रहेको छ । पुस्तकमा रहेका सबै चिन्तहरुका चर्चा गर्नुपर्ने आवश्यकता भएपनि समय सीमितताका कारण जुन जुन चिन्तनहरुमा मतैक्यता, एकरुपता र सामञ्जस्य छ, त्यसलाई नदोहोर्‍याई फरक भएका विचार, तर्कहरु र दृष्टिहरुमा मात्र यस संक्षिप्त चर्चा गरिने छ । Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : बेलायती सन्तमाया, सीमा र श्याँदर

~डा.लाल-श्याँकारेलु रापचा~Dr Lal Shyaankarelu Rapchaa

ग्योफा-९, प्लेत्तीपला, रामेछापमा नभएर मैले बेलायती सन्तमायालाई नेपाल उपत्यकामा प्रत्येक फोल श्याँदर र सालिवा श्याँदरमा भेट्ने गर्थें । त्यतिखेर उनी र मेरो वीचको दूरी ओल्लो किराँतको लिखु खोला पश्चिम रामेछाप र पर्ूव ओखलढुङगा थियो । सन्तमायाले बेलायततिर पखेटा पि+mजाएपछि र मैले डोएचलान्डतिर पखेटा पि+mजाएपछि हामी वीचको दूरी अहिले लिखु खोला नभएर इङलिश च्यानल छ । उनी उत्तर म दख्खिन । उनको र मेरो उत्तर-दख्खिन न्यु इअर २००९, Continue reading

Posted in लेख | Tagged | Leave a comment

पाँच ताङ्का – परिहास सुब्बा

~परिहास सुब्बा~

१, युद्धमा लड्ने
योद्धाहरु अब त
घुर्नु पर्ने हो
घाम अस्ताई सक्यो
झूप्रोको भांग्रो संगै। बाँकी पढ्नुहोस्

Posted in ताङ्का | Tagged , | Leave a comment

भयवाद लेख : आदिवासी उपन्यास : संक्षिप्त विमर्श

~डा. खेम दाहाल~

१. प्रारम्भ :
पूर्वी नेपाल लिम्बूहरूको बसोबास रहेको क्षेत्र हो जहाँ हामीले जान्दादेखि लिम्बूहरू आफ्नो राज्य यही भएको र कसैले हडपेको गुनासो, प्रसङ्ग र विषय सुनाउँदै आएका छन् । यसमा पनि तेह्रथुम जिल्ला विशेष स्मरण गर्न योग्य छ । जहाँका लिम्बूहरू दर्ुइ विशेषताका थिए, कोही सिधासोझा जातका मानिसको संरक्षण गर्ने तथा आफ्ना रैतीजस्तो गरी सहानुभूति राख्न र कोही हेपी व्यवहारले क्षेत्रीहरूलाई सताउने आदि दुइ प्रमुख विशेषता पाल्थे । Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : लिम्बुवानको भय

~अर्जुनबाबु मावुहाङ~

उपभोक्तावादी पाठकहरूको पुस्तक बजारमा देश सुब्बा रचित उपन्यास ‘आदिवासी’ मुस्किलले ठम्याउन सकिन्छ । उपन्यासको आञ्चलिकता पूर्वी नेपालका भूमिपुत्र वा आदिवासी लिम्बूहरूको स”स्कृतिले रंगिएको छ । र्सार्वभौम पात्र ‘म’ को र्सवज्ञता नै उपन्यासको दृष्टि बिन्दु हो । ‘म’ पात्र नै उपन्यासकार र नायक (निसाम्) पनि हुन । पात्रहरू बाबु र छोरा (मुख्यनायक) बीच आदिवासीहरूले अधिकार र अवसरको प्राप्तिका लागि आन्दोलन चर्काउनु भन्दा पहिले आफ्नो मौलिक संस्कृतिको संस्थापन गर्नुपर्ने नायकको जिकिर स”गै ल्पट (कथानक) को आरम्भ हुन्छ । नायकको आङमा पुर्खौली देवत्व चढेपछि उनी आदिवासीहरूको गाउ”मा पुग्छन र उनीहरूको जीवनचर्या र आस्था स”ग सामेल हुन्छन । नायक जङ्गलबाट फर्किएपछि उनी धामी निस्किने गाउ”घरमा चर्चा हुन्छ । यसरी उपन्यासको उपसंहार हुन्छ । नायक आफ्नो भाषा, संस्कृति, इतिहास सङ्कटमा देख्छन । उनलाई आफ्नो पहिचान गुम्ने भय छ । उपन्यासको सारवस्तु नै यत्ति नै हो । भयबाट मुक्त हुन भयलाई नै चिन्नु पर्ने उपन्यासकारको आग्रह छ ।

भयको बोध :
उपन्यासकारले आफ्नो नैर्सर्गिक भय र मौलिकतालाई सादृष्य रुपमा मुखरित गरेका छन । नायकको का”प्ने र मनोरोग निको पार्न घर देवताको पनि स्तुति गर्नु पर्ने चिकित्सक बाट सुझाब आउ”छ । मानवशास्त्री लाईनल काप्लानले भनेजस्तै लिम्बूहरू पुर्खौली माटोका मालिक हुन्छन भने लिम्बूनीहरू देवताका । लिम्बू समुदायमा पूर्वज हरूलाई देवतुल्य मानिन्छन । यस्ता देवहरूको (पुर्खा) को देहमा प्रवेश भएपछि थक्लेसाम्माङ (देहदेव) का रुपमा चिनिन्छन । जस्तै चेम्जोङ थरका लिम्बूनीको देहमा युमादेवी विराजमान हुन्छिन । यिनको मानमनितो पुर्‍याउ”दा यिनले शक्ति प्रदान गर्छिन । त्यस्तै हेम्ब्या थरका लिम्बूनीको देहमा बा”दर देउको बास हुन्छ । यिनीहरूको रिसाएको वा विनाशकारी स्वरुपलाई पोतोच्याङ भनिछ । यिनीहरूबाट जोगिन पनि स्तुति गाउनै पर्छ । वर्तमान सन्ततीहरूमा तिनै आत्माको अवतरण हु”दै आएको छ । र्सवात्मावादि नायक आफ्ना पुर्खौली विमार र अफापसिद्धता माथि आस्थागत उपचार रोज्न वाध्य हुन्छन । यस्तो नैर्सर्गिक मूल्य मान्यताहरू भित्र उनी भयको महसुस गर्छन ।

भयको बचावट :
उनी बीच जङ्गलमा आदिवासी समूहहरू स”ग परिचित भइरह”दा आर्श्चर्यजनक ढङ्गले …çÚ (
ओम शान्ति को चिन्ह) उच्चारण गरेर आगोको धुनी लगाइरहेका मान्छे भेटछन । तिनीहरू यायावर वा आदिवासी हुंदैनन । कथानकको मुख्य द्वन्द्व नै यहा” पाइन्छ । भय माथिको अत्रि्रमण र प्रतिकार । हिन्दूधर्मालम्वीहरू आजपनि यस्ता कयां यायावर आदिवासीहरूको सामरिकत्व लुट्न सांस्कृतिक अत्रि्रमणमा लिप्त छन । सत्यहाङमा पन्थमा लागेका लिम्बूहरू हिन्दूहरूले जस्तै आगोको धुनी लगाउ”दै महायज्ञ गर्छन । उनीहरू हिन्दूधर्मका मूल्य र मान्यताहरूलाई जबरजस्त आफ्नो समुदायमा पनि लागू गरिरहेका छन । लिम्बूहरू बीच वि.सं. १८७५ देखि नै नीति (परम्परागत मुन्धुम मान्नेहरू) र स्मृति (हिन्दू धर्मशास्त्र ग्रहण गर्नेहरू) मान्नेबीच फाटो रह”दै आएको छ । लिम्बू संस्कारलाई कम खर्चिलो बनाउन र लिम्बू भाषा, साहित्यको निरन्तरता राखिराख्न महागूरु फाल्गुनन्दले सत्यहाङमा पन्थको निर्माण गरेका थिए तर उनका अनुयायीहरूले उनका बाटालाई कायम राखिराख्न सकेनन् । वर्तमानमा सत्यहाङमा पन्थ आत्मानन्द, ओमनन्द र देउनन्द समूहमा विभाजित भएका छन । आत्मानन्द समूहले हिन्दू मूल्य र मान्यतालाई मुन्धुमका नाममा मात्र अनुशरण गरिरहेका छन् भने ओमनन्द समूहले इर्साई मूल्य र मान्यताको प्रचारप्रसार गरिरहेका छन् । कारण आज लिम्बूहरू सत्यहाङमा वा हत्तेहाङमा -सनातनी मान्यतालाई मान्ने र स्तुतिमा भोगबली चढाउने) मतको पक्ष र विपक्षमा बा”डिएका छन । नायक सनातनी मूल्य र मान्यताको पक्षमा वकालत गर्दै निर्णायक मोडमा उभिएर भय माथिको अत्रि्रमणको प्रतिकार गरिरहेकाछन ।

भयको उत्खनन :
कथानकको मुख्य स्रोत मिथक हो । मिथक भनेको आदिमताको पर्ुनव्याख्या हो । मिथक इतिहास र साहित्यकको स्रोत पनि हो । लिम्बूहरूको मुन्धुम भनेको अध्यात्मिक लाग्ने जनश्रुतिहरू भन्दा पनि नीतिकथाहरू नै हुन् । मुन्धुमलाई मिथक भन्न सकिन्छ । यस्ता पूराकथाहरू भित्र लिम्बूहरूको समाजिक, सांस्कृतिक र न्यायिक सभ्यताको चित्रण भेटिन्छ जुन वर्तमानमा संस्कारमा मात्र सीमित छ ।

उपन्यासमा ‘तुत्तु’ जस्ता मुन्धुमका पात्रहरूको मुख्य सहायक भूमिका भेटिन्छ । नायक बारम्बार ‘तुत्तु’ बाट निर्देशित हुन्छन । लिम्बू जातिमा ‘तुत्तु’ वा तुत्तुतुतुम्याङ (पञ्चभलाद्मी), फेदाङबा, साम्बा, र येबाहरू जस्ता पुरोहितहरूको मर्यादा उच्च छ । उनीहरूनै मुन्धुमका ज्ञाता हुन्छन । तत्तुतुम्याङहरू पृथ्वीका सृष्टिस”गै जन्मिएका मानिन्छन् । उनीहरूलाई गोभ्रे च्याउमा ओत लाग्नेहरू (होपत्ते-यो वाःकेइम्सिङबा), बाख्राको बडक्यांैलामा भारी बिसाउनेहरू (मेदा हिः सम्दो कक् केनाम्बा), खुर्सानी को बोटमा झटारो हान्नेहरू (मच्चि बुङमेओ थाङ केलेप्पा), उन्यूको बोट ढाल्नेहरू -कात्ताक्वा कुबुङ पेःना केदाङबा), जुम्राको मासु काट्नेहरू (सिःपुत्रुकमा साः केजेप्पा) भनेर सम्बोधन गरिन्छ । उनीहरूलाई लिम्बूहरूका सबैभन्दा आदिम र र्सवमान्य पुर्खा मान्ने गरिन्छ । उनीहरूले नै लिम्बू समुदायमा परम्परागत र सांस्कृतिक ढङ्गले शासनको स्वरुप कायम गरेका थिए । फेदाङबा, साम्बा र येबाहरूको सम्बन्धित कार्य अनुसार निर्देश गर्ने कार्य तुत्तुतुम्याङहरूकै हुन्थ्यो । त्यस्तै सुदुक्युखेदुक्यु फेदाङ्बा, फुङजिरीफुङ्काप्पो फेदाङ्बा, थिरि वसोफुङवा फेदाङबा, सिङसारा थेयाप्मि फेदाङबा, मुगप्लुङखागप्लुङ साम्बा, नेन्जिरिनेम्पत्थाङ साम्बा, साजुवेत्मुदाङवेत् साम्बा, सिङदुमइङ फेत्लाइङ साम्बा र नाङगेत्छो फु-लुम साम्बाहरूलाई पेगिफाङसाम (नौ पुरोहित) भनिथ्यो । यिनीहरू नै लिम्बू जातिका संस्कृतिका सृष्टिकर्ता थिए । मिक्नुसो लुम्बाहाङ, मुधिङ्गे साङ्लेक्हाङ, साउन्दु उन्दुहाङ, लालासो पाङ्बोहाङ, फुरुप्सो थेजङहाङ, सगिम्सो सङमिहाङ, खेत्चुयेत् उप्पानहाङ, सेच्छेरे सेनिहाङहरूलाई सावा येहाङ (आठराजा) भनिन्थ्यो । उनीहरूका चेली येबाहरूलाई कमाउने (कमाउने गुरु) सामेधुङ येप्मेधुङ थिइन । फेदाङबा र साम्बाहरूले मात्र लिम्बू जातिको संरक्षण हुन नसकि येबाहरूको उत्पत्ति भयो । याभोक्को यासिरिङ येबा र तेल्लेरे तेन्छामुक येबाहरू क्षेतक्षती मानिन्थे । कुनै बादशाहका वंशावली जस्तै लाग्ने यिनै तुम्याङ, फेदाङबा, साम्बा र येबाहरू लिम्बु समाजका परिचालक थिए ।

तिगेन्जोङना र चीलको कथाहरू मुन्धुम स”गै सम्बन्धित छन । तिगेन्जोङनाका दुइटा छोराहरू मध्य नाम्सामि (मानिसको छोरा) मानवीय कर्मका प्रतीक हुन्छन भने केसामि (बाघको छोरा) नरसंहारक । नाम्सामि बाट केसामिको हत्या हुन्छ । त्यस्तै नेग्रादेन (ताप्लेजुङ) मा चीलले सावा येहाङका जहान परिवार बालबच्चा ओसार्दै उत्तिसिङपारामसिङ (टुनीको) रुखमा लगेर खान्छ । पोमुकेत्छाङ येबाले यिनको हत्या गरेर मानव समुदायको कल्याण गर्छन । यस्ता मुन्धुममा थुप्रै पुराकथाहरू सुन्न पाइन्छन । पितृदेव पोरोक्मी याम्फामिले फाक्सारा तिगेन्जङबासीहरूलाई ज्याला दिएर छेलो मागि पानीको मुहान फुटाएको, सेच्छेरे सेनिहाङले आगो ल्याएर आफना दाजुभाइहरू स”ग तरुल, भ्याकुर पोली खाएको, गोठालाहरूले बाली नष्ट गराइदिएपछि रु”दै बसेकी सिकेरा एक्थुक्नामालाई तुत्तुतुम्याङहरूले न्याय दिलाएको, सुहाम्फेबा र लाहादोङनाका बीच हाडनातालाई तुम्याङहरूले दण्डित गरेको, मुन्धुमका गाथाहरूलाई नबिर्सने हो भने लिम्बूहरूले आदिम कालमा नै सभ्यता उमारेर न्याय, सुरक्षा, दण्ड, विनिमय र ज्याला जस्ता प्रशासनिक आधारहरू निर्माण गरिसकेको देखिन्छ । उपन्यास भित्र आदिवासीका च्याब्रुङनाच, धान नाच, र चर्खा बुन्ने तान बुन्ने जस्ता संस्कृतिको चित्रणले उनीहरूको राष्ट्रियता र जनजीविकाको निरन्तरता दिन्छ । जुन निरन्तरताले आदिवासीहरूको आदिमता र वर्तमानपनलाई जोडिदिएको छ । नायकले सुम्दो, तुम्बाहाङफे, तङवादेन गाउ”हरूको चर्चा गरेका छन । वास्तवमै वर्तमान मेची र कोशीका हिमाली, पहाडी सम्पुर्ण भुभाग र केही तर्राई (पहाडका फेदीहरू)का भागहरू मुन्धुममा वणिर्त भएका छन् । नायकले सुम्दो, तुम्बाहाङफे, तङवादेन गाउ”हरूको चर्चा गरेका छन । यस्तो चर्चाले लिम्बूहरूका थातथलोलाई पनि सिमाङ्कन गर्छ । उपन्यास भित्र भेटिएका यस्ता मिथकहरूले लिम्बूहरूको आदिम सत्ताको पुनव्याख्या गर्छ । उपन्यासकारले आदिम पात्रहरूको बर्चस्व देखाउन र आफ्ना परम्परागत मूल्य र मान्यतालाई सजिव चित्रण गराउन प्रतीक, विम्व र मिथकलाई कलात्मक ढङ्गले खेलाएका छन । उनको चमत्कारिक शिल्प शैलीलाई मान्न कर लाग्छ ।

भयबाट मुक्त :
नायक जङ्गलबाट फर्किर्ए पछि गाउ”घरमा उनको धामी वा फेदाङबा निस्कने चर्चा हुन्छ । यो घटनाले के सङ्केत गर्छ भने अब नायक आफ्नो मौलिकतालाई जगाउन सनातनी मान्यतालाई अङ्गाल्न धामि (फेदाङबा बन्न) पुग्छन । धामी, फेदाङबा र येवाहरू मौलिक संस्कारका प्रतिक मानिन्छन । लिम्बू भाषाबाट राखिएको नायकको नाम ‘निसाम्’ को अर्थ ज्ञानी, विवेकशील लागे जस्तै विवेकशील नायक आफ्नो आदिम सभ्यताको छा”या मुनी रुझेर आफ्नो सा”स्कृतिक धरोहरको पुनः स्थापना र निरन्तरताका लागि जुझारु बन्दै भय बाट मुक्त हुन खोजिरहेका छन ।

रहलपहल :
उपन्यासको शिर्ष ‘आदिवासी’ र आवरणमा विरुपाक्षको मूर्तिको भावार्थ विरोधाभास देखिन्छ । अलग पहिचान (आफ्नै भाषा, लोकधर्म, संस्कृति, परम्परागत माटो र प्रशासन), लिखित वा मौखिक इतिहास भएका र सामुदायिक भावनाले ओतप्रोत भएका जो सदीयौं देखि राज्यको मूल प्रवाहमा सम्मिलित हुनबाट बञ्चित गराइएकाहरूलाई ‘आदिवासी जनजाति’ भनिन्छ । विशेष गरी ‘आदिवासी’ शब्दले बसोबास (समय) वा वंशजको उद्भवलाई जनाउ”छ । ‘जनजाति’ शब्द सामाजिक संरचना (हिन्दू वर्णाश्रम व्यवस्थाभित्र नपर्ने ) स”ग सम्बन्धित छ । राज्यको यस्तो परिभाषाभित्र ‘विरुपाक्ष’ लाई आदिवासी मान्न सकिन्दैन । भाषा वंशावली अनुसार उनी अन्तर्वेदी नगरका क्षेत्रीय कुलका ब्राहृमण धर्मशर्माका पुत्र विपाक थिए । उनी पापमुक्त हुन नेपाल आएका थिए । उनलाई आर्यहरूका आस्थाका पुञ्ज शिवको प्रतिकको रुपमा पनि पुज्ने गरिन्छ ।
नायकले बारम्बार चर्चा गरेका ‘आदिम रुख’ को नामाकरण हुनु पथ्र्यो । किनभने टुनी, चिलाउने, सिमल जस्ता रुखहरू नराम्रा आत्माका प्रतिक हुन । चिहान माथि गाडिने लाम्चो ढुङ्गालाई सुत्लुङ भनिन्छ । चङसेक्पा सेक्मुरी फूल संरक्षणको प्रतीक हो कारण चीहानमा भेटिन्दैन । लिम्बू समुदायमा फेदाङबा, साम्बा र येबा उत्रने संस्कार बनझाँक्रीले लगेर धामी उतार्ने विधि भन्दा बेगल हुन्छ । कम्तिमा पनि आफ्ना गूरुको चेला -माङवानेबा/साङलाङगोबा/यागाप्सिबा) भएर दश वर्षम्म मुन्धुम गाउ”दै र नाच्दै हि”ड्नु पर्छ । मुन्धुममा पोख्त भैसकेपछि तिम्सिङमा -गुरु स”गै डोहारिने), नाक्सिङमा -गुरु विध्या माग्ने) र थेःसिङमा (तुत्तुतुम्याङहरू र गुरुस”ग वाचा गर्ने ) जस्ता परिक्षाहरू उर्तिण गर्नुपर्ने हुन्छ ।

बैठान :
उत्तरआधुनिकतावादका संस्थापक फे्रडरिक नित्सेले मिथकलाई नै सहि संसार भनेका छन । मिथकमा भाषाको बढि प्रयोग हुन्छ । उत्तरआधुनिकतावादी ज्याक डेरिडा ज्ञानलाई भाषाको उपज ठान्छन । सत्य, ज्ञान र अर्थ माथि गोराहरूको एकलौटी कब्जा गर्न निर्माण गरिएको सृजनाको भ्रम विरुद्ध थियो उत्तरआधिुनिकतावाद । देश सुब्बाको भयवाद चाहि” स्थानीय देशकाल, परिस्थिति विशेष अभिजात संस्कृतिको प्रतिकारमा उभिएको छ । उपन्यासकारले मिथकीय प्रयोग बाट ‘आदिवासी’ उपन्यासभित्र प्रतीकात्मक सौर्न्दर्य निर्माण गरेका छन । र्सवात्मावादी लिम्बूहरूको अस्तित्वलाई यो मुखरित गर्नु यो कृतिको मुख्य विशेषता हो । आज ऐतिहासिक लिम्बूवानको पुनव्याख्या (पुनःस्थापना) भइरह”दा लिम्बूहरू बीचमै स्थायी विचार र नेतृत्वको अभाव देखिएको छ । लिम्बूहरूको यस्तो मनोदशालाई उपन्यासकारले तिखो प्रहार गरेका छन । यसका निदानका लागि लिम्बूहरूमा आफ्नोपनको महसुस हुन आवश्यक छ । आफ्ना सनातनी मूल्य र मान्यता स”गै रहन सके मात्र अपनत्वको बोध गर्नर् सकिने उपन्यासकार देश सुब्वाको अनुरोध छ ।

arjunmabuhang@yahoo.com

( २०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )

(स्रोत : Dobato)

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : भयलोचना : भयवाद र आदिवासी

~शिव रेग्मी “प्रणत”~

१. प्रवेश : भित्र जाने बाटो
नूतन केन्द्रको स्थापना गर्न खोजिएको वर्तमान नेपाली साहित्यमा देश सुब्बा भयवादको नयाँ केन्द्रमा उभिएर नयाँ नक्षत्रका रुपमा/नयाँ ग्रहका रुपमा उत्खनित भइरहेका छन् । “लेखक” भएर “कृतिका” माध्यमबाट उदाएका देश सुब्बा “आदिवासी” नामक उपन्यासरुपी सिद्धान्तका माध्यमबाट भय र भयरुपी अस्तित्वका साथ हाम्रा सामू टक्क अडिएका छन् । हामी उनको त्यो नवीन र अन्वेषित अनुहार हेरेर अन्यमनष्क भएका छौँ । वास्तवमा देश सुब्बा Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : भयमा आदिवासी

~ज्योति जंगल~Jyoti Jungle

देश सुब्बाको आदिवासीमा डुब्दै जाँदा युगले बिर्सेर पुरानो बाटोमा आफू हिँडेको अनुभूति भयो । अतितको गहिराइलाई आजमा ल्याएर अनि आजदेखि नै शुरु भएको उनको उपन्यासलाई भयसँग नछुटि्ने गरी मिसाइएको छ । म भयलाई सचेततासँग जोड्न गर्छु अलिपछि वेहोसीबाट व्यूँझनु र म किन वेहोश थिएँ त्यो खोज्दै जानु र त्यसका कारणहरू छरपष्ट पारिदिनु यस उपन्यासको गहनता हो । Continue reading

Posted in लेख | Tagged | Leave a comment

कार्यपत्र : भयवादी आदिवासी : एक अनुचर्चा

प्रा. डा. टङ्कप्रसाद न्यौपाने~

१. बधाई र स्वागतका केही आधारहरू

विदेशीमा बसेर पनि नेपाल र नेपाली जातित्व तथा नेपाली वाङ्मयका विकासमा लागिपरेका देश सुब्बाले नेपाली भाषामा साहित्य र दर्शनमार्फ योगदान दिइरहेकामा र्सवप्रथम बधाइ दिनु मेरो पहिलो कर्तव्य हो । यस भाषालाई खस नेपाली भाषा भन्ने बैरागी काएँलाहरूप्रति देश सुब्बाले मीठो व्याङ्ग्य गरेका छन् किनभने जातीय दृष्टिले लिम्बूभाषी देश सुब्बामा गम्भीर दर्शन तथा ओजस्वी साहित्य प्रकट गर्ने सामर्थ्य तथा भाषा माथिको अधिकार नेपाली भाषामा पाइएको छ । उनीजस्ता सयौँ आदिवासी जनजातिहरूले यस भाषाका विकास र परिष्कारका लागि गरेका योगदानलाई खस भाषा भनेर म कसरी अवमूल्यन गरौँ – यसको अर्थ लिम्बू, बान्तबा, चाम्लिङ, मैथिलीजस्ता नेपालमा बोलिँदै आएका मातृभाषाहरू अनेपाली हुन् भन्ने होइन । Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

लेख : नेपाली डायोस्पोराको सन्दर्भमा

~हाङयुग अज्ञात~Hangyug Agyat

अज्ञातको अराजकता
————————————————————————
नयाँ नेपाल बन्ने क्रमको प्रथम प्रहरमा प्रवासी नेपालीहरूलाई हेर्ने दृष्टिकोणले केही अलग क्षितिज नियाल्दैछ । मुग्लाने, लाहुरे, परदेशी, प्रवासी जस्ता परम्परागत शब्द र बोधहरूको ठाममा हिंजो आज आप्रवासी या नेपाली डायोस्पोरा शब्दको प्रचलन बढेको छ । नेपालका विद्वानहरू मुलुकबाहिर रोजगारीका निम्ति गएका नेपालीहरूलाई डायोस्पोराको कन्धनी बाँध्नमा व्यस्त छन् भने रोजगारीका निम्ति प्रवासमा हाम्फाल्ने केही Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : रङ्गिन सपनाहरू

~उषा गिरी~Usha Giri

जीवनका रङ्गिन सपनाहरू
जङ्गलका कन्दमुल खाएर होस्
वा रमाइला क्षेणहरू लुटेर होस्
भावुकताको पोखरीमा
स्वतन्त्र रुपमा
अरुको मन नदुखाई
भूगोलको कुनै पनि कुनामा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज

~उषा गिरी~Usha Giri

बर्षभरिका थकाइहरूलाई पर सारी
आसुँ र सुस्केराहरूलाई बढार्दै
बिगतका बर्षहरू झैं
यो बर्ष पनि दिर्घ विश्वाशका साथ
निलो आकाश लिएर, हामी तमाम दिदी बैनीहरूको
दैलो र आगनहरूमा सौगात बोकेर शुभत्वको सन्केत दिदै
हर्ष र उल्लासका साथ रातो साडी र हरियो पोतेसँग मितेरी लगाउदै
आएकी छौ तीज । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटालाई दु:ख पर्दा

~उषा गिरी~Usha Giri

एउटालाई दु:ख पर्दा मान्छे त्यसै हाँसिदिन्छन
ब्यथा पोख्ने ठाउ नै हुन्न भन्यो भने रिसाइदिन्छन

सिथिल हुन्छु त्यसै त्यसै नबुझे झै गर्छन् सबै
मनको बाँध भत्काइदिन्छन गोधुलिमा बस्छु रुँदै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~उषा गिरी~Usha Giri

जीवनसँग जुझ्दै
हारहरूलाई स्वीकार्दै
दृढ अठोट मनभरि पाल्दै
बिचलित नभैकन
चुला र चौकामा
ढिकी र जातोमा
विवशतामा रमाइरहेकी
प्रफुल्ल मेरी आमा
तिमीले आफ्नो
पीडाको क्षणलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

कबिता : झ्याङ्गिदैछ तीज

~उषा गिरी~Usha Giri

तिम्रो आगमनमा
गोधुलीमा फक्रदै
बर्षा ऋतुलाई लखेट्दै
सरद ऋतुलाई कोरल्दै
सर्बाङ्ग पग्लदै,छछल्किदै
उकुसमुकुस आएकी छौ ।

तीज
हामी तमाम नेपाली
किशोरीहरुको माझमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : नेपालीले माया मार्ला बरी लै!

~मनोज गजुरेल~Manoj Gajurel

गत साता CNN को लोकप्रिय टक शो ‘Larry King Live’ मा एउटा विशेष अन्तर्वार्ता प्रसारण भयो। त्यसमा एसियन अनुहारको एक हिसंलो युवा आफ्नो कथा सुनाइ रहेको थिए। जब स्क्रिनमा उसको नाम देखियो- तब मेरो छाती गर्वले ढक्क फुल्यो। किनकि उसको अंग्रेजी उच्चारणबाट प्रष्ट हुथ्यो कि ऊ नेपाली भाषी हो। उसको नाम थियो- राज क्षेत्री। Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बादल फाट्न सक्छ

~उषा गिरी~Usha Giri

समयको खाली सिउदोमा
रङ्ग भर्ने कोशीस नगर
सिमारेखा लामोछ
अन्धकार सङ्गै
बादल फाट्न सक्छ
डाढा पाखा हिजोजस्तो छैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~चिना थापा~

प्राकृतिक सुन्दरताले भरिएको प्यारो मेरो देश
छन् धेरै संस्कृति र थरीथरीका भेष ।
प्रणभन्दा प्यारो छ यो देश नेपाल
छन् यहाँ थुप्रै डाँडाकाँडा र अग्ला हिमाल Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःखको आगो बल्दैछ

~दिपेन्द्र घिमिरे ‘तरंगी’~

जनतालाई छ पीडा,
नेतालाई मस्ति छ
प्रायः हाम्रो देशमा
झुपडीकै बस्ति छ।।

गरीब काम गर्दैछ
पसिना धारा चुवाई।
बस्दैछ अझै सामन्ती
गरीब जनतालाई रूवाई। Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : भोजपुरी प्रगतिशील साहित्य

~गोपाल ठाकुर~

नेपालको तराई क्षेत्रमा रौतहटदेखि रुपन्देही जिल्लाका बीच भोजपुरी मातृभाषाका रुपमा बोलिन्छ । यस भाषाको लामो इतिहास रहे पनि लेख्य साहित्यका रुपमा भारतमा कबीरदासका कृतिहरुबाट यो लिपिबद्ध भएको मानिन्छ । नेपालको सन्दर्भमा राणाकालको सामाप्ति पछाडि यस भाषामा कलम चलेको पाइन्छ ।

यस भाषाको लोकसाहित्यलाई केलाएर हेर्दा अल्हारुदल लोरिकाइन सोरठी वृजाभार शोभनयका आदि लोककाव्यहरुले स्वस्थ्य मनोराजन दिए पनि तत्कालिन अवस्थामा खार गरी अल्हा-रुदल र लारिकइनलाई वीर रसप्रधान प्रगतिशील साहित्यभन्दा अत्युक्ति नहोला । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : म खहरे नै हुन्छु

~हरिमाया भेटवाल~Harimaya Bhetawal

धेरै छन् तिमीलाई हेरेर आनन्द लिनेहरू
तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरू
तिम्रो गीत गाइरहन्छन्
तिम्रो नीलो शरीर हेर्न
कोसौँ टाढाबाट पनि धाइरहन्छन्
ओ समुद्र…
मलाई डरलाग्छ तिम्रो स्तब्धता
तिम्रो गहिराई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जूनको क्रन्दन

~सरुभक्त~Sarubhakta

कुहिरेयात्राः उल्टो घुमेका पाङ्ग्राहरु
प्लाष्टिकका पालमुनि वसेर हामी
गगनचुम्वी भवनहरुको पोष्टर हेर्दैछौं
नेपथ्य युद्धहरुः प्रदक्षिणा विम्वहरु टिपेर
शीतलहरीय ढोलपिटाई अभियानमा जुटेका छन्
खोई कहाँ के गर्दैछन् परा–संभाषणयुक्त
नेपाली तालिवानहरु ?
‘पोभर्टी म्यापिङ – गरीवीमापन नक्सामा
हामी कति धनी छौं ?’ Continue reading

Posted in कविता | Tagged | Leave a comment