मुक्तक : यो शहर हो जहाँ उनी पनि आ’कि छिन्

~टेक थजाली मगर~

यो शहर हो जहाँ उनी पनि आ’कि छिन्

डिस्को बार रेष्टुरेन्टमा धा’कि छिन्

बुझि नबुझि नानाभाती गीत गाउने उनी

सुनेको आज बिना पोई दर्ुइ जिउकी भा’कि छिन्

[17th,august 2006]
झिन्८ म्याग्दी
हाल यू.ए.इ. दुबई

Posted in मुक्तक | Tagged | Leave a comment

हाँस्य कविता : सून र स्वास्नी

~शैलेन्द्र सिम्खडा~Shailendra Simkhada

स्वास्नीको कचकचसाग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परिक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनु भो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जङ्गलमा स्वास्नी गुमाउनु भो । बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य कविता : बिचरा महादेव

~प्रेम वली~

घर बाहिर महादेवलाई देखे पछि

कति हुरुक्क हुन्छन

कति फुरुक्क हुन्छन

तर घर भित्र बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : झगडा नगरे के गर्छ ?

~शैलेन्द्र सिम्खडा~Shailendra Simkhada

अलपत्र विश्वासको खोलमा
सर्वत्र शङ्का सिउरिएको
सशङ्कित अङ्गहरूको ज्वारभाटा
हातलाई खुट्टाको विश्वास छैन
लठ्ठी टेकेर हिँड्ने गर्छ,
जिब्रोलाई आँखाको विश्वास छैन बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : तपाईंले तँ को होस् भन्नु होला

~शैलेन्द्र सिम्खडा~Shailendra Simkhada

तपाईंले तँ को होस् भन्नु होला
मलाई म, मै हुँ भन्ने आँट छैन
म त्यस्तो देशको नागरिक
झरनाको मुनि बसेर ओठ मुख सुकाउनु पर्छ
रगतमा करेन्ट बगाउने जात
घरमा बिजुली बल्दैन आँखा हेरि हेरि निदाउनु पर्छ, बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी र म

~मोमिला~momila

(तिमी=पुरुष र म=नारी)

तिमी र म

अर्थात् हामी

फरक बाटो भए पनि

आज, एउटै सपनामा हस्ताक्षर गरेर हिँडेका छौँ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

बिम्ब यौनकथा : नैना भाउजु

~नरेन्द्र राज पौडेल~Narendra Raj Paudel

नैना भाउजू ल्वाङ् सुकुमेल चपाउँदै चौतारीमा निस्किएपछि सबै हाकिमहरूमा उत्साहको सञ्चार हुन्थ्यो । एकछिन गफको सिङौरी खेलेपछि अलिक शान्त मन लिएर सबै आ-आफ्ना निवासतिर लाग्दथे । बाँझी, टटली अलिक कुरौटे खालकी नैना भाउजू सबैलाई हिकेर गफ गर्दथिन् । हिजो अस्ति जस्तै आज पनि सबै हाकिमहरू सिरानबजारको चौतारीमा बसेर गफ चुट्तै थिए । भित्री मनैदेखि सबै नैना भाउजूको प्रतीक्षामा अल्भिmएका थिए र बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : जोइटिंग्रे

~गुरूदत्त ज्ञवाली~Gurudatta Gyawali

छोरी ; सञ्चै आयौ ?
ज्वाइँ घरमै हुनुहुन्छ ?
भाग्यमानी छौ छोरी तिमी त
तिम्रो पूरा हेरचाह गर्ने ज्वाइँ
सुख दुःखमा साथ दिने ज्वाइँ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : बिहेको कार

~ईश्वर ढकाल~Ishwor Dhakal

हर्के समाजका ठूलो महत्वकांक्षा बोकेर हुर्कदै गरेको युवा हो । उ अरुभन्दा भिन्न देखिन चाहन्छ । त्यसको लागि उ छल, कपट, खर्च अनेक गर्न सक्छ । यसको एकमात्र उद्देश्य समाजमा स्थापित हुने हो ।

सानातिना मानिसलाई हतपत हर्केले गन्दैन । ठूला नेता, मन्त्री र विभिन्न कार्यालयका हाकिम साबहरुसँगको संगत बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हाकिम

~चूडा निर्भीक~Chuda Nirveek - 2

उसको शरिर मोटो थियो । भुँडी उछिट्टिएर भुईँ हेर्न नमिल्ने भएकोले हिँड्न पनि उसलाई मुश्किल पर्थ्यो । ऊ अतिसारको व्यथाले एकदिन अपर्झट मर्यो ।

उसको त्यो उछिट्टिएको पेटमा के रहेछ भनि हेर्ने उत्सुकता सबैलाई भयो । मानिसहरूले पोष्टमार्टम गर्ने कसाईलाई उसको पेट चिर्न बोलाए । पेट चिरेको हेरेपछि सब अवाक रहे । उसको पेटभित्र पेट्रोल, मट्टितेल, ग्यास, गाडीका टायर, पार्टपुर्जा सबै भेटिए । हुन पनि बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नयाँ हाकिम

~नारायण ढकाल~Narayan Dhakal_1

विभागमा नयाँ हाकिम नियुक्त भएर आएपछि वातावरणमा पनि नयाँ रंग चढ्यो । दिनभर विभिन्न शाखाका कर्मचारीहरु जम्मा भएर उसकै बारेमा टीका टिप्पणी गरे । कसैले उसको तारिफ गरे भने कसैले खिल्ली उडाए ।

तारिफ गर्ने पक्षको खरिदार जीवनाथले भन्यो- “कस्तो राम्रो व्यक्तित्व ! जुँगा बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आज हाकिम फेरियो

~चूडा निर्भीक~Chuda Nirveek - 2

आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो ।

यस कार्यको लागि हाकिमको पुरा समर्थन प्राप्त गरेकै हो उसले । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता :मेरो हाकिम

~इन्द्रकुमार श्रेष्ठ~Indra Kumar Shrestha

कतिसम्म हरामी छ बोल्नुहुन्न अरुसँग
छट्पटिन्छ त्यसै हेर मलाई नेत्र तर्दछ
डर होला अरु कोही कुर्सी बसिदिन्छ कि
गजधम्म हमेशा ऊ टाँसिन्छ त्यसैमा बसी । बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सबै नेपाली भाइ हौं

~मुक्तिनाथ शर्मा~Muktinath Sharma

मानिन्छ देश नेपाल छ यो स्वर्ग समानको
यस्को अस्तित्व उच्चा छ सुरम्य प्रकृति छ जो
अग्ला हिमचुली देखि पहाड र मधेशको
भू–बनोट भएकाले बस्ती उच्च स्वदेशको ।।

चीसो हावा यहिं चल्छ गर्मीको स्वाद केही छ
जीव जन्तु घना जङ्गल् जमीन अनुसार छ
यसै कारणले गर्दा यसको सान उच्च छ
सन्सार मान्छ यो देश साच्चैं स्वर्ग समान छ ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साउन महिना

~मुक्तिनाथ शर्मा~Muktinath Sharma

घुम्दै फिर्दै यहा फेरि मैन्हा आएछ साउन
भ्याकुता गीतमा मख्ख नदी लागे सुसाउन
झ्याउकिरी कतै बोल्छन् न्याउली चुपचाप छ
खेत खर्क बगैंचामा हरियाली सुरम्य छ ।

ढाकिएको छ आकाश बादलु दल दौडदा
झल्याक् झुलुक्क भैरन्छ झरीपर्छ यदाकदा
लगातार कुनै दिन रात पुर्ण झरी झरी
खहरे उर्लदा मान्छे हुन्छ थर्थरी। Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : टिकट

~रमेशमोहन अधिकारी~Ramesh Mohan Adhikari

एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि थिए । त्यसैले उसले मामानेर आफ्नो समस्याको पोको फुकायो । भान्जाको बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँखा

~रमेशमोहन अधिकारी~Ramesh Mohan Adhikari

‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् ।

‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

यात्रा संस्मरण : छेपारोकोझैं रुप फेर्ने रारा रानी

~हरि प्रसाद खनाल~

“ छेपारोकोझैं रुप फेर्ने राराको बानी छ 
१६७ मि. गहिरो खाडलमा कञ्चन पानी छ
राम्रा छन् फेवा , रुपा , बुलबुल र घोडाघोडी पनि
तर सौन्दर्यमा त रारा तालहरुको रानी छ ।’’

यस्तै बयानहरु अनेकौं सुनियो राराको बारेमा, एक पटक नहेर्दासम्म चित्तै बुझेन । भन्छन् नि सुनेको पोखरा भन्दा देखेको पोखरा राम्रो । त्यसकारण पनि रारा नपुग्दासम्म रारा कस्तो होला ! भन्ने कौतुहलताले सताइनैरहनेभयो र बाँकी पढ्नुहोस्

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आकृती

~किशोर सापकोटा~Kishor sapkota

सौरहाको पवमा वसेर रापतीतिर आँखा डुलाउँदै गर्दा आकृतिलाई देखें । ऊ अगाडिको टेवलमा साथीहरुसँग थिइ । रापती नदी पारी लटरम्मै फूलेका झ्याक्सी नियाल्दै जिवजन्तुको उपस्थितितिर आँखा तन्काउँदै लठ्ठ देखिन्थी उ । रापती नदी पार गर्दा हात्तीले धकलेको पानी नदीको किनारमा छकल्किएको हेर्दै थिई सायद । कुनै चिजको पर्वाह नभए झैं बालुवामा लम्पसर परेर घाम तापेका गोही पो हेर्दै थिई कि ! अँगालोमा बेरिएर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खहरेको भेल

~आर. आर. चौलागाई~R R Chaulagain

“तँ अखिलमा लाग्या छस् रे हो ? ”
एकदिन अचानक उसले मसँग यस्तो प्रश्न ग-यो ।
“हो, लागेको छु । असल काममा को लाग्दैन ?”
यसरी मैले छोटो उत्तर दिएको थिएँ उसलाई । दुई हजार पैँतीस सालतिरको कुरा हो, म त्यतिखेर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : सहयात्री

~राम प्रसाद दाहाल~Ram Prasad Dahal

१.यात्राको थालनी

कहींकतै टाढाको यात्रा गर्नु पर्दा, चाहे त्यो उडानमार्गबाट होस् या गुडानमार्गबाट, म टिकटमा दिइएको समयमा नै पुग्ने प्रयास गर्दछु तर त्यो प्रयास कहिलेकहीं सफल नभएर मैले मेरो वाहनलाई छुटाउनु पनि परेको छ। कहिले म ट्राफिक जामको घेरामा फसेको छु, कहिले ट्याक्सी नामको खटारो बीचबाटोमा पसारो परिदिएर समयलाई उम्काई दिएको छ। कतिपय समयमा ‘ल, ल, पाकिसक्यो, खाएर जान भ्याइन्छ’ बाँकी पढ्नुहोस्

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

निबन्ध : भोग

~युवराज नयाँघरे~Yubaraj Nayaghare

किनारमा छु रगते आहालको !
सधैं त काठमाडौं छोडेर घरै पुग्थें दशैं मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मन । थच्चिएं यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दशैं हेरौं ! यसको पोल्टामा थच्चिनेका दशैंमा मिस्सिउँ र मनाउँ आँफै पनि ।
नौरथाको अन्तिम दिन हो यो ।
नवमीको दिन । बिहानै पुगेँ म दक्षिणकाली । जाने उत्कण्ठा पुरानै हो । बल्ल बाँकी पढ्नुहोस्

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : चप्पल छिने के भो र यात्रा जारी छ

~नीलम कार्की ‘निहारिका’~Neelam Karki Niharika

सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा लौरो छ बाँसको । तगारो बन्द छ ।

तगारोमा लौरोले हिर्काउँछ पक्कोले ।

कच्चोले र्‍याइँर्‍याइँ सारङ्गी रेट्छ । भित्रपट्ट िकेटाकेटी झुम्मिन्छन् / कुकुर भुकिरहेछ / अझै जोडले भुक्छ ।

………………….
हे……हे….. हे……
हेर्दाहेर्दै मान्छे जति भैसके भक्षक
तगारोमा पुग्दा भुक्छ घरको रक्षक
र्‍याइँर्‍याइँ……. बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐठन

~नीलम कार्की ‘निहारिका’~Neelam Karki Niharika

तिम्रो ब्रेकफास्ट तयार छ र लन्च पनि । म र्फकन अलि ढिला हुन्छ होला । सिन्तिया आफूलाई बाहिर निस्कनको लागि तयार पार्दै बोल्छे । ठूलो ऐना अघिल्तिर छ ऊ, भर्खर लुगा फेरेर मेकअपतिर लागेकी छ । ओठमा लिपिस्टिकको धर्का कोर्दैछ । ब्रेन्डा बेडमा नै छ । ओड्नेभित्र शरीर छ । अनुहार मात्र निकालेर सिन्तियालाई अघिदेखि हेरिरहिछ ।

उनीहरू यसरी सँगै छन्, केही समय भयो, केही वर्ष नाघिसक्यो, बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो भात

~नीलम कार्की निहारिका~Neelam Karki Niharika

साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ।
उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” समाजसेवी लालप्रसादले एक्लै राखेर फकाए। पहिला उनी भन्दैथे, अहिले कोटा सकियो तर सुक्रेले ढिपी छाडेन।
लाने भए अर्को पटकमा छिटै आएर। यही बाचा दिए।
हिडेको बाटो मा दगुर्यो, चिप्ले ढुंगामा चिप्लेटी खेल्यो। साथीहरु भन्छन् “अब कहिले आउछ्स् ? ठूलो भएर हो ?” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्झनुलाई तितामिठा याद भए पुग्छ ……..

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

सम्झनुलाई तितामिठा याद भए पुग्छ ।
भूल्न परे फेरि हजूर मुटु सार्है दुख्छ ।।

अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ ।
त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ ।।
चोटै खानु कसैलाई आफ्नो भने पुग्छ ।
भूल्न परे फेरी हजूर मुटु साह्रै दुख्छ ।।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको कवि

~अनुप जोशी ~Anup Joshi

आज पनि कस्सिएर शिशिरले एक चड्कन हान्यो शरीरमा
छोरोलाई एक जोर नयाँ लुगा चाहियो रे
स्वास्नीको कान बुच्चे भएको तिन वर्ष पुग्यो रे
घरभेटी दुई महिना देखि खल्ति छामिरहेछन्
तर म अझै रुमलिरहेछु
यौटा हराएको कवि सीघ्र भेटिने आशामा । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसैले पनि तिम्रो ठाउँ ओगट्न सक्तैन

~अनुप जोशी ~Anup Joshi

कहाँकहाँबाट बहेर आउँछ खुशीको लप्का
र टाँसिन खोज्छ मेरो हृदयको भित्तामा

सिँढिहरु आफैले चढाउँन खोज्छन् मलाई
सफलताको चुलीमा

आफन्त-साथीहरु भइदिन्छन् मेरो जहाँज
जहाँ रहेर म बादलहरुमा शयर गर्न सक्छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सामाजिक प्रोग्रामिङको विपक्षमा

~अनुप जोशी~Anup Joshi

यस्तो भयो कि धर्तीमा
ईभोलुसन भयो रोबोटहरुको
र ती आफैले उत्पादन गर्न थाले आफुजस्तै रोबोटहरु

सन् १९९४ को कुनै रात
एक चाबी युक्त रोबोटले अन्ततः
खर्च गरेर सम्पूर्ण उर्जाशक्ति
घुसायो अर्काे ताल्चा युक्त रोबोटमा आफ्नो उत्पादकीय चाबी
र फलस्वरुप नौ महिना पश्चात
सन् १९९५ अगस्त २७ गते
उत्पन्न भयो ताल्चायुक्त रोबोटबाट यौटा शिशु रोबोट । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैलेसम्म ?

~उषा गिरी~Usha Giri

आन्दोलित छ आकाश
असारको महिना
बर्सिन लागे जस्तो
सबै हतारमा छन
मानो खाएर मुरी उब्जाउने दिन
तर किन किन
छरपष्ट छ मन
असरल्ल हुन्छु
हुरी आउँला जस्तो छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : विवशता आफ्नै धरातलसँग

~बिकास घिमिरे~Bikash Ghimire

प्रेम नहुनु रैछ, भैगयो। कसको बाउको के लाग्छ र? माया बसित गो। शायद एकोहोरो। एकपक्षीय। हो, प्रेम भयो उसको रेशमी कपालसँग। उसको गाजल नलगाइएको कुइरो देखिने आँखासँग। उसको बेसोमति बोलिसँग। जम्मामा सिङ्गो उसको व्यवहारसँग आकर्षण बढ्यो। प्रेम पलाएकै हो उसको आत्मासँग। शरीरसँग मात्र प्रेम हुन्छ भन्ने कुरामा अविश्वास गर्छु म। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : समग्रतावादी र्सार्वभौमिक सत्यको अस्विकार

~सगुन सुसारा~

उत्तरवर्ती सोच- केन्द्रीयताको विरुद्ध छ । अर्समर्थनमा रमाउँछ । अर्थात बहुकेन्द्रीयताको उपभोग । हालसम्म केन्द्रीयताले लादेको माखेसाङको फुस्काउने मात्र होइन-नयाँ सुरुको बाटो पनि उत्तरवर्ती सोच । वास्तवमा यो आएको बिचार हो । साँच्चै यो अन्य अश्त्रभन्दा कम छैन । बिचार भन्नु एउटा अश्त्र । यही बिचारको करिया मात्तै हतियार । यर्सथ हतियार पहिलो होइन, डर लाग्दो होइन । चेतना हो हतियार र डर लाग्दो । डराउनु यसबाट पर्छ । यत्तैबाट, केन्द्रीयता बदनियतको जवाफ हो, Continue reading

Posted in लेख | Tagged | Leave a comment