बिर्सनलाई धेरै पिए, मातिएपछी पो मन खुल्न थालेछ
बिस्तारै बिस्तारै मनको पिडा सबैमाझ खुल्न थलेछ
तिम्रो जाली मायामा मै ढुखीको मन फस्नु फसेछ
तिमीले गरेको बाचाहरु तिमी आँफै तोड्नु तोडेछ
धनको साथ पाए पछि मनको रुपा पराइ भएछ Continue reading
अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भैरहेको छ । लोकका पालकहरू लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै होइन । खलनायकी पारामा स्वयम नायकहरू लोकतन्त्रको रक्षाका निम्ति उपद्रोसँग जुटिरहेका छन् । Continue reading
~ इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~
एउटा कथा लेख्नु छ, यही सम्झेर सुशान्तलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट कार्यालयमा पनि दिनभरि उसले छटपटी बेहोररिह्यो । सुत्दा, उठ्दा, खाँदा, काम गर्दा जत्तिखेर पनि एउटा नवीन कथा लेख्ने हुटहुटीले उसलाई गाँजिरह्यो । आफ्ना मित्रमण्डलीसमक्ष उसले कुरो राख्यो । तर, कस्तो नवीन कथा लेख्ने भनेर समाधान निस्कन सकेन । झन्झनै उसको छटपटी बढिरह्यो । बाँकी पढ्नुहोस्
आफ्नै आँखाअगाडि थुप्रिएको भग्नावशेष देखेर पनि दिलमायालाई विश्वास लागिरहेको थिएन, अब यहाँ घर होइन, केवल तिनका भग्नावशेष मात्र छन् भनेर। केहीअघिसम्म यहाँ गुजुमुज्ज परेका घरैघर थिए। विद्यालय जान हतारिएका नानीहरूको हल्लाखल्ला, प्रेसरकुकरको सिट्ठी र काममा जानेहरूको खलबलले यस बस्तीको जीवन्तताको परचिय दिइरहेको थियो। तर, अहिले केही क्षणमै…अहिले… बाँकी पढ्नुहोस्
उजेलीमै भेट हजूर रात छ बेइमान
अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान ।
भो न भो मेरी हजूर आँखाले अरु नपिलाउ
अनर्थ होला बेहोसीमा मात छ बेइमान । बाँकी पढ्नुहोस्
सजिरा’छ कतै दरबार अझै
डुबिरा’छ कतै घरबार अझै
जमिरा’छ कतै मन चिन्तनमा
उठिरा’छ कतै तरबार अझै बाँकी पढ्नुहोस्
नझार आँसुका ढिका म आँसु हेर्न सक्दिन
र आँसुमा तिमी डुबे म सास फेर्न सक्दिन
बितेर जान्छ बैँस यो, प्रहार गर्छु प्रेमले
समीप भाग सुस्तरी म दूर घेर्न सक्दिन बाँकी पढ्नुहोस्
~प्रतिमा पौडेल~
एक साँझ अनायासै छिरेको थियो ऊ मेरो कोठामा । त्यसपछी हरेक साँझ आउन थालेको छ ऊ मकहाँ। यो शहरमा शायद ऊ नयाँ हो। शायद उस्का कोही आफन्त छैनन यहाँ वा हुनसक्छ ऊ आफन्तहरूबाट भागेर आउछ मकहाँ । ठीक्क मोटाइ, चौडा छाती, हँसिलो अनुहार, सयौँ वसन्त ऊ सङ्सङै भित्रीय झैँ लाग्छ मलाई। “को होला ऊ?” दिनभरि यो प्रश्नले चिमटी रहन्छ । त्यही चिमटाइँ खप्न नसकेर मैले उस्लाई एक दिन सोधेको थिएँ “तपाइँको नाम के को?” बाँकी पढ्नुहोस्
~दीप हाँडिगाउँले~
यस्तै ९/१० बर्खको थिएँ हुँला म। मंसिरको बेला थ्यो, जाँच भरखरै सकिएको। एक दिनको कुरो हो भात खाएर नयाँ सडक हिनें। बाउको फुपुकी छोरीले छोरा पाईछन त्यस्को टीपन दिएर पठाएका थिए मलाई। नयाँ सडकमा हाम्रा एकथरी नातेदार थिए, उनीहरुले कुन चाईने महापण्डीत चिनेका थिए कुन्नी, असाध्यै गुनगान गाउँथे ती पण्डीतको। तिनै पण्डीतले चिना नबनाईदीइ भएन रे भनेर मलाई त्यो टीपन दीएका थिए घराँ। त्यै बाँकी पढ्नुहोस्
~डा. ऋषि बस्ताकोटी~
त्यतिखेर देशको शासनसत्ता उहाँकै हातमा थियो । अधिकारको खोजी गर्नेहरू, स्वतन्त्रताको माग गर्नेहरू सबैसबैलाई सरकारले खूव दमन गर्यो । सैयौ शहीद भए, हजारौं कैद भए। मुलुक एक हिसावले राक्षसी राजमा बदलियो। आखिर अँध्यारोले उज्यालोलाई कति दिन पो ढाक्न सक्थ्यो र ! एक दिन घाम झुल्किन करै लाग्यो । उहाको राज सकियो । बाँकी पढ्नुहोस्
~डा. ऋषि बस्ताकोटी~
मायाले भरिएँ म, मायामै पोखिएँ ।
कुन साइत के भयो, तिमीमै ठोकिएँ ।
न तिम्ले रोजेको, न मैले खोजेको,
लेखेको त्यही रै’छ, तिमीमै तोकिएँ । बाँकी पढ्नुहोस्
हामीहरू उज्यालोका उपासक हौँ । रात नबितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ । समाजमा रातलाई दिन र दिनलाई रातका रुपमा हेर्ने र आफ्नो स्वार्थको घैलो टन्न भर्ने व्यक्तिहरूको कमि छैन । यस्ता रातका उपासकहरूबाट राष्ट्रलाई नबचाए राणाशासकले पाचायती निरंकुस व्यवस्थाले र जनआन्दोलन-१ पछिका शासकहरूको कुर्सीमोह एवं हानथापले पछि पारिएका हामी कहिल्यै अघि सर्न सक्दैनौँ । हृदयदेखि नै मन वचन र कर्मले राष्ट्रप्रति प्रेम दर्सा्उनेहरूको ताँती पनि हामीकहाँ लामै छ । अनुभव गरेका कुरा लेख्न नसक्नेहरू र लेखेको कुरा Continue reading
अखवारमा
जबजब, म लेख्न थाल्छु
स्वतन्त्रताका नविन गीतहरु
म उत्खनन् गर्छु तिम्रा काला कर्तुतहरु
र प्रकाशन गर्छु आफ्नो अखवारमा
तिम्रा बेहिसाव ज्यादतीहरु
त्यतिबेला तिमी मेरो कलम बिरुद्ध बाँकी पढ्नुहोस्
भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै,
लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै
लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वैक
हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै ।
यता गयो मुवायलै उता छ मान एसको
गरीब होस् तथा धनी यही छ सान देशको
छ क्लासमा मुवायलै छ जाँचमा मुबायल
लिएर नोट हातमा सफल हुने मुबायल । बाँकी पढ्नुहोस्
~सरुभक्त~
एकदिन
मनका पहाडहरुले साउती मारेर
जिन्दगीका गीतहरु खोजिरहेको बेला
म कुन आँधीले हुत्तिएर
आँधीहरुको देशमा पाइपुगेको छु
भीरहरुको देशमा आइपुगेको छु बाँकी पढ्नुहोस्
~इद्रिस सायल~
“जा नउवा ! गाउँमा घर-घर भनेर आ कि जमिन्दारसाहेब बितिहाले ।”
जमिन्दारी रबाफले भन्यो, जमिन्दारको छोरा ढोलवाले !
“अच्छा !”
बाँकी पढ्नुहोस्
~नरदेवी राई~
प्रिय जेनी,
सायद बिर्सिसकेकी हौली मलाई, सम्झनु पनि त कसरी यति लामो अन्तरालसम्म, न कहिल्यै पत्राचार गर्यौँ, न कुनै खोजखबर नै । घुयेँत्राले हानेको ढुङ्गोझैँ हानिएँ म, तापनि सम्झना भने मरेको छैन मनबाट । त्यसैले आज कलम उठाइरहेकी छु । तिमीलाई अचम्म लाग्ला बाँकी पढ्नुहोस्
~राम दाहाल~
मृत्यु त जीवन आसन्न लक्ष हो
बाँच्नेले यसलाई कुर्नै पर्छ
जीवन निर्धारित कोशेढुंगा हो
मर्न चाहे पनि यसलाई तुर्नै पर्छ । बाँकी पढ्नुहोस्
ए गुलाब
जुन माटोमा टुसायौ तिमी
किन बुdmेनौ अdmै
सयपत्री पनि त्यहि माटोमा
टुसाएको हो
एकै फूलबारीमा बाँकी पढ्नुहोस्
~मन्जील दिप शुब्बा ‘गरिव’~
हेप्छौ किन जिउदा म सडकको पेटी हरुमा!
मैले पनि त देश रुदा आशुले आँखा धोएको छु!!
थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा!
मैले पनि त भोको पेट र लाज छोपेकै छु!! बाँकी पढ्नुहोस्
~बिमर्श~
सुनको भाउ सँग बिक्छ मंगलसुत्र यहाँ सिन्दुर पनि बिक्छन यहाँ ।
अधेरी रातको सन्नाटासँगइ योबन पनि बिक्छन यहाँ ।
जस्ले पियो मायापिरतिको अमृत दिनको उज्यालो सँगइ,
चम्किलो ताराहरुसँगइ बिछोडको बिश पनि पिउछन यहाँ । बाँकी पढ्नुहोस्
~भुवन त्रिपाठी ‘निश्छल प्रत्यासी’~
आयौ तिमी कस्तो ठाउमा फूलै फूल फूल्ने गाउमा ।
सारा दुख कष्ट छाडी झन्जट सवै भुल्ने गाउमा ।
जिन्दगीको लामो यात्रा सगै सगै हिडदै गर्दा
वल्ल आज भेट भयो हृदयनै खुल्ने गाउमा । Continue reading
~विवश यात्री~
तिमीले मुटुमा औंसी लगायौं
मायाको भारी बोक्ने नाम्लो चुडायौं
टाढा टाढा धेरै टाढा पुग्ने हाम्रो लक्ष्य थियो
आधी बाटो नपुग्दैमा मन त्रि्रो बदलियो बाँकी पढ्नुहोस्
~अस्मिता~
(तीजको लयमा)
एउटा गीत गाउँदैछु म तीजको लयमा।
बिदेश आउने नेपालीको सुन्नुस् बयान।
साना साना बालबच्चा रुदै होलान् घरमा
नेपाली हौं भन्न पनि लाग्छ मलाई सरम। बाँकी पढ्नुहोस्
~‘बेखर्ची’ ज्ञानेन्द्र कोईराला~
परदेशीको बाटो हेरी नबस है मैना
निलो आकाश सारा धर्ति
तिम्ले संसार देख्छौ कति
सक्छौ भने पंखा खोली उड्दै जाऊ मैना बाँकी पढ्नुहोस्
~अम्बिका गिरी~
बिर्सिएकै बेस होला दुखियाका साथहरु
भयो अब नदेउ धेरै जीन्दगीमा घातहरु
मैले हिँड्ने बाटो तिम्लाई साँघुरो लाग्न थालेपछि
मैले बस्ने बस्ती तिमीलाई उजाड लाग्न थालेपछि बाँकी पढ्नुहोस्
~बिमल गिरी~
जहाँ गयो ठेस लाग्छ हेर्छु क्षितिज पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी।
जिन्दगीको गोरेटोमा गर्नुपर्ने कति कति
समयले कोल्टे फेर्यो नपुग्नेभो सोचेजति, बाँकी पढ्नुहोस्
~खेम भण्डारी~
१.बियोगका ती
अध्यारो रातहरु
रोएर बिते
२.त्रि्रो मुस्कान
एकान्त यो ठाउँमा
सम्भिmरहन्छु बाँकी पढ्नुहोस्