~धर्मेन्द्र विक्रम नेम्बाङ~
“The oral specifications that I will provide –when I say ‘with an e’ or ‘with an a’– will refer uncircumventably to a written text that keeps watch over my discourse, to a text that I am holding in front of me, that will read, and toward which I necessarily will attempt to direct your hands and your eyes. ”
– Jacques Derrida, DIFFERANCE
“Writing not only records languages, it also changes language– and consciousness. ”
– Charles Bernstein, THE ART OF IMMEMORABILITY
…..’जिवन’ खेलियो र ‘साहीत्य’ खेलियो । छायाँमा पर्यो जीवन र साहित्य । टाढोबाट कतैबाट नल्याइकिन यो उही जीवन र साहित्यको इकारलाई फेरबदल गरिएको थियो । जीवनको- ( ी ) र साहित्यको ( ि ) लाई अदलबदल गर्दा अघि दीर्घ ( ी ) भएकोमा ह्रस्व ( ि ), अघि ह्रस्व ( ि ) भएको दीर्घ ( ी ) इकार बन्नुपुग्यो । साटासाट गर्दा ( ि ) जीवनमा आयो, ( ी ) साहित्यमा गयो । बन्यो यस्तोमा अब ‘रस्व जिवन’ र ‘दीर्घ साहीत्य’ र ‘दीर्घ साहीत्य’ र ‘रस्व जिवन’ । नजिकको साइनो थपियो दुईको, मुल्य आदान-प्रदान भयो । उपहार, चिनो साटासाट भएकोजस्तो, अंशबण्डा गरेको जस्तो भयो । मित लगाइएको जस्तो भयो । यस्तोबाट बन्यो ‘जिवन र कला एकअर्काको लागि ।’ Continue reading →