कथा : छत्रभङ्ग

~रमेशजंग थापा~

“यो आकस्मिक बैठकमा तपाईंहरूलाई स्वागत छ” मन्त्रीगणतर्फ दृष्टि लगाउँदै राजा त्रिलोचन पुनः भन्न थाल्दछन् ः-

“आजभन्दा पन्ध्रवर्ष अगाडिको तुलनागरी हेर्दा हाम्रो देश अहिले सबै क्षेत्रमा उत्साहजनक उत्कर्षमा पुगेको सर्वविदित छ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अवस्था

~धीरेन्द्र मल्ल~

– नेमप्लेट टाँगिएको थियो डा. नेपाल। उसले नेमप्लेट हेर्‍यो। मुन्टो हल्लायो। त्यसपछि ढोकामा दबाब दियो। ढोका उघ्रियो। भित्र पस्यो। सँगैको कोठामा ढोका खुल्ला थियो। त्यहाँ उसले एउटा व्यक्ति निमग्न भई बसिरहेको देख्यो। त्यस व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न उसले ढोकामा टक…टक… आवाज दियो। बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

समालोचना : घामको चुम्बनमा लोकबोलीको चमत्कार

~वसन्त बस्नेत~Basanta Kumar Basnet

नेपाली नियात्रा र निबन्धलेखनमा आफ्नो नढल्ने सत्ता निर्माण गरिसकेका युवराज नयाँघरे हालसालै एउटा नयाँ नियात्रा पुस्तक “घामको चुम्बन” लिएर नेपाली भाषी पाठकमाझ प्रस्तुत भएका छन् । भाषामाथि पूर्ण पकड कायम गर्ने यी लेखकले यही चामत्कारिक शिल्प देखाउँदै “एक हातको ताली” का लागि वि.सं. २०६५ को मदन पुरस्कारको बाजी समेत मारेका छन् । यसअगाडि नै निबन्ध र नियात्राका सातवटा कृति नेपाली साहित्यको ढुकुटीलाई बुझाइसकेका उनका पाठकको भिन्न समुदाय छ । भाषाका कुशल खेलाडी नयाँघरेको पछिल्लो किताब पाठकको भारी अपेक्षा अनुरुपकै शक्तिशाली भएर आएको देखिन्छ । यसका पछाडि अघिल्लो निबन्धकृतिको लोकप्रियताको दबाबले पनि काम गरेको हुनुपर्छ । Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : अन्तिम बिदाई

~सुमित्रा पौडेल ‘आँचल’~Sumitra Poudel Aachal

‘रिना’ सिमालाई असाधै माया गर्थिन् ! मानौ उनी नै रिनाको सबै थोक थिईन् ! धेरै बर्ष अघि देखि केही रोगको शिकार बने पनि औषधी सेबन र सुख सुविधाका कारण उनी भित्र भएको पिडा र शारीरिक अस्वस्थतालाई दबाउँदै खुशी कै संसारमा रम्न चाहन्थिन रिना ! उनको श्रीमान (अब्राहम) पनि रोगी नै भएको हुँदा दैनिक कार्य गर्न अशक्त भएकाले सहयोगीको आबस्यकता महसुस गरी सम्बन्धित स्थानमा मागको प्रस्ताब राखे ! बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुमित्रा पौडेल ‘आँचल’का मुक्तकहरु

~सुमित्रा पौडेल ‘आँचल‘~Sumitra Poudel Aachal


तिम्रो माया मुटु भित्र अंगालेर बसेकोछु
जेजे दियौ तिम्रै लागि संहालेर बसेकोछु
ईसाराको भरले तिम्लाई हाँसो खुशी दिई
तिम्रा भित्री दु;ख पीडा पगालेर बसेकोछु !! बाँकी पढ्नुहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ओअसिस

~रिता राई~Rita Yamphu Rai

हिड्दै थिएँ एकल यात्री बनी
कोहि आयो गोरेटोमा मित्र भै
चोर्यो मेरो सुख-शान्ति
छोड्यो मलाई दोबाटो मै।

हिंड्नु मेरो नियति हो
विश्वासघाती साथी भेटें
भुलाईदिए सबै कुरा गल्ती सम्झी
बाँचेकोछु म पनि फेरी डुल्ने आस मै। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चट्टान फोड्नुु छ

~दीपक भोजपुुरे~

तिम्रो मेरो साथ मिलाई चट्टान फोड्नुु छ ।
छुुवाछुतको नेपालमा पर्खाल तोड्नुु छ ।

घमण्ड छ केही जातको केही धर्म संस्कार,
मानव सबै एक हुुन् भनी सन्देश छोड्नुु छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : किन थुकेर जान्छ

~समीर सिम्खडा~

जस्ले पनि मलाई किन थुकेर जान्छ ।
जून हेर्छुु बादल भित्र लुुकेर जान्छ ।

दैवले नि मलाई नै गर्छन् कि हेला ,
कुुकुुरले नि मलाई देख्दा भुुकेर जान्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : यही मान्छे

~एकादेशको गगनराज~

बनिन्छ कहिले देवदुुत् यही मान्छे ।
र हुुन्छ लोकमा अछुुत् यही मान्छे ।

मान्छेले बेच्छ मान्छेकै मर्यादा ,
कमाउँछ दौलत अकुुत् यही मान्छे । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : हिसाव भएन

~खगेन्द्र साउद ‘समर्पण’~

कैले अघाइयो होला हिसाव भएन ।
कैले नखाइयो होला हिसाब भएन ।

एउटै पानाबाट त्यो बेला थरि थरिका,
के के बनाइयो होला हिसाब भएन । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : आन्दोलनमा छन्

~लक्ष्मण मिलन विष्ट~

हलिया मसाल बोकेर आन्दोलनमा छन् ।
कमैया चुपचाप–चुपचाप अनसनमा छन् ।

म तिमीलाई जुन तारा उपहार कसरी दिउँ ?
तिमी आफैँ टिपेर ल्याऊ ऊ त्यो गगनमा छन् ।

मलाई प्यार गर्नेहरु जीवन सुुम्पनेहरु ,
कोही मेरो दिलमा छन् कोही धड्कनमा छन् ।

जस्ले देश निलेका छन् उनीहरु अचेल ,
यौटा ठूलो दरबारभित्र सिंहासनमा छन् ।

मिलन बाहिर चञ्चल देखिनुुको कारण यत्ति हो,
दुुःख पीडा वेदना र घाउ उसको मनमा छन् ।

लक्ष्मण मिलन विष्ट
कालिकास्थान, अछाम

(स्रोत : ‘विकसन’ साहित्यिक पत्रिका – स‌युक्ताङ्क-३,४,र ५ (बैशाख-पौष) २०७० )

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यार हुुँदैन

~कपोल कल्पित~

रहरै रहरमा प्यार हुुँदैन ।
चाहेकै भरमा प्यार हुुँदैन ।

आँखाले मनको भाव नवोले ,
एकै नजरमा प्यार हुँदैन । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : यो ठाउँमा आउनेछ

~कपिल अन्जान~

अन्जान एकदिन यो ठाउँमा आउनेछ ।
र यी विभेदका पर्खालहरु भत्काउनेछ ।

बाबुले घरमा हतियार राखि दिएपछि ,
छोरो कतिञ्जेल दुुनियाँसँग डराउनेछ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : संविधान बनाउछु

~युुगल योगेन लिम्बू~

छोड एक्लै जनताको संविधान बनाउछु ।
सवै राजनितिक दललाई एक चिहान बनाउछु ।

अन्तर क्रिया गर्नु हुन्न उठाउनै पर्छ बन्दुक,
राजदरवार जस्तै सिंहदरवार निसाना बनाउछु । Continue reading

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘गजल दर्शन’ नियाल्दा . . . . . . .

~सदानन्द अभागी~Sadananda Abhagi

परिचय
समिक्षीत कृति गजल दर्शन

नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढीरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग भन्ने गरेको छु । गजलको चरण विभाजनमा मैलेयसरी प्रस्तुत गर्ने गरेको छु -पहिलो चरण प्रारम्भिक काल -वि.सं १९४० देखि २००२ सम्म, दोस्रो चरण विलुप्तकाल वि.सं २००२देखि २०३५ Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

अनूदित कथा : उसको प्रेमी

~म्याक्सिम गोर्की~Maxim Gorki
अनुवादः होमर श्रेष्ठ

मेरा मित्रले मलाई यो कथा सुनाए :

म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे । ऊ अग्ली–अग्ली थिई, श्याम–वर्णकी, कपाल कालो, आँखीभौँ बाक्लो, मोहोडा लाम्चो र रुखो, बन्चरोको पासोमा मुखाकृति खोपेको जस्तो देखिन्थी । जनावरको जस्तो ट्वाल्ल परेका आँखा, घोर स्वर, ट्याक्सी ड्राइभरको जस्तो हिँडाइ, बाँकी पढ्नुहोस्

Posted in अनूदित कथा | Tagged , | 1 Comment

कथा : अलाउद्दीनको बत्ती

~कृष्ण धरावासी~

Krishna dharabasi

Krishna dharabasi

जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस्काहरूमा ठोक्किएर आफैतिर आउँछन् । आफैँले बोलेको आवाज पनि अर्काले बोलेको जस्तो सुनिरहेका हुन्छौँ । सानो सोचमा, सानो घेरामा, सानो स्वार्थमा, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : रुम्सिङ भञ्ज्याङतिर उक्लिँदा

~डा. तारानाथ शर्मा~Taranath Sharma, Nepali Literary Icon (7).JPG

मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी ? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई आत्मसात् गराएका थिए । हो, म यिनै गोडाका भरमा उभिएर रोम, ताइपेइ र न्यूयोर्क घुमेको छु, यिनै गोडाले गाडीको पाउदान थिचेर डयालसको, शिकागोको र एघार हजार फुटको उचाइमा स्थित रकी पर्वतमालाभित्र आइसन्हावर सुरुङको छाती चिर्दै हुँइकिएको छु र बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

ब्यङ्ग्य निबन्ध : निउरी मुन्टी ‘न’

~शेषमणि आचार्य~

एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर बढ्दै गयो, कान्छो छोरो बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : आइसक्रिम हैन माँया पलभरमै बिलाउने

~जीतु खड्का गाउँले~Jeetu Khadka Gaaule

आइसक्रिम हैन माँया पलभरमै बिलाउने
काउशो नि हैन माँया छुदै खेरी चिलाउने !!

दुई आंत्मा मिलेपछी आँफै बस्छ माया प्रिती
जाम पनि हैन माँया पिउने र पिलाउने !! बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ

~फणिन्द्र ‘शान्त’~Fadindra Shanta

हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ
ए गाँठे हौ! गणेश पनि आसन छोडी भाग्छु भन्छ ।।

शान्त नै छ महासागर हेर फूर्ति खहरेको
धमासैमा किन नहोस् जल सत्ता हाँक्छु भन्छ ।। बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

नैना निर्झरा का मुक्तक

~नैना निर्झर~

व्यथा बोकेर कोशीको किनारा दुखेझैं लाग्छ,
गृहयुद्दको भुमरिमा सर्वहारा दुखेझैं लाग्छ
मनभरी अनगिन्ती बिरही तरंगहरु बोकेर,
अनकन्टारबाट देश नियाल्दै रारा दुखेझैं लाग्छ । बाँकी पढ्नुहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त

~बुद्धि मोक्तान~Buddhi Moktan

तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त !
एक्ली रैछौ साथ दिन ताने भने मान्छौ कि त !

तानी चुमी भाग्छ भनी डराएछौ भित्र भित्रै
तर हैन त्यही आफ्नो ठाने भने मान्छौ कि त ! बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्यालेन्टाइन नजिकिदा उनको मेरो दुरी बढ्यो

~रामचन्द्र कार्की~

भ्यालेन्टाइन नजिकिदा उनको मेरो दुरी बढ्यो,
दुरी किन बढ्यो भनि मनमा कुरी कुरी बढ्यो ।

अचानकै देखे उन्लाई क्षितिज पारी डोली भित्र,
अपार माया देकै थिएँ किन मनमा छुरी बढ्यो । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : लज्जा झुक्दो छ रहर च्याउदो छ

~भरत पौडेल~

लज्जा झुक्दो छ रहर च्याउदो छ
होश गुम्दो छ प्यास छाउदो छ

आबाज दमित छ नजर बोल्दो छ
धड्कन बढेर सरगम गाउदो छ बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : सँधै हाँसी बस्ने जूनले

~भगवती कंडेल~Bhagawati Kadel

सँधै हाँसी बस्ने जूनले अधेँरीमा ठाउँ पायो !
ओहो ! कालो गाजलुले परेलीमा ठाउँ पायो !!

बगरको ढुङ्गा सरी भएका छन् धेरै जीवन् !
भाग्यमानी त्यो हो जस्ले कलेजीमा ठाउँ पायो !! बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : बजियाज्यूले बजाउनु’भो

~नरनाथ लुइँटेल~Naranath Luitel

हामीकहाँ बजियाहरू धेरै हुनुहुन्छ । कालगतिले केही बजियाहरू अहिले उच्च आसनमा विराजमान हुनुभएको छ । यी विशिष्टखाले बजियाहरूको विरुद्धमा छिसिक्क पनि बोल्नु भनेको आफ्नै मुख पोल्नु हो । झन् बाह्र वर्ष पछि खोलो पनि फर्किएको बेला पर्‍यो । आयोगको तातो भुतभुतेमा ज्युँदो माछा परे झैँ फत्र्याफत्र्याक पर्न कसलाई मन लाग्छ र भन्या । जमानाले यसरी रङ्ग फेरिरहेको बेला ढङ्ग नपुर्‍याई बोल्नु बाँकी पढ्नुहोस्

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : कुरूप काठमाडौँ

~नरनाथ लुइँटेल~Naranath Luitel

तँ बेइमान छस्
जतिसुकै सुन्दर छु भनेर
फूर्ति लाए पनि
तँ कुरूप छस्
लाँकुरीभञ्ज्याङबाट हामी धेरै-धेरैले
एकैसाथ हेर्‍यौँ
तँ आफ्नो मुख लुकाएर बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

केस्रा : पीडा

~कृष मगर~

आउंछु भनि मलाई किन ढाँटेको
त्यसैले मेरो यो मन नि फाटेको

नबल्झाउ भरि सके पीडाहरु Continue reading

Posted in केस्रा | Tagged | Leave a comment

समीक्षा : चीत्कारको सौन्दर्य

~गण्डकीपुत्र~Gandakiputra

जीवनमा सधैं हतारो छ उनलाई । घर अफिस गरेर मात्र पुग्दैन । फिल्डमा गइरहनुपर्छ । कहिले माथि पहाडतिरका गाउँमा कार्यक्रम पर्छ । कहिले धुलाम्य तराईका गाउँहरूमा पुग्नुपर्छ । यसै बीचमा राष्ट्रिय चाडजस्तै भएर आउँछन् दादुरा, पोलियो, हात्तीपाइले आदिका विरुद्धको खोप अभियान । त्यसबेला त झन् व्यस्त रहन्छन् उनी । खोपहरू दिएको दिनदेखि फेरि बज्न थाल्छ फोनको घन्टी । यो खोप लगाएको मेरो बच्चालाई त ज्वरो आयो । मेरो परिवारमा यस्तो भयो । जवाफ दिंदादिंदा आजित हुन्छन् उनी । फेरि साहित्यिक समारोह हुन्छन् । साथीभाइको बचन राख्न जानै पर्‍यो । आफू पनि लेख्ने बानी लागेको लेख्नै पर्‍यो । यताउता गरेर बेफूर्सद रहने तर लेखनमा कुनै न कुनै रूपले सक्रिय रहने यी व्यक्ति हुन् कवि, गीतकार नवराज सुब्बा Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

संस्मरण : लेखिने आशामै अस्ताए कवि के. सी.

~असफल गौतम~Asafal Gautam

मैले नेपाली वाङ्मयका जति साहित्य साधकहरूसँग साक्षात्कार गरें, त्यो वि.सं. २०५८ सालपछि मात्रै सम्भव भयो । सो समयभन्दा अघि नाममा मात्रमा चिनेको थिएँ जुन समय म पोखरा झरें। मलाई पोखराले नै पोखरा झा¥यो≤ नेपाली वाङ्मयको क्षेत्रमा लाग्नका लागि उस्कायो। त्यसपछि हिजो पढेका कथा, कविता, उपन्यास, निबन्ध, समालोचनाजस्ता विविध विधामा सुनेका नामहरूसँग साक्षात्कार र भलाकुसारी गर्ने मौका मेरो साहित्यिक यात्रा र पोखरा बसाइले दिएको हो भन्दा मलाई कुनै अप्ठ्यारो हुँदैन । यसरी भेटिने र चिनिने क्रममा मसँग जोडिएका कवि हुन् कुलबहादुर के.सी. Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जन्ती हुन कि मलामी ?

~सुशिल ताम्रकार~Shushil Tamrakar 2

यो कस्तो भीड हो ? जन्ती हुन कि मलामी ?
भिक्षुहरु दिदैं छन अङ्गुलिमारलाई सलामी ।

रात नाङ्गै नाच्छन, कोइ आए करङ्ग भाच्छन् ।
प्रात गेरु वस्त्रमा जप्छन बुद्धम शरणम् गच्छामी। Continue reading

Posted in गजल | Tagged | Leave a comment